नारायणहिटी दरबार सङ्ग्रहालय
नारायणहिटी दरबार संग्रालय | |
---|---|
सामान्य विवरण | |
सहर | काठमाडौँ |
राष्ट्र | नेपाल |
निर्माणकार्यको थालनी | सन् १९६३ |
ग्राहक | ढोकल सिंह बस्नेत, राजा महेन्द्र, वीर शमशेर |
स्वामित्व | बस्न्यात खलक फत्तेजङ शाह रणोद्दीप सिंह वीर शमशेर शाह वंश श्री ५ को सरकार नेपाल सरकार |
प्राविधिक विवरण | |
बनावट | इट्टा र मसला |
आकार | ३८ एकड (१५ हेक्टर) अथवा ७५३ रोपनि |
योजना तथा निर्माण | |
वास्तुकार | बेन्जामिन पोल्क |
नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार बाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]लिच्छविकालीन ईतिहास
[सम्पादन गर्नुहोस्]लिच्छवि राजा धर्मदेवको समयमा नारायणहिटी लगायत काठमाडौंका ढुंगेधाराहरूमा पानी आउन बन्द भयो। राज्य काकाकूल हुने परिस्थिति आएपछि धार्मिक प्रवृति का राजा धर्मदेवले तान्त्रिकहरू डाकेर पानी खुलाउने युक्ति निकाल्न लगाए। उनीहरूले ‘नारायणहिटीको ढुंगेधारामा लगेर बत्तीस लक्षणले युक्त पुरुषको बलि दिए पानी आउँछ।’ भने
राज्यमा बत्तीस लक्षणले युक्त पुरुष कि उनी स्वयं थिए, कि उनका पुत्र मानदेव थिए। उनले राज्यको पानीको समस्याबाट बचाउन आफ्नै बलि दिने निधो गरे।
उनले छोरा मानदेवलाई बोलाएर ‘राति ढुंगेधारामा जो मