पञ्जाब (भारत)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पंजाब
ਪੰਜਾਬ
—  राज्य  —
पञ्जाबको नक्सा

झण्डा

छाप
उपनाम(हरू): पाँच नदीहरूको भूमी
Location of Punjab in India
Clockwise from top: Harmandir Sahib, Quila Mubarak, Gandhi Bhavan, Wagah Border, Jallianwala Bagh Memorial
निर्देशाङ्क (चण्डिगढ): ३०°४७′उत्तर ७६°४७′पूर्व / ३०.७९° उत्तर ७६.७८° पूर्व / 30.79; 76.78निर्देशाङ्क: ३०°४७′उत्तर ७६°४७′पूर्व / ३०.७९° उत्तर ७६.७८° पूर्व / 30.79; 76.78
राष्ट्र  भारत
स्थापना १९६६-११-०१
राजधानी चण्डिगढ
ठुलो सहर लुधियाना
जिल्ला 22
सरकार
 - राज्यपाल Shivraj Patil[१]
 - मुख्यमन्त्री Parkash Singh Badal (SAD)
 - व्यवस्थापिका एक सदनात्मक (117 seats)
 - Parliamentary constituency 13
 - उच्च अदालत पञ्जाब तथा हरियाणा उच्च अदालत
क्षेत्रफल
 - जम्मा ५०,३६२ किमी (१९,४४४.९ वर्ग मी)
क्षेत्र क्रम 19th
जनसङ्ख्या (2011)[२]
 - जम्मा २७,७०४,२३६
 - जनघनत्व ५५०.१/किमी (१,४२४.८/वर्ग मी)
समय क्षेत्र IST (युटिसी+05:30)
आइएसओ ३१६६ कोड IN-PB
HDI 0.679 (medium)
HDI rank 9th (2005)
Literacy 76.68%
सरकारी भाषा पञ्जाबी, हिन्दी
वेबसाइट punjabgovt.nic.in

पञ्जाब अथवा पंजाब (play /pʌnˈɑːb/) (पञ्जाबी: ਪੰਜਾਬ) भारतको एक राज्य हो । यो राज्य वृह्द पंजाब क्षेत्रको एक भाग हो । यसको अर्को भाग पाकिस्तानमा छ । पंजाब क्षेत्रका अन्य भाग भारतको हरियाणाहिमाचल प्रदेश राज्यमा पर्दछन् । यस राज्यको पश्चिममा पाकिस्तानी पंजाब, उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश, दक्षिण तथा दक्षिण-पूर्वमा हरियाणा, दक्षिण-पूर्वमा केन्द्र शासित प्रदेश चण्डीगढ र दक्षिण-पश्चिममा राजस्थान राज्य पर्दछ । यस राज्यको कुल जनसंख्या २,४२,८९,२९६ छ भने कुल क्षेत्रफल ५०,३६२ वर्ग किलोमीटर रहेको छ । केन्द्र शासित प्रदेश चण्डीगढ पंजाबको राजधानी हो । चण्डिगढ हरियाणा राज्यको पनि राजधानी हो । पंजाबका प्रमुख शहरहरूमा अमृतसर, लुधियाना, जालन्धर, पटियालाबठिन्डा पर्दछन् ।

सन् १९४७ मा भारतको विभाजन पछि तत्कालिन बृह्द पञ्जाबलाई विभाजन गरेर आधा पञ्जाब भारतमा र आधा पाकिस्तानमा राखिएको थियो । सन् १९६६ मा भारतीय पञ्जाबको पनि विभाजन भयो । यसमा पञ्जाबलाई विभाजन गरेर हरियाणा, हिमाचल प्रदेश र पञ्जाब गरेर तिन राज्य बनाइए । यो भारतको एकमात्र राज्य हो जहाँ सिख धर्मावलम्बीहरूको बहुमत छ ।

युनानीहरू पंजाबलाई पैंटापोटाम्या नामले जान्दथे । पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो । पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पञ्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती) सँग जोडिएको छ । बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे । ऐतिहासिक तौरमा पंजाब युनानि, मध्य एशियाई, अफगानी र ईरानीहरूको लागी भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ ।

कृषि पञ्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो गहूँ उत्पादक क्षेत्र हो । यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा चिनी उत्पादन पर्दछन् । पंजाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी इस्पातका मील अथवा कारखानाहरू छन् ।

नामोत्पत्ति[सम्पादन गर्ने]

'पंजाब' शब्द, फारसी शब्द 'पंज' (پنج) पाँच र 'आब' (آب) पानीका मेल बाट बनेको छ । यसको शाब्दिक अर्थ 'पाँच नदीहरूको क्षेत्र' हो । यि पाँच नदीहरू हुन्: सतलुज, व्यास, रावी, चिनाबझेलम। धार्मिक आधारमा सन् १९४७ मा भएको भारत विभाजनका दौरान चिनाब ल झेलम नदीहरू पाकिस्तान को पञ्जाब राज्यमा पर्न गए ।

इतिहास[सम्पादन गर्ने]

Punjab map hi.svg

प्राचीन पंजाब कुनै बेलामा विस्तृत भारत-ईरानी क्षेत्रको एक भाग थियो । पछिल्ला वर्षहरूमा यहाँ मौर्य, बैक्ट्रियन, यूनानी, शक, कुषाण, गुप्त जस्ता अनेक शक्तिहरूको उत्थान र पतन भयो । मध्यकालमा पंजाब मुसलमानहरूको अधीनमा रहयो । सब भन्दा पहिले गजनवी, गौरी, गुलाम वंश, खिलजी वंश, तुगलक, लोधीमुगल वंशहरूको पंजाबमा अधिकार रहयो । पन्ध्रौं र सोह्रौं शताब्दीमा पंजाबको इतिहासले नयाँ मोड लियो । गुरु नानक देव का शिक्षाले गर्दा यहाँ भक्ति आन्दोलन मच्चियो । सिख पन्थहरूले एक धार्मिक तथा सामाजिक आन्दोलनलाई जन्म दिए, आन्दोलनको मुख्य उद्देश्य धर्म र समाजमा फैलिएका कुरीतिहरूलाई हटाउनु थियो । दशौं गुरु गोबिन्द सिंहले सिखहरूलाई खालसा पन्थका रूपमा संगठित गरे तथा एकजुट गरे । उनले देशभक्ति, धर्मनिरपेक्षता र मानवीय मूल्यमा आधारित पंजाबी राज्यको स्थापना गरे । एक फारसी लेखको शब्दहरूमा महाराजा रणजीत सिंहले पंजाबलाई सिख साम्राज्यमा बदली दिए । उनको देहावसान पछि भित्री मतभेद र अंग्रेजहरूक चालका कारण पूरा साम्राज्य छिन्न-भिन्न भयो । अंग्रेज र सिखहरू बीच दुईवटा निष्फल युद्धहरू पश्चात सन् १९४९ मा पंजाब ब्रिटिश शासनको अधीनमा भयो ।

स्वतंत्रता आंदोलनमा गांधीजीको आगमन भन्दा पहिले नै पंजाबमा ब्रिटिश शासनका खिलाफ संघर्ष आरम्भ भइ सकेको थियो । अंग्रेजहरूका खिलाफ यो संघर्ष सुधारवादी आन्दोलनोको रूपमि प्रकट भइरहेको थियो । सबै भन्दा पहिले आत्म अनुशासन र स्वशासनमा विश्वास गर्ने नामधारी सम्प्रदायले संघर्षको बिगुल फुके । त्यसपछी लाला लाजपतरायले स्वतन्त्रता संग्राममा अग्रणी भूमिका निभाए । चाहे देशमा होस् या विदेशमा, पंजाब स्वतन्त्रता संग्रामको हर मोर्चामि अगाडी रहयो । देशको आजादी पछी पंजाबलाई विभाजनको सामना गर्नु पर्यो जसले गर्दा ठुलो संख्यामा रक्तपात तथा विस्थापन भयो । विस्थापितहरूलाई पुनर्वासका साथै राज्यलाई नयाँ ढङ्गले संगठित गर्नु पर्ने चुनौती थियो ।

पूर्वी पंजाबका आठ रियासतहरूलाई मिलाएर नयाँ राज्य 'पेप्सू' तथा पूर्वी पंजाब राज्य "सघ-पटियाला" निर्माण गरिए । पटियालालाई यसको राजधानी बनाइयो । सन् १९५६ मा पेप्सूलाई पंजाबमि मिलाइयो । पछी गएल पंजाबी सूबा आन्दोलनका कारण १९६६ मा पंजाब बाट केही हिस्सा निकालेल हरियाणा बनाइयो ।

पंजाब भारतको उत्तर-पश्चिमी भागमा स्थित छ । यसको पश्चिममा पाकिस्तान, उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश र दक्षिणमि हरियाणा तथा राजस्थान राज्यहरू पर्दछन् ।

जनसङ्या[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

धर्म धर्मानुसार मान्छेहरूको सङ्ख्या जम्मा %
जम्मा जनसङ्ख्या २,४३,५८,९९९[३] १००%
सिख १,४५,९२,३८७ ५९.९१%
हिन्दू ८९,९७,९४२ ३६.९४%
मुस्लिम ३,८२,०४५ १.५७ %
ईसाई २,९२,८०० १.२० %
बौद्ध ४१,४८७ ०.१७ %
जैन ३९,२७६ ०.१६ %
अन्य ८,५९४ ०.०४ %

सिख धर्म पंजाबको मुख्य धर्म हो । यस राज्यमा लगभग ६० प्रतिशत नागरिक सिख धर्मका अनुयायी छन् । पंजाब भारतको ती छ राज्यहरूमा एक हो जहाँ हिन्दुहरूको बहुमत छैन । सिखहरूको प्रमुख धार्मिक स्थल, हरिमन्दिर साहिब, पंजाबका अमृतसर शहरमा छ, यो सिखहरूको पवित्रत नगर मानिन्छ । अमृतसर जैन धर्म का अनुयायीहरूका लागी पनि विशेष महत्वपूर्ण स्थान हो ।

भाषा[सम्पादन गर्ने]

अन्तरराष्ट्रीय सीमाका दुवै तर्फका पंजाबहरूको भाषा पंजाबी हो, तर लिपि भिन्न छ । भारतीय पंजाबमा गुरुमुखी लिपीको प्रयोग हुन्छ भने पाकिस्तानी पंजाबमा शाहमुखी लिपिको प्रयोग हुन्छ । भारतीय पंजाबकि लगभग २५ % जनता हिन्दी बोल्छन्, विशेष तौरमा हरियाणा र राजस्थानसँग गाँसिएका इलाकाहरूमा हिन्दीको प्रयोग भएको पाइन्छ । हिन्दी लगभग पूरा जनसंख्याले बुझ्दछन् । शहरमा बस्नेहरू त धाराप्रवाह हिन्दी बोल्न पनि सक्दछन् ।

जिल्लाहरू[सम्पादन गर्ने]

पंजाब राज्यमा २२ वटा जिल्लाहरू छन् । यि जिल्ला हुन्:


अर्थव्यवस्था[सम्पादन गर्ने]

पंजाबको सन् २००४ को अनुमानित कुल सकल घरेलू उत्पाद २७ अरब डलर छ । यो एक विकसित राज्य हो।

कृषि[सम्पादन गर्ने]

पंजाब एक कृषि प्रधान राज्य हो । यहाँ गहूँको सबै भन्दा बढी खती गरिन्छ । अन्य मुख्य बालीहरूमा चामल, कपास, उखु, बाजुरो, मकै, चना तथा फल शामिल छन् । प्रमुख उद्योगहरूमा कपडापिठो शामिल छन् । सडक, रेल र जल यातायात मार्गहरूको पूरा क्षेत्रमा जाल फिंजिएको छ ।

पंजाब (पाँच नदीहरूको क्षेत्र) पृथ्वीकच सर्वाधिक उपजाउ क्षेत्र रहेको छ । यो गहूँ उत्पादनको लागि आदर्श क्षेत्र हो । चामल, उखू, तरकारी एवं फलहरे पनि यहाँ राम्रै उत्पादन हुन्छ । भारतीय पंजाबलाई भारतको "अन्न-भण्डार" भनिन्छ । यहाँ भारतको कुल गहूँ उत्पादनको ६०% र चामलको ४०% उत्पादन हुन्छ । विश्वको परिदृश्यमा यि बालिहरूको विश्वको कुल उत्पादनको १/३० औं अथवा ३% को योगदान गर्दछ ।

भारतीय पंजाबको आधारभूत ढाँचा पूरा भारतमा सर्वाधिक बेहतरमा एक छ । यहाँका निवासी औसतको आधारमा भारतका सर्वाधिक धनीहरू छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]