रामायण (नेपाली)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

रामायण कवि वाल्मीकि द्वारा लेखिएको संस्कृतको एक अनुपम महाकाव्य हो। यसको २४,००० श्लोक[१] हिन्दू स्मृतिको त्यो अङ्ग हो जसको माध्यमबाट रघुवंशको राजा रामको गाथा मानिएको छ ।यसलाई सर्वप्रथम भानुभक्तले नेपालीमा अनुवाद गरेका हुन्। अनुवाद भएपनि कविको कवित्व यसमा झल्किएको छ । भानुभक्तको रामायणको विभिन्न काण्डहरु बाट साना खण्डका केही श्लोकहरु पनि यश लेखमा दिइएका छन् ।

इतिहास[सम्पादन गर्ने]

भानुभक्तिय रामायण प्रकाशन[सम्पादन गर्ने]

सात काण्डहरुको सङ्क्षिप्त विवरण[सम्पादन गर्ने]

काण्ड विवरण
बाल काण्ड यसमा स्रि रामकादाजुभाईहरुको जन्म र यौवन काल एवम् राम र लक्ष्मणको पराक्रमको वर्णन गरिएको, सिताको स्वयम्बर र राम सीताको विवाहको वर्णन
अयोध्या काणड रामको वनवास र दशरथको मृत्युवरणको विवरण, भरतको दाजुप्रतिको भातृप्रेम
अरण्य काण्ड रामको वनबासमा यात्राहरुको विवरण, रावणद्वारा सीता हरण
किष्किन्ना काण्ड राम र लक्ष्मणको भेट हनुमानसँग, रामबाट बालीमा वाण प्रहार, शुग्रिब राजा घोषित
सुन्दर काण्ड हनुमानको लङ्का यात्रा, सीता माईसँगको भेट
युद्ध काण्ड वानर र लङ्का सेनाको युद्द वर्णन् र राम लक्ष्मणको पराक्रम
उत्तार काण्ड सीताजीको अग्नि परीक्ष, रामको मृत्युवरन आदिका वर्णन

पात्रहरु[सम्पादन गर्ने]

सारंस[सम्पादन गर्ने]

बाल काण्ड[सम्पादन गर्ने]

बाल काण्डको सुरुका केही श्लोकहरु :

एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरूँ हित् भनि

ब्रम्ह्ना ताहिँ थिया पर्या चरनमा खुसि गराया पनि

क्या सोद्छौ तिमी सोध् भन्छु म भनि मर्जि भयेथ्यो जसै

ब्रम्ह्नाको करुना बुझेर रिसिले बिन्ति गर्या यो तसै||


हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु

बाकि छइन तथापि सुन्न अहिले इच्छया म यो गर्द्छु

आउ लाज भयो कलि बखतमा प्राणि दुराच्रार भइ

गर्न्याछन सब पाप् अनेक तरहका निच्काम तिमा गइ||

साँचो बात गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि

अर्काको धन खानलाई अभिलाश गर्नन् त असल हो भनि

कोहि जान् परस्त्रिमा रतहुनन कोही त हिम्सा महा

देहलाई त अत्मा जानि रहलान् नासतिक पसु झहि तहाँ ||

अयोध्या काण्ड[सम्पादन गर्ने]

यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही।
कस्तै कोही हवस् अवश्य करले जानू छ जहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ।
आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥


लक्ष्मणलाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।
सीतालाइ तिमी ता घरै बस भनी पैल्हे त भन्दा भया॥
पङ्खा छत्र चमर् रहित प्रभु कनै देख्ता त शङ्कित भइन।
क्या कारण हुन गो भनी कन सिता हात् जोरि साम्ने भइन् ॥३८॥
शङ्कित जानकिलाइ देखो प्रभुले तीमी घरैमा यहाँ।
सासुको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
पीताको वचनै लिई सिर उपर् जन्छु म वन्मा प्रिये !
चौधै वर्ष बिताइ जल्दि म यहाँ फिर्न्या छु निश्चै श्रिये !॥३९॥
यस्ता बात् सुनी कन तहाँ सीताजि मूर्छा परिन्।
पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन्॥
सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया।
ब्राह्मण खूसि सदा रहुन् भनि तहाँ दौलत बहूतै दिया ॥
कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मणजिले बिन्ति लाइ।
माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥
येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।
सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥


बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।
यस्तो देखि असह्य भो र दुनियाँ शोक् गर्दा भया ॥
सिताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई।
सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥
यो अन्याय भयो यहाँ त न बसौँ जाऔं प्रभूका सँगै।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता नगै॥
यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनि।
सब् विस्तार गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनि ॥


हे लोक् हो ! अति गर्दछौ तिमी त शोक् यो शोक् ता छाडि द्यौ।
साक्षात् विष्णु इ हुन् भनेर मनले श्रिरामलाइ जानि ल्यौ॥
पृथ्विको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ।
साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥
यस् बात्ले ऋषिले मनुष्यहरूको खुप् मन् बुझाई दिया।
पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
हे मातर ! वन जनलाइ अब ता आयौं जना तिन् चली।
बीदा जान मिलोस् म जन्छु वनमा रिस् राग् रती भर् न ली ॥
आग्या जान मिलोस् पिताजिकि पनि जन्छु सदा खुस् म छू।
दुख् पाउनन् कि भनी पिताजि कन शोक् मन्मा न लागोस कछू।
कैकेयी यति बात् सुनी खुसि भई वस्त्र पुराना दिइन।
लाया श्रिरघुनाथले ती कपडा सिताजिले ता लिइन॥
यस्तामा वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी।
लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
श्रिरामले मुटुरा गरी ती कपडा हात्मा जसैता लिया।
त्यो देखि कन राज पत्निहरू सब् रोया तहाँ जो थिया॥


दुष्टे ! आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ।
यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि लियौ॥
कैकेयी सित कुरा वशिष्ठ गुरुले येती ग-याथ्या जसै।
बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥


सीताराम् वनमा चल्या रथ चढी लक्षमण् गया साथमा।
वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस रातमा॥
सुन्दर् एक् तमसा नदी तहिं थिइन् दुबै तिर् भरी।
आयो लस्कर राम्जिला सँग बस्यो खाली अयोध्या गरी॥


फिर्नन् ता रघुनाथ सँगै फिरियला जानन् चलौंला सँगै
राम्लइ छोडि यहाँ कसो गरि बसौं कहाँ बसौंला न गै
यस्ता सुर प्रभुले बुझी कन तहाँ युक्ती ग-या छल्नको
प्रातःकाल भयो झटपट् उठेर मन्-सुब् ग-या चल्नको


फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया।
फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया॥
यस् रित्ले दुनियाँ फिराइ सहरै श्रि राम् वनैमा गया।
गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥
सुन्दर वृक्ष थियो ठूलो तिर एक् शिंशपाको तहाँ।
दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
फल् फुल् ली कन भेट्नलाइ गुहजी आया बडा हर्षले।
निर्मल शरीर भयो तसै बखतमा श्रीरामका स्पर्शले।
मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् ! ग-याँ बिन्ति यो।
सेवक हूँ करुणानिधान् ! म कन होस् माया र मर्जी छ जो ॥
यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे ! आज ता
वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छु म ता ॥


कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनि।
भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिग्या भनी ॥
मेरै हौ तिमी राज्य जो छ उ पनि मेरै छ भन्दा भया।
बर्-को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया॥
जलपान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया।
लक्ष्मण्का सँगमा रहि गुह पनि रात् भर् खडा भै रह्या ॥
सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ।
साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढ्न गो मन् महाँ ॥
भन्छन् लक्ष्मणलाइ भाइ ! फजिति खुप् कैकेयीले दिइन्।
राजालाइ वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
लाग्या सुन्न पनि तहाँ गुहजिले तन् मन् वचन् धरी ॥
दाताको छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।
दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
कर्ता हूँ पनि भन्नु छैन अभिमान जन्ले न गर्नु कहीं।
कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं॥


धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पजी।
कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजीक्मा रह्यो।
गङ्गा तर्न हुकुम भयो प्रभो प्रभुजिको ताहाँ उज्यालो भई ॥


फिर्दामा म पूजा अवश्य गरुँला सामग्रि ठूलो गरी।
गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार गरी॥
यस्तो बिन्ति गरी सिता पतितिका साथै चलिन् पार् तरी।
आग्याले घरमा फि-या गुह पनि भक्ती मनैमा धरी ॥


गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ।
तेस्रो वास रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ।
चौथो वास् रघुनाथको हुन गयो आश्रम भारद्वाजको।
राम्ज्यूको ऋषिले ग-या स्तुति तहाँ सुर् जानि काम्काजको ॥


पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी।
राम्ज्यूलाइ यमुनाजि तारि ती कुमार साँझ्मा त फर्क्या पनी॥
सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ।
वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥


ल्मिकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ।
कुन् जग्गा बढिया छ सब् तरहले होला सुविस्ता कहाँ ॥
सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले ग-याका कुरा।
सोही माफिक बिन्ति बात् पनि ग-या वाल्मीकि छन् झन् पुरा ॥
जान्दैनन् महिमा बड ऋषि पनि जस्का त एक् नामको।
यस्ता हौ रघुनाथ ! हजुर कन यहाँ क्या काम् असल् ठामको॥
सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर कहाँ।
विस्तार एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ
व्याधा हूँ म सप्तऋषिको निर्मल कृपाले गरी।
वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम् नाम उल्टा गरी ॥
उल्टै कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ।
गङ्गाका र इ चित्रकुट गिरिका बिच्मा जगमा रहू ॥


वाल्मीकी ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।
गङ्गाका र ती चित्रकूट गिरिका बिच् पारि बस्ता थिया॥
गङ्गा देखि सुमन्त्र फर्कि दशरथ जहाँ बस्याका थिया।
ताहाँ जल्दि गयेर जो छ समाचार् बिल्कुल् सुनाई दिया॥


बर्को दूद घसी जटा मुकुट झै बाँध्या दुबै भाइले।
फिर् लौ जा भनि यो हुकुम् ताहिं दिया राम्ले सिता माइले ॥
गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ।
छोड्याँ देख्न जसै रूँदै रथ लिई दौडेर आयाँ यहाँ ॥


सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको
हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको
यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै।
कौशल्या दशरथ्जिलाइ रिसले बाग्बाण् बजारिन् तसै ॥
वाक्शर्-ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती।
भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरीरले गती॥
ऐल्हे मर्छु सराप् पनि छ तिमिले खुप् पुत्रशोक्ले गरी।
जस्तै हामी मर्यौं उसै गरो म-या ठूलो विपत्ती परी ॥


येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी।
तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी॥
सब् बिस्तार सरापको कहि सकी हा राम ! सीता ! गरी।
प्राणैत्याग दशरथ्जिले जब ग-या खल्-बल् प-यो तेस् घरी ॥
प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दर्-बार् गया।
तेल्-मा ती दशरथ्जिलाइ धरि फेर् छोरा झिकाई लिया॥
चाँडै आउनको वशिष्ठ गुरुको आग्या छ भन्या सुनी
दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।


कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ।
सब् बृतान्त गरी भरत् त सब् विसतार् सुनाइन् तहाँ ॥
सून्या शोक् मनमा प-यो भरतका साह्रै रिसाया पनि।
पापी हौ तिमी कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥
कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया।
कौशल्याजि जहाँ थिइन् तहिं रूँदै धाउँदै भरत्जी गया।
हे मातर् ! मनमा कदापि न परोस् मत छैन मेरो रती।
पाप लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मा-या जती


बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्-जी तहाँ
मन्त्रीवर्ग समेत वशिष्ठ गुरुजी पौंच्या नजीक्मा तहाँ
देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी।
शोक् गर्नू बढिया त छैन किन शोक् गर्छौ महाराज् ! भनी ॥
नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरुले ह-या।
सब् आग्या गुरुको लिई भरतले काम्काज् पिताको ग-या
राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी
तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी


माता मेरि त राक्षसी सरि भइन् इन्का नजीक्मा यहाँ।
बस्नु योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ॥
यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी।
मालुम् ता गुरुमा थियो तर पनि भन्छन् उचित् हो भनी ॥


बाबको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।
गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥


यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ।
उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥
कीर्तीमा अपकीर्ति पारि कासरी राज् गर्नु यहाँ बसी।
दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥
गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ।
फगत् एक् कैकेयी बसि रहुन् छोड्दछु यहाँ ॥
फलाहारी हुन्छू सिर भरि जटा धरि वनमा।
म भोलि जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥


प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा।
म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा ॥
भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया।
भरत् भोलि बेरै उठि कन सबेरै हिंडि गया ॥
सबै माता भ्राता गुरु सहित सब फौज ली।
फगत् सीताराम्का चरणतलमा चित्त पनि दी॥
भरत् गङ्गा पौंच्या गुहजि कन शङ्का हुन गयो।
ठुलो लस्कर देख्या न बुझि कन तार्नै डर भयो ॥


लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या।
भनी मन् भै लस्कर्-हरू तयार् हौ पनि भन्या ॥
ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥


जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी।
कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
जसै सिर् पाऊमा गरि ती गुहले ढोग् पनि दिया।
भरत्ले अङ्कमाल् गरूँ भनि उठाई कन लिया ॥


भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।
सुत्याको स्थल कुन् हो म कन जान्छू अब तहाँ ॥
गया विस्तार् पाई रघुपति सुत्याका शयनमा।
भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥


अहो ! मेरा खानिर् वन वन सिताजी पति सँगै।
कुशासन्मा सुत्छिन् न त यसरीसुत्थिन् अघि कतै॥
अहो ! धिक्कार् मेरी जनमजननी कैकेयि भइन्।
इनैले गर्दैमा पति सँग सिताजी वन गइन्॥
कहाँ छन् सितानाथ् कति पर गया भेट्तछु कहाँ।
छ केही मालुम् ता म कन कहु जान्छु अब तहाँ ॥
बताया जहाँ छन् भनि ती गुहले राम् कन पनी।
गुहैका सम्चर्-ले खुसि पनि भया भेट्तछु भनी॥


सब् विस्तार बताई ताहिं गुहले गङ्गाजि तारी दिया।
तहाँ देखि भरत् चली पुगि गया जहाँ भारद्वाज् थिया ॥
एक् दिन् ताहिं मुकाम् ग-या भरतले सम्मान ऋषिले ग-या।
बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् प-या॥
भोलि बेर सबेर लस्कर लिई बीदा ऋषि थ्यैं भया।
कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया॥
खुस् भै लस्कर चित्रकूट गिरिका पौच्या नजीक्मा जसै।
खोज्या ताहिं भरत्लजिले अघि गई डेरा प्रभूको तसै ॥
डेरा देखि भरत्जी जहिं नजीक् गया पाउका छाप देख्या।ित
श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
भन्छन् धन्न्यै रह्याँछू सहज न मिल्न्या पाउको छाप देख्याँ।
ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥

अरण्य काण्ड[सम्पादन गर्ने]

किष्किन्ना काण्ड[सम्पादन गर्ने]

सुन्दर काण्ड[सम्पादन गर्ने]

युद्ध काण्ड[सम्पादन गर्ने]

उत्तार काण्ड[सम्पादन गर्ने]

भानुभक्तिय रामायण नेपाली साहित्यमा[सम्पादन गर्ने]

स्थान[सम्पादन गर्ने]

भूमिका[सम्पादन गर्ने]

भानुभक्तिय रामायण नेपाली समाजमा[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "राम नवमी", bbc.co.uk 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]