प्रयोगकर्ता वार्ता:Rajendraonline

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

www.rajendraonline.wordpress.com for dalit news, article, information, events etc..


मेरो बारेमा “जुन दिन राज्य सत्तामा ब्राह्मणवादको अन्त्य हुन्छ, त्यस बेला मात्र पछाडि परेका वर्ग समुदायको मानव अधिकारको संरक्षण, उत्थान विकास र परिवर्तन हुन्छ।”

यो बबुरो अहिले सबैको सपनाको सहर काठमाडौंमा अस्थाई बसोबास गर्दै आई रहेको छ । काठमाडौंमा बस्न लागेको झन्डै ४ वर्ष हुन् लागे । नेपालको पश्चिम पहाडि मुलुक गुल्मीबाट यो बबुरो २०५९ साल साउन महिनामा सपनाको सहरमा प्रस्थान गरेको हो । गुल्मी जिल्ला सिमिचौर गा वि स गाँउ राङ्बासमा बुबा चन्द्रबहादुर बिश्वकर्मा र आमा शन्तिकुमरी बिश्वकर्माको कोखबाट आज भन्दा २३ बसन्त अघी यस पृथ्वीलाई भारि गराउनको लागि उदाएको बबुरोको असली नाम राजेन्द्र बिश्वकर्मा हो ।


यो बबुरो आफू जातिय छुवाछूत र भेदभावबाट मुक्त रहन नसकेको कारणले बिद्धालय जीवन देखि नै अलि यस विषयमा विद्रोही थियो । जसका कारणले गर्दा आफ्ना कक्षाका साथीहरुसँग महिनौ दिन बोल बाराबर पनि हुने गर्दथियो । यसै गर्दा गर्दै यो बबुरो काठमाडौं पसेको केही समयमा नै कसैको साहायता मार्फत दलित हकहित, जातिय छुवछूत तथा भेदभाव विरुद्द लड्ने, मानव अधिकार संरक्षण गर्ने एक दलित गैर सरकारी संस्थमा काम गर्ने अवसर पायो । त्यही संस्थबाट यो बबुरोले धेरै कुरा सिक्ने अवसर पाएको छ र आजसम्म पनि यस बबुरोको काम निरन्तर त्यही संस्थामा नै रहेको छ ।

“मानव अधिकार मानविय विकास, अस्तित्व र पहिचाहन” भन्ने मूल नारा लिएर एक संस्था २०६२ साल मा यो बबुरो सहित अन्य साथीहरु मिलेर सामाजिक समावेशिकारणा, जातिय विभेद, लैंगिक विभेद, सामाजिक विभेद, बाल विभेद आदिका विरुद्द आवाज र मानव अधिकार्, समानता र सम्मानको आवाज उठाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गराई माथिका दलित विषयहँरुमा काम गर्ने जमर्को मार्दै गरेको छ ।

नेपाल अधिरज्य भरिमा ५०० भन्दा बढी दलित गैर सरकारी संस्था, नेपाल सरकारका दलित समुदायका लागि भनेर २ वटा संस्थाहरुबाट मासिक, द्वोमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक जस्ता विभिन्न पत्र पत्रीकाहरु निस्कने गरेको अवस्थामा पनि यो बबुरोलाई खै किन किन दलितको बारेमा एउटा नेपाली ब्लग खोल्न उत्सह जागेर आयो । त्यसको एउटा मात्र उद्देश्य हो : नेपालमा दलितहरुका लागि त्यसता कुनै पनि ईन्टरनेट ब्लगहरु छैनन् र दैनिक समचार सम्प्रेषण पनि गर्दैनन् भने त्यस माथि नेपाली भाषा मै त छैनन् नै । त्यसो भएको कारणले यो बबुरोले वर्डप्रेसको सर्भरबाट फ्री स्पेस लिई दलित ब्लग चलाऊने विचार गरी यो ब्लग सुरुवात गरेको छ । यो बबुरोले नेपालका सम्पूर्ण दलित घटनालाई समेट्ने योजना गरेको छ । तर यो विषय त्यती आफैमा सजिलो भने छैन । किनकी यो बबुरोले त आफ्नो हात मुख जोड्नलाई कसैकोमा हात थमाउनु परेको छ । म जस्तै सबैलाई हात मुख जुधाउनको लागि कसैसँग हात परार्न परेकै हुन्छ । त्यसो हुनाले म आफूले जसरी तसरी समयलाई बचाउदै यस ब्लगलाई समय दिने, स्वयम्सेवि भएर काम गर्ने स्वयम्सेवकहरु पाउनु यो बबुरोलाई धेरै कठिन छ । त्यसैले सबै ठाँउमा यो बबुरो पुग्न सक्ने अवस्था पनि रहदैन । त्यसैले यो बबुरोले हजुरहरुलाई आफूले भेटेसम्मको, आफूले देखेसम्मको, आफूलाई कसैले जानकारी दिएसम्मको नँया, ताजा र भरपर्दा घटना, विचार, लेख, फिचारहरुले हरबखत झटारो हान्ने मेरो सानो प्रयास रहने छ ।

अन्त्यमा, यो राजेन्द्रले गरेको यस कोशिस तपाईंको खपडीले कसरी लिएको छ । यदि तपाईंको खपडीको शब्दवाणीले यो राजेन्द्र बबुरोलाई तिर छोड्ने विचार छ भने यँहा थिच्नुहोस् । तपाईंको शब्दवाण तपाईंको तिरले राजेन्द्रलाई सिधै लाग्ने छ ।

“ब्रह्मणवाद भनेको एक जाती (बाहुन-छेत्री), एक धर्म (हिन्दू), एक भाषा (खस-नेपाली), एक संस्कृती (हिन्दू), एक क्षेत्र (काठमाडौं) र एक लिंग (पुरुष)ले अन्य जनजाती, जातजाती, धर्म, भाषा, संस्कृती, क्षेत्र र लिंगलाई दमन गर्ने सिद्दान्त, निती र व्यवहार हो ।” - डा कृष्णबहादुर भट्टचनका अनुसार ।

दलितमिडियाहोम डट कम[सम्पादन गर्नुहोस्]

सम्मान मिडियाद्वारा संचालित दलितमिडियाहोम डट कम DalitMediaHome.com Putali Sadak, Kathmandu Email: dalitblog@gmail.com Hello: +977-9841687136


दलितमिडियाहोम डट कम लोकतान्त्रिक समावेशी समानता न्यायपूर्ण र समृद्ध नेपालको परिकल्पना गर्दछ जुन वास्तविक रुपमा जातीय छुवाछूत र विभेद रहित होस् ।


दलितमिडियाहोम डट कम एक पूर्ण दलित अनलाईन श्रोत केन्द्रको रुपमा कार्य गर्दै दलित अधिकारको वकालत गर्दै दलित सम्बन्धी सम्पूर्ण जानकारीहरुलाई व्यवस्थित रुपमा अनलाइन अभिलेख ९इलष्लिभ कतयचभ० राखी ऐतिहासिक जिम्मेवारीलाई पुरा गर्ने लक्ष्य राख्दछ ।

दलितमिडियाहोम डट कमलाई एक पूर्ण दलित अनलाइन श्रोत केन्द्र (A complete Dalit online resource center) बनाउनु ।

दलितमिडियाहोम डट कमलाई म्बष्ति उयचतबि या धयचमि बनाउनु ।

दलितमिडियाहोम डट कममा राखिने दलित सम्बन्धी सम्पूर्ण सामग्रीहरुलाई सहज र सुलभ तरिकाले हेर्न र खोज्न सकिने बनाउनु ।

४ दलितसँग सम्बन्धी सामग्रीहरु जस्तैः समाचार घटना अडियो भिडियो टेलिफिल्म फिल्म पुस्तक प्रतिवेदन फोटाहरु जस्ता सम्पूर्ण सामग्रीहरु अनलाइनमा व्यवस्थित रुपमा एकिकृत अभिलेख (online store) राख्ने । जसबाट विश्वको कुनै पनि ठाँउबाट अध्ययन अनुसन्धान र हेर्न सकिने बनाउनु ।

५ दलित सवाललाई राष्ट्रिय तथा अन्तराष्ट्रियकरण गर्न सहयोग पुर् याउनु ।

६ दलित ई-लाइब्रेरी (Dalit e-Library) साचालन गर्ने ।

७ दलित ई-संग्रालय (Dalit e-Museum ) साचालन गर्ने ।

८ सम्पूर्ण दलित व्यक्ति र संघ संस्थाको विवरण राख्ने ।

९ स्थानीयस्तरमा घट्ने दलित घटनाहरुलाई केन्द्रीय स्तरमा पुर् याउनु ।

१० यो अनलाइन अंग्रेजी र नेपाली दुई भाषामा साचालन गरीनेछ ।

- अधिकारमा कलम चलाउनका लागि दलित युवाहरुलाई पत्रकारिता सम्बन्धी तालिम प्रदान गर्ने - अधिकारलाई संरक्षण तथा व्यवस्थित गर्न सरकार तथा राज्य संयन्त्रसँगको उन्नत साझेदारी विकास गर्न विभिन्न माध्यम तथा उपायहरुको खोजी गर्ने । - अधिकार तथा समस्याहरुलाई पैरवीबहस गर्न तथा दलित अधिकार सम्बन्धी महासन्धि र अन्य राष्ट्रिय अन्तराष्ट्रिय दस्तावेजको कार्यान्वयनका निम्ति समुदायको तल्लो स्तरदेखि जिल्ला क्षेत्रीय तथा राष्ट्रिय स्तरमा रहेका संघ संस्थाहरुबीच साचाल विस्तारको सम्भाव्यताको खोजी तथा नयाँ संयन्त्रहरुको विस्तार गर्ने । -दलितमिडियाहोम डट कमलाई बढी भन्दा बढी उपयोगी शसक्त र प्रभावकारी बनाउनका लागि स्थानिय स्तर देखि जिल्ला-जिल्ला अाचल-अाचलमा रहेका विभिन्न दलित संघ÷संस्था र पत्रकारहरुबीचमा सहयकार्यको खोजी र विस्तारका साथै नयाँ संयन्त्र निर्माण गर्ने । -सदलित सवाललाई लिएर उठ्ने विभिन्न विषयवस्तुसँग सम्बन्धीत रहेर साक्षात्कार खुल्ला बहस जस्ता कार्य गर्ने । -दलितमिडियाहोम डट कमलाई व्यवस्थित बढी भन्दा बढी उपयोगी शसक्त प्रभावकारी श्रोत साधन युक्त र दिगो बनाउन विभिन्न श्रोतहरुको खोजी गर्ने ।

स्थापना किन[सम्पादन गर्नुहोस्]

दलित समुदायका ओझेलमा परेका विषयवस्तुहरुलाई उठान गर्न दलितका पक्षमा तथ्यगत रुपमा अडिएर पैरवी र बहस गर्न नीतिहरुलाई प्रभावित पार्न दलित तथा गैर दलित व्यक्ति तथा संघ/संस्थाहरुलाई दलित सवालमा निर्देशित तथा पारदर्शी गराउन राष्ट्रिय दलित पुस्तकालय बनाउन र एक पूर्ण अनलाईन श्रोत केन्द्र बनाउन ।

कहिले र कहाँबाट शूरु भयो सन् २००६ जुलाई ३ [2006 July 2 AD] देखी काठमाडौंबाट ।

नेपाली समाज हिन्दु वर्णाश्रमबाट साचालित भएकोले यहाँ जातका आधारमा जातीय छुवाछूत र विभेद हुने गरेको यथार्थ छर्लङ्ग देख्न र अनुभव गर्न सकिन्छ । नेपाली समाज हजारौ वर्ष देखि जातीय वर्णाश्रम व्यवस्था अनुसार साचालित भएकोले यहाँका केही जातिहरु जातीय छुवाछूत र विभेदबाट पिडित भएका छन् । ती जातिहरुलाई नै अहिले आएर दलित भनेर चिन्ने गरीन्छ । दलित समुदाय भित्र पर्ने सम्पूर्ण जातिहरु अति परिश्रमी कला र सीपले धनी समुदाय हो । त्यसैले यो समुदायलाई कामको आधारमा नै जातीय छुवाछूतको व्यवहार गरेर समाजमा पानी नचल्ने जातिको रुपमा परिभाषित गरी कार्यन्वयन गर्ने कार्य त्यति बेलाका सामन्ती वर्गहरुले गरे । नेपाली समाजमा यसलाई अझ संस्थागत गर्ने कार्य राजा जयस्थिति मल्ल र राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले गरेका थिए । हाल आएर नेपाल सरकारले कनूनी रुपमा जातीय छुवाछूतलाई अन्त्य गरी सकेपनि व्यवहारिक रुपमा यसको अन्त्य नभई सकेको अवस्था छ । यस्ता खालका विभेदहरुको अन्त्य गर्दै सामाजिक रुपान्तरणको पक्षमा मिडिया क्षेत्रले पुर् याउने योगदान महत्वपूर्ण हुदै आएको छ । त्यस माथि सूचना प्रविधिमा भएको विकास सामाजिक आर्थिक राजनीतिक र साँस्कृतिक रुपान्तरणको लागि निकै सहयोगी सिद्ध भएका छन् । ईमेल इन्टरनेट वेवसाइट ब्लग इ-बुलेटिन लगायतका साचारका माध्यमबाट छिटो र छरितो ढंगले सूचनाको आदान प्रदानद्वारा विभिन्न सवालमा विचार विमर्श गर्ने ज्ञान सृजना गर्ने बहस र तथ्य सूचनामा आधारित वकालत र लविङ्ग गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर् याउने पक्षलाई ध्यानमा राख्दै आंशिक रुपमा यस क्षेत्रमा सहयोग पुर् याउने हेतुले दलित अनलाईन श्रोत केन्द्र दलितमिडियाहोम डट कम स्थापना गर्ने परिकल्पना गरीएको हो । दलितमिडियाहोम डट कमले नेपालका दलित समुदायजातीय आधारमा छुवाछूत तथा विभेदबाट पिडित सामाजिक राजनीतिक आर्थिक र शैक्षिक विभेदमा परेकाको सामाजिक राजनैतिक आर्थिक तथा शैक्षिक जस्ता विभिन्न क्षेत्रमा देखा पर्ने समस्याहरुलाई प्रमुख प्राथमिकता दिइ नियमित रुपमा कार्य गर्दै आईरहेको छ

दलित पत्रकारितामा निरन्तर...क्रियाशिल...[सम्पादन गर्नुहोस्]

दलित अनलाईन पत्रकारितामा धेरै वर्ष पार गरीसकेको दलितमिडियाहोम डट कम नेपालबाट दलित अधिकारलाई अनलाईन मार्फत पैरवीबहस गर्ने एक मात्र अनलाइन पत्रिका हो । यसलाई शुरुवात एक सामान्य ब्लगको रुपमा परिक्षण गरीएको थियो । जुन (http://www.rajendraonline.wordpress.com) परिक्षण गरीएको केही समयमा नै लोकपि्रय भए पछि यसलाई एक पूर्ण दलित अनलाइन श्रोत केन्द्रको रुपमा अगाडि बढाउनु पर्छ भन्ने परिकल्पना गरी शुरुवात भएको एक वर्ष पछि आफ्नै डोमेन (www.DalitMediaHome.com)मा सर्ने कार्य भयो । त्यसै कै फलस्वरुप अहिले यो अवस्थामा आई पुगेको छ । दलितमिडियाहोम डट कमले आफ्ना गतिविधिलाई समग्र दलित अधिकारको साथ विशेषत दलित समाचार दलित सम्बन्धी विभिन्न लेख रचनाहरु पैरवी र बहसहरु ई-लाइब्रेरी दलित विषयवस्तुसँग रहेर विभिन्न व्यक्तित्वहरुसँग अन्तरवार्ताहरु दलित सम्बन्धी जानकारी राख्न म्बष्ति ध्ष्पष् खुल्ला दलित किताब खुल्ला अन्तर सम्वाद दलित सम्बन्धित अडियो भिडियो वृत्तचित्र टेलिचलचित्रलाई अनलाईनमा राख्ने लगायतका कुराहरुमा बढी केन्द्रीय भएको छ । दलितमिडियाहोम डट कम दलितहरुको आवाज हो । दलित सम्बन्धी एक पक्षीय पत्रकारिता गर्नु नै सामाजिक परिवर्तनको लागि हो । ूएक पूर्ण दलित अनलाईन श्रोत केन्द्रू भन्ने मान्यतालाई व्यवहारमा उर्तानका लागि दलितमिडियाहोम डट कमले यसमा दलित तथा गैर दलित पत्रकार व्यक्ति र संघ÷संस्थाहरुको सहकार्यलाई बढी प्राथमिकता दिदै आएको छ ।

दलितमिडियाहोम डट कम सम्मान मिडिया प्रा.लि.द्वारा साचालित छ । दलितमिडियाहोम डट कम सम्मान मिडिया प्रा।लि। मार्फत नेपाल सरकारको सुचना विभागसँग ८ बुँदे सम्झौता गरी मिति २०६६/०२/०३ देखि वैधानिक रुपमा साचालन भएको छ ।

यसले के गर्ने छ[सम्पादन गर्नुहोस्]

नेपाली परिपेक्ष्यमा दलित समुदायको विभिन्न सुचना र सन्दर्भ सामग्रीहरुलाई व्यवस्थित रुपले ुएकिकृत अभिलेखु राख्ने कार्य भै नरहेको अवस्थामा दलित समुदायका विभिन्न पक्षहरु जस्तैः दलित समुदायका ऐतिहासिक कार्यहरु दलित समुदायका सीप र कलाको परिचय दलित समुदाय भित्र पर्ने जातिहरुको परिचय दलित समुदायको जनसंख्या दलित समुदायका ताजा ताजा जानकारी समचारहरु दलित समुदायसँग सम्बन्धीत संघ संस्थाहरुको जानकारी दलित समुदायसँग सम्बन्धीत राखेर प्रकाशित पुस्तक अध्ययन सामग्रीहरु प्रतिवेदनहरु दलित सम्बन्धीत फिल्म टेलिफिल्म डकुमेन्ट्री भिडियो अडियो पोष्टर आदि जस्ता विभिन्न सामग्रीहरु यसमा समावेश गरी अनलाईन मार्फत विश्वभर सर्व्रशुलभ तरिकाले उपलब्ध हुने व्यवस्था गर्ने छ । साथै दलितमिडिया डट कमले दलित आन्दोलनको ःभमष्ब ध्बतअजको रुपमा कार्य गर्ने छ । दलित आन्दोलनको बारेमा विभिन्न सामग्रीहरु सम्प्रेषण गर्ने दलित आन्दोलनमा भएका उपलब्धीहरु राम्रा नराम्रा पक्षहरुलाई केलाई बाहिर ल्याउने काम गर्नेछ दलित समुदायको पेरिफेरीमा रहेर घट्ने घटनाहरुको बारेमा खोज अनुसन्धान गर्ने जस्ता सम्पूर्ण जानकारी राख्ने र गर्नेछ । जसले दलित सवालमा बहस तथा बौद्धिक र भावानात्मक रुपमा दलित मुक्ति आन्दोलनलाई दीशा निर्देश गर्ने कुरामा योगदान पुर् याउने छ ।


- फोटो ग्यालरी - दलित ई-लाइब्ररी - दलित सम्बन्धी ताजा ताजा समाचार - दलित सम्बन्धी हुने कार्यक्रमहरुको जानकारी - खुल्ला रुपमा अन्तर संवाद गर्न सकिने - दलित सम्बन्धी जस्तो सुकै सामग्री आफैले राख्न सकिने खुल्ला किताब ूम्बष्तिधष्पषू - संविधानसभा सम्बन्धीत दलित जानकारीहरु - संविधानसभा सदस्यहरुको जानकारी दलित समुदायबाट प्रतिनिधित्व गर्ने - दलित सम्बन्धी लेख रचना - विशिष्ट व्यक्तिहरुको अन्तरवार्ता - दलित व्यक्तिहरु र संघ संस्थाहरुको विवरण - दलित परियोजनाहरुको विवरण - दलित सम्बन्धी सम्पूर्ण अडियो र भिडियोहरु - दलित सम्बन्धी उपन्यासहरु - दलित सम्बन्धी रेडियो र टेलिभिजन कार्यक्रमहरु - दलित सम्बन्धी डकुमेन्ट्रीहरु - आफूलाई लागेको भोगेको दलित सम्बन्धी भावनाहरु आफैले ब्लग पोष्ट गर्न सकिने व्यवस्था - दलित ई-संग्रालय

== कसका लागि उपयोगी र पहुँच ==

- दलित समुदायको समस्यासँग नजिक रहेर काम गर्ने व्यक्ति संघ संस्था र राज्य - दलित समुदायको जानकारी लिन चाहने व्यक्ति संघ संस्था - दलित समुदायसँग सम्बन्धित रहेर अध्यययन अनुसन्धान गर्ने व्यक्ति संघ संस्था - दलित समुदायसँग काम गर्न चाहने व्यक्ति संघ संस्था - नेपाल लगायत विश्वका झण्डै १०० भन्दा बढी देशहरुमा यसका पाठकहरु

यो कस्तो हुने छ[सम्पादन गर्नुहोस्]

दलितमिडियाहोम डट कम दलितसँग सम्बन्धीत समाचार अडियो भिडियो पुस्तक प्रतिवेदन लेख रचना फोटाहरु आदि सामग्रीहरु व्यवस्थित रुपमा अभिलेख ९यलष्लिभ कतयचभ० राखी यो एक मात्र पूर्ण दलित अनलाईन श्रोत केन्द्र हुनेछ । जसका कारण विश्वको कुनै पनि कुनाबाट नेपाली र अन्य दलितसँग सम्बन्धीत सामग्रीहरु हेर्न अध्ययन गर्न जानकारी लिन दलित समस्याहरुको पहिचान गर्न दलित समुदायको समस्यालाई विश्वव्यापीकरण तथा गोलबन्ध गर्न सहयोग पुग्नेछ ।

== समाज र राज्यलाई यसको गुण के ==

-स्थानीय दलित सवाल केन्द्रीय स्तरसम्म उठान हने । -दलित सवाल पहिचान गर्न सजिलो हुने । -दलितमूखी नीति कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने । -आझेलमा परेका दलित समस्या सवालहरु उठान हुने । -दलित सम्बन्धि ताजा ताजा प्रमुख मुद्धाहरुका बारेमा बहस छलफल अन्तरकि्रया र साक्षत्कार जस्ता कार्यक्रम गरि दलित मुद्धाहरुलाई केन्द्रीय स्तर देखि स्थानीय स्तरसम्म उठान गरिने ।


दिगोपान कसरी हुन्छ -व्यक्तिगत/संस्थागत सहयोग -स्पोन्सरशीप -विज्ञापन -स्वयवसेवी रुपमा समय योगदान -न्युनतम चार्च सामग्री अपलोडिङ्ग -अनुदान -अन्य


समाचार सहयात्रीहरु[सम्पादन गर्नुहोस्]

यस दलितमिडियाहोम डट कमलाई एक पूर्ण अनलाईन श्रोत केन्द्र बनाउनका लागि साथै यसलाई अझ बढी प्रभावकारी व्यवस्थित बढी भन्दा बढी जानकारीमू्लक बनाउन ताजा ताजा समाचार र जानकारी आदान प्रदान गर्नको लागि हातेमालो गर्ने संस्थाहरुः

१ दलित गैरसरकरी संस्था महासंघ (DNF) २ जागरण मिडिया सेन्टर (JMC) ३ परिवर्तन साचार माच (PMF) ४ युग परिवर्तन साप्ताहिक (YP) ५ राष्ट्रिय दलित नेटवर्क कैलाली (RDN)

Contact: Mr. Rajendra Bishwakarma Founder/Editor DalitMediaHome Email: dalitblog@gmail.com Hello: +977-9841687136 Web: www.DalitMediaHome.com

यो एक विश्वकोष हो (यो ब्लग हैन)। अतः तपाईंको लेखहरुमा कुनै शोधपत्रमा झैं श्रोत (पुस्तक वा वेबठेगाना) उल्लेख गर्नु भए उचित हुन्छ। माथि उल्लेखित विषयबाहेक अन्य विषयहरुमा लेख्न चाहनुहुन्छ भने यो विकिपीडियामा अहिलेका जल्दाबल्दा विषयवस्तुहरु यस प्रका‍र छनः-

यस विश्वकोष निर्माणमा तपाईंको निरन्तर सहयोग रहिरहने छ भन्ने आशा गरिएको छ। --युकेश 17:30, 19 जेनवरी 2007 (UTC) +1 - राजेश 17:35, 19 जेनवरी 2007 (UTC)

नमस्ते
नमस्ते

नमस्ते Rajendraonline ज्यू समस्त विकिपीडिया समूदायको तर्फबाट यहाँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विश्वका सबै विषय बारे केही न केही जानकारीहरु संग्रहित हुन्छन्, तर अहिले सम्म नेपाली विकिपीडियामा ३२,९४६ लेखहरु छन्। यो विकीपिडियामा अहिले सम्म प्रयोगकर्ताहरुको संख्या ६६,५४५ पुगेको छ।

विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाँई पनि यहाँ केही लेख्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाँईको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।

विकिपीडियामा यहाँलाई केही अप्ठ्यारो परे अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदी प्रस्तुत गर्नु होला। विकिपीडिया संबन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्। केही सहयोग चाहिएमा मद्दत पृष्ठ हेर्नुहोस्। प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।

मलाई विश्वास छ तपाँईले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।

कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाँईको नाम र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा लेख्नु होला।

यदी तपाईँलाई विकिपीडियामा कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नु होला फेरी कसैले तपाईँको समस्याको समाधान बताउने छ।

विकिपीडियामा यहाँलाई फेरी पनि स्वागत छ।

  • धन्यवाद !

राजेन्द्र जी धेरै दिन पछि विकिपीडियामा देखिनु भएकाले तपाईँको स्वागत छ। तपाई यो सन्देस पढेर विकिपीडिया के हो? यसमा कस्तो किसिमको योगदान दिनु पर्ने हुन्छ भनेर थाहा पाउनु हुनेछ भन्ने आशामा छु।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०५:२२, २२ जुन २०१० (UTC)

सम्मान मिडिया[सम्पादन गर्नुहोस्]

सम्मान मिडिया दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृत लगायत पछाडि पारिएका वर्ग तथा समुदायको सवालमा साचार अभियानमार्फत जनवकालत गर्ने उद्देश्यले स्थापना भएको हो । साथै दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृत लगायत पछाडि पारिएका वर्ग तथा समुदायको आवाजलाई साचार माध्यममार्फत जनवकालत गर्नु यी वर्ग र समुदायसँग सम्बन्धित अध्ययन अनुसन्धान पुस्तक प्रकाशन सेमीनार गर्न स्थापना भएको हो
सम्मान मिडियाको विभेद विरुद्ध साचार अभियानद्वारा साचालित [DalitMediaHome.com.np] ले विगत ५ वर्ष देखि दलित समुदायमाथि हुने जातीय विभेद तथा छुवाछूतका विरुद्ध नियमित रुपमा अनलाईन पत्रकारिताबाट दलित समुदायको सवाललाई साचार माध्यमबाट जनवकालत गर्दै आईरहेको छ । जुन अहिलेसम्म स्वयम्सेवी रुपमा साचालन भैरहेको छ । यसको दिन प्रतिदिन महत्व र माग बद्दै गईरहेको छ । यसैलाई मध्यनजर राख्दै यसलाई अझ शसक्त प्रभावकारी गुणस्तरीय र धेरै भन्दा धेरै जानकारीमूलक बनाउनुका साथै दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृतको आवाजलाई साचारमाध्यमबाट शसक्त रुपमा उठान गर्नको लागि एक राष्ट्रिय स्तरको पत्रीका आउँदो नयाँ वर्ष २०६८ देखि साचालन गर्ने तयारी गरिरहेको छ ।

SAMMAN Media
Putali Sadak, Kathmandu Nepal
Email: info@sammanmedia.com.np
Web: [www.sammanmedia.com.np]

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Rajendraonline (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३२, १९ जनवरी २०१२ (युटिसी(UTC))

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस सम्मान मिडियालाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक कम्पनी, निगम वा संगठनलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छपर्वत सुबेदी (कुरा गर्ने) १२:०२, २३ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Rajendraonlineज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]