सामग्रीमा जानुहोस्

एके फोर्टी सेभेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एके ४७बाट अनुप्रेषित)
एके फोर्टी सेभेन
AK-47[N १]
ए के ४७ का द्वितीय प्रतिरूप। यह प्रथम मशीनीकृत रिसीवर अंतरण है।
एके फोर्टी सेभेन
प्रकारएसल्ट राइफल
उद्गम स्थलसोभियत सङ्घ
सेवा इतिहास
सेवामासन् १९४९-१९७४ (सोभियत सङ्घ)
सन् १९४९-वर्तमान (अन्य देशहरू)
उपयोगकर्ताहेर्नुहोस् 'प्रयोगकर्ता'
युद्धहरूहेर्नुहोस् 'द्वन्द'
उत्पादन इतिहास
डिजाइनरमिखाइल कलास्निकोभ
डिजाइन मितिसन् १९४६-१९४८[]
निर्माताकलास्निकोभ लगायत अन्य
निर्माणसन् १९४८-वर्तमान[][]
क्र. निर्माण≈ ७.५ करोड एके-४७, १०० मिलियन कलास्निकोभ-परिवार बन्दुक[][]
रूपान्तरहरूहेर्नुहोस् 'रूपान्तरहरू'
विशेष विवरण
तौलगोली बिना:
३.४७ किग्रा (७.७ पाउन्ड)
गोली, रित्तो:
०.४३ किग्रा (०.९५ पाउन्ड) (प्रारम्भिक संस्करण)[]
०.३३ किग्रा (०.७३ पाउन्ड) (स्टिल)[]
०.२५ किग्रा (०.५५ पाउन्ड) (प्लास्टिक)[]
०.१७ किग्रा (०.३७ पाउन्ड) (हलुका मिश्रित धातु)[]
लम्बाइस्थायी काठको प्रारूप:
८८० मिमी (३५ इन्च)[]
८७५ मिमी (३४.४ इन्च) विस्तारित काठ:
६४५ मिमी (२५.४ इन्च) पट्याइएको काठसहित []
ब्यारेल लम्बाइसमग्र लम्बाइ:
४१५ मिमी (१६.३ इन्च)[]
बन्दुक नालको लम्बाइ :
३६९ मिमी (१४.५ इन्च)[]

कारतुस७.६२×३९ मिमी
कारबाहीग्यासले सञ्चालित, घुम्ने बोल्ट
फायरिङ दरCyclic rate of fire:
600 rds/min[]
Combat rate of fire:
Semi-auto 40 rds/min[]
Bursts 100 rds/min[]
नालमुख गति७१५ मी/सेक (२,३५० फिट/सेक)[]
खुद फायरिङ रेन्ज३५० मी (३८० गज)[]
भर्ने प्रणाली30-round detachable box magazine[]
There are also 5- 10-, 20- and 40-round box and 75- and 100-round drum magazines available
दृष्टि100–800 m adjustable iron sights
Sight radius:
३७८ मिमी (१४.९ इन्च)[]

एके फोर्टी सेभेन वा सामान्यतया एके ४७, ग्यासबाट सञ्चालित हुने ७.६२×३९ मिलिमिटरको एसल्ट राइफल हो। यसको विकास सोभियत सङ्घमा मिखाइल कलास्निकोभद्वारा गरिएको थियो। यो कलास्निकोभ राइफल (वा एके) श्रेणीको सुरुआती बन्दुक हो। ४७ ले यसको डिजाइन सम्पन्न भएको वर्षलाई जनाउँछ।

सात दशकपछि पनि, यसको मोडल र यसको रुपान्तरण प्रकारहरू अझै सर्वाधिक लोकप्रिय र विश्वमा सर्वाधिक प्रयोग हुने राइफल रहिरहेको छ। कठिन वातावरणीय अवस्था, समकक्षी अन्य पश्चिमा राइफलको तुलनामा न्यून उत्पादन लागत, जुनसुकै भौगोलिक क्षेत्रमा पनि उपलब्ध हुने र सहज प्रयोग गर्न सकिने भएकाले यो सबैभन्दा लोकप्रिय राइफल बनेको छ। एके-४७ को निर्माण धेरै देशहरूमा गर्ने गरिन्छ। सन् २००४ अनुसार विश्वभरको अनुमानित ५० करोड बन्दुक मा, १० करोड कलास्निकोभ श्रेणीको पर्दछन् भने त्यसको तीन-चौथाई हिस्सा एके ४७ पर्दछ।

डिजाइनिङको इतिहास

[सम्पादन गर्नुहोस्]

द्वितीय विश्वयुद्धको समयमा जर्मन सेनाले असाल्ट राइफलको अवधारणा विकसित गरेका थिए, उनीहरूले देखे कि धेरै जसो मुठभेड ३०० मीटर को दयारा भित्र हुने गर्थ्यो, जबकि त्यस समय जुन राइफल र कारतूस उपलब्ध थियो त्थेयसको शक्ति यति कम दूरीको लड़ाईको हिसाबबात धेरै हुन्थ्यो। त्यसैले सेनाले यस प्रकारको राइफल र कारतूसको माग गरे जसमा सब-मशीनको गुण (ठुलो म्यागजिन र कई मोडमा गोली चलाउने सुविधा भएको) भएको र ३०० मिटरको दायरामा काम गर्न सकियोस। यसको परिणाम स्वरूप जर्मन सेनाको एस टी जी 44राइफल आयो, यद्यपि यो यस प्रकारको पहिलो राइफल थिएन। इटलीको सेना पनि सेई-रिगोटी र सोवियत सेनाको फेदारोव एव्तामोट राइफल पनि यसै श्रेणीका थिए । तर जर्मन सेनाले यो राइफल बृहत स्तरमा प्रयोग गरेको थियो जसबाट जर्मनलाई यसको मूल्यांकन गर्ने मौका मिल्यो। सोवियत सेना पनि जर्मन सेनाको सिद्धान्त र दर्शनबाट प्रभावित भयो र द्वितीय विश्व युद्ध पश्चात यसैको पालना शुरू गयो । मिखाइल क्लाशिनिकोभले आफ्नो हतियार डिजाइनको करियर घाइते भएर अस्पतालमा भर्ना भएपछी सुरु गरेका थिए। उनले बिकास गरेका पहिलो कार्बाइन डिजाइन अस्वीकृत भएको थियो, तर उनले १९४५ मा भएको असल्ट राइफल डिजाइन प्रतियोगितामा भाग लिए। उनको मोद्देल ३० गोलि वाला ग्यास बेस डिजाइन थियो। यसलाई एके 1 और एके 2 को कोड नाम दिइएको थियो।

१९४६ मा उनका एक सहायक अलेक्जेंडर जाय्स्तेभले यसमा केही सुधार गर्धन सुझाए। आखिरमा उनको १९४७ को मोडेलमा सादगी, भरपर्दो र जुनसुकै अवस्थामा काम गर्ने विशेषता थियो , १९४९ मा उनको यो मोडेल सोवियत सेनाले 7.62 कलाश्निकोव राइफल के रूपमा स्वीकार गर्यो ।

प्रयोगकर्ता

[सम्पादन गर्नुहोस्]

पूर्व प्रयोगकर्ता

[सम्पादन गर्नुहोस्]
बुरुन्डी शान्तिसेना सोमालियाको लागि तयारी गर्दै, २००६
सिरियाका कुर्दिस महिला आइपिजी लडाकु, २०१४

तलका द्वन्द्वहरूमा एके फोर्टी सेभेनको प्रयोग भएको छ:

  • अफगानिस्तान युद्ध (२००१-२०२१)
  • इराक युद्ध (२००३-२०११)
  • मेक्सिको को लागूऔषध युद्ध (२००६-हालसम्म)
  • लिबिया गृहयुद्ध (२०११)
  • सिरियाली गृहयुद्ध (२०११-हालसम्म)
  • इराकी विद्रोह (२०११-२०१३)
  • मध्य अफ्रिकी गणतन्त्रको गृहयुद्ध (२०१२-हालसम्म)[२९]

सांस्कृतिक प्रभाव र परिणाम

[सम्पादन गर्नुहोस्]
मोजाम्बिककको झन्डामा रहेको एके-फोर्टी सेभेन
बुर्किना फासोको पहिलेको राष्ट्रिय चिन्हमा रहेको एके -फोर्टी सेभेन

शीतयुद्धको समयमा, सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनको साथ साथै अमेरिका र नेटो राष्ट्रहरूले पनि विश्वभर कयौँ देश तथा विद्रोही समूहलाई हातहतियार र प्राविधिक ज्ञान दिएका थिए। यो समयमा पश्चिमी देशहरूले एच के जि थ्री, एम फोर्टिन, एम सिक्सटिन जस्ता तुलनात्मक रुपमा महँगो स्वचालित राइफल प्रयोग गर्दथे भने सोभियत र चीनले एके फोर्टी सेभेन प्रयोग गर्दथ्यो। यसको न्युन उत्पादन मूल्य र म्यानुफ्याकचरिङको लागि सहजताले बृहत सङ्ख्यामा एके फोर्टी सेभेन बनेका थिए।

कम्युनिस्ट समर्थक राज्यहरूमा, एके फोर्टी सेभेन तेस्रो विश्व क्रान्तिको प्रतीक बन्यो। यसको उपयोग कम्बोडियाली गृहयुद्ध र कम्बोडिया भियतनाम युद्धमा भयो ।[३०] १९८० को समयमा, पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका मध्यपूर्वी देश लिबिया सिरिया (जसले सोभियत संघको समर्थनमा इजरायलको बिरोध गरेका थिए) सहितका देशहरूमा सोभियत युनियन एक प्रमुख हतियार निर्यातक बन्यो। सोभियत युनियनको पतन पछी, लागूऔषध ग्यांग र अधिनायकवादी राज्यहरू माझ एके फोर्टी सेभेन खुला रुपमा नै र कालो बजारमा खरिद बिक्री हुन थाल्यो, र हालसालै अल कायदा, आइएसआइएल, तालिबान जस्ता इस्लामिक समूहको हातमा अफगानिस्तान र इराकमा र फार्क गुरिल्लाको हातमा कम्बोडियामा देखिए।[३१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Monetchikov 2005, chpts. 6 and 7: (if AK-46 and AK-47 are to be seen as separate designs).
  2. Ezell, Edward Clinton (१९८६), The AK47 Story, Evolution of the Kalashnikov Weapons, Stackpole Books, पृ: ११२, आइएसबिएन 978-0-811709163
  3. Poyer, Joe (२००४), The AK-47 and AK-74 Kalashnikov Rifles and Their Variations, North Cape Publications inc., पृ: ८, आइएसबिएन 1-882391-33-0
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; k3 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; foxnews नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  6. 1 2 НСД. 7,62-мм автомат АК 1967, पृष्ठ. 161–162.
  7. 1 2 НСД. 7,62-мм автомат АКМ (АКМС) 1983, पृष्ठ. 149–150.
  8. 1 2 3 4 5 6 7 8 9 10 11 उद्दरण त्रुटी: अवैध <ref>चिनो; izhmash नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  9. https://www.shadowspear.com/2009/01/kopassus/ अभिलेखिकरण २०२०-१२-०२ वेब्याक मेसिन
  10. Jurado, Carlos Caballero (१९९०), Central American Wars 1959-89, Men-at-Arms 221, London: Osprey Publishing, पृ: 20, 45, आइएसबिएन 9780850459456
  11. http://www.aljazeera.com/amp/indepth/features/darra-adam-khel-pakistan-dying-gun-bazaar-190204090518478.html
  12. Modern Firearms – AK-47 AKM अभिलेखिकरण ६ मार्च २००८ वेब्याक मेसिन. World.guns.ru (24 January 2011). Retrieved on 14 March 2011.
  13. "UAE, Saudi Arabia Dispatch Troops to Syria", २२ नोभेम्बर २०१८, मूलबाट २२ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१९
  14. https://www.marketwatch.com/story/the-russian-guns-are-coming-ak-47s-could-soon-be-american-made-2015-01-22
  15. https://www.thefirearmblog.com/blog/2016/04/12/aks-among-u-s-police-departments/
  16. https://nationalinterest.org/blog/buzz/why-us-commandos-loved-ak-47-rifle-44872
  17. 1 2 Modern Firearms – AK-47 AKM अभिलेखिकरण ६ मार्च २००८ वेब्याक मेसिन. World.guns.ru (24 January 2011). Retrieved on 14 March 2011.
  18. उद्दरण त्रुटी: अवैध <ref>चिनो; PTW नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  19. D. M. O. Miller (३१ अगस्ट २००१), Illustrated directory of twentieth century guns, आइएसबिएन 978-1-84065-245-1
  20. http://www.nybooks.com/articles/2011/02/10/most-influential-weapon-our-time/ अभिलेखिकरण ११ अगस्ट २०१७ वेब्याक मेसिन The Most Influential Weapon of Our Time. The New York Review of Books. Max Hastings 10 FEBRUARY 2011 ISSUE. "József Tibor Fejes, a young Hungarian identified by C. J. Chivers in The Gun as 'the first known insurgent to carry an AK-47.' According to Chivers, 'Fejes obtained his prize after Soviet soldiers dropped their rifles during their attack on revolutionaries in Budapest in 1956…. The Hungarian Revolution marked the AK-47's true battlefield debut."
  21. https://www.alamy.com/stock-photo-geographytravel-congo-events-simba-uprising-1964-1965-mercenary-with-58514865.html%5B%5D
  22. Abbott, Peter; Botham, Philip (१५ जुन १९८६), Modern African Wars (1): Rhodesia 1965–80, Men-at-Arms 183, Osprey Publishing, पृ: १०, आइएसबिएन 9780850457285
  23. Scarlata, Paul (१ मार्च २००९), "Ethiopian military rifle cartridges: Part 2: from Mauser to Kalashnikov.", Shotgun News, मूलबाट २४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१८
  24. https://nara.getarchive.net/media/soviet-made-ak-47-assault-rifles-seized-during-operation-urgent-fury-on-the-a52b7b%5B%5D
  25. Small Arms Survey (२००७), "Persistent Instability: Armed Violence and Insecurity in South Sudan", The Small Arms Survey 2007: Guns and the City, Cambridge University Press, पृ: ३२५, आइएसबिएन 978-0-521-88039-8, मूलबाट २७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८
  26. Small Arms Survey (२००५), "Sourcing the Tools of War: Small Arms Supplies to Conflict Zones", Small Arms Survey 2005: Weapons at War, Oxford University Press, पृ: १६६, आइएसबिएन 978-0-19-928085-8, मूलबाट ३० अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८
  27. Small Arms Survey (२००७), "Armed Violence in Burundi: Conflict and Post-Conflict Bujumbura", The Small Arms Survey 2007: Guns and the City, Cambridge University Press, पृ: २०४, आइएसबिएन 978-0-521-88039-8, मूलबाट २७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८
  28. Small Arms Survey (२००३), "Making the Difference?: Weapon Collection and Small Arms Availability in the Republic of Congo", Small Arms Survey 2003: Development Denied, Oxford University Press, पृ: 268, आइएसबिएन 0199251754, मूलबाट २९ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१८
  29. Touchard, Laurent (१७ डिसेम्बर २०१३), "Centrafrique : le Soudan a-t-il armé les ex-Séléka ?", Jeune Afrique (फ्रान्सेलीमा), मूलबाट ३० जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१९
  30. Christopher Jones (20 December 1981), "IN THE LAND OF THE KHMER ROUGE." अभिलेखिकरण ११ डिसेम्बर २०१७ वेब्याक मेसिन The New York Times.
  31. उद्दरण त्रुटी: अवैध <ref>चिनो; NPRKahaner नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. Table data covers the AK-47 with Type 3 receiver
उद्दरण त्रुटी: <ref> tags exist for a group named "N", but no corresponding <references group="N"/> tag was found