विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/२०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आवेदन सारांश तालिका[सम्पादन गर्नुहोस्]

महिना     प्रमुख लेखको आवेदन      मुख्य सम्पादक  आवेदक समर्थन ↑ विरोध ↓ प्रमुख लेख समन्वय समिति
जनवरी २०१७ हरिमन्दिर साहिब JuniorX2 JuniorX2 JuniorX2 ChatHello! ००:२५, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))
फेब्रुअरी २०१७ अन्ना हजारे Biplab Anand Nirjal stha Mr. Mobile (talk) १२:४५, ११ जनवरी २०१७ (युटिसी(UTC))
मार्च २०१७ बौद्धनाथ TseRigs Nirjal stha Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अप्रिल २०१७ स्वामी विवेकानन्द Devraj poudel Nirjal stha Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मे २०१७ हुम्ला जिल्ला Ram Prasad Joshee Nirjal stha Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मे २०१७ मुकेश अम्बानी JuniorX2 JuniorX2 अस्वीकृत- Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
जुन २०१७ टोक्यो JuniorX2 Nirjal stha Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
जुलाई २०१७ स्थानीय तह Pitambar Bhattarai Pitambar Bhattarai Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अगस्त २०१७ न्यायपालिका Pitambar Bhattarai, सरोज कुमार ढकाल र Bhawani Gautam Pitambar Bhattarai Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
सेप्टेम्बर २०१७ क्रिस्टियानो रोनाल्डो निर्मल दुलाल, भूपेन्द्र श्रेष्ठ , पवित्र दाहाल र बिप्लब आनन्द बिप्लब आनन्द Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अक्टोबर २०१७ स्थानीय तह निर्वाचन, २०७४ बिप्लब आनन्द बिप्लब आनन्द Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नोभेम्बर २०१७ चाणक्य कृस दुलाल र बिप्लब आनन्द बिप्लब आनन्द Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
डिसेम्बर २०१७ कनकाई धाम कोटीहोम Devraj poudel, kotihom देवराज पौडेल Saroj Uprety (कुरा गर्ने) १०:४९, १९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सम्पादन

प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः सन् २०१४  • सन् २०१५  • सन् २०१६  • सन् २०१७  • सन् २०१८  • सन् २०१९  • २०७६ • २०७७  • २०७८  • २०७९

हरिमन्दिर साहिब[सम्पादन गर्नुहोस्]

दरवार साहिब

श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब), जसलाई दरबार साहिब वा संवरण मन्दिर पनि भनिन्छ, एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर —JuniorX2 ChatHello! १४:२७, ६ डिसेम्बर २०१६ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा जनवरी महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- कुरा गर्ने १५:१०, २२ डिसेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेखको रूपमा समावेश गर्नको लागी सामग्री अपुग रहेकोले सामग्री थपको लागी अनुरोध गर्दछु । साथै लेखमा केही हिन्दी भाषाको शब्दहरू भएकोले सो लाई समेत नेपाली शब्दबाट प्रतिस्थापन गर्न हुनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०५:१९, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))

 सफल भयोJuniorX2 ChatHello! ११:४८, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • लेखमा सुधार गरि प्रमुख लेखको रूपमा समावेश गर्न अनुरोध गर्दछु । -Janak Bhatta (कुरा गर्ने) १२:५६, १० डिसेम्बर २०१६ (युटिसी(UTC))
सुधारहरू गरिए । :) लर्नरktm ०८:२५, ११ डिसेम्बर २०१६ (युटिसी(UTC))

फेब्रुअरी २०१७[सम्पादन गर्नुहोस्]

अन्ना हजारे[सम्पादन गर्नुहोस्]

अन्ना हजारे

किसन बाबुराव हजारे (मराठी: अण्णा हजारे; उच्चारण, चर्चित नाम: अन्ना हजारे, उच्चारण; जन्म : १५ जुन १९३७) एक भारतीय समाजसेवी हुन्। सन् १९९२ मा भारत सरकारद्वारा उनलाई पद्मभूषणले सम्मानित गरेको थियो । सूचनाको अधिकारको लागि कार्य गर्ने मध्येमा उनी प्रमुख व्यक्ति हुन् । जन लोकपाल विधेयक पारित गराउनका लागि अन्नाले १६ अगस्त २०११ देखि आमरण अनशन आरम्भ गरेका थिए ।

उनी भारत सरकारबाट सन् १९९२ मा उनले आफ्नो गाउँको विकासको लागी गरेको प्रयासको लागी नागरिकहरूले पाउने तेश्रो उच्च पुरस्कार पद्यम भुषणबाट सम्मानित समेत भएका थिए ।(पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Biplab Anand
  • आवेदनकाे कारणहरू: भारतको प्रमुख व्यक्तित्व भएकोले
१५:३४, ३ जनबरी २०१७ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने १५:३६, १८ डिसेम्बर २०१६ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा फेब्रुअरी महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- कुरा गर्ने ०७:५९, १० जनवरी २०१७ (युटिसी(UTC))

बौद्धनाथ[सम्पादन गर्नुहोस्]

बौद्धनाथको विशाल दृश्य

बौद्धनाथ (तिब्बती: བྱ་རུང་ཁ་ཤོར། वयली: bya-rung-kha-shor, ज्यरुङ खशोर), काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तुपा नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तुपा हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ । स्वयम्भुनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ । विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०१९, अक्षर: ७१०.५, स्पेस: १२३
  • मुख्य सम्पादक: TseRigs
  • आवेदनकाे कारणहरू: नेपालको प्रमुख पर्यटकिय स्थल भएकोले
०४:४४, १३ जनवरी २०१७ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने ०४:४६, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा मार्च महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।Nirjal stha (कुरा गर्ने) १०:५७, १३ जनवरी २०१७ (युटिसी(UTC))

अप्रिल २०१७[सम्पादन गर्नुहोस्]

स्वामी विवेकानन्द[सम्पादन गर्नुहोस्]

विवेकानन्द शिकागोमा

स्वामी विवेकानन्द (जन्म १२ जनवरी १८६३, जन्मनाम: नरेन्द्रनाथ दत्त ) उनी हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरू उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्म सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप रामकृष्ण परमहंसका सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यि संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए ।(पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७८४, अक्षर: ३९९, स्पेस: ११९
  • मुख्य सम्पादक: Devraj poudel
  • आवेदनकाे कारणहरू: हिन्दु धर्मको प्रमुख व्यक्तित्व रहेकोले
२०१७ जनवरी १५, १८:३४:१४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने १८:३७, १ जनवरी २०१७ (युटिसी(UTC))
सम्पादकहरूको ८० प्रतिशत मत प्राप्त भएकोले मतदानको आधारमा अप्रिल महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।Nirjal stha (कुरा गर्ने) ०३:०१, २१ जनवरी २०१७ (युटिसी(UTC))
   सुधार भई सकेको छ । Nirjal stha (कुरा गर्ने) ०३:००, २१ जनवरी २०१७ (युटिसी(UTC))
  •  असमर्थन : लेखका अन्य भागहरू जीवनी जस्तो नभएकाले । (सुरुवाती जीवन, व्यक्तिगत जीवन जस्ता उपशीर्षकहरू हुनु आवश्यक र बीचका हिस्सामा कथा बताइए जस्तो भएको देखिएको, र प्रमुख लेखमा राता interwiki link हटाइनु पर्ने : कुनै पनि हालतमा प्रमुख लेख जस्तो नदेखिएकाले - असमर्थन) :) लर्नरktm ०६:३३, २ जनवरी २०१७ (युटिसी(UTC))

हुम्ला जिल्ला[सम्पादन गर्नुहोस्]

हुम्ला जिल्लाको नेपाल र तिब्बत सिमानामा अवस्थित घुमौरे सडक र साथमा रहेको कर्णाली नदीको एक मनोरम दृश्य ।

हुम्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा विसं १८४६मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए । तिब्वतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्वतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि. सं. २०१८ सालमा भएको नेपालको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७८६, अक्षर: ३८७, स्पेस: ११८
  • मुख्य सम्पादक: Ram Prasad Joshee
  • आवेदनकाे कारणहरू: नेपालको कर्णाली अञ्चलको प्रमुख जिल्लाहरू मध्ये एक भएकोले
२०१७ जनवरी २३, ११:३३:४३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने ११:३४, ९ जनवरी २०१७ (युटिसी(UTC))
सम्पादकहरूको ८० प्रतिशत मत प्राप्त भएकोले मतदानको आधारमा मे महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।Ramesh(✉✉ ) ०१:०२, १ मे २०१७ (युटिसी(UTC))
  • प्रमुख लेख हुनका लागि कम्तिमा पनि १००० अक्षर हुने नियम बनाइयोस् । यसले गर्दा लेख अलि भरिलो र खँदिलो होला । :) लर्नरktm ०५:२६, १० जनवरी २०१७ (युटिसी(UTC))
@Learnerktm: जी, मुख्य पृष्ठमा एउटै खण्डको अक्षर धेरै हुँदा अन्य खण्डलाई असर गर्न सक्ने हुँदा प्रमुख लेख आवेदनको अक्षर संख्या ५०० देखि १००० सम्मको ठिकै हुन्छ होला । कुरा गर्ने ११:५४, १२ जनवरी २०१७ (युटिसी(UTC))

मुकेश अम्बानी[सम्पादन गर्नुहोस्]

मुकेश अम्बानी

मुकेश धीरूभाई अम्बानी (१९ अप्रिल १९५७) भारतीय व्यवसायी तथा विश्वका छत्तीस औं धनि व्यक्ति हुन् । उनी रिलायन्स इण्डस्ट्रीज का अध्यक्ष, प्रबन्ध निर्देशक र कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हुन् । यो कम्पनी भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो तथा फोर्च्यून ५०० कम्पनी हो । रिलायन्स इन्डस्ट्रीज मा उनका व्यक्तिगत हिस्सेदारी ४८ % हो । उनका सम्पत्तिको मूल्य (फोर्ब्सको अनुसार) २२.२ अरब अमेरिकी डलर रहेको छ । मुकेश र उनको भाई अनिल अम्बानी रिलायन्स इन्डस्ट्रीजको संस्थापक स्वर्गीय धीरूभाई अम्बानीका छोरा हुन् । मुकेश इन्डियन प्रीमियर लिगको टीम मुम्बई इन्डियन्स का मालिक पनि हुन् । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५८२, अक्षर: २९३.५, स्पेस: ९१
  • मुख्य सम्पादक: राजा उप्रेती
  • आवेदनकाे कारणहरू: भारतको प्रमुख व्यक्तित्व भएकाले
२०१७ जनवरी १६, ००:३०:३९ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --☆★राजा उप्रेती (✉✉) ००:३६, २ जनवरी २०१७ (युटिसी(UTC))

सफल भएन लेखले मापदण्ड पूरा नगरेको र प्रयोगकर्ताको समर्थन ५०% भन्दा कम भएको --Ramesh(✉✉ ) ०१:१०, १ मे २०१७ (युटिसी(UTC))

  • आवेदनकर्ताकाे रूपमा समर्थन. ☆★राजा उप्रेती (✉✉) ००:३०, २ जनवरी २०१७ (युटिसी(UTC))
  •  समर्थन -- कुरा गर्ने १६:३८, ५ जनवरी २०१७ (युटिसी(UTC))
  •  समर्थन --Mr. Mobile (talk) १२:१३, ११ जनवरी २०१७ (युटिसी(UTC))
  • हाललाई  असमर्थन लेखको अक्षर सङ्ख्या कम भएकाले.... :) लर्नरktm ०४:१२, ६ जनवरी २०१७ (युटिसी(UTC))
  •  असमर्थन लेखले मापदण्ड पूरा गर्न सक्दैन ।Ramesh(✉✉ ) ००:४२, १ मे २०१७ (युटिसी(UTC))

टोक्यो[सम्पादन गर्नुहोस्]

टोक्यो सहर

टोक्यो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापानको राजधानी तथा सबैभन्दा ठुलो शहर हो । यो जापानको होन्शू द्वीपमा रहेको छ र यसको जनसङ्ख्या लगभग ८६ लाख छ, जबकि टोक्यो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मान्छे रहन्छन् जुन यस देशको सबैभन्दा धेरै जनसंख्या भएको महानगरीय क्षेत्र हो । टोक्यो लगभग ८० कि.मी.को क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो ।

टोक्यो विश्वको सबैभन्दा विकसित शहरहरू मध्ये एक हो । यो जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो । यो विश्वको सबैभन्दा बढी महानगरिय अर्थव्यवस्था पनि हो जसको सकल घरेलू उत्पादन, क्रय शक्तिको आधारमा सन् २००५ मा १,१९१ अरब डलर थियो । न्यूयोर्क तथा लण्डनको साथ मिलेर यो विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने इन्जिन हो र यसलाई अल्फा + नगरको दर्जा प्राप्त छ । विभिन्न संस्थाद्वारा गरिएको सर्वेक्षणमा टोक्योलाई विश्वको लगातार सबैभन्दा महँगो महाशहर भएको गौरव प्राप्त छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९६५, अक्षर: ४८९.५, स्पेस: १५८
  • मुख्य सम्पादक: JuniorX2
  • आवेदनकाे कारणहरू: जापानको राजधानी भएकोले
२०१७ जनवरी २३, ११:५७:२७ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने ११:५९, ९ जनवरी २०१७ (युटिसी(UTC))

स्थानीय तह[सम्पादन गर्नुहोस्]

चापाकोट नगरपालिका कार्यलय

नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिकाजिल्ला सभा हो । गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हुन्छ भने व्यवस्थापकीय कार्य गर्ने अङ्ग गाउँ सभा हो । नगरपालिका एक भौगोलिक तथा प्रशासनिक एकाई हो जसको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो भने व्यवस्थापिकीय कार्य गर्ने अङ्ग नगर सभा हो ।

नेपालको संविधान २०७२को धारा ५६ अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले मूल संरचना सङ्घ, प्रदेशस्थानीय तह गरी तीन तहको हुनेछ र नेपालको राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्नेछन् भन्ने उल्लेख गरिएको छ । स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिकाजिल्ला सभा/जिल्ला समन्वय समिति रहने छन् । वडाको सङ्ख्या सङ्घीय कानून वमोजिम हुनेछ । नेपालमा २०७३ फाल्गुन २७ बाट ७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएका छन् । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Pitambar Bhattarai
  • आवेदनकाे कारणहरू: नेपालको स्थानीय तह सम्बन्धि लेख भएकोले
२०१७ जुन २०, १७:५०:०४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१२, ३० जुन २०१७ (युटिसी(UTC))

न्यायपालिका[सम्पादन गर्नुहोस्]

न्याय सम्बन्धी एक तस्विर

जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंगको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना भएको छ । न्यायपालिका, (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूपमा चिनिने) अदालतहरूको एक व्यवस्था हो, जसले व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्दछ । यो न्यायिक शाखालाई कानूनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई न्याय दिनुका साथै अन्यय गर्ने व्याक्तिलाई करबाई समेत दिन आग्रह गर्छ । संविधानको भाग–११ ले न्यायपालिकाको व्याख्या गरेको छ भने धारा (१२६) ले न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग भइ अन्य कानून र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिने उल्लेख गरेको छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७४७, अक्षर: ३८३, स्पेस: १०६
  • मुख्य सम्पादक: Pitambar Bhattarai, सरोज कुमार ढकालBhawani Gautam
  • आवेदनकाे कारणहरू: न्याय सम्बन्धी नेपालको संवैधानिक अङ्ग भएकोले
२०१७ अगस्त ०३, ०५:२५:१४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०६, ३० जुलाई २०१७ (युटिसी(UTC))
समुदायको मतदानको आधारमा प्रमुख लेख निर्वाचित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१७, १ अगस्त २०१७ (युटिसी(UTC))

सेप्टेम्बर, २०१७[सम्पादन गर्नुहोस्]

क्रिस्टियानो रोनाल्डो[सम्पादन गर्नुहोस्]

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो) पोर्चुगल राष्ट्रिय फुटबल टिम तथा रियल म्याड्रिडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान पनि हुन् । उनले सन् २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनले सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका थिए।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल सङ्घद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने एकमात्र खेलाडी हुन। उनलाई सन् २०१६ मा इएसपिएन र फोर्ब्सले सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:१६, २९ अगस्त २०१७ (युटिसी(UTC))


समुदायको मतदानको आधारमा प्रमुख लेख निर्वाचित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५६, ३१ अगस्त २०१७ (युटिसी(UTC))

अक्टोबर, २०१७[सम्पादन गर्नुहोस्]

स्थानीय तह निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

नेपालको झण्डा

स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको हो । २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानीय तहको निर्वाचन थियो । यस स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठुलो दल बन्न सफल भएको हो । नेपालको संविधान २०७२ लागू भएपछि राष्ट्रिय स्तरीय, प्रदेश स्तरीय र स्थानीय स्तरीय गरि ३ स्तरीय शासन प्रणालीको आरम्भ गरिएको हो । संविधान अनुरुप स्थानीय तह कार्यान्वयन गर्नका निमित्त नेपाल सरकारले बालानन्द पौडेलको अध्यक्षतामा स्थानीय निकाय पुनर्संरचना आयोगको गठन गरेको थियो । सो आयोगले ७१९ वटा स्थानीय तहको अवधारणा सरकार समक्ष प्रस्तुत गरेको थियो जसलाई पछि सरकारले सुधार गरेर ७५३ बनाएको हो । सन् २०१७ मार्च १० मा नयाँ नीति अनुरुप पुराना गाउँ विकास समितिहरूलाई गाभेर गाउँपालिका गठन गरेको हो ।

स्थानीय निकायमा एउटा अध्यक्ष/मेयर र एउटा उपाध्यक्ष/उपमेयर रहने व्यवस्था गरिएको छ । यस वाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको छ जसमा एउटा वडा अध्यक्ष र ४ सदस्य रहने व्यवस्था गरिएको छ । ४ सदस्यहरू मध्ये अनिवार्य रुपमा २ महिला हुनुपर्ने उल्लेख छ । सम्पूर्ण पदहरूको अवधि ५ वर्षको लागि तोकिएको छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११३७, अक्षर: ६१०.५, स्पेस: १९६
  • मुख्य सम्पादक: बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: स्तरीय लेख भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५५, ३० सेप्टेम्बर २०१७ (युटिसी(UTC))


समुदायको मतदानको आधारमा प्रमुख लेख निर्वाचित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४४, ३० सेप्टेम्बर २०१७ (युटिसी(UTC))

नोभेम्बर, २०१७[सम्पादन गर्नुहोस्]

चाणक्य[सम्पादन गर्नुहोस्]

चाणक्य

चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी राजनीतिकूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ ।

मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो । विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ । बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ । चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए । वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ । वहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए । वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०१९, अक्षर: ५२९, स्पेस: १५३
  • मुख्य सम्पादक: कृस दुलालबिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: स्तरीय लेख भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४९, ३१ अक्टोबर २०१७ (युटिसी(UTC))


नेपाली विकिपिडियाको स्तरीय लेख भएको हुनाले र समयको अभावमा प्रमुख लेख चयन गरिएको छ । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५४, ३१ अक्टोबर २०१७ (युटिसी(UTC))

डिसेम्बर, २०१७[सम्पादन गर्नुहोस्]

कनकाई धाम कोटीहोम[सम्पादन गर्नुहोस्]

कन्काई धाम कोटीहोमको मूल मन्दिर कोटियज्ञेश्वर शिव पान्चायन मन्दिर

कन्काई धाम (कोटीहोम) पूर्वाञ्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिब मध्य भागमा पर्ने कनकाई नगरपालिकाको वार्ड नं ४ मा तथा प्रसिद्ध कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, माई आदि नामले पनि जनिन्छ । विगत वि.सं २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा यहाँ एउटा बृहत् धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको थियो, त्यस पश्चात यस स्थानलाई कोटिहोम भनिन थालियो र पछि संस्थागत हुदै गएपछि कनकाईधामको रूपमा विकसित भयो । यस धार्मिक पर्यटन क्षेत्रको विकास कोषको लागि कनकाईधाम धार्मिक विकाससंस्था कोटिहोम सुरङ्गा नामक निकायले यहाँको विकासको लागि कार्य गरिरहेको भएपनि यहाँ अरु २ दर्जन जति साना ठूला संघ-सस्थाहरूले आ-आफ्ना गतिविधि गरिरहेका छन् । कोटीहोममा २०४२ सालमा महायज्ञ गरिएको ठाउँमा रहेको अग्नि आज पर्यन्त अविछिन्न प्रज्वलित छ र सोही स्थानमा शिवपाञ्चायन मन्दिर रहेको छ । यस बाहेक यहाँ दर्जनौ पाटी,पौवा, गोत्र अनुसार बनेका मन्दिर धर्मशाला र अनेकौ देवी देवताका मन्दिरहरू अवस्थित छन् । यस धार्मिक परिसरमा हाल निर्माणाधीन उद्यान वाटिकाले यहाँ आउने जो सुकैले वास्तविक शान्ति र मनोरञ्जन प्राप्त गर्दछन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०८६, अक्षर: ५५५.५, स्पेस: १७०
  • मुख्य सम्पादक: Devraj poudel, kotihom
  • आवेदनकाे कारणहरू: धार्मिक एवं पर्यटकीय क्षेत्र भएकोले
२०१७ नोभेम्बर १६, ०७:२२:०५ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । Nirjal stha (कुरा गर्ने) ०२:०२, २४ नोभेम्बर २०१७ (युटिसी(UTC))


मतदानको आधारमा प्रमुख लेखमा चयन गरिएको छ । -- Nirjal stha (कुरा गर्ने) १०:३९, ३० नोभेम्बर २०१७ (युटिसी(UTC))