सामग्रीमा जानुहोस्

ढाँचा:इतिहासमा आज/मार्च

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१, मार्च (जन्म):
हाभियर बार्डेम (सन् १९६९) ~ जुमानु राई (सन् १९८३)
  • वि.सं. १८६० (सन् १८०३) - ओहायो अमेरिकाको १७औं राज्यको रूपमा स्थापित भएको थियो ।
  • वि.सं. २०५२ (सन् १९९५)  - याहू (चित्रमा) समाविष्ट भएको थियो ।
हेर्ने वार्ता सम्पादन

२, मार्च (जन्म):
एम्बर स्मिथ (सन् १९७१)
  • वि.सं. २०१३ (सन् १९५६)  - मोरक्कोले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्डले पहिलो परिक्षण उडान भरेको थियो ।
  • वि.सं. २०३३ (सन् १९७७)  - लिबियाले सम्बिधान संशोधन गरेको थियो ।
हेर्ने वार्ता सम्पादन

३, मार्च (जन्म):
जेसिका बेल (सन् १९८२)
  • वि.सं. १९१२ (सन् १८४५) - फ्लोरिडा अमेरिकाको २७औं राज्य बनेको थियो ।
  • वि.सं. १९८० (सन् १९२३)  - टाइम पत्रिका पहिलो पटक छापिएको थियो ।
  • वि.सं. २००१ (सन् १९४५)  - पोलिस आन्तरिक सेनाको एक पलटनले पोल्यान्डको पावलोकोमा कम्तीमा १५० जना युक्रेनी सर्वसाधारण नागरिकहरूको हत्या गरेको थियो।
हेर्ने वार्ता सम्पादन

४, मार्च (जन्म): श्रद्धा दास (सन् १९८७) हेर्ने वार्ता सम्पादन

५, मार्च (जन्म):
जोलेन ब्लालक (सन् १९७५)
  • वि.सं. २०२३ (सन् १९६६) - जापानको माउन्ट फुजी नजिक विमान दुर्घटना हुँदा १२४ जनाको मृत्यु भएको थियो ।
हेर्ने वार्ता सम्पादन

६, मार्च (जन्म):
माधवकुमार नेपाल (सन् १९५३)
  • वि.सं. १९५९ (सन् १९०२) - रियल म्याड्रिड फुटबल क्लबको स्थापना भएको थियो ।
  • वि.सं. २०१४ (सन् १९५७)  - घानाले ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
हेर्ने वार्ता सम्पादन

७, मार्च (जन्म):
विव रिचर्डस (सन् १९५२)
  • वि.सं. २०४२ (सन् १९८५) - वी आर द वर्ल्ड नामक गित विश्व्यापी रूपमा जारी गरिएको थियो ।
  • वि.सं. २०६३ (सन् २००६)  - आतङ्कवादी सङ्गठन लस्कर ए तोयबाले भारतको सहर वाराणसीमा शृङ्खलाबद्ध बम बिष्फोट गरेको थियो ।
हेर्ने वार्ता सम्पादन

८, मार्च (जन्म): फरदीन खान (सन् १९७४) हेर्ने वार्ता सम्पादन

९, मार्च (जन्म):
युरी गागरिन (सन् १९३४ - १९६८)
  • वि.सं. २०७१ (सन् २०१५) - अर्जेन्टिनामा दुई हेलिकप्टर जुद्धा १० जनाको मृत्यु भएको थियो ।
हेर्ने वार्ता सम्पादन

१०, मार्च (जन्म):
ओसामा बिन लादेन (सन् १९५७) ~ प्रदीप खड्का (सन् १९९२)
  • क्युवामा जेनरल फुलजेनसियो बाटिस्टाको नेतृत्वमा सैन्य कु भएको थियो।
हेर्ने वार्ता सम्पादन

११, मार्च (जन्म):
टेरेन्स होवार्ड (सन् १९६९) ~ सुभाषचन्द्र नेम्बाङ (सन् १९५३-२०२३)
  • वि.सं. २०६६ (सन् २०११)  - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।
  • वि.सं. २०७६ (सन् २०२०)  - विश्व स्वास्थ्य संगठनका तातकालिन प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले १,२१,५६४ संक्रमित र ४,३७३ जनाको मृत्यु भएपछि कोभिड-१९ लाई महामारी घोषणा गरेका छन्।
हेर्ने वार्ता सम्पादन

१२, मार्च (जन्म):
श्रेया घोषाल (सन् १९८४)
  • वि.सं. १९८७ (सन् १९३०) - महात्मा गान्धीले २०० माइल लामो नून सत्याग्रह सुरू गरेका थिए ।
  • वि.सं. २०५० (सन् १९९३)  - जेनेट रेनो अमेरिकाको पहिलो महिला प्रधान न्यायधिवक्ता भएकी थिइन् ।
  • वि.सं. २०७५ (सन् २०१८)  - युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।
  • वि.सं. २०७५ (सन् २०१९)  - इथियोपियामा उक्त विमानको दोस्रो दुर्घटनापछि अन्य देशहरूले प्रतिबन्ध लगाएपछि अमेरिकाले सबै बोइङ ७३७ म्याक्स विमानहरूलाई ग्राउन्डेड गरेको थियो।
हेर्ने वार्ता सम्पादन

१३, मार्च (जन्म):
क्याथी हिल्टन (सन् १९५९)
  • वि.सं. १८३८ (सन् १७८१) - विलियम हर्चेलद्वारा अरुणग्रह पत्ता लगाइएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - २६६औं क्याथोलिक पोपको रूपमा पोप फ्रान्सिस (चित्रमा) निर्वाचित भएका थिए ।
हेर्ने वार्ता सम्पादन

१४, मार्च (जन्म):
अल्बर्ट आइन्स्टाइन (सन् १८७९ - १९५५)
  • वि.सं. २०६९ (सन् २०१३) - सि जिनपिङलाई नयाँ जनगणतन्त्र चीनको राष्ट्रपति घोषित गरिएको छ।
  • वि.सं. २०७४ (सन् २०१८)  - प्रख्यात बैज्ञानिक स्टिफन हकिङको ७६ वर्षमा मृत्यु भएको थियो ।
हेर्ने वार्ता सम्पादन

१५, मार्च (जन्म):
आलिया भट्ट (सन् १९८३) हेर्ने वार्ता सम्पादन

१६, मार्च (जन्म):
एलेक्स लि (सन् १९७०)
  • वि.सं. २०६८ (सन् २०१२)  - भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर १०० अन्तर्राष्ट्रिय सेन्चुरी बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए ।
  • वि.सं. २०७० (सन् २०१४)  - क्रिमियाका नागरिकहरूले युक्रेनबाट अलग भएर रुसमा पुनः गाभिने पक्षमा अत्यधिक मतदान गरेका थिए।
हेर्ने वार्ता सम्पादन

१७, मार्च (जन्म):
कल्पना चावला (सन् १९६१ - २००३)
  • वि.सं. २०५३ (सन् १९९७) - सिएनएनले स्पेनेली भाषामा प्रसारण शुरू गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - इराकको बस्रामा कार बम आक्रमणमा १० जनाको मृत्यु भएको थियो।
हेर्ने वार्ता सम्पादन

१८, मार्च (जन्म):
रत्ना पाठक (सन् १९६३) हेर्ने वार्ता सम्पादन

१९, मार्च (जन्म):
ब्रुस विलिस (सन् १९५५) ~ झलनाथ खनाल (सन् १९५०) हेर्ने वार्ता सम्पादन

२०, मार्च (जन्म):
फर्नान्डो तोरेस (सन् १९८४)
  • वि.सं. २०७५ (सन् २०१९)  - द वाल्ट डिज्नी कम्पनीले ट्वान्टिफस्ट सेन्चुरी फक्स मनोरञ्जन व्यवसायलाई ७१ अर्ब अमेरिकी डलरमा प्राप्त गरेको थियो।
  • वि.सं. २०७९ (सन् २०२३) - श्रीलङ्काले १९४८ मा स्वतन्त्रता पछि देखिएको सबैभन्दा गम्भीर आर्थिक सङ्कटको बीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष बाट २.९ अर्ब अमेरिकी डलरको उद्धार सहायता प्राप्त गरेको थियो।
हेर्ने वार्ता सम्पादन

२१, मार्च (जन्म):
रोनाल्डिन्हो (सन् १९८०)
  • वि.सं. २०६९ (सन् २०१३)  - पाकिस्तानको पेशावरमा कारमा बम बिस्फोटन हुँदा १२ जनाको मृत्यु तथा ३० घाइते भएका थिए ।
हेर्ने वार्ता सम्पादन

२२, मार्च (जन्म):
रिस वीदरस्पुन (सन् १९७६)
  • वि.सं. २०७२ (सन् २०१६)  - आइएसआइएसले बेल्जियमको राजधानी ब्रसेल्सको एयरपोर्ट तथा सबवेमा आक्रमण गर्दा ३२ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।
हेर्ने वार्ता सम्पादन

