दार्जिलिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(दार्जीलिङ बाट पठाईएको)
Jump to navigation Jump to search

दार्जिलिङ
দার্জিলিং
पहाडकी रानी
—  नगरपालिका  —
A panoramic view of a hill range. The upper portions of the nearer hillsides have tiled houses, while the farther hillsides and the lower portions of the nearer ones are covered with green bushes. A few coniferous trees are scattered throughout.दार्जिलिङको ह्याप्पी भ्याली टि स्टेटको दृश्य
दार्जिलिङ पश्चिम बङ्गाल-এ অবস্থিত
दार्जिलिङ
दार्जिलिङ
निर्देशाङ्क: २७°३′ उत्तर ८८°१६′ पूर्व / २७.०५०° उत्तर ८८.२६७° पूर्व / 27.050; 88.267निर्देशाङ्क: २७°३′ उत्तर ८८°१६′ पूर्व / २७.०५०° उत्तर ८८.२६७° पूर्व / 27.050; 88.267
देश  भारत
राज्य पश्चिम बङ्गाल
जिल्ला दार्जिलिङ
सरकार
 - अङ्ग दार्जिलिङ नगरपालिका
 - अध्यक्ष अमर सिंह राई
 - उपाध्यक्ष सुक बहादुर बिश्वकर्मा
क्षेत्रफल
 - जम्मा १,०५७ किमी (४०८.१ वर्ग मी)
अवनति २,०५० मि (६,७२६ फिट)
जनसङ्ख्या (२०११)
 - जम्मा १३२०१६
 जनघनत्व १२४.९/किमी (३२३.५/वर्ग मी)
भाषाहरु
 - स्थानिय नेपाली, तिब्बति, किराँती, नेपाल भाषा, गुरुङ, मगर, भुटिया, तामाङ, लेप्चा, शेर्पा
 - आधिकारिक नेपालीअङ्ग्रेजी
समय क्षेत्र आइएसटि (युटिसी+५.३०)
पोस्टल नम्बर ७३४१०१
टेलिफोन कोड ०३५४
गाडी दर्ता WB-७६ WB-७७
लोक सभा निर्वाचन क्षेत्र दार्जिलिङ
विधान सभा निर्वाचन क्षेत्र दार्जिलिङ
वेबसाइट http://www.darjeelingmunicipality.org

दार्जिलिङ (तिब्बती: རྡོ་རྗེ་གླིང་།, अङ्ग्रेजी: Darjeeling; /dɑːrˈlɪŋ/) भारतको पश्चिम बङ्गाल राज्यमा रहेको एउटा नगर हो । यो दार्जिलिङ जिल्लाको सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमा अवस्थित छ । यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जिलिङ शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (चट्याङ) र लिङ्ग (स्थान) बाट भएको हो । यसको अर्थ "चट्याङ स्थान" हो । भारतमा बेलायती शासनको बेला अनुकूल मौसमको कारणबाट यस ठाउँलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहाँ ग्रीष्म मौसमको गर्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे ।

दार्जिलिङ अन्तर्राष्ट्रिय स्तरमा चियाको लागि प्रसिद्ध छ ।[१] दार्जिलिङमा रहेको दार्जिलिङ हिमालयन रेलवे एउटा युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ। यहाँ चियाखेती सन् १८०० को मध्यबाट शुरु भएको थियो । यहाँको चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिंग प्रविधिको एक सम्मिश्रण तयार गरेका छन् जो विश्वको सर्वोत्कृष्टमा एक हो। दार्जिलिङ हिमालयन रेलवे जो दार्जिलिङ नगरलाई समथर स्थलसँग जोड्द छ, यसलाई विश्व सम्पदा स्थल १९९९ मा घोषित गरिएको थियो । यो वाफबाट सञ्चालन हुने यन्त्र भारतमा एकदमै कम देख्न पाइन्छ ।

दार्जिलिङमा केही बेलायती शैलीका सार्वजनिक विद्यालयहरू पनि छन्, जसले भारत र नेपालबाट धेरै विद्यार्थीहरूलाई आकर्षित गर्दछन् । यो शहर र यसको नजीकको कालिम्पोङ शहर सन् १९८० मा गोर्खाल्याण्ड राज्यको माग गर्ने प्रमुख स्थानहरू थिए । एउटा स्वायत्त शासन पार्वत्य परिषद्को स्थापनाबाट केही वर्ष शान्त रहेको यो स्थान पुन गोर्खाल्याण्ड राज्यको मागमा आन्दोलनरत छ । यहाँको वातावरण ज्यादा पर्यटक र अव्यवस्थित शहरीकरणको कारणले केही बिग्रिरहेको छ ।

दार्जिलिङ शहर

परिचय

यो स्‍थानको खोज त्यस समय भयो जब एङ्गलो नेपाल युद्धको समयमा एक ब्रिटिश सैनिक टुक‍डी सिक्किम जानको लागि छोटो बाटो खोजीरहेको थिए । यस बाटोबाट सिक्किमसम्म सजिलै जान सकिने भएकोले यो स्‍थान बेलायतीहरूको लागि रणनैतिक रूपमा धेरै महत्वपूर्ण थियो । त्यस बाहेक यो स्‍थान प्राकृतिक रूपमा पनि धेरै नै सम्पन्न थियो। यहाँको चिसो वातावरण तथा हिमपात बेलायतीको आकर्षण थियो, जसको कारण बेलायतीहरू बिस्तारै बिस्तारै यहाँ बस्न थाले ।

प्रारम्भमा दार्जिलिङ नेपालको एक भाग थियो। पछि भुटानले यस माथि कब्‍जा गर्यो । फेरि केही समय पछि सिक्किमले यस माथी कब्‍जा गर्यो । १८औं शताब्‍दीमा पुन: यसलाई नेपालले कब्जा गर्यो। तर नेपालले यस माथि धेरै समयसम्म अधिकार राख्न सकेन । सन् १८१७ मा अङ्ग्रेज-नेपाल युद्धमा भएको हार पछि नेपालले यो भाग ईस्ट इंडिया कम्पनीलाई सुम्पनु पर्यो ।

आफ्नो रणनैतिक महत्व तथा तत्‍कालीन राजनीतिक स्थितिको कारण सन् १८४० तथा ५० को दशकमा दार्जिलिङ एउटा युद्ध स्थलको रूपमा परिणत भएको थियो । त्यस समय यो ठाँउ विभिन्न देशको शक्ति प्रदर्शन स्थल बनिसकेको थियो । पहिला तिब्बतका मानिस यहाँ आए। त्यसपछि यूरोपिय मानिसहरू आए । यसपछि रुसका मानिसहरू यहाँ बसे । यी सबलाई अफगानिस्तानका अमीरले त्यहाँदेखि खेदेका थिए । यो राजनीतिक अस्थिरता त्यसबेला समाप्त भयो जब अफगानिस्तानका अमीर अङ्गेजहरूसँग भएको युद्धमा हारे । यसपछि यसमा अङ्ग्रेजहरूको कब्जा थियो। पछि यो जापानी, कुमितांग तथा सुभाषचन्द्र बोसको इंडियन नेशनल आर्मीको पनि कर्मस्थल बन्यो । स्वतन्त्रता पछि ल्हासाबाट भागेका बौद्ध भिक्षु यहाँ आएर बसे ।[२]

यस बेला, दार्जिलिङ पश्चिम बङ्गालको एक भाग हो । यो शहर ३१४९ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ । यो शहर त्रिभुगएर छ । यसको उत्तरी भाग नेपाल र सिक्किमसँग जोडिएको छ । यहाँ शरद ऋतु अक्टोबर देखि मार्चसम्म हुन्छ । यस मौसममा यहाँ धेरै चिसो हुन्छ । यहाँ गृष्म ऋतु अप्रिल देखि जून सम्म रहन्छ । यस समयको मौसम हल्‍का चिसो हुन्छ । यहाँ वर्षा जून देखि सेप्टेम्बरसम्म हुन्छ । ग्रीष्म कालमा नै यहाँ धेरै पर्यटक आउँदछन् ।[३]

दार्जिलिङ शहर

मुख्य आकर्षण

यो शहर पहाडको चुचुरोमा अवस्थित छ। यहाँ सडकको जाल बिछाईएको छ। यि सडकहरू एक अर्कोसँग जोडिएका छन् । यि सडकहरूमा घुम्दै जाँदा तपाईलाई औपनिवेशिक कालमा बनेका थुप्रै घरहरू देखा पर्ने छन्। यि घरहरू आज पनि धेरै नै आकर्षक देखिन्छन्। यि घरहरूमा लगाइएको पुरानो झ्याल तथा धुवा निस्किन बनाइएको चिम्नीले पुरानो समयको झ-झल्को दिन्छन् । तपाईं यहाँ चिहान, पुरानो स्‍कूल भवन तथा चर्च पनि देख्न सक्नुहुन्छ। पुरानो समयको घरहरूको साथ-साथै तपाई यहाँ वर्तमान कालको कंकरीटले बनेको भवन पनि देख्नुहुने छ । पुरानो र नयाँ भवनहरूको मेल यस शहरलाई एउटा खास सुन्दरता प्रदान गर्दछ ।

सक्या मठ

यो मठ दार्जिलिङबाट आठ किलोमीटरको दूरीमा स्थित छ। शाक्‍य मठ सक्या सम्प्रदायको धेरै नै ऐतिहासिक र महत्वपूर्ण मठ हो । यस मठको स्‍थापना सन् १९१५ मा गरिएको थियो । यसमा एउटा प्रार्थना कक्ष पनि छ । यस प्रार्थना कक्षमा एकसाथ ६० जना बौद्ध भिक्षु प्रार्थना गर्न सक्दछन् ।

ड्रुग-थुब्तन-साङ्गग-छोस्लिंग-मठ

११ औं ग्यल्वाङ ड्रुगछेन तन्जीन ख्येन्-रब गेलेगस् वाङ्गपो (རྒྱལ་དབང་འབྲུག་ཆེན་སྐུ་ཕྲེང་བཅུ་གཅིག་པ་བསྟན་འཛིན་མཁྱེན་རབ་དགེ་ལེགས་དབང་པོ།) को मृत्‍यु सन् १९९९ भएको थियो । यिनैको सम्झनामा यस मठको स्‍थापना सन् १९७१ मा गरिएको थियो । यस मठको बनावट तिब्बतियन शैलीमा गरिएको थियो। पछि यस मठको पुननिर्माण सन् १९५३ मा गरियो । यसको अनावरण दलाई लामाले गरेका थिए ।

माकडोग मठ

यो मठ चौरास्‍तादेखि तीन किलोमीटरको दूरीमा आलूबरी गाउँमा छ । यो मठ बौद्ध धर्मको योलमोवा सम्प्रदाय सँग सम्बन्धित छ । यस मठको स्‍थापना श्री संगे लामाले गरेका थिए । संगे लामा योलमोवा सम्प्रदायको प्रमुख थिए । यो एउटा सानो सम्प्रदाय हो जो पहिले नेपालको पूवोत्तर भागमा बस्दथे । पछि यस सम्प्रदायका मानिसहरू दार्जिलिङमा आएर बसे । यो मठको निर्माण कार्य सन् १९१४ मा पूरा भएको थियो । यस मठमा योलमोवा सम्प्रदायका मानिसहरूको सामाजिक, सांस्कृतिक, धार्मिक पहिचानलाई दर्शाउने पूर्ण प्रयास गरिएको छ ।

जापानी मन्दिर (पीस पैगोडा)

विश्वमा शान्ति ल्याउनको लागि यस स्‍तूपको स्‍थापना फूजी गुरुले गरेका थिए । उनी महात्मा गान्धीको मित्र थिए। भारतमा जम्मा ६ वटा शान्ति स्‍तूप छन्; त्यस मध्ये एक निप्‍पोजन मायोजी बौद्ध मन्दिर दार्जिलिङमा छ । यस मन्दिरको निर्माण कार्य सन् १९७२मा शुरु भएको थियो । यो मन्दिर १ नोभेम्बर १९९२ मा सर्वसाधारणको लागि खोलिएको थियो । यस मन्दिरबाट पूरै दार्जिलिङ र कञ्चनजङ्घा हिमालको अति सुन्दर दृश्य देख्न सकिन्छ।

टाइगर हिल

टाइगर हिलको मुख्य आनन्द यसको आरोहण गर्नमा छ । तपाई प्रत्येक बिहान पर्यटक यसमा चड्दै गरेको पाउनु हुने छ । यसको छेउमा कञ्चनजङ्घा चुचुरो छ । सन् १८३८ देखि १८४९ सम्म यसलाई नै विश्‍वको सबै भन्दा अग्लो चुचुरो मानिन्थ्यो। तर सन १८५६ मा गराईएको सर्वेक्षणबाट यो स्पष्ट भयो कि कञ्चनजङ्घा होईन बरु नेपालको सागरमाथा जसलाई अङ्ग्रेजहरूले एवरेस्टको नाम दिएका थिए, विश्वको सबै भन्दा अग्लो चुचुरो हो । यदि तपाईं भाग्यसाली हुनुहुन्छ भने टाइगर हिलबाट कञ्चनजङ्घा तथा सगरमाथा दुबै चुचुरोहरू देख्न सक्नु हुनेछ । यि दुबै चुचुरोहरूको उचाईमा मात्र ८२७ फीटको अन्तर छ। अहिले कञ्चनजङ्घालाई विश्वको तेस्रो अग्लो चुचुरो मानिन्छ। कञ्चनजङ्घालाई सबैभन्दा रोमांटिक हिमाल को उपाधिबाट सम्मानित गरीएको छ। यसको सुन्दरताको कारण यसलाई पर्यटहरूद्वारा यस उपाधिबाट सम्मानित गरिएको हो। यस चुचुरोको सुन्दरतामाथि थुप्रै कविताहरू लेखिएका छन् । यसको साथ-साथै सत्‍यजीत रायको चलचित्रमा यस चुचुरोलाई थुप्रै पटक देखाईएको छ ।

शुल्‍क

हेर्नको लागि मात्र नि: शुल्क, टावरमा चढ्नको लागि शुल्‍क रु. १०, टावरमा बस्नको लागि शुल्क रु. ३० । यहाँसम्म तपाईं जीपद्वारा जान सक्नु हुने छ । दार्जिलिङबाट यहाँसम्म जाने र आउने भाडा रु.६५ देखि ७० को बीचमा पर्दछ ।

घूम मठ (गेलुग्स)

टाइगर हिलको नजीक ईगा चोइलिंग तिब्बतियन मठ छ। यो मठ गेलुग्स सम्प्रदाय सँग सम्बन्धित छ। यो मठलाई नै घूम मठको नामबाट चिनिन्छ। इतिहासकारहरूका अनुसार, यस मठको स्‍थापना धार्मिक कार्यहरूको लागि नभई राजनीतिक बैठकहरूको लागि गरिएको थियो ।

यस मठको स्‍थापना सन १८५० मा एक मङ्गोलियन भिक्षु लामा शेर्पा याल्‍तसू द्वारा गरीएको थियो । याल्तसू आफ्नो धार्मिक इच्‍छाहरूको पूर्तिको लागि सन १८२० तिर भारतमा आएका थिए। यस मठमा सन् १९१८ मा गौतम बुद्धको १५ फीट अग्लो मूर्ति स्‍थापित गरीएको थियो। त्यस समय यस मूर्ति बनाउन रु.२५००० खर्च लागेको थियो । यो मूर्ति एउटा मुल्यवान पत्‍थरले बनेको छ र यस माथि सुनको लेप लगाइएको छ। यो मठमा बहुमूल्‍य ग्रन्थहरूको संग्रह पनि छ । यि ग्रन्थहरू संस्‍कृतबाट तिब्बतीयन भाषामा अनुवादित छन् । यि ग्रन्थहरूमा कालीदासको मेघदूत पनि सामिल छ। हिल कार्ट रोडको नजीक समतेन चोलिंगद्वारा स्‍थापित एउटा अर्को जेलूग्‍पा मठ छ। समय: सबै दिन खुला। मठको बाहिर फोटो खिच्न अनुमति छ।

भूटिया-बस्‍ती-मठ

यो दार्जिलिंगको सबै भन्दा पुरानो मठ हो। यो मूल रूपबाट औब्‍जरबेटरी हिलमा सन १७६५ मा लामा दोरजे रिंगजेद्वारा बनाईएको थियो। यो मठलाई नेपालीहरूले सन १८१५ मा लुटेका थिए। यसपछि यस मठको पुनर्निमाण सन्त एण्ड्रूज चर्चको छेउमा सन १८६१ मा गरियो। अंतत: यो आफ्नो वर्तमान स्‍थान चौरासताको नजीक, भूटिया बस्‍तीमा १८७९ मा स्‍थापित भयो। यो मठ तिब्बतियन-नेपाली शैलीमा बनेको छ। यो मठमा पनि बहुमूल्‍य प्राचीन बौद्ध सामग्री राखिएको छ।

यहाँको मखाला मन्दिर धेरै नै आकर्षक छ। यो मन्दिर त्यसै ठाउमा स्‍थापित छ जहाँ भूटिया-बस्‍ती-मठ शुरुमा बनेको थियो । यस मंदिरलाई पनि अवश्य घुम्नु पर्दछ। समय: सबै दिन खुला। मठको बाहिर मात्र फोटो खिच्न अनुमति प्रदान गरिएको छ ।

तेन्जिङस लेगेसी

हिमालय माउन्टेनिङ संस्‍थानको स्‍थापना सन १९५४ मा गरिएको थियो । ज्ञात होस सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहन गरिएको थियो । तेन्जिङ धेरै बर्षसम्म यसको निर्देशक पदमा रहे। यहाँ एउटा पर्वतिय संग्रहालय पनि छ। यस संग्रहालयमा हिमालयमा चढ्न गरीएको धेरै ऐतिहासिक अभियान सँग सम्बन्धित वस्‍तुहरू राखिएको छ। यस संग्रहालयको एउटा ग्यालरीलाई सगरमाथा (एवरेस्ट) संग्रहालयको नामबाट चिनिन्छ । यस ग्यालरीमा सगरमाथा सँग सम्बन्धित वस्‍तुहरू राखिएको छ । यस संस्‍थानमा पर्वतारोहणको प्रशिक्षण पनि दिइन्छ।

प्रवेश शुल्क रु. २५ (यसमा जैविक उद्यानको प्रवेश शुल्क पनि समावेश छ) टेली: ०३५४-२२७०१५८ समय: बिहान १० बजेदेखि राती ४:३० सम्म (बीचमा आधा घण्‍टा बन्द)। बिहिवार बन्द।

जैविक उद्यान

पदमाजा-नायडू-हिमालयन जैविक उद्यान माउण्टेनिङ संस्‍थानको दाया पट्टी रहेको छ। यो उद्यान हिमाली चितुवा तथा हाब्रे (रातो पान्डा)को प्रजनन कार्यक्रमको लागि प्रसिद्ध छ । तपाईं यहाँ साइबेरियन बाघ तथा तिब्बतियन भेडा पनि देख्न सक्नु हुने छ।

मुख्य बस पार्कको तल पुरानो बजारमा लियोर्डस वनस्पतिक उद्यान छ । यस उद्यानलाई यो नाम मिस्टर डब्ल्यू. लियोर्डको नाममा राखिएको हो। लियोर्ड यँहाको एउटा प्रसिद्ध बैंकर थिए जसले सन १८७८मा यस उद्यानको लागि जमिन दान दिएका थिए । यस उद्यानमा और्किटको ५० प्रजातिहरूको बहुमूल्य संग्रह छ। समय: बिहान ६ बजे देखि राति ५ बजेसम्म ।

यस वनस्पतिक उद्यानको नजीकै नेचुरल हिस्‍ट्री म्युजियम छ। यस म्‍यूजियमको स्‍थापना सन् १९०३ मा गरिएको थियो। यहाँ चरा, सरीसृप, जन्तुहरू तथा कीरा-पातको विभिन्‍न किसिमलाई संरक्षित‍ अवस्‍थामा राखिएको छ।

समय: बिहान १० बजे देखि राति ४:३० बजे सम्म। बिहिवार बन्द।

तिब्बती शरणार्थी क्याम्प

तिब्बती शरणार्थी स्वयं सहायता केन्द्र

तिब्बती शरणार्थी स्वयं सहायता केन्द्र (टेली: ०३५४-२२५२५५२) चौराहाबाट ४५ मिनटको पैदल दूरीमा अवस्थित छ । यस क्याम्पको स्‍थापना सन १९५९ मा गरीएको थियो । यसको एक वर्ष पहिले १९५८ मा दलाई लामाले भारत सँग शरण मागेका थिए । यस क्याम्पमा १३औं दलाई लामा (अहिले १४ औ दलाई लामा छन)ले सन १९१० देखि १९१२ सम्म आफ्नो निर्वासनको समय व्‍यतीत गरेका थिए। १३ औं दलाई लामा जुन भवनमा बस्दथे त्यो भवन आज भग्नाशेष अवस्‍थामा छ।

आज तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारको आश्रय स्थल हो। यि तिब्बतीहरू यहाँ विभिन्न प्रकारको सामान बेच्दछन्। यि सामानहरूमा कारपेट, ऊनी कपडा, काठको कलाकृतिहरू, धातुले बनेको खेलौना लगायत छन् । तर तपाईं यो तिब्बती शरणार्थी क्याम्प घुमेर आनन्द लिन चाहनुहुन्छ भने यि सामानहरू बनाउने कार्यशाला अवश्य हेर्नुहोस् । यो कार्यशाला पर्यटकहरूको लागि खुल्ला रहन्छ।

खेलौना रेल अर्थात् टोए ट्रेन

१९२१ मा दार्जिलिङ हिमालयन् रेल्वे

सन १९२१ मा दार्जिलिङ हिमालयन् रेल्वेइस अच्चम्मको ट्रेनको निर्माण १९ औं शताब्‍दीको उतरार्द्धमा भएको थियो। दार्जिलिङ हिमालयन रेलमार्ग, इन्जिनियरिङको एउटा आश्चर्यजनक नमूना हो। यो रेलमार्ग ७० किलोमीटर लामो छ। यो पुरै रेलखण्‍ड समुद्र सतह देखि ७५४६ फीट उचाईमा अवस्थित छ । यस रेलखण्‍डको निर्माणमा इन्जिनियरहरूले धेरै नै मेहनत गर्नुपरेको थियो । यो रेलखण्ड थुप्रै बाङ्गो-टिङ्गो बाटो त‍था वृताकार बाटोहरू भएर जान्छ। तर यस रेलखण्‍डको सबै भन्द सुन्दर भाग बताशिया लूप हो। यो ठाउँमा रेलखण्ड अङ्ग्रजी आठ अंकको आकारमा छ ।

तर ट्रेनबाट पुरै दार्जिलिङ घुम्न नचाहने हो भने रेलबाट दार्जिलिङ स्‍टेशनबाट घूम मठ सम्म जान सकिन्छ । यो रेलबाट यात्रा गर्दा यसको चारै तर्फको प्राकृतिक दृश्यको आनन्द लिन सकिन्छ । यो रेलमा यात्रा गर्नको लागि कि त बिहान कि त साँझ उपयुक्त हुन्छ; अन्‍य समय यहाँ धेरै नै भीड-भाड हुनेगर्दछ।

चिया बगान

बगानबाट ल्याएको चिया जम्मा पार्दै, सन् १८९०।

दार्जिलिङ एक समय मसालारुको लागि प्रसिद्ध थियो । चियाको लागि नै दार्जिलिङ विश्‍व स्‍तरमा चिनिन्थ्यो । ड. कैम्पबेल दार्जिलिङमा ईस्‍ट इण्डिया कम्पनीद्वारा नियुक्‍त पहलो निरीक्षक थिए, उनले पहिलो पल्ट लगभग १८३० र ४० को दशकमा आफ्नो बगैचामा चियाको बिउ रोपेका थिए । ईसाई धर्मप्रचारक बारेनस बंधुहरूले सन १८८० को दशकमा आकारको चियाको बिरुवा रोपेका थिए। बारेन बंधुहरूले यस दिशामा धेरै काम गरेका थिए । बारेन बंधहरूद्वारा लगाएको चिया बगान वर्तमानमा बैनुकवर्ण चिया बगान ( टेली: ०३५४-२२७६७१२)को नामबाट जान्न पाइन्छ ।

चियाको पहिलो बिउ चाइनिज झाडीको थियो र यसलाई कुमाऊं हिलबाट ल्याईएको थियो । तर समयको साथ यो दार्जिलिङ चियाको नामबाट प्रसिद्ध भयो। सन १८८६ मा टी. टी. कपरले यो अनुमान लगाए कि तिब्बतमा प्रत्येक बर्षमा ६०,००,००० lb चिनिया चियाको उपभोग हुन्थ्यो। यसको उत्‍पादन मुख्यत: सेजहवान प्रान्तमा हुन्थ्यो । कपरको विचार थियो कि यदि तिब्बतका मानिसले चिनिया चियाको सट्टामा भारतको चियाको उपयोग गरे भने भारतलाई एउटा ठूलो मूल्‍यावान बजार प्राप्‍त हुनेछ । यस पछिको इतिहास सबैलाई थाहा नै छ ।

स्‍थानीय माटो तथा हिमाली हावापानीको कारण दार्जिलिङको चियाको गुणस्तर उत्तम कोटिको नै हुन्छ। अहिले दार्जिलिङ तथा यसको छेउछाउमा लगभग ८७ चिया बगान छन्। यि बगानहरूमा लगभग ५०००० मानिसहरूलाई काम प्राप्त भएको छ । प्रत्‍येक चिया बगानको आ-आफ्नो इतिहास छ। यसै प्रकार प्रत्‍येक चिया बगानको चियाको किसिम पनि अलग-अलग हुन्छ। तर पनि यि चिया सामूहिक रूपमा "दार्जिलिङ चिया" को नामबाट चिनिन्छन् । यि बगानहरूमा घुम्नको लागि सबैभन्दा राम्रो समय ग्रीष्‍म काल हो जब चिया पत्तिहरूलाई टिपिन्छ । हैपी-वैली-चाय कमान (टेली: २२५२४०५) जो शहरदेखि ३ किलोमीटरको दूरीमा छ , सजिलैसग पुग्न सकिन्छ । यहाँ तपाईं मजदूरहरूले चियाको पत्ति टिप्दै गरेको देख्न सक्नु हुन्छ। तपाईं ताजा पत्तिलाई चियामा परिवर्तित हुदै गरेको पनि देख्न सक्नु हुन्छ। तर चिया बगान घुम्नको लागि यि बगानका व्यवस्थापकलाई पहिले नै जानकारी दिनु आवश्यक हुन्छ ।

चिया

Terraced rows of bushes growing on a hillside.
दार्जिलिङको एउटा चियाबारी

नि-संकोच यहाँबाट किनमेलको लागि सबैभन्दा राम्रो वस्‍तु चिया हो । यहाँ तपाई थुप्रै किसिमको चिया पाउन सक्नुहुन्छ। तर उत्तम प्रकारको चिया प्रायजसो विदेश निर्यात गर्ने गरिन्छ । यदि तपाईले उत्तम किसिमको चिया पाउनु भयो भने पनि यसको मुल्य रु. ५०० देखि २००० प्रति किलो सम्म पर्छ ।

चिया अतिरिक्त दार्जिलिङमा हस्‍तकलाको राम्रो सामान पनि पाइन्छ।

यातायात

हवाई सेवा

यो ठाउँ भारतको सबै ठाउँसँग हवाई सेवाबाट जोडिएको छ। बागदोगरा (सिलगढी) यहाँको सबैभन्दा नजीकको विमानस्थल (९० किलोमीटर) हो। यो दार्जिलिङबाट २ घण्‍टाको दूरीमा छ। यहाँबाट कलकत्ता र दिल्‍लीको दैनिक उडान सञ्चालित गरिन्छ। यस बाहेक गुवाहाटी तथा पटनाबाट पनि यहाँको लागि उडान सञ्चालित गरिन्छ।

रेलमार्ग

यसको सबैभन्दा नजीकको रेल जोन जलपाइगडी हो। कलकत्ताबाट दार्जिलिङ मेल तथा कामरूप एक्सप्रेस जलपाइगडी जान्छ। दिल्‍लीबाट गुवाहाटी राजधानी एक्सप्रेस यहाँसम्म आउँछ। यसको साथै ट्वाय ट्रेन चढेर जलपाईगडीबाट दार्जिलिङ ८/९ घण्टा सम्ममा जान सकिन्छ।

सडक यतयात

यो सहर सिलगढीदेखि सडक मार्गबाट पनि राम्रोसँग जोडिएको छ। दार्जिलिङ सडक मार्ग मार्फत जाँदा सिलगढीबाट २ घण्‍टाको दूरीमा छ। कलकत्ताबाट सिलगढीको लागि धेरै सरकारी र निजी बसहरू चल्छन।

इतिहास

A hillside with houses having tiled roofs.
सन् १८८०को दार्जिलिङ

दार्जिलिङको इतिहास नेपाल, भुटान, सिक्किम र बङ्गालसँग जोडिएको छ। दार्जिलिङ शब्द तिब्बती भाषाको दुई शब्द दोर्जे, जसको अर्थ आसीना हुन्छ, तथा लिंग जसको अर्थ ठाउँ हुन्छ, सँग मिलेर बनेको छ । यसको अर्थ भयो असिनावृष्टि हुने ठाउँ जसले यसको अपेक्षाकृत चिसो वातावरणको चित्र प्रस्तुत गर्दछ। १९औं शताब्दीको पूर्वसम्म यो ठाउँ माथि नेपाली र सिक्किमी राज्य गर्दथे; केही लेप्चा समुदायको पनि बसोबास थियो । सन् १८२८ मा एक बेलायती इस्ट इन्डिया कम्पनीको अधिकारीहरूको टुकडी सिक्किम जाँदै गर्दा दार्जिलिङ पुगे र यस ठाउँ मै बेलायती सेनाको लागि एउटा अस्पताल (स्यानिटरियम) बनाउने निश्चिय गरियो । आर्थर क्याम्पबेल, कम्पनीको एउटा शल्य चिकित्सक र लेफ्टिनेन्ट नेपियर (पछि रोबर्ट नेपियर, मग्दालाको प्रथम बेरोन) लाई यहाँ हिल स्टेसन बनाउने जिम्मेवारी दिईयो।

सन १८४१ मा बेलायतीहरूले यहाँ एक प्रायोगिक चिया कृषि कार्यक्रम सञ्चालन गरे। यस प्रयोगको सफलताको कारण यहाँ १९ औं शताब्दीको दोस्रो भागमा यस सहरमा चिया बगान लगाउन लागे। दार्जीलिङलाई बेलायतीहरूले सिक्किमसँग सन १८४९ मा खोसेर लिएका थिए । यस समयमा प्रवासी विषेश गरेर नेपालीहरूलाई बगान, खेती, निर्माण आदि कार्य सञ्चालनको लागि भर्ती गरिएको थियो। स्कटिश मिसिनरीहरूले यहाँ विद्यालयको स्थापना र बेलायतीहरूको लागि वेल्फेर सेन्टरको स्थापना गरे र यो ठाउँलाई विद्याको लागि प्रसिद्ध गरे । दार्जीलिङ हिमालयन रेल्वेको सन १८८१ मा स्थापना पछि यहाँको विकास उच्च गतिबाट भयो। सन १८९८ मा दार्जीलिङमा एउटा ठूलो भूकम्प आयो (जसलाई "दार्जीलिङ डिज्यास्टर" पनि भनिन्छ) जसले सहर र मनिसहरूको ठूलो क्षति गर्यो।

बेलायती शासनको अधीनमा दार्जीलिङ पहिला त "नन-रेगुलेसन जिल्ला" थियो तर सन १९०५ को बङ्गाल बिभाजन पछि यो राजशाही विभागको अन्तर्गत सम्मिलित भएको थियो।

भूगोल

कञ्चनजङ्घा र दार्जीलिङ टाइगर हिलबाट दार्जिलिङको औसत उचाई २,१३४ मिटर अथवा ६,९८२ फिट हो[१३]। यो ठाउँ दार्जिलिङ हिमालयन हिल क्षेत्रमा दार्जिलिङ-जलपहर श्रृङ्खला मा अवस्थित छ जो दक्षिणमा घुम, पश्चिम बङ्गालबाट उठ्छ। यो श्रृङ्खला Y-आकारको छ जसको जग कतपहर तथा जलपहरमा छ र दुई हातमा उत्तरमा अब्जर्भेटरी हिल को उत्तरबाट जान्छ । उत्तर-पूर्वी हात लेबोङमा अन्त्य हुन्छ। उत्तर-पश्चिमी हात नर्थ पोइन्टबाट गएर तक्भेर चिया बगानको नजिकै अन्त्य हुन्छ। [३]

मौसम

दार्जिलिङ (१९०१–२०००)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत ९٫४
(४९)
१०٫४
(५१)
१४٫४
(५८)
१७٫४
(६३)
१८٫५
(६५)
१९٫३
(६७)
१९٫४
(६७)
१९٫६
(६७)
१९٫२
(६७)
१८٫०
(६४)
१४٫७
(५८)
११٫५
(५३)
१६٫०
(६१)
न्यूनतम °से (°फे) औसत १٫८
(३५)
२٫९
(३७)
६٫३
(४३)
९٫४
(४९)
११٫५
(५३)
१३٫६
(५६)
१४٫३
(५८)
१४٫२
(५८)
१३٫३
(५६)
१०٫३
(५१)
६٫३
(४३)
३٫३
(३८)
८٫९
(४८)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १९٫७
(०٫७८)
२४٫१
(०٫९५)
४७٫७
(१٫८८)
११५٫८
(४٫५६)
१९७٫२
(७٫७६)
५७०٫०
(२२٫४४)
७८१٫७
(३०٫७८)
६३५٫३
(२५٫०१)
४३७٫३
(१७٫२२)
१२२٫५
(४٫८२)
२३٫५
(०٫९३)
७٫०
(०٫२८)
२,९८१٫८
(११७٫४१)
स्रोत: भारतीय मौसम विभाग[४]
सुर्योदय टाइगर हिलबाट

दार्जिलिङको मौसममा ५ ऋतु हुन्छ: बसन्त, गृष्म, शरद, शीत, र मनसून ।[५] यहाँको वार्षिक औषत तापक्रम १५.९८ °से (६०.७६ °फे) हुन्छ जबकि यहाँको सबभन्दा कम तापक्रम ८.९ °से (४८.० °फे),[६] हुन्छ । यहाँको मासिक औषत तापक्रम ५ °से (४१ °फे) हुन्छ ।[७] सबैभन्दा न्यून तापक्रम −२४ °से (−११ °फे) १९०५ फेब्रुअरी ५ मा भएको थियो ।[६] यहाँ लगभग वर्षमा ३०९.२ सेमी (१२१.७ इन्च) वर्षा हुन्छ, जुन औषत वर्षमा १२६ दिन हुन्छ ।[६] वर्षमा सबैभन्दा बढी वर्षा जुलाई महिनामा हुन्छ ।[६]

अर्थतन्त्र

दार्जीलिङ चिया बगान दार्जिलिङको अर्थतन्त्रको दुई प्रमुख क्षेत्र पर्यटन र चिया उद्योग हो। दार्जीलिङ चिया संसारको सर्वोत्कृष्ट कालो चियामा एक मानिन्छ र धेरै प्रख्यात छ,[२] विशेष रूपमा संयुक्त अधिराज्य र अन्य देशमा जहाँ बेलायतीहरूले शासन गरेका थिए। यो चियाको उद्योगमा हालको समयमा भारतको अरु भाग तथा नेपालको चिया बगानले कडा प्रतिस्पर्धा गरेरहेका छन्।

यातायात

"टोय ट्रेन" दार्जिलिङ तर्फ जादै गर्दा

दार्जीलिंग सहर ८० कि.मि. (५० मील) लामो दार्जीलिङ हिमालयन रेल्वे (उपनाम: "टोय ट्रेन")को माध्यमबाट सिलिगुडीबाट वा हिल कार्ट रोड भारतीय राष्ट्रिय राजमार्ग (जो रेलमार्गको साथ जान्छ) बाट जान सकिन्छ। दार्जीलिङ हिमालयन रेल्वे ६० से.मि. वा २ फिटको नैरो गज रेल्वे हो। यसलाई युनेस्कोले विश्व सम्पदा स्थलको सूचीमा सन् १९९९ मा सूचीकृत गरेको छ, यो विश्वको दोस्रो रेल्वे हो जसलाई यो सूचीम राखिएको छ ।[८]

शिक्षा

दार्जीलिङका विद्यालयहरू राज्य सरकार, निजी, तथा धार्मिक संघ-संस्थाहरूद्वारा सञ्चालित छन्। विद्यालयहरूमा पढाउने माध्यम भाषा अङ्ग्रेजी तथा नेपाली हो, तर राष्ट्रिय हिन्दी र राज्य भाषा बांग्लालाई पनि जोड दिइन्छ। विद्यालयहरू आइसीएसइ, सीबिएसई, वा पश्चिम बङ्गाल बोर्ड अफ सेकेन्डरी एजुकेसन सँग आबद्ध छन्। बेलायतीहरूको समर रिट्रिट हुने कारणले दार्जिलिङमै इटन कलेज, ह्यारो स्कूलरग्बी स्कूलको ढाँचाको पब्लिक विद्यालयको स्थापनाको ठाउँको रूपमा छानिएको हो ।[९] यो ठाउँमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउँथे। विद्यालय जस्तो कि सेन्ट जोसेफ कलेज , लोरेटो कन्भेन्ट,सेन्ट पलज स्कूलमाउन्ट हर्मन स्कूल दक्षिण एसियाको धेरै ठाउँहरूबाट विद्यार्थीहरूलाई आकर्षित गर्ने गर्दछन । धेरै विद्यालयले (केहि सय वर्षभन्दा पनि पुरानो रहेका छन्) अहिले पनि बेलायती र उपनिवेशिय सम्पदालाई जिबन्तता दिइरहेका छन्। दार्जिलिङमा ३ वटा कलेज रहेको छ — सेन्ट जोसेफ कलेज, साउथफिल्ड कलेज (पहिले लोरेटो कलेजको नामले चिनिथ्यो), लोरेटो सरकारी कलेज र सेन्ट पाउल्स स्कूल,दार्जिलिङ रहेका छन्। यी सबै उत्तर बङ्गाल विश्वविद्यालय, सिलिगुढीसँग आबद्ध छन्।

बतासिया केन्द्र,रेलवे स्टेसन

सन्दर्भ सामग्री

  1. Srivastava 2003, p. 4024.
  2. Dasgupta 1999, pp. 47–48.
  3. Dasgupta 1999, p. 51.
  4. "Darjeeling Climatological Table 1901–2000", Indian Meteorological Department, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 
  5. Malley, L.S.S. O (1999) [1907]. Bengal District Gazetteer : Darjeeling. Concept Publishing Company. pp. 15–16. ISBN 978-81-7268-018-3. http://books.google.com/books?id=LhOzszXcM9UC&pg=PA15. 
  6. ६.० ६.१ ६.२ ६.३ "District Profile", Official webpage, Darjeeling district, अन्तिम पहुँच २०११-०६-१५ 
  7. "Weatherbase entry for Darjeeling", Canty and Associates LLC, अन्तिम पहुँच २००६-०४-३० 
  8. heritageunesco
  9. Lal, Vinay, ""Hill Stations: Pinnacles of the Raj." Review article on Dale Kennedy, The Magic Mountains: Hill Stations and the British Raj", UCLA Social Sciences Computing, अन्तिम पहुँच २००१-०७-३० 

बाहिरी सूत्र

Darjeelingको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट