रामायण (नेपाली)
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
| हिन्दू शास्त्रहरू |
|---|
| यस शृङ्खलाको एक भाग |
| वेद |
| ऋग्वेद · यजुर्वेद सामवेद · अथर्ववेद |
| वेदांगहरू |
| शिक्षा · छन्दः व्याकरण · निरुक्त कल्प · ज्योतिष |
| उपनिषद |
| ऋग्वेदीय ऐतरेय |
| पुराणहरू |
| ब्रह्म पुराणहरू ब्रह्म पुराण · ब्रह्माण्ड पुराण ब्रह्मवैवर्त पुराण मार्कण्डेय पुराण · भविष्य पुराण विष्णु पुराणहरू
विष्णु पुराण · श्रीमद्भागवत् पुराण नारदेय पुराण · गरुड पुराण · पद्म पुराण · अग्नि पुराण |
| हिन्दू महाकाव्यहरू |
| रामायण महाभारत (भगवद्गीता) |
| अन्य शास्त्रहरू |
| मनुस्मृति अर्थशास्त्र · आगम तन्त्रहरू · पञ्चतन्त्र सूत्रहरू · स्तोत्रहरू धर्मशास्त्र दिव्य प्रबन्ध तेवरम् रामचरितमानस योगवशिष्ठ |
| शास्त्रका विभेद |
| श्रुति · स्मृति |
रामायण कवि वाल्मीकि द्वारा लेखिएको संस्कृतको एक अनुपम महाकाव्य हो। यसको २४,००० श्लोक[१] हिन्दू स्मृतिको त्यो अङ्ग हो जसको माध्यमबाट रघुवंशको राजा रामको गाथा भनियो।यसलाई सर्वप्रथम भानुभक्तले नेपालीमा अनुवाद गरेका हुन्। भानुभक्तको रामायणको अयोध्याकाण्डबाट सानो खण्ड यसप्रकार छ।
अयोध्या काण्ड [सम्पादन गर्ने]
- यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही।
- कस्तै कोही हवस् अवश्य करले जानू छ जहाँ गई ॥
- कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ।
- आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
-
- यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
- आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
- आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
- लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥
-
-
- लक्ष्मणलाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।
- सीतालाइ तिमी ता घरै बस भनी पैल्हे त भन्दा भया॥
- पङ्खा छत्र चमर् रहित प्रभु कनै देख्ता त शङ्कित भइन।
- क्या कारण हुन गो भनी कन सिता हात् जोरि साम्ने भइन् ॥३८॥
-
-
-
-
- शङ्कित जानकिलाइ देखो प्रभुले तीमी घरैमा यहाँ।
- सासुको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
- पीताको वचनै लिई सिर उपर् जन्छु म वन्मा प्रिये !
- चौधै वर्ष बिताइ जल्दि म यहाँ फिर्न्या छु निश्चै श्रिये !॥३९॥
-
-
- यस्ता बात् सुनी कन तहाँ सीताजि मूर्छा परिन्।
- पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन्॥
- सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया।
- ब्राह्मण खूसि सदा रहुन् भनि तहाँ दौलत बहूतै दिया ॥
-
- कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मणजिले बिन्ति लाइ।
- माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥
- येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।
- सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥
-
-
- बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।
- यस्तो देखि असह्य भो र दुनियाँ शोक् गर्दा भया ॥
- सिताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई।
- सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥
-
-
-
-
- यो अन्याय भयो यहाँ त न बसौँ जाऔं प्रभूका सँगै।
- राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता नगै॥
- यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनि।
- सब् विस्तार गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनि ॥
-
-
- हे लोक् हो ! अति गर्दछौ तिमी त शोक् यो शोक् ता छाडि द्यौ।
- साक्षात् विष्णु इ हुन् भनेर मनले श्रिरामलाइ जानि ल्यौ॥
- पृथ्विको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ।
- साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥
-
- यस् बात्ले ऋषिले मनुष्यहरूको खुप् मन् बुझाई दिया।
- पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
- हे मातर ! वन जनलाइ अब ता आयौं जना तिन् चली।
- बीदा जान मिलोस् म जन्छु वनमा रिस् राग् रती भर् न ली ॥
-
-
- आग्या जान मिलोस् पिताजिकि पनि जन्छु सदा खुस् म छू।
- दुख् पाउनन् कि भनी पिताजि कन शोक् मन्मा न लागोस कछू।
- कैकेयी यति बात् सुनी खुसि भई वस्त्र पुराना दिइन।
- लाया श्रिरघुनाथले ती कपडा सिताजिले ता लिइन॥
-
-
-
-
- यस्तामा वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी।
- लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
- श्रिरामले मुटुरा गरी ती कपडा हात्मा जसैता लिया।
- त्यो देखि कन राज पत्निहरू सब् रोया तहाँ जो थिया॥
-
-
- दुष्टे ! आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ।
- यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि लियौ॥
- कैकेयी सित कुरा वशिष्ठ गुरुले येती ग-याथ्या जसै।
- बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥
-
- सीताराम् वनमा चल्या रथ चढी लक्षमण् गया साथमा।
- वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस रातमा॥
- सुन्दर् एक् तमसा नदी तहिं थिइन् दुबै तिर् भरी।
- आयो लस्कर राम्जिला सँग बस्यो खाली अयोध्या गरी॥
-
-
- फिर्नन् ता रघुनाथ सँगै फिरियला जानन् चलौंला सँगै
- राम्लइ छोडि यहाँ कसो गरि बसौं कहाँ बसौंला न गै
- यस्ता सुर प्रभुले बुझी कन तहाँ युक्ती ग-या छल्नको
- प्रातःकाल भयो झटपट् उठेर मन्-सुब् ग-या चल्नको
-
-
-
-
- फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया।
- फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया॥
- यस् रित्ले दुनियाँ फिराइ सहरै श्रि राम् वनैमा गया।
- गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥
-
-
- सुन्दर वृक्ष थियो ठूलो तिर एक् शिंशपाको तहाँ।
- दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
- फल् फुल् ली कन भेट्नलाइ गुहजी आया बडा हर्षले।
- निर्मल शरीर भयो तसै बखतमा श्रीरामका स्पर्शले।
-
- मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् ! ग-याँ बिन्ति यो।
- सेवक हूँ करुणानिधान् ! म कन होस् माया र मर्जी छ जो ॥
- यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे ! आज ता
- वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छु म ता ॥
-
-
- कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनि।
- भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिग्या भनी ॥
- मेरै हौ तिमी राज्य जो छ उ पनि मेरै छ भन्दा भया।
- बर्-को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया॥
-
-
-
-
- जलपान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया।
- लक्ष्मण्का सँगमा रहि गुह पनि रात् भर् खडा भै रह्या ॥
- सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ।
- साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढ्न गो मन् महाँ ॥
-
-
- भन्छन् लक्ष्मणलाइ भाइ ! फजिति खुप् कैकेयीले दिइन्।
- राजालाइ वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
- लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
- लाग्या सुन्न पनि तहाँ गुहजिले तन् मन् वचन् धरी ॥
-
- दाताको छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।
- दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
- कर्ता हूँ पनि भन्नु छैन अभिमान जन्ले न गर्नु कहीं।
- कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं॥
-
-
- धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पजी।
- कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
- यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजीक्मा रह्यो।
- गङ्गा तर्न हुकुम भयो प्रभो प्रभुजिको ताहाँ उज्यालो भई ॥
-
-
-
-
- फिर्दामा म पूजा अवश्य गरुँला सामग्रि ठूलो गरी।
- गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार गरी॥
- यस्तो बिन्ति गरी सिता पतितिका साथै चलिन् पार् तरी।
- आग्याले घरमा फि-या गुह पनि भक्ती मनैमा धरी ॥
-
-
- गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ।
- तेस्रो वास रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ।
- चौथो वास् रघुनाथको हुन गयो आश्रम भारद्वाजको।
- राम्ज्यूको ऋषिले ग-या स्तुति तहाँ सुर् जानि काम्काजको ॥
-
- पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी।
- राम्ज्यूलाइ यमुनाजि तारि ती कुमार साँझ्मा त फर्क्या पनी॥
- सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ।
- वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥
-
-
- ल्मिकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ।
- कुन् जग्गा बढिया छ सब् तरहले होला सुविस्ता कहाँ ॥
- सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले ग-याका कुरा।
- सोही माफिक बिन्ति बात् पनि ग-या वाल्मीकि छन् झन् पुरा ॥
-
-
-
-
- जान्दैनन् महिमा बड ऋषि पनि जस्का त एक् नामको।
- यस्ता हौ रघुनाथ ! हजुर कन यहाँ क्या काम् असल् ठामको॥
- सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर कहाँ।
- विस्तार एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ
-
-
- व्याधा हूँ म सप्तऋषिको निर्मल कृपाले गरी।
- वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम् नाम उल्टा गरी ॥
- उल्टै कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ।
- गङ्गाका र इ चित्रकुट गिरिका बिच्मा जगमा रहू ॥
-
- वाल्मीकी ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।
- गङ्गाका र ती चित्रकूट गिरिका बिच् पारि बस्ता थिया॥
- गङ्गा देखि सुमन्त्र फर्कि दशरथ जहाँ बस्याका थिया।
- ताहाँ जल्दि गयेर जो छ समाचार् बिल्कुल् सुनाई दिया॥
-
-
- बर्को दूद घसी जटा मुकुट झै बाँध्या दुबै भाइले।
- फिर् लौ जा भनि यो हुकुम् ताहिं दिया राम्ले सिता माइले ॥
- गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ।
- छोड्याँ देख्न जसै रूँदै रथ लिई दौडेर आयाँ यहाँ ॥
-
-
-
-
- सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको
- हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको
- यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै।
- कौशल्या दशरथ्जिलाइ रिसले बाग्बाण् बजारिन् तसै ॥
-
-
- वाक्शर्-ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती।
- भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरीरले गती॥
- ऐल्हे मर्छु सराप् पनि छ तिमिले खुप् पुत्रशोक्ले गरी।
- जस्तै हामी मर्यौं उसै गरो म-या ठूलो विपत्ती परी ॥
-
- येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी।
- तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी॥
- सब् बिस्तार सरापको कहि सकी हा राम ! सीता ! गरी।
- प्राणैत्याग दशरथ्जिले जब ग-या खल्-बल् प-यो तेस् घरी ॥
-
-
- प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दर्-बार् गया।
- तेल्-मा ती दशरथ्जिलाइ धरि फेर् छोरा झिकाई लिया॥
- चाँडै आउनको वशिष्ठ गुरुको आग्या छ भन्या सुनी
- दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।
-
-
-
-
- कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ।
- सब् बृतान्त गरी भरत् त सब् विसतार् सुनाइन् तहाँ ॥
- सून्या शोक् मनमा प-यो भरतका साह्रै रिसाया पनि।
- पापी हौ तिमी कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥
-
-
- कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया।
- कौशल्याजि जहाँ थिइन् तहिं रूँदै धाउँदै भरत्जी गया।
- हे मातर् ! मनमा कदापि न परोस् मत छैन मेरो रती।
- पाप लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मा-या जती
-
- बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्-जी तहाँ
- मन्त्रीवर्ग समेत वशिष्ठ गुरुजी पौंच्या नजीक्मा तहाँ
- देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी।
- शोक् गर्नू बढिया त छैन किन शोक् गर्छौ महाराज् ! भनी ॥
-
-
- नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरुले ह-या।
- सब् आग्या गुरुको लिई भरतले काम्काज् पिताको ग-या
- राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी
- तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी
-
-
-
-
- माता मेरि त राक्षसी सरि भइन् इन्का नजीक्मा यहाँ।
- बस्नु योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ॥
- यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी।
- मालुम् ता गुरुमा थियो तर पनि भन्छन् उचित् हो भनी ॥
-
-
- बाबको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
- चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
- सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।
- गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥
-
- यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ।
- उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥
- कीर्तीमा अपकीर्ति पारि कासरी राज् गर्नु यहाँ बसी।
- दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥
-
-
- गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ।
- फगत् एक् कैकेयी बसि रहुन् छोड्दछु यहाँ ॥
- फलाहारी हुन्छू सिर भरि जटा धरि वनमा।
- म भोलि जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥
-
-
-
-
- प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा।
- म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा ॥
- भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया।
- भरत् भोलि बेरै उठि कन सबेरै हिंडि गया ॥
-
-
- सबै माता भ्राता गुरु सहित सब फौज ली।
- फगत् सीताराम्का चरणतलमा चित्त पनि दी॥
- भरत् गङ्गा पौंच्या गुहजि कन शङ्का हुन गयो।
- ठुलो लस्कर देख्या न बुझि कन तार्नै डर भयो ॥
-
- लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या।
- भनी मन् भै लस्कर्-हरू तयार् हौ पनि भन्या ॥
- ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
- तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥
-
-
- जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी।
- कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
- जसै सिर् पाऊमा गरि ती गुहले ढोग् पनि दिया।
- भरत्ले अङ्कमाल् गरूँ भनि उठाई कन लिया ॥
-
-
-
-
- भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।
- सुत्याको स्थल कुन् हो म कन जान्छू अब तहाँ ॥
- गया विस्तार् पाई रघुपति सुत्याका शयनमा।
- भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥
-
-
- अहो ! मेरा खानिर् वन वन सिताजी पति सँगै।
- कुशासन्मा सुत्छिन् न त यसरीसुत्थिन् अघि कतै॥
- अहो ! धिक्कार् मेरी जनमजननी कैकेयि भइन्।
- इनैले गर्दैमा पति सँग सिताजी वन गइन्॥
-
- कहाँ छन् सितानाथ् कति पर गया भेट्तछु कहाँ।
- छ केही मालुम् ता म कन कहु जान्छु अब तहाँ ॥
- बताया जहाँ छन् भनि ती गुहले राम् कन पनी।
- गुहैका सम्चर्-ले खुसि पनि भया भेट्तछु भनी॥
-
-
- सब् विस्तार बताई ताहिं गुहले गङ्गाजि तारी दिया।
- तहाँ देखि भरत् चली पुगि गया जहाँ भारद्वाज् थिया ॥
- एक् दिन् ताहिं मुकाम् ग-या भरतले सम्मान ऋषिले ग-या।
- बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् प-या॥
-
-
-
-
- भोलि बेर सबेर लस्कर लिई बीदा ऋषि थ्यैं भया।
- कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया॥
- खुस् भै लस्कर चित्रकूट गिरिका पौच्या नजीक्मा जसै।
- खोज्या ताहिं भरत्लजिले अघि गई डेरा प्रभूको तसै ॥
-
-
- डेरा देखि भरत्जी जहिं नजीक् गया पाउका छाप देख्या।
- श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
- भन्छन् धन्न्यै रह्याँछू सहज न मिल्न्या पाउको छाप देख्याँ।
- ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ "राम नवमी", bbc.co.uk
यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]
|
||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||