फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(फुटबल विश्वकपबाट अनुप्रेषित)
फिफा विश्वकप
सन् १९७४ पछि विश्व कप विजेतालाई दिईने गरेको विश्वकप ट्रफी
स्थापनासन् १९३०
समूह सङ्ख्या३२ (फाइनल)
२०४ (२०१० को छनोटबाट)
वर्तमान विजेता अर्जेन्टिना (३ औंं उपधि)
सबैभन्दा सफल टोली ब्राजिल (५ औंं उपधि)
वेबसाइटआधिकारिक वेबसाइट
२०२२ फिफा विश्वकप
फिफा विश्वकप 1978

विश्वकप फुटबल एक फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४-४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमम आयोजना हुने गर्दछ । सन् १९३०बाट सुरू भएको यस प्रतियोगिता हरेक चार चार वर्षमा आयोजना गर्ने गरी निर्णय गरिएता भनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन । यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिति फुटबल जगत् आफूलाई सर्वमान तुल्याउन सफल भएको छ । यस्तै अन्तिम पटक भएको विश्वकप भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया रहेको थियो ।

यस प्रतियोगिताको वर्तमान संरचना अनुसार सुरूमा लगभग तीन वर्ष लगाएर प्रतियोगिताको फाइनल चरणका लागि विभिन्न छनोट चरणका खेल तथा प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । बल्ल ३२ छनोट चरणहरू पार गर्ने राष्ट्रहरूका बिचमा विश्वकप प्रतियोगिता सञ्चालन हुने गर्दछ । फाइनल चरणमा पुग्ने एउटा टिम भने आयोजकका हैसियतले सिधै छनोट चरणका नखेली फाइनल चरणमा स्थान बनाउँदछ । अहिलेसम्म २१ वटा विश्वकपमा प्रतियोगिताहरू सञ्चालन भइसकेका छन् । जसमा जम्मा ८ राष्ट्रहरूले मात्र विश्वकप जित्न सफल भएको छ । सर्वाधिक धेरै ५ पटक फिफा विश्वकप राष्ट्र ब्राजिल मात्र विश्वकपमा एउटा यस्तो राष्ट्र हो जसले विश्वकपका सम्पुर्ण संस्करणहरू अथवा २१ वटै विश्वकपका संस्करणहरूमा सहभागीता जनाएको छ । अन्य विजेताहरूमा दुई विजेता इटाली र जर्मनीले विश्वकप चारचार पटक जितेका छन् । अनि अर्जेन्टिना, फ्रान्स तथा उरूग्वेले दुईदुई पटक विश्वकप जितेका छन्, भने इंग्ल्याण्ड तथा स्पेनले पनि यो फिफा विश्वकप एक-एक पटक जितेको छ ।

फिफा विश्वकप प्रतियोगिता विश्वमा सधै भन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । साथै ओलम्पिक खेल पछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवम् सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद प्रतियोगिता हो । अझ २००६ फिफा विश्वकपको फाइनल खेल मात्र २६.२९ विलियन दर्शकले खेल प्रत्यक्ष रंगशालामा पुगेर तथा विश्वभर ७१५.१ मिलियन दर्शकले हेरेका थिए ।

हालसम्म जम्मा १७ फरकफरक राष्ट्रहरूले मात्र फिफा विश्वकपको आयोजना गरेको छ । जसअन्तर्गत ब्राजिल, फ्रान्स, इटाली, जर्मनी तथा मेक्सिकोले दुईदुई पटक तथा उरूग्वे, स्वीजदल्याण्ड, स्वीदेन, चिली, इङ्ल्यान्ड, अर्जेन्टिना, स्पेन, संयुक्त अमेरिका, जापान र दक्षिण कोरिया (संयुक्त), दक्षिण अफ्रिका र रसियाले एकएक पटक विश्वकप आयोजना गरेको थियो । यस्तै कतार भने आउदो विश्वकप २०२२ फिफा विश्वकपका आयोजकका रूपमा रहेको छ । भने त्यसपछि को विश्वकप २०२६ फिफा विश्वकपका लागि भने क्यानडा, संयुक्त राज्य अमेरिका तथा मेक्सिकोलाई संयुक्त रूपमा विश्वकपको आयोजनाका लागि अधिकार दिइएको छ । यो विश्वकपनै पहिलोपटक एकै पटक तीन राष्ट्रहरूले आयोजना गर्न लागेको फिफा विश्वकप हुनेछ ।

यस प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा 'इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन'- एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्विडेनस्विट्जरल्यान्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था 'अन्तराष्ट्रिय फुटबल महासङ्घ' -फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।

विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्‍यो, हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो । अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्‍यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारयिोमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइयो । पुनः १९९८ को १६ औँ संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्‍याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

पहिलो फुटबल प्रतियोगिता[सम्पादन गर्नुहोस्]

विश्वको पहिलो अन्तर्राष्ट्रिय च्यालेन्ज फुटबल खेल ग्लासगो मा सन् १८७२ मा स्कटल्याण्ड र इङ्ल्यान्ड बिच भएको थियो,[१] यो पहिलो अन्तर्राष्ट्रिय खेल भने ०-० गोलको बराबरीमा टुङ्गीएको थियो । यस्तै पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भने ब्रिटिस होम च्याम्पियनसिप हो जुन १९९४ सालमा भएको थियो ।[२] यस्तै बिसौ शताब्दीमा आएपछि मात्र फुटबल खेलको लोकप्रियता बढ्न थालेको थियो ।२० औँ शताब्दीमा पहिलो र दोस्रो ग्रष्मकालीन ओलम्पिक अर्थात १९००१९०४ को ओलम्पिकमा फुटबल खेललाई प्रदर्शनीको खेलका रूपमा मात्र आयोजना गरिएको थियो, भने फुटबल खेलमा मेडलको व्यवस्था पनि गरिएको थिएन । पछि १९०८ को ओलम्पिक देखिमात्र फुटबल खेललाई पनि ओलम्पिकमा आधिकारिक मान्यता दिइएको थियो ।[३]

सन् १९०४ मा फिफाको स्थापना भएपछि फुटबल खेललाई ओलम्पिक भन्दा बाहिर पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउने उद्देश्य राखिएको थियोे । त्यसैले पनि १९०६ मा स्वीजडल्याण्डमा फिफाको कार्यलय स्थापना गरिएको थियो ।[४]

सन् १९०८ को ओलम्पिक देखि फुटबल खेललाई आधिकारिक मान्यता दिई ओलम्पिक खेलमा सहभागीता गराउन थालिएको थियो । उक्त ओलम्पिकमा ग्रेट ब्रिटेन (इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिम) ले स्वर्ण पदक जित्न सफल भएको थियो । १९०८ को सफता पछि १९१२ को ओलम्पिकमा पनि फुटबल खेललाई निकै उत्सुकताका साथ आयोजना गरिएको थियोे ।

ओलम्पिक प्रतियोगिता सँगसँगै फुटबल खेललाई निरन्तरता दिनका लागि १९०९ मा सर थोमस लिपटप ट्रफीको आयोजना भएको थियो । जुन प्रतियोगिता सर थोमस लिपटपले आयोजना गरेको थियो । यो प्रतियोगितामा कुनै राष्ट्रिय टिमको सहभागीता नभई मात्र क्लबको मात्र सहभागीता रहेको थियो । फरक फरक राष्ट्र का क्लबहरू बिच भएको प्रतियोगिताका कारण यस प्रतियोगितालाई पहिलो विश्वकपको उपमा दिइएको थियो ।[५]

द्वितीय विश्वयुद्ध अघिका विश्वकपहरू[सम्पादन गर्नुहोस्]

फिफाका जन्मदाता जुलिस रिमेट जसले महादेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गराउने धारणा विस्तार गरेका थिए

ओलम्पिक खेलमा फुटबल खेलको लोकप्रियता तथा सफलता पछि, फिफाका संस्थापक अध्यक्ष जुलिस रिमेटले ओलम्पिक खेल बाहि र पनि फिफाले आफ्नै आयोजनामा फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका थिए । सन् १९२८ मे २८ मा फिफा कंग्रेसले एम्स्टेर्दममा फुटबल च्याम्पियनसिपको धारणा बारे निर्णय गरेको थियो ।[६] त्यससँगै फिफाले १९३० फिफा विश्वकप वा पहिलो फिफा विश्वकपको आयोजना गर्ने जिम्मेवारी उरूग्वेलाई दिएको थियो । किनभने उरूग्वेले दुईपटक अनौपचारिक फुटबल प्रतियोगिता जितिसकेको थियो, र त्यसैको खुसियाली व्यक्तका निम्ति पनि यो विश्वकप आयोजना गर्ने जिम्मा दिइएको थियो ।

यस पहिलो विश्वकपमा सहभागी टिमहरूको छनोट फिफाको निर्णय तथा निमन्त्रणा अन्तर्गत गरिएको थियो । भने उरूगेलाई आयोजक घोषणा पनि निकै ठूलो राष्ट्रिय कष्टकरका बाबजुदका साथ गरिएको थियो ।यो विश्वकप आयोजना मिति तोकिएको भन्दा झन्डै दुई महिना पछि मात्र आयोजना गरिएको थियो । अन्ततः रिमेट आफैले बेल्जियम, फ्रान्स, रोमानिया, र युगोस्लाभीयाको यात्रा गरेर ती टिमहरूलाई प्रतियोगितामा डाकेका थिए ।

पहिलो विश्वकपको फाइनल खेल आयोजना भएको उरूग्वेको मन्टेभिडीयो रंगशाला

पहिलो विश्वकपको पहिलो दुई खेलहरू १३ जुलाई १९३० मा आयोजना भएको थियो । फ्रान्स र अमेरिकाले आफ्नो पहिलो विश्वकपको पहिलो खेलहरू जित्न सफल भएको थियो । फ्रान्सले बेल्जियमलाई र अमेरिकाले मेक्सिकोलाई क्रमशः ४-१ तथा ३-० गोल अन्तरले हराएको थियो । फिफा विश्वकपको सबैभन्दा पहिलो गोल फ्रान्सका लुसेइन लउरेन्टले गर्न सफल भएका थिए ।[७] १९३० फिफा विश्वकपको फाइनल खेलमा उरूग्वेले अर्जेन्टिनालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । साथै उरूग्वेले पहिलोपटक फिफा विश्वकप उपाधि जित्ने राष्ट्रको रूपमा आफ्नो नाम इतिहासमा लेखाउन सफल भएको थियो । यो फाइनल खेल मन्टेभिडियो मा ९३,००० दर्शकले प्रत्यक्ष रंगशालामा गएर हेरेका थिए ।[८] १९३२ ग्रीष्मकालीन ओलम्पिक पछि फिफा र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आपसी सम्झौतामा फुटबल खेललाई ओलम्पिक खेलबाट हटाउने निर्णय गरिएको थियो ।[९] फेरि पुनः १९३६ ग्रीष्मकालीन ओलम्पिक खेलमा फुटबल खेललाई स्थान दिइएको थियो । तर उक्त संस्करणमा ओलम्पिक फुटबल विश्वकप फुटबलको तुलनामा छाँयामा परेको अनुमान गरिएको थियो ।

समयको अन्तरालमा फिफा विश्वकपमा केही अन्तर्राष्ट्रिय मुद्दा, अन्तर्राष्ट्रिय यात्राहरूका कारण केही असहजता पैदा भएको थियो । १९३४ फिफा विश्वकपमा ब्राजिलक्युबा बाहेक अन्य केही दक्षिण अमेरिकी राष्ट्रहरूले यात्रा वा यातायातको समस्या दर्शाउदै विश्वकपमा सहभागीता जनाएको थीएनन् । १९३८ फिफा विश्वकपमा पनि यस्तै समस्या देखिएको मा ब्राजिलले मात्र १९३४ तथा १९३८ विश्वकपमा सहभागीता जनाउने दक्षिण अमेरिकी राष्ट्र भएको थियो । १९४२ र १९४६ को आयोजकको हैसियत क्रमशः जर्मनी तथा ब्राजिललाई दिइएको थियो,[१०] तर द्वितीय विश्वयुद्धका कारण ती दुई योजनारत विश्वकप रद्द भएको थियो ।

द्वितीय विश्वयुद्ध पछिका विश्वकपहरू[सम्पादन गर्नुहोस्]

रियो दे जेनेरियो मा भएको १९५० फिफा विश्वकप को उद्घाटन खेल । ब्राजिलको राष्ट्रिय अभिलेखबाट साभार

१९५० फिफा विश्वकप यस अर्थमा निकै स्मरणीय छ कि यो विश्वकपमा पहिलोपटक ब्रिटेनका सबै टिमहरूले सहभागीता जनाएका थिए भने सर्वाधिक विश्वकप विजेता ब्राजिलले यो चोटि पहिलोपटक विश्वकप जितेको थियो । भने यो विश्वकप द्वितीय विश्वयुद्ध पछिको पहिलो विश्वकप पनि थियो ।[११] यस प्रतियोगितामा १९३० च्याम्पियन उरूग्वे, जसले अघिल्ला दुई विश्वकप बहिष्कार गरेका थिए, र उरूग्वेले प्रतियोगिता ब्राजिललाई हराउदै जितेको थियो । उक्त म्याच वा खेललाई इतिहासमा मोराकानाको भन्ने गरिन्छ । (पोर्चुगीज: Maracanaço).

१९३८ बाहेक १९३४ देखि १९७८ सम्मका सम्पुर्ण विश्वकपमा १६ टिमहरूको सहभागीता रहेको थियो । अस्ट्रेलिया तथा नाजीवादबाट शोषित जर्मनीले १९५० को विश्वकपमा पुन स्थान बनाउन सफल भएका थिए । भारत, स्कटल्याण्ड तथा टर्की सहित १३ टिमहरूले प्रतियोगिताबाट विभिन्न कारणबस आफ्नो सहभागीता फिर्ता लिएको थियो । सबैभन्दा धेरै सहभागीता युरोप र दक्षिण अमेरिकी टिमहरूको थियो भने तिनीहरूको तुलनामा उत्तर अमेरिकी, अफ्रिकी, एसियाली र ओसिनीयाका टिमहरू कम मात्रामा सहभागी थिए । यी टिमहरूमा पनि युरोपेली तथा दक्षिण अमेरिकी टिमहरूकै प्रतियोगिता दबदबा रहेको थियो । १९८२ सम्म युरोपेली तथा दक्षिण अमेरिकी टिम बाहेक अन्य पनि टिम प्रतियोगिताको दोस्रो चरणमा तथा अन्य चरणमा खासै पुग्न सकेको थिएन । यस्तै अमेरिका १९३० को सेमिफाइनलमा, क्युबा १९३८ को क्वाटरफाइनलमा, उत्तर कोरिया १९६६ को क्वाटरफाइनलमा र मेक्सिको १९७० को क्वाटरफाइनलमा मात्र पुग्न सफल भएको थियो ।

३२ टिमहरूको विस्तार[सम्पादन गर्नुहोस्]

सकर सिटी जोहननेर्बुर्ग, दक्षिण अफ्रिका को आन्तरिक दृश्य, २०१० फिफा विश्वकपको खेल

१९८२ फिफा विश्वकप मा २४ टिमहरूको सहभागीता रहेको थियो,[१२]१९९८ फिफा विश्वकप देखि ३२ टिमहरूको सहभागीता गराइएको थियो । जसमा अफ्रिका, एसिया र उत्तर अमेरिकी टिमहरूको वृद्धि गरिएको थियो । यसपछि विश्वकपमा झन् थप उत्कृष्टता तथा मनोरञ्जनात्मकता थपिएको थियो । अनि युरोपेली तथा दक्षिण अमेरिकी टिमहरू बाहेबा टिमहरूले पनि विश्वकपमा थप उत्कृष्ट प्रदर्शनी गर्न सफल भएको थियो । मेक्सिको, १९८६ मा क्वाटरफाइनल सम्म, क्यामरून १९९० मा क्वाटरफाइनल सम्म, दक्षिण कोरिया २००२ मा अन्तिम चार टिम सम्ममा आफ्नो स्थान बनाउन सफल भएको थियो । यस्तै सेनेगल तथा संयुक्त राज्य अमेरिका पनि २००२ को क्वाटरफाइनलमा पुग्न सफल दक्षिण अमेरिकी तथा युरोपेली टिम बाहेकका राष्ट्रहरू हुन् । घाना, २०१०को क्वाटरफाइनलमा पुगेको थियो, साथै कोष्टारिका पनि २०१४ को क्वाटरफाइनल सम्म पुग्न सफल भएको थियो । तैपनि, युरोपेली तथा दक्षिण अमेरिकी टिमहरूले लगातार विश्वकपमा शासन गर्दै आइरहेको छ । १९९४, १९९८, २००६ र २०१८ को विश्वकपका क्वाटरफाइनल खेलहरूमा सम्पुर्ण युरोपेली तथा दक्षिण अमेरिकी राष्ट्रहरूको मात्र सहभागीता रहेको थियो, भने फाइनल तथा विजेता त सबै विश्वकपमा यी दुई क्षेत्रका टिमहरू मात्र खेल्ने र हुन् गर्दछन् ।

