व्यास नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(ब्यास बाट पठाईएको)
Jump to navigation Jump to search
व्यास
Byas
व्यास नगरपालिका (दमौली)
—  नगरपालिका  —
Byas.pngव्यास नगरपालिकाको वडा विभाजन
व्यास Nepal-এ অবস্থিত
व्यास
व्यास
नेपालको नक्शामा व्यास नगरपालिका
निर्देशाङ्क: २७°५८′२४″उत्तर ८४°१६′०४″पूर्व / २७.९७३३° उत्तर ८४.२६७८° पूर्व / 27.9733; 84.2678निर्देशाङ्क: २७°५८′२४″उत्तर ८४°१६′०४″पूर्व / २७.९७३३° उत्तर ८४.२६७८° पूर्व / 27.9733; 84.2678
राष्ट्र  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल गण्डकी
जिल्ला तनहुँ
स्थापना बि.स.२०४८
सरकार
 - मेयर वैकुण्ठ न्यौपाने (ने.का.)
 - उप मेयर मिरा जोशी (ने.का.)
जनसङ्ख्या (बि.स.२०६८)
 - जम्मा ४२,८९९[१]
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
 - गर्मीयाम (डिएसटि) पोखरा (युटिसी)
टेलिफोन कोड +९७७-६५
वेबसाइट vyas.municipality.gov.np

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने तनहुँ जिल्लाको सदरमुकाम दमौलीलाई व्यास नगरपालीका भनिन्छ । दमौली मादी नदीको किनारमा पर्दछ । ब्यासी ऋषीको तपस्यास्थल यसै ठाउँमा रहेको विश्वास गरिन्छ । व्यास नगरको जनसङ्ख्या ४२,८९९ रहेको छ ।[१]

परिचय[सम्पादन गर्ने]

दमौलीमा रहेको मादी नदिको पुल

फराकचौर, गुणाडी र घाँसीकुवा गाविसका केही भाग मिसाएर २०४८ सालमा यस नगरपालिकाको स्थापना गरिएको हो । विशेष गरी दरै, घैटे, कुमाल, मगर, दमै, कामी, सार्की, नेवार र ब्राहृमण जातिको बाहुल्य रहेको यस नगरमा एउटा पनि उद्योगधन्दा छैन । वि.सं. २०५४ सालको निर्वाचनमा कुल १२ हजार ५५६ मतदातामध्ये ६६ प्रतिशत अर्थात् आठ हजार २०७ जनाले मतदान गरेका थिए । दमौली आदिकवि भानुभक्तको जन्म घर घाँसीकुवा भन्दा केही किलोमीटर टाढा रहेको एउटा ठूलो बजार हो । दमौली विशेष त बेद् लाई ४ भागमा बाड्ने बेद ब्यासको जन्म थलोको रूपमा चिनिन्छ । अझ भन्नु पर्दा , पोखरा देखि दमौली ४९ किलोमीटरको दूरीमा पर्दछ । यो तनहूँ जिल्लाको सदरमुकाम हो । सानो सहर हुनुनै यसको विशेषता हो, जसकै कारण यो प्रदुषण रहित छ र बातावरण सफा र सुघ्घर छ । बिगतका केही वर्षमा दमौली धेरै नै बिकसित भएको छ । विशेष त दमौलीको समुदाय मगर र गुरुङ जातिले भरिएको छ र धेरै बसोबासी हरू लाहुरे परिवार का छन् । शिक्छ्याको कुरा गर्नु पर्दा, दमौलीमा प्रशस्त मात्रमा स्कूलहरू छन्, बोर्डिंग तथा सरकारी । करिब ८ - ९ वर्षा अगाडि दमौलीमा एउटा मात्र कलेज थियो । पराशर बहुमुखी क्याम्पस, तर अहिलेको समयमा भने धेरैनै कलेजहरू खुलेका छन् र सम्पूर्ण बिध्यालयहरूलाई उच्च माध्यमिक बनाउने नया नियमले झन् धेरै नै मदत गरेको छ ।[२]


दमौलीलाई आदिम कालदेखि नै मह्र्शिहरूको आदर्श तपोभूमि मानिएको छ। यो तनहूँको सदरमुकाम दमौली, मादी र सेती नदीको संगम देखि उत्तर किनारमा अवस्थित छ । समुंद्रदेखी ३०८ मिटरको उचाइमा पर्ने यस ठाउँ महारभारत शृंखलाको उत्तरी घंच्मा पर्दछा | यो पहाडी जिल्ला सदरमुकाम मध्ये निकै होचो ठाउँमा रहेको सदरमुकाम हो | यसलाई पार्कोटटार पनि भानिन्छा। भौगोलिक बनावट अनुसार दमौलीको उत्तर-पश्चिमपट्टि खैरेनीटारको सेरोफेरो तथा मादी नदीको आसपासको समतल भूमिका साथै दक्षिण पर्स्चिमतर्फ मानुंग डाँडा अवस्थित छन् | त्येस्तै दमौलीको उत्तरतिर फराकचौर र तनहूँ सुरक सख उपसाखाहरू पसारिएका छन् भने दक्षिण् पूर्वमा बन्दिपुरको रमाइला शृंखलाहरू पर्दछन ।

चारैतिर हराभरा बनजंगल तथा फाँट र नदीहरूको साथमा अवस्थित दमौली बजार गर्मि ,औंलो तथा सिमित परिधिउले गर्दा प्रचिनदेखी उपेक्षित् यस ठाउँमा २०२५ सालमा सदरमुकाम सरे यता यसले विकासको चहलपहलमा सक्षम् भएको छ। हालै आएर दमौलीको यति चांडो वृद्धि भएको छ, जो अनुमान गर्न नै सकिदैन। कमै समयमा भएपनि यसले गरेको विकास उत्साहजनक छ । तनहूँकै आसपास लगायत पश्चिम गोर्खा , लम्जुंग, कास्की तथा बाग्लुंगका अधिकांश मानिसहरूले यहाँ नै बसोबास गरेका छन् | पृथ्वी राजमार्गको महत्वले बढी प्रभावित परेको यस ठाउँमा गर्मीमा बढी गर्मि र जाडोमा पनि जाडो हुनुका साथै कार्तिक , पौष र माघ महिनाहरूमा काठमाडौं सरह कुहिरो लाग्छ | चारैतिर पहाडी पहाडले सुशोभित यस थुन पर्यटकहरूको लागि महत्वपुर्ण हुन लागेको छ । दमौलीभन्दा पश्चिम मादी नदीमा अवस्थित ३७० मिटर लामो मादी पुल, ब्यास जन्मस्थल, पराशर गुफा, ब्यास गुफा, ब्यास कुण्ड, ज्ञान गुफा र ध्यान गुफा जस्ता सामग्रीहरू यहाँ हेर्न लायकका ऐतिहासिक बस्तु हुन् ।

बुधपकाका अनुसार पहिले यस ठाउँमा औलो लाग्छ भन्ने भनाइ पनि थियो | तर यातायात र जनघनत्वको चापले औलो उन्मुलन भै सहरीकरण हुन आएको छ | हाल सरकारी स्तरका बिबिध कर्यलाहरूका अतिरिक्त बिजुली, संचार, स्वास्थ्य एवं खानेपानीमा समेत सुविधा प्राप्त भएको यस ठाउँमा आधुनिक चलचित्र हाल निर्माण गरिएको छ | त्यसैले यो तनहूँको एउटा प्रमुख औधोगिक वाणिज्य केन्द्र बन्न पुगेको छ । त्यहि रूपमा हिजो बन्दीपुर थियो | वर्तमान बन्दीपुर बजार एउटा बुढी सासु र दमुली नबिन नविन रंगीचंगी बतावार्न्ले मस्त जवानीले भरिपुर्ण भएकी बुहारी बन्न पुगेको छन् | धार्मिक स्थलको परिचय दिने क्रममा एसको नाम कसरि दमौली रहन गयो होला भन्ने प्रसंगमा खुल्दुली लग्नु स्वभावक हो ।

दमौली नामाकरण[सम्पादन गर्ने]

दमौली सहरको तस्बिर

हाल आदरसा गाउँ पंचायत रहेको दमौलीको नामकरण कसरी तहना गयो भन्ने बारे शास्त्रीय प्रमाणलाई एकछिन छाडेर दमौली प्रति उल्झियेका केही कहावतहरूलाई यहाँ प्रस्तुत गर्नु समसामयिक होला | सर्बप्रथम यस ठाउँको नाम दमौली रहनुमा निम्न ५ कहावत छन् :

  • - दिमुली : मगर भाषामा 'दि' भनेको पनि र 'मूल' भनेको मूल हो| दुइ पानीको मूल भएकाले यसबाट अपभ्रंश भएर पछी दमौली भनिन आएको तर्क पैन्छा ।
  • दमौलीको वरिपरी 'द' आकारका डाँडा काँडाहरू छन्। 'द' भनेको पहाड र 'मौलि' भनेको पहाडको चुलिलाई जनाउने हुदा द+मौलि मिलेर दमौली रहन गएको पनि मानिन्छ |
  • त्यस्तै, दमौलीको हात बजार हेर्न एकजना मात्र नभई दुइ जोडी मिलेर (दमली) आउने हुँदा दमलिबता दमौली हुन आएको हो पनि भनिन्छ |
  • गुरुङ मगरको नांच गानमा बजाउने एक किसिमको बाजालाई दम्फु वा दम्फौली भनिन्छ | यसैबाट अपभ्रंश भएर पछी दमौली हुन आएको पनि भनिन्छ |
  • अर्को तर्क 'दह' हो । यस्कोक अर्थ दमौलीमा ब्यास कुण्ड र शिव कुण्ड दुइ वटा पानीका पोखरी हुनुका साथै गण्डकीको संगम्देखी एक दुइ गज तल पानीको ताल (दह) परेको छ र त्यहाँ गएर गहिरो अध्यन गर्दा पानी बगेको जस्तो कत्ति पनि देखिदैन। त्यसै पानीको दहबाट अपभ्रंश भएर दमौली नामकरण हुन गएको पनि भनिन्छ ।

यी सब कहावत हुन्, जेहोस दमौलीको बारेमा शास्त्रीय प्रमंबता बोलिद येसरी बोलिन्छ : दमौली प्राचिन समयमा अर्थात् पराशर बरिष्ठ ऋषिका पालामा प्राचिन आदर्श गाउँ थियो | यहि आदर्श भनेको राम्रो, सुन्दर , सफा गाउँ हो । कारण ऐनबाट जसरि आफ्नो अनुहार छर्लंग देख्न सकिन्छ, तेसैगरी यस ठाउँ बाट पनि आदर्शको ज्ञान प्राप्त गर्न सकिन्छ । अत: यसको बारेमा सानो चर्चा गरौ - 'दस्च मश्च दमौ दामौलैयते यत्रसा दमौली ' अर्थात् बादल रूप अज्ञानको बन्धन रूप जन्म मृत्युको पशो जुन ठाउमा पुग्दा हराउछ वा शान्त भएर आफै फुस्केर जान्छ त्यो ठाउँ दमौली हो अर्थात् परियार रूप-बन्धन जहाँ आफै नाश हुन्छ, त्यो ठाउँ दमौली हो। त्यसैले दमौली भुमि प्राचिन व्यासका पालामा तपोभुमिकै रूपमा अथवा अनिशाक्त निस्काम कर्मयोगी ब्यास्जस्ता महार्शिको भुमि थियो ।

यसै प्रसंगमा मित्रबरुनका दुइ छोरा अगस्त्यबशिष्ठ (जुम्ल्याहा) थिए। तीमध्ये बशिष्ठका जेठ छोरा शक्ति थिए । शक्तिका एक मात्र छोरा पराशर अनि परशारका एक छोरा सुकदेव ( कृष्ण द्वेपायन ब्यास) थिए | परन्तु पछी वेदको व्याख्या गरिएको हुँदा उनको नाम वेद ब्यास रहन गयो । व्यासका बराजु बरिष्ठ ऋषिको आश्रम अनि तनहूँको दक्षिण् भाग कलिगंदकिको उत्तरी किनार देवघाटमा नै भएको र छोरा शक्तिले पिताजीको भन्दा अलगै एकान्त जंगल दुइ नदीको संगम समेत भएको दमौलीलाई रुचायेछ्न ।

कालान्तरमा रहदा, बस्दा आफु सबै कुराबाट प्रभावित भएबाट उक्त ठाउँको नाम दमौली राखेको हुनु पर्छ । किनभने बालक ब्यास जन्मनासाथ त्यहि दोभानमा स्वास्नी , छोरालाई छोडी हिंडेका थिए र त्यसबेला उनलाई परिवारको बन्धनले रोक्न सकेन | समौलीमा आदिक युगमा आज जस्तो कुहिरो लाग्दैनथ्यो 'रे' भन्ने बारेमा एउटा रोचक किम्बदन्ती छ - यस बारे दमौली देखि ८ कि.मि. पूर्व छाब्दी बारहिको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासको मत सत्यतिको जन्म भएको थियो रे| माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ| सत्यवती ६,७ बर्षको सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूको डुंगा चलेको ठाउँमा पुगीछां र ति माझीहरूले एती सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी १०,१५ दिन पालेछ्न |त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजीकै रहेछ | घुम्दै फिर्दै करंबश एकदिन पराशर ऋषि र सत्यवातिको भेट भएछ | भेटको सिलसिलामा तत्काल परशार्ले रितुदन देउ भनि सत्वातिसंगा अनुरोध गर्दा सत्यवातिले 'म यति सानो बालिका , तपाई अवान मानिस संग कसरी रितुदान दिने ' भन्दा पराशरले म तिमीलाई म जस्तै जवान बने दिन्छु भनि प्रतिज्ञा गरि सत्यवातिलाई आफूसमान बने तद्पस्चात भोगविलासको लागि परशार्ले अनुरोध गर्दा सत्वतीले एस्तो चकमन्न घाममा यो कसरी सम्भव हुन्छा भनि सोधनी गर्दा पराशरले म कुहिरो उत्पन्न गरिदिन्छु भनेछन र तत्कालै कुहिरो उत्पति हुन गइ पराशर र सत्यवती सामाजिक भोगविलासमा सम्बन्ध भएर रहेको भनाइ छ।

ऐतिहासिक तपोभूमि[सम्पादन गर्ने]

दमौलीमा मादी र सेती नदीको संगमदेखी पश्चिम किनारमा एउटा ऐतिहासिक गुफा छ | त्यस गुफामा पराशर ऋषिले तपस्या गरेका थिए र तपसिद्ध दिने गुफा पनि त्यहि नै हो। उक्त पराशर गुफा देखि पूर्व गण्डकीको संगम किनारदेखि उत्तर पट्टि वेद शास्त्रका प्रबर्द्धक महर्षि ब्यासजीले तपस्या प्राप्त गर्नु भएको ब्यास गुफा छ | मक्कर संक्रान्ति वेद ब्यासको पवन जन्म दिन भएकोले जन्मस्थल महेन्द्री र शुल्क गण्डकीको पान्चायन मन्दिर नजीकै २०४१ मक्कर संक्रान्तिका दिन वैदिक विधिवत १००८ जना ब्राह्मण हरूद्वारा योगी नरहरिको सक्रियतामा एक महिने कोटी होमको योजना गरिएको थियो। यस ब्यास जन्म स्थल क्षेत्र भित्र विभिन्न किसिमका बिष्णु मन्दिर , गणेश मन्दिर, सुर्य मन्दिर, दुर्गा मन्दिर र धुनी मन्दिर पर्दछन भने पान्चयान मन्दिरभन्दा करिब २० मिटर पूर्व पट्टि उत्तर पश्चिम मुख भै वेद व्यास , दक्षिण् पूर्व मुख भै हनुमान, ढुंगाको कालो पहरामा आड लगाएर उत्तर दिशातर्फ नौ मुख भएका शेष नग , गणेश र हनुमानका बिचमा एउटा शिला राखिएको छ, यसलाई 'जयशिला' भनिन्छ ।

त्यस्तै व्यासको मुर्तिदेखी पुर्बपत्तिको मन्दिरलाई धुनी मन्दिर भनिन्छ यस मन्दिरमा योगीले बार्है महिना धुनी जागे बस्छन । योगीका अनुसार उक्त धुनिको आगोलाई अन्यत्र कामको लागि प्रयोग गरिदैन । व्यासहनुमानको मुर्तिदेखी उत्तर पट्टिको पोखरीलाई व्यास कुण्ड भनिन्छ | यस पोखरीमा सत्यवती सुत्केरी हुँदा कपडा धुने र नुहाउने काम गर्नुहुन्थ्यो | उक्त पोखरी करिब एउटा बासको लिङ्गो जति गहिरो छ | हिउदको समयमा यस पोखरीमा आधा आधीभन्दा बढी पानी हुन्छ | यसको रक्षा र रेखदेखको लागि तनहूँ जी पं कोष बाट मासिक रु , ५१० पारिश्रमिक स्वरम यहाका पुजारी लाई प्रदान गरिन्छ | त्यस्तै पुञ्ज आजको लागि मासिक रु. १०० पनि जी पं कोष बाट नै पुरा गरिन्छ । यहाँ पुजरिहरूले बिहान बेलुका गरि ११ ठाउँमा दुइ दुइ पटक पुञ्ज गर्ने परम्परा छ | यहाँ पान्चायान मन्दिरका साथै धुनी मन्दिर, पाटी, कोतिहोम प्रयोगशाला, पुजारी निवास र ५,७ वटा स-सङ योगिनिहरू बस्ने निवास समेत छन् | पृथ्वी राज्मर्गदेखी दक्षिण्मा पर्ने यस दमौली बजारको बीच भाग भएर गएपछि अन्त्यमा एउटा चौतारा आऊछ। त्यसभन्दा करिब ३५ गज तल गण्डकी नदीको किनार माथि उत्तर दक्षिण् र पूर्व पश्चिम भएर तेर्सिएको रसिलो भूमिलाई व्यास क्षेत्र भनिन्छ | बसबाट दमौलीको बीच चोकमा झरेपछि ठुली बोर्डमा व्यास गुफा ७५० मिटर भनेको चिन्ह देखेपछि जो कसैलाई पनि त्यसतर्फ जान मन लाग्छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

बि.स.२०६८ को जनगणना अनुसार व्यास नगरपालिकाको जनसङ्ख्या ४२,८९९ रहेको छ । यो नगरपालिकामा ११,३२१ वटा घर छन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. माथि दिइएका पधांशहरू " डिल्लीराम मिश्र "को पुस्तक 'नेपाल अधिराज्यमा तनहूँ'बाट साभार गरिएको हो ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]