ढिकुरपोखरी
स्वरूप
(ढिकुरे पोखरीबाट अनुप्रेषित)
ढिकुरपोखरी | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°Eनिर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ७,३१८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
ढिकुरपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३१८ रहेको थियो जसमध्ये ३२८८ पुरुष र ४०३० महिला रहेका थिए भने यहाँ १८८० घरधुरी रहेको थियो।[१] अधिकारी डाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी दारेगौंडा, काँडे ,पाउँदुर,सेराचौर, रयाले आदि यस गाविसका प्रमुख गाउँहरू हुन। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुरकोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक एवम् पर्यटकीय स्थलहरू हुन।[२] यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"। कास्की जिल्ला विकास समिति।