जितारी मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जितारी मल्ल
खस राज्यको राजा
शासनकाल१३४४-१३५६
पूर्वाधिकारीअशोकचल्ल
उत्तराधिकारीरिपु मल्ल
सन्तानअक्षय मल्ल
आदित्य मल्ल
वंशखस मल्ल वंश
बाबुअशोक चल्ल
धर्महिन्दु

राजा जितारी मल्ल आफ्ना बाबू अशोकचल्ल जस्तै विजिगीषु थिए। आफ्ना पूर्वजहरूका झैँ राजा जितारी मल्ल आफ्नो बलिष्ठ सैन्य सङ्गठन गर्न पछि परेनन्। उनी आफ्ना पुर्खाको भन्दा पनि बढी क्षेत्र विस्तार गर्न सफल भए। विशेष गरी उनले जुम्ला देखि काठमाडौँ सम्मको विजय गरेर खसराज्यलाइ विशाल साम्राज्यमा परिणत गरेका थिए। उनले एक पटक मात्र नभएर , तीन - तीन पटक नेपाल मण्डलका चार भन्ज्याङ उपत्यकाको केही भाग केही समय वशमा पारेका थिए त्यसै कार्यबाट उनी चल्लबाट मल्ल भनिए।

चार भन्ज्याङमा पहिलो आक्रमण[सम्पादन गर्नुहोस्]

राजा जितारी मल्लले वि सं १३४४ मा पहिलो चोटि नेपाल मण्डल माथि आक्रमण गरेका थिए। पुष महिनामा गरेको त्यो आक्रमण मा स्वायम्भुनाथ नेर भयानक युद्ध भयो। नेपाल मण्डलका राजा अनन्त मल्ललाई निकै समस्या पर्यो। युद्धमा ८०० खस सिपाही मारिए। नेपाल मण्डलका केही किल्लाहरू जस्तै नुवाकोट, फर्पिङ खस सेनाले तोडेका थिए तर नेपाल मण्डलको केन्द्रीय सत्ता भक्तपुर सुरक्षित नै रहेको थियो। [१]

चार भन्ज्याङमा दोश्रो आक्रमण[सम्पादन गर्नुहोस्]

राजा जितारी मल्लको सेनाले वि सं १३४५ फागुन महिनामा दोस्रो पटक नेपाल मण्डल माथि आक्रमण गर्यो। यश पटकको खससेनाको आक्रमण पहिलेको भन्दा अझ भयानक थियो। खससेनाले गाउँभित्र पसेर आगो लगाउने गर्दा ज्यादै भयङ्कर भयो। जुम्लाका राजा जितारी मल्ल स्वयम्भू र लोकेश्वर (रातो मच्छिन्द्रनाथ) अनि पशुपतिनाथको विधिवत् पूजा गरेर फर्के।

चार भन्ज्याङमा तेश्रो आक्रमण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कहिँ त्यो सङ्ख्या ३५० मात्र रहेको व्याख्या गरिएको छ