पोर्टल:इतिहास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इतिहास पोर्टल

पोर्टल:इतिहास/परिचय/2इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन) को तात्पर्य हो "यो निश्चय थियो" । ग्रीसमा इतिहास लाई "हिस्ट्री" (History) शब्दको प्रयोग गर्थे । "हिस्ट्री" को शाब्दिक अर्थ "बुन्नु" थियो । अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढङ्गबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसम्बद्ध बन्न सकोस । यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा, बीरगाथा, महाभारत) अथवा ऐतिहासिक साक्ष्य । इतिहास अन्तर्गत हामी जुन विषयको अध्ययन गर्छौ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राखने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ । अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो ।

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

थप…

चुनिएको लेख

नालापानीको युद्ध
नालापानीको युद्ध (Battle of Nalapani) नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो । जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनीनेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए ।

चुनिएको जीवनी

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए । स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । यिनले स-साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्गगोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो ।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइरहे ।

के तपाईलाई थाहा छ?...

गौतम बुद्ध

  • ...डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको (चित्रमा) जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
  • ...सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो ।
  • ...सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु परेको थियो ।
  • चुनिएको तस्बिर

    इतिहासमा आज

    चुनिएको कथन

    मन्दिर त्यही पुग्छ जो धन्यवाद दिन जान्छ, माग्न होइन

    — आदि शंकराचार्य, आदि शंकराचार्य जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदांतका अद्वैत मतका प्रणेता थिए। उनको विचारोपदेश आत्मा र परमात्माको एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा सगुण र निर्गुण दुइटै स्वरूपमा रहन्छ। स्मार्त संप्रदायमा आदि शंकराचार्यलाई शिवको अवतार मानिन्छ।

    चुनिएको पोर्टल

    Beit shean1.jpg
    पुरातत्त्वशास्त्र

    पुरातत्त्वशास्त्र त्यो विज्ञान हो जो पुरानो चीजहरूको अध्ययन एवम् विश्लेषण गरेर मानव-संस्कृतिका विकासक्रमलाई बुझ्ने एवम् त्यसको व्याख्या गर्ने कार्य गर्दछ ।
    — अज्ञात

    तपाई गर्न सक्नुहुन्छ

    विकिपरियोजना

    इतिहास

    प्राचीन नेपालप्राचीन मिश्रप्राचीन जर्मनी संस्कृतिप्राचीन ग्रीसप्राचीन जापानप्राचीन निकटपूर्वप्राचीन रोमपुरातत्त्वब्रिटिश साम्राज्यबुल्गारिया साम्राज्ययूनानी साम्राज्यशास्त्रीय सभ्यताऔपनिवेशिकवादप्रकोपजर्मन साम्राज्यशौर्यशास्त्रक्यानाडाको इतिहासविज्ञानको इतिहासभारतीय स्वतन्त्रता आन्दोलनखितानमेसोअमेरिकामध्य युगनाजी जर्मनीनयाँ फ्रान्सरूसी साम्राज्यससानियन साम्राज्यसोभियत संघवायमर गणराज्ययुद्ध

    समय

    वर्षका दिनहरूवर्ष

    शीर्षकहरू

    श्रेणीहरू

    C Puzzle.png

    इतिहासअवधिक्षेत्रविषयजातीय समूहइतिहासशास्त्रपुरातत्वतस्बीरनक्सापुस्तकपत्र पत्रिकासंगठनकाल्पनिकसंग्रहालयछद्मइतिहासअपूर्ण लेखहरूसमयरेखाघटनाक्रममानिस

    विकिपीडियाका इतिहासकारहरू

    सम्बद्ध विकिमीडिया

    इतिहास  विकिपुस्तक  इतिहास कमन्स इतिहास  विकिसमाचार  इतिहास  कथन  इतिहास  विकिस्रोत  इतिहास  विकिभर्सिटी  इतिहास  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश