फोक्सुण्डो ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(फोकसुण्डो तालबाट अनुप्रेषित)
फोक्सुण्डो ताल
भौगोलिक निर्देशांक२९°१२′३०″उ॰ ८२°५७′३०″पू॰ / २९.२०८३३°N ८२.९५८३३°E / 29.20833; 82.95833निर्देशाङ्कहरू: २९°१२′३०″उ॰ ८२°५७′३०″पू॰ / २९.२०८३३°N ८२.९५८३३°E / 29.20833; 82.95833
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई५.१५ किलोमिटर
अधिकतम चौडाई८०० मिटर
सतहको क्षेत्रफल४९४ बर्गकिमी
अधिक गहिराई१४५ मिटर
पानीको आयतन४०,९०,००,००० घनमिटर
सतहको उचाई३६१२ मिटर

फोक्सुण्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ।[१] यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ ।[२] सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो ।[३] सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।[४]

यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।

[५]

फोक्सुण्डो ताल

धार्मिक महत्त्व[सम्पादन गर्नुहोस्]

यस तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रहेको छ भने पुर्व दिशामा एउटा गोम्पा रहेको छ जसमा बौद्ध धर्मावालाम्बीहरु बार्षिक रूपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन ।

फोक्सुण्डो तालको पानारोमिक दृष्य

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कर्णालीका तालहरु :रारा र फोक्सुण्डो", www.enayanepal.com, ईनयाँ नेपाल, अन्तिम पहुँच ३ नोभेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१८ मिति
  2. Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites. वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०१ मिति International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, Nepal. ISBN 978-92-9115-033-5
  3. Nepalnews.com (2004). Rara is Nepal’s deepest lake: Survey
  4. Bhandari, B. B. (2009). Wise use of Wetlands in Nepal. Banko Janakari, Special Issue February 2009: 10–17.
  5. Weidinger, J. T. (2005). Predesign, failure and displacement mechanisms of large rockslides in the Langthang-, Annapurna- and Kanjiroba Himalayas of Nepal. Geophysical Research Abstracts, Vol. 7, 04125, 2005

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]