दुई सय राष्ट्रिय टिमहरूले २००२ फिफा विश्वकपका लागि छनोट चरणका खेलहरू खेलेका थए , १९८ राष्ट्रले २००६ फिफा विश्वकपको छनोट चरण खेलेका थिए भने २०४ राष्ट्रहरूले २०१० फिफा विश्वकपका छनोट चरणका खेलहरू खेलेका थिए ।[१३]

४८ टिमको विस्तार[सम्पादन गर्नुहोस्]

अक्टोबर २०१६ मा फिफाका अध्यक्षले २०२६ फिफा विश्वकपका लागि ४८ टिमहरूको अवधारणा अगाडि सारेका थिए ।[१४] साथै १० जनवरी २०१७ मा फिफाले २०२६ फिफा विश्वकपका लागि फाइनल चरणमा ४८ टिमहरूको सहभागीता निश्चित गरेको थियो ।[१५]

२०१५ फिफा भ्रष्टाचार प्रकरण[सम्पादन गर्नुहोस्]

विजेताहरू[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक बिजेता गोल अन्तर उप-बिजेता तेस्रो स्थान गोल अन्तर चौथो स्थान
१९३०
विवरण
 उरुग्वे  उरुग्वे ४ - २  अर्जेन्टिना  संयुक्त राज्य अमेरिका [note १] युगोस्लाभियायुगोस्लाभिया
१९३४
विवरण
 इटाली  इटाली २ - १
(आतिरिक्त समय)
 चेकोस्लोभाकिया
जर्मनी
३ - २  अस्ट्रिया
१९३८
विवरण
 फ्रान्स  इटाली ४ - २  हङ्गेरी  ब्राजिल ४ - २ स्विडेनस्विडेन
१९५०
विवरण
 ब्राजिल  उरुग्वे [note २]  ब्राजिल स्विडेनस्विडेन [note २]  स्पेन
१९५४
विवरण
स्विट्जरल्यान्ड स्विट्जरल्यान्ड पश्चिम जर्मनीपश्चिम जर्मनी ३ - २  हङ्गेरी  अस्ट्रिया ३ - १  उरुग्वे
१९५८
विवरण
 स्विडेन  ब्राजिल ५ - २  स्विडेन  फ्रान्स ६ - ३ पश्चिम जर्मनीपश्चिम जर्मनी
१९६२
विवरण
 चिली  ब्राजिल ३ - १  चेकोस्लोभाकिया  चिली १ - ० युगोस्लाभियायुगोस्लाभिया
१९६६
विवरण
 इङ्ल्यान्ड  इङ्ल्यान्ड ४ - २
(अतिरिक्त समय)
पश्चिम जर्मनीपश्चिम जर्मनी  पोर्चुगल २ - १ सोभियत सङ्घसोभियत सङ्घ
१९७०
विवरण
 मेक्सिको  ब्राजिल ४ - १  इटाली पश्चिम जर्मनीपश्चिम जर्मनी १ - ०  उरुग्वे
१९७४
विवरण
पश्चिम जर्मनी पश्चिम जर्मनी पश्चिम जर्मनी पश्चिम जर्मनी २ - १  नेदरल्यान्ड  पोल्यान्ड १ - ०  ब्राजिल
१९७८
विवरण
 अर्जेन्टिना  अर्जेन्टिना ३ - १
(अतिरिक्त समय)
 नेदरल्यान्ड  ब्राजिल २ - १  इटाली
१९८२
विवरण
 स्पेन  इटाली ३ - १ पश्चिम जर्मनीपश्चिम जर्मनी  पोल्यान्ड ३ - २  फ्रान्स
१९८६
विवरण
 मेक्सिको  अर्जेन्टिना ३ - २ पश्चिम जर्मनीपश्चिम जर्मनी  फ्रान्स ४ - २
(अतिरिक्त समय)
 बेल्जियम
१९९०
विवरण
 इटाली पश्चिम जर्मनीपश्चिम जर्मनी १ - ०  अर्जेन्टिना  इटाली २ - १  इङ्ल्यान्ड
१९९४
विवरण
 संयुक्त राज्य अमेरिका  ब्राजिल ० - ०
(अतिरिक्त समय)
(३ - २ पेनाल्टी सुटआउट)
 इटाली  स्विडेन ४ - ०  बुल्गेरिया
१९९८
विवरण
 फ्रान्स  फ्रान्स ३ - ०  ब्राजिल  क्रोएसिया २ - १  नेदरल्यान्ड
२००२
विवरण
 दक्षिण कोरिया
 जापान
 ब्राजिल २ - ०  जर्मनी  टर्की ३ - २

दक्षिण कोरिया

२००६
विवरण
 जर्मनी  इटाली १ - १
(अतिरिक्त समय)
(५ - ३ पेनाल्टी सुटआउट)
 फ्रान्स  जर्मनी ३ - १  पोर्चुगल
२०१०
विवरण
 दक्षिण अफ्रिका  स्पेन १ - ०
(अतिरिक्त समय)
 नेदरल्यान्ड  जर्मनी ३ - २  उरुग्वे
२०१४
विवरण
 ब्राजिल  जर्मनी १ - ०
(अतिरिक्त समय)
 अर्जेन्टिना  नेदरल्यान्ड ३ - ०  ब्राजिल
२०१८
विवरण
रुसरुस  फ्रान्स ४ - २
 क्रोएसिया  बेल्जियम २ - ०  इङ्ल्यान्ड
२०२२
विवरण
 कतार  अर्जेन्टिना ३ - ३

(४- २ पेनाल्टी सुटआउट)

 फ्रान्स  क्रोएसिया २ - १ मोरक्को
२०२६
विवरण
 क्यानडा
 संयुक्त राज्य अमेरिका
 मेक्सिको

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "England National Football Team Match No. 1", England Football Online, अन्तिम पहुँच १९ नोभेम्बर २००७ 
  2. "British PM backs return of Home Nations championship", Agence France-Presse, अन्तिम पहुँच १६ डिसेम्बर २००७ 
  3. Elbech, Søren; Stokkermans, Karel (२६ जुन २००८), "Intermediate Games of the IV. Olympiad", rec.sport.soccer Statistics Foundation 
  4. "History of FIFA – FIFA takes shape", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १२ञ जुलाई २०१४ 
  5. "'The First World Cup'. The Sir Thomas Lipton Trophy", Shrewsbury and Atcham Borough Council, १० अक्टोबर २००३, मूलबाट २९ नोभेम्बर २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २००६  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २००३ मिति
  6. "History of FIFA – The first FIFA World Cup", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  7. Molinaro, John F, "The World Cup's 1st goal scorer", CBC, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  8. "FIFA World Cup Origin" (PDF), FIFA.com, Fédération Internationale de Football Association, मूलबाट १४ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "The Olympic Odyssey so far ... (Part 1: 1908–1964)", FIFA.com, Fédération Internationale de Football Association, ९ जुन २००४, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  10. "Los datos más curiosos de la Fiesta del Fútbol - Brasil 1950", मूलबाट १ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१२  वेब्याक मेसिन अभिलेखिकरण १ जुलाई २०१२ मिति
  11. "Scotland and the 1950 World Cup", BBC, अन्तिम पहुँच १३ मे २००७ 
  12. Glanville, p238
  13. "Record number of 204 teams enter preliminary competition", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  14. World Cup could expand to 48 teams, Fifa’s Gianni Infantino suggests - The Guardian, 3 October 2016
  15. "Ab 2026: 48 Teams - Fifa vergrößert die WM", SPIEGEL ONLINE। 
  16. 1930 FIFA World Cup, FIFA.com. Retrieved on 5 March 2009. |url=https://www.webcitation.org/5mr1WcKgn%7Cdate =2010-01-17}}
  17. 1950 FIFA World Cup, FIFA.com. Retrieved on 5 March 2009.
  18. FIFA World Cup Finals since 1930 (PDF), FIFA.com. Retrieved on 5 March 2009.


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found