गुँदे ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुँदे ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । यो ताल लेखनाथ नगरपालिकाको पाँचौ ठूलो ताल हो। यसको क्षेत्रफल४.९८ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको कुल क्षेत्रफलको ०.०६% भाग र ताल क्षेत्रको१.०८% भाग ओगटेको छ। यो ताल यस नगरपालिकाको सबैभन्दा ठूलो वेगनास तालभन्दा ७४.८९ गुणा सानो र रुपा; खाष्टे र दिपाङ्ग भन्दा क्रमश:२३.०,२.७२,१.८० गुणासानो छ भने न्युरेनी र मैदीभन्दा क्रमश: १.७५,४.२५गुणा ठूलो रहेको छ । यो ताल नगरपालिकाको ४ नं. वडाभित्रअवस्थित छ । यस तालबाट प्राप्त हुने गुँद थुतेर केही मात्रामा सुकुल, गुन्द्रीको घरेलु उत्पादन गर्ने काम भएको पनि पाइन्छ। यो ताल नगरपालिकाको सबैतालभन्दा पश्चिममा रहेको पाइन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]