लक्ष्मण रेखा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रामायणको एक प्रसिद्ध प्रसंग अनुसार वनवासको समयमा सीताको आग्रह अनुसार राम मायावी स्वर्ण मृगको खोजीमा गए। केही समय पछि सहायताको लागि रामको पुकारको आवाज सुनियो। तब सीताले लक्ष्मणलाई रामको मद्दतको लागि जानलाई भने। लक्ष्मणले निकै सम्झाए तर सीताले मानिनन्। तब विवश भएर लक्ष्मणले कुटीको चारै तिर आफ्नो वाणले एक रेखा खिछे र सीतलाई "कुनै पनि स्थितिमा रेखा भन्दा बाहिर नआउनको" लागि भने।

त्यसपछि रावण आए र कुटिमा प्रवेश गर्ने प्रयाद गर्दा रेखा पार गर्न सकेनन्। रावणले जोगीको रुप धारण गरे र भिक्षा मागे। सिताले भिक्षा दिनको लागि जसै लक्ष्मण रेखा पार गरिन् तब रावणले सीताको अपहरण गरि पुष्पक विमान बाट लंका पुर्याए। लक्ष्मण रेखा भित्र रावणले सीतालाई केही गर्न सक्दैनथे। त्यसैले आज लक्ष्मणरेखा नामक यस भनाइलाई जनाउँछ कि कुनै पनि मामिलामा निश्चित हद पार गर्नु हुदैन। नत्र ठूलो हानी भोग्नु पर्छ।

वाल्मीकि रामायण र तुलसीदासद्वारा रचित रामचरितमानसमा यसको केहि उल्लेख छैन।

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]