२३, मार्च (जन्म):
इमरान हाशमी (सन् १९७९)
  • वि.सं. २०७१ (सन् २०१५) - सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली कुआन युको ९१ वर्षको उमेरमा निधन भएको थियो ।
हेर्ने वार्ता सम्पादन

२४, मार्च (जन्म):
जिम पारसन्स (सन् १९७३)
  • वि.सं. २०६४ (सन् २००८)  - भुटानमा पहिलो जनचुनाव भए पश्चात प्रजातन्त्र घोषणा भएको थियो ।
  • वि.सं. २०७६ (सन् २०२०)  - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १.३ अर्ब जनसंख्या भएको विश्वको दोस्रो सबैभन्दा बढी जनसंख्या रहेको देश भारतमा कोभिड-१९ नियन्त्रण गर्न २१ दिने लकडाउनको आदेश दिएका थिए।
हेर्ने वार्ता सम्पादन

२५, मार्च (जन्म):
एल्टन जोन (सन् १९४७)
  • वि.सं. २०६१ (सन् १९९५)  - विश्वप्रख्यात बक्सर माइक टाइसन ३ वर्षको जेल सजाय पछि बाहिर निस्किएका थिए ।
हेर्ने वार्ता सम्पादन

२६, मार्च (जन्म):
ल्यारी पेज (सन् १९७३)
  • वि.सं. २०६२ (सन् २००६)  - स्कटल्याण्डमा सार्वजनिक स्थलमा धुम्रपानलाई निषेध गरिएको थियो ।
  • वि.सं. २०७६ (सन् २०२०)  - ब्रिटिश रक ब्याण्ड जेनेसिसले लन्डन, बेलायतको ओटु एरिनामा बिदाइ यात्रा (फेयरवेल टुर) को अन्तिम कन्सर्ट प्रदर्शन गरेको थियो।
हेर्ने वार्ता सम्पादन

२७, मार्च (जन्म):
मारिया केरी (सन् १९६९)
  • वि.सं. २०३२ (सन् १९७५) - ट्रान्स अलास्का पाइपलाइन प्रणालीको कार्य आरम्भ गरिएको थियो।
  • वि.सं. २०७७ (सन् २०२०)  - उत्तर म्यासेडोनिया नेटोको ३०औं सदस्य राष्ट्र बनेको थियो।
हेर्ने वार्ता सम्पादन

२८, मार्च (जन्म):
कुशाल टण्डन (सन् १९८५)
  • वि.सं. २०७४ (सन् २०१८)  - उत्तर कोरियाली नेता किम जोङ-उनले जुन २०११ मा सत्तामा आए पश्चात उनको पहिलो विदेश यात्रामा चीनको बेइजिङमा चिनियाँ नेता सी जिनपिङसँग भेट गरेका थिए।
  • वि.सं. २०८१ (सन् २०२५)  - काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनले हिंसात्मक रूप लिदा २ जनाको मृत्यु तथा ११२ जना पक्राउ पर्नुको लगायत भौतिक पूर्वाधारमा ठूलो क्षति भएको थिए।
हेर्ने वार्ता सम्पादन

२९, मार्च (जन्म):
फ्याबियो बोरिनी (सन् १९९१)
  • वि.सं. २०६० (सन् २००४)  - आयरल्याण्ड धुम्रपान निषेश गर्ने विश्वको पहिलो राष्ट्र बनेको थियो ।
हेर्ने वार्ता सम्पादन

३०, मार्च (जन्म):
भिन्सेन्त फन गोख (सन् १९५३-१८९०) ~ अनमोल केसी (सन् १९९४)
  • वि.सं. २०६६ (सन् २००९) - पाकिस्तानको लाहोरमा एक प्रहरी चौकी माथि १२ बन्दुकधारीले आक्रमण गरेका थिए ।
हेर्ने वार्ता सम्पादन

३१, मार्च (जन्म):
मेलिसा ओर्डवे (सन् १९८३)
  • वि.सं. २००६ (सन् १९५९) - चौधौं दलाई लामा भारतको सीमा प्रवेश गरि राजनीतिक शरण पाएका थिए ।
  • वि.सं. २०५२ (सन् १९९५)  - सोमालियामा अमेरिकी सैनिकको कार्यक्रम समाप्त भएको थियो ।
हेर्ने वार्ता सम्पादन