सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/२०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आवेदन सारांश तालिका/२०१४

[सम्पादन गर्नुहोस्]
महिना    प्रमुख लेखको आवेदन     मुख्य सम्पादक आवेदकसमर्थन ↑विरोध ↓प्रमुख लेख समन्वय समिति
जुलाई २०१४महात्मा गान्धीगणेश पौडेलनिर्जल श्रेष्ठ  मतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । Nirjal stha (कुरा गर्ने) १४:४७, ९ जुलाई २०१४ (युटिसी(UTC))
जुलाई २०१४गिरिजा प्रसाद कोइरालानिर्मल दुलाल, भवानी गौतमनिर्जल श्रेष्ठउपरोक्त लेख प्रमुख लेख समन्वय समिति पूनरावलोकन प्रक्रियामा धेरै लामो समय लागेको कारणबाट आवेदन खारेज गरिएको छ । कुरा गर्ने ०२:५३, ३० जुलाई २०१४ (युटिसी(UTC))
अगस्त २०१४अमरनाथ मन्दिरबिप्लब आनन्दबिप्लब आनन्दमतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । कुरा गर्ने ०२:५३, ३० जुलाई २०१४ (युटिसी(UTC))
सेप्टेम्बर २०१४बृहत हिमालय पदमार्ग‎Junu131, Sandhya Pokhrelनिर्जल श्रेष्ठमतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । कुरा गर्ने ०४:१७, २८ अगस्त २०१४ (युटिसी(UTC))
अक्टोबर २०१४कृष्णराम प्रसाद जोशी, निर्मल दुलालबिप्लब आनन्दउपरोक्त लेख प्रमुख लेख हुनको लागी आवश्यक मत नपुगेकोले गर्दा मतदानको आधारमा आवेदन खारेज गरिएको छ । कुरा गर्ने ०६:५५, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))
अक्टोबर २०१४छठगणेश पौडेल, क्रिस दुलालबिप्लब आनन्दमतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । कुरा गर्ने ०६:५७, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))
नोभेम्बर २०१४जानकी मन्दिरAaniyo, बिप्लब आनन्दबिप्लब आनन्दमतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०५, ३१ अक्टोबर २०१४ (युटिसी(UTC))
डिसेम्बर २०१४दक्षिण एशियाली सहयोग सङ्गठनRvibek, गणेश पौडेल तथा निर्मल दुलालबिप्लब आनन्दमतदानको आधारमा प्रमुख लेखको रूपमा छनौट । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५५, ३० नोभेम्बर २०१४ (युटिसी(UTC))

सम्पादन |- |

प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः सन् २०१४   सन् २०१५   सन् २०१६   सन् २०१७   सन् २०१८   सन् २०१९   २०७६  २०७७   २०७८   २०७९

डिसेम्बर २०१४

[सम्पादन गर्नुहोस्]

दक्षिण एशियाली सहयोग सङ्गठन

काठमाडौँ स्थित सार्क सचिवालय

दक्षिण एशियाली सहयोग सङ्गठन (छोटो नाम: सार्क) सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रिय एकताको भावनालाई बंगलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए ।

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गालादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तानश्रीलंकासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो । सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले हालै नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१६, २० नोभेम्बर २०१४ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा डिसेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५१, ३० नोभेम्बर २०१४ (युटिसी(UTC))

 समर्थन

१२:४७, २० नोभेम्बर २०१४ (युटिसी(UTC))

 असमर्थन

नोभेम्बर २०१४

जानकी मन्दिर

जनकपुरमा रहेको जानकी मन्दिर

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Aaniyo, बिप्लब आनन्द
  • आवेदनको कारणहरू: नेपालको मन्दिरसँग सम्बन्धित उत्कृष्ट लेखन भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०३, २८ अक्टोबर २०१४ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा नोभेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०५, ३१ अक्टोबर २०१४ (युटिसी(UTC))

 समर्थन

 असमर्थन

अक्टोबर २०१४

छठ

छठ पुजा गर्दै श्रद्धालु भक्त

छठ पर्व नेपालको बिशेषरुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५७, ८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा सेप्टेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । कुरा गर्ने ०६:५५, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

 समर्थन

(✉✉) २१:५१, ९ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

 असमर्थन

कृष्ण

कृष्ण बाँसुरी बजाई रहेको मुर्ती

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मीएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ । श्रीकृष्णका एक दाजु बलराम नन्द गोपका छोरा थिए (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।


* उपरोक्त लेख प्रमुख लेख हुनको लागी आवश्यक मत नपुगेकोले गर्दा मतदानको आधारमा आवेदन खारेज गरिएको छ । कुरा गर्ने ०६:५२, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

 समर्थन

(✉✉) १२:५६, २१ अगस्त २०१४ (युटिसी(UTC))

 असमर्थन

सेप्टेम्बर २०१४

बृहत हिमालय पदमार्ग

विहानीमा देखिएको सगरमाथाको दृश्य

बृहत हिमालय पदमार्ग अथवा ग्रेट हिमालय ट्रेल (Great Himalaya Trail) संसारकै लामो र अग्लो पदमार्गहरु मध्ये एक हो। नेपालको सुदुर पूर्वको जिल्ला ताप्लेजुङदेखि सुदूर पश्चिमको जिल्ला दार्चुलासम्मको भूभाग ओगटेको बृहत हिम शिखरहरु रहेको स्थानलाई बृहत हिमालय क्षेत्र (Great Himalaya Region) भनिन्छ। यो पदमार्गले नेपालका हिमाली जिल्लाहरु छोएको छ। यस पदमार्गको दुईवटा रुट मध्ये एउटा पूर्बको ताप्लेजुङ देखी पश्चिमको हुम्ला र अर्को दार्चुला सम्म पुग्दछ। त्यस्तै यो ट्रेल तिब्बत, भारत, म्यानमार, पाकिस्तान सम्म फैलिएको छ। यो पदमार्गको विकासले पर्यटकहरूलाई नयाँ अनुभूति दिन्छ र साथै गरीबी निवारण र विकास सहितको पर्यटनलाई झल्काउँछ। यस पदमार्गलाई १० भागमा बिभाजन गरिएको छ जस अन्तर्गत पाँच हिमाली जिल्लामा कार्यरत द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले पर्यटन अभिवृद्धिका लागि योगदान दिन्छ। यो पदमार्ग निर्माणको अर्को उद्देश्य अविकसित जिल्लाको विकास, रोजगारी सिर्जना र हिमाली क्षेत्रका समुदायका लागि अवसर प्रदान गर्नु रहेको छ (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Junu131, Sandhya Pokhrel
  • आवेदनको कारणहरू: नेपालको पर्यटनसँग सम्बन्धित महत्वपूर्ण पक्ष भएको तथा उत्कृष्ट लेखन भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

सम्पादकहरूको मतदानको आधारमा सेप्टेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । कुरा गर्ने ०४:०८, २८ अगस्त २०१४ (युटिसी(UTC))

 समर्थन

 असमर्थन

अगस्त २०१४

अमरनाथ मन्दिर

अमरनाथको पवित्र गुफा

अमरनाथ हिन्दुहरूको एउटा प्रमुख तीर्थस्थलको रुपमा रहेको छ । यो भारतको जम्मू र कश्मीर राज्यको श्रीनगर शहरको उत्तर-पूर्वमा १३५ किलोमिटर टाढा रहेको छ । यो गुफा समुन्द्र सतहदेखि १३,६०० फिटको ऊँचाईमा अवस्थित छ । यस गुफाको लम्बाई (भित्र देखि गहिराई) १९ मिटर र चौडाई १६ मिटर छ । गुफा ११ मिटर अग्लो छ ।

अमरनाथ गुफा भगवान शिवको प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो । अमरनाथलाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ किनकी यहिँ स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताउनु भएको थियो । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक:: बिप्लब आनन्द
  • आवेदनको कारणहरू: भगवान शिवको प्रसिद्ध मन्दिर भएको र हालै यस बर्षको यात्रा प्रारम्भ भएको हुँदा
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

   * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:४१, ७ जुलाई २०१४ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा अगस्ट महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । कुरा गर्ने १७:३४, २३ जुलाई २०१४ (युटिसी(UTC))

 समर्थन

  1. आवेदनकर्ताको रूपमा समर्थन. बिप्लब आनन्द (कुरा गर्ने) १०:१९, ७ जुलाई २०१४ (युटिसी(UTC))
  2.    Nirjal stha (कुरा गर्ने) ११:४६, ७ जुलाई २०१४ (युटिसी(UTC))
  3.   -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १२:५७, ११ जुलाई २०१४ (युटिसी(UTC))
  4.   - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:०६, १६ जुलाई २०१४ (युटिसी(UTC))
  5.    रमेश सिंह बोहरा (कुरा गरौँ) ०४:२६, १७ जुलाई २०१४ (युटिसी(UTC))

 असमर्थन

छलफल

राम प्रसाद जी अब हेर्नुहोला ..मैले लेखलाई दशवटा पृष्ठमा जोडिसकेको छु । -- बिप्लब आनन्द (कुरा गर्ने) ०५:५८, ११ जुलाई २०१४ (युटिसी(UTC))

@बिप्लब आनन्द:जी अब यो लेखलाई प्रमुख लेखमा स्थान दिन सकिन्छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१२:५४, ११ जुलाई २०१४ (युटिसी(UTC))

जुलाई २०१४

महात्मा गान्धी

मोहनदास करमचंद गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।

उनी सत्याग्रह - व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनले भारतलाई स्वतन्त्रता दिएर जनताको नागरिक अधिकारहरू एवं स्वतन्त्रताको आन्दोलनको लागि सारा संसारलाई प्रेरित गरे। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन्। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक:: गणेश पौडेल
  • आवेदनको कारणहरू: उक्त लेख राम्रो लेखको सुचीमा रहेको तथा अन्तराष्ट्रिय व्यक्तित्व रहेकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
समयको अभावले गर्दा १० दिन भित्रमा प्राप्तहरू मतदातको आधारमा जुलाई महिनाकोलाई प्रमुख लेखको रूपमा आवेदन परेको लेखलाई स्विकृत गरिएको छ । Nirjal stha (कुरा गर्ने) ११:५६, ९ जुलाई २०१४ (युटिसी(UTC))

 समर्थन

  1. आवेदनकर्ताको रूपमा समर्थन. Nirjal stha (कुरा गर्ने) ०८:४३, ३० जुन २०१४ (युटिसी(UTC))
  2.    - यो लेखमा रहेका त्रुटीहरुलाई सुधार गरिसकिएकोले यसलाई मुख्य लेखको रुपमा स्थान दिन सकिन्छ । - बिप्लब आनन्द कुरा गर्ने ०९:०१, ३ जुलाई २०१४ (युटिसी(UTC))
  3.    --Ganesh Paudel (कुरा गर्ने) ०६:३१, ४ जुलाई २०१४ (युटिसी(UTC))
  4.   --रमेश सिंह बोहरा (कुरा गर्ने) ०६:५५, ४ जुलाई २०१४ (युटिसी(UTC))
  5.    यो लेखको पुन: सम्पादन गर्नुहुने सबै विकिसम्पादक मित्रहरूलाई धन्यवाद सहित यो लेखलाई अब विकिपिडियाको जुलाई महिनाकोलागी प्रमुख लेखमा राख्नको लागी स्वकृती दिइन्छ साथै यो लेखको प्रस्ताव ल्याएर यस लेखलाई पूर्ण सुधारको मौका प्रदान गर्नु भएकोमा आवेदकलाई धन्यवाद। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने ०९:४०, ५ जुलाई २०१४ (युटिसी(UTC))

 असमर्थन

  1. व्याकरणीय त्रुटि युक्त लेख भएकोले असमर्थन -DULAL (मसँग कुरा गर्नुहोस्) १४:३४, ३० जुन २०१४ (युटिसी(UTC))


गिरिजा प्रसाद कोइराला

गिरिजा प्रसाद कोइराला

गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए - १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म। उहाँ सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो। त्यति बेला उहाँका दाजु विश्वेश्वर प्रसाद कोइराला र उहाँको राजनैतीक पार्टी नेपाली कङ्ग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचन अत्याधिक बहुमत ल्याएको थियो। उहाँ नेपाली कङ्ग्रेसका सभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता हुनुहुन्छ। उहाँ ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न हुनुहुन्छ। उहाँले आफ्नो राजनैतीक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुटमिलका श्रमिक नेताको रूपामा सुरू गर्नु भएको थियो। उहाँको बि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिने जाँदा निधन भयो। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: निर्मल दुलाल, भवानी गौतम
  • आवेदनकाे कारणहरू: नेपालको प्रमुख राजनैतिक व्यक्तित्व तथा नेपालको शान्ति प्रक्रियामा मुख्य भूमिका खेलेको व्यक्ति भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने


* उपरोक्त लेख प्रमुख लेख समन्वय समिति पूनरावलोकन प्रक्रियामा धेरै लामो समय लागेको कारणबाट आवेदन खारेज गरिएको छ । कुरा गर्ने ०२:३९, ३० जुलाई २०१४ (युटिसी(UTC))

 समर्थन

 असमर्थन

  1.    यो लेखमा व्याकरण त्रुटी रहेको र अत्यधिक सम्मान गरिएको छ साथै खालि रहेको लिंकहरू पनि धेरै भएको र लेखमा सन्दर्भ सामग्री विहिन तथ्यहरू देखिएकाले यो लेखको पूर्ण सुधार नभएसम्म विकिपिडियाको प्रमुख लेखमा राख्नकोलागी मेरो समर्थन छैन।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने०७:००, ५ जुलाई २०१४ (युटिसी(UTC))