विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/२०१९
आवेदन सारांश तालिका[सम्पादन गर्नुहोस्]
महिना | प्रमुख लेखको आवेदन | मुख्य सम्पादक | आवेदक | समर्थन ↑ | विरोध ↓ | प्रमुख लेख समन्वय समिति |
---|---|---|---|---|---|---|
जनवरी २०१९ | गुजराणवाला | हिमाल सुबेदी, पर्वत सुबेदी | हिमाल सुबेदी | ५ | १ | Saroj Uprety (कुरा गर्ने) १२:१०, १९ जुलाई २०२० (नेपाली समय) |
फेब्रुअरी २०१९ | लभ स्टोरी (टेलर स्विफ्टको गीत) | हिमाल सुबेदी | हिमाल सुबेदी | ३ | २ | Saroj Uprety (कुरा गर्ने) १२:१०, १९ जुलाई २०२० (नेपाली समय) |
मार्च २०१९ | डकडकगो | पर्वत सुबेदी | हिमाल सुबेदी | ६ | ३ | Saroj Uprety (कुरा गर्ने) १२:१०, १९ जुलाई २०२० (नेपाली समय) |
अप्रिल २०१९ | ठूलो घाउँके हावासील | हिमाल सुबेदी | हिमाल सुबेदी | ६ | ० | Saroj Uprety (कुरा गर्ने) १२:१०, १९ जुलाई २०२० (नेपाली समय) |
मे २०१९ | मारूनी नाच | Ram Prasad Joshi, Janak Bhatta र Ganesh Paudel | Ram Prasad Joshi | ३ | ० | Saroj Uprety (कुरा गर्ने) १२:१०, १९ जुलाई २०२० (नेपाली समय) |
जुन २०१९ | पञ्चकोशी | Ram Prasad Joshee | Ram Prasad Joshee | ५ | ० | Saroj Uprety (कुरा गर्ने) १२:१०, १९ जुलाई २०२० (नेपाली समय) |
आवेदन सङ्गालोः सन् २०१४ • सन् २०१५ • सन् २०१६ • सन् २०१७ • सन् २०१८ • सन् २०१९ • २०७६ • २०७७ • २०७८ • २०७९
जुन २०१९[सम्पादन गर्नुहोस्]
पञ्चकोशी[सम्पादन गर्नुहोस्]
पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तिर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तिर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तिर्थ भनेर वर्णन गरिएको छ। यस तिर्थलाई अग्नि तिर्थ भनेर पनि चिनिन्छ। प्राचिन कालका खसमल्ल राजाहरूले यस तिर्थलाई पञ्कोशी भनेर नामांकन गरी तिर्थ यात्राको थालनी गरे यता यस तिर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ । पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पृती कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकिय र आर्थिक महत्व समेत ओगटेको छ। पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो । विसं २०७२ को चैतमा नेपाल र चिन बीच भएको द्विपक्षिय सम्झौता अनुशार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्वीकृत गरेको थियो । अब नेपाल र चिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदैछ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर
![]()
| ||||||||||||||||
|
मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, गुरुङ, तामाङ, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारूनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारूनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारूनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा रामायण, महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारूनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर
![]() | ||||||||||||
|
ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदि र तालहरूमा प्रजनन गर्ने गर्छ। यो चरा विश्व भरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस चरालाई युरोपेली सङ्घ पंक्षी संरक्षण संस्था द्वारा १०८ संरक्षण क्षेत्रहरूमा पनि राखिएको छ। युरोपमा बसोबास गर्ने यस चराको प्रजातिलाई ४३ महत्त्वपूर्ण पंक्षीको रुपमा लिइन्छ। यस चरालाई अफ्रिकी युरेसिया बसाइँसराइ गर्ने पंक्षीको रुपमा पनि लिइन्छ। ठुलो घाउँके हावासील हावमसील प्रजातिका चराहरूमा सबैभन्दा ठूलो चरा हो । हवासील प्रजातिका चराहरूमा सानो घाउँके हावासील बाहेक अन्य सबै प्रजातिहरूको आकार ठुलो नै हुन्छ । यस प्रजातिको एक वयस्क चराको लम्बाई १४० देखि १८० सेमी (५५ देखि ७१ इन्च) हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र लामो हुन्छ जसको लम्बाई २८.९ देखि ४७.१ सेमी (११.४ देखि १८.५ इन्च) हुन्छ। यस चराको एक पखेटा देखि अर्को पखेटाको लम्बाई २२६ देखि ३६० सेमी (७.४१ देखि ११.८१ फिट) जुन उड्न सक्ने चराहरू भन्दा लामो हुन्छ। यस पंक्षीको एक वयस्कको लम्बाई १७५ सेमी (६९ इन्च) हुन्छ भने यसको तौल ९ देखि १५ किग्रा (२० देखि ३३ पाउन्ड) हुन्छ। एक वयस्कको चुच्चोको लम्बाई ३४.७ देखि ४७.१ सेमी (१३.७ देखि १८.५ इन्च) हुन्छ। यस प्रजातिको वयस्क पोथीको लम्बाई भालेको भन्दा थोरै कम हुन्छ तर यसको तौल ५.४ देखि ९ किग्रा (१२ देखि २० पाउन्ड) र यसको चुच्चोको लम्बाई २८.९ देखि ४०.० सेमी (११.४ देखि १५.७ इन्च) हुन्छ।(पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- ![]()
| ||||||||
|
डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
| ||||
|
"लभ स्टोरी" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले रचना र प्रस्तुति गरेको एक गीत हो। उनले यो गीत नेथन च्यापम्यानसँग मिलेर निर्माण गराएकी हुन्। यस गीतलाई १२ सेप्टेम्बर २००८ मा बिग मेसिन रेकर्डसद्वारा स्विफ्टको दोस्रो एल्बम फियरलेसको पहिलो र एकल गीतको रुपमा सार्वजनिक गरेको थियो। स्विफ्टले यस गीतलाई आफ्नो प्रेम जीवन र प्रेम चाहनाको बारेमा वर्णन गर्दै लेखेकी हुन्। स्विफ्टले विलियम शेक्सपियरद्वारा लेखिएको रोमियो र जुलिएटको कथाको आधारमा यो गीत रचना गरेकी हुन् भने उक्त कथा स्विफ्टका लागि प्रेरणको स्रोत बनेको थियो। रोमियो र जुलिएटको कथाको अन्त्यमा निरासाजनक समाप्ति भएता पनि स्विफ्टले उनको गीतमा सुखमय समाप्ति गरेकी छिन्। गीतको सार विशेष गरि जुलिएटको कथाको सन्दर्भमा रहेको छ। गीतले स्विफ्टको लेखन शैली र गीतको कथावस्तुका कारण विश्वव्यापी प्रशंसा प्राप्त गरेको थियो। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
|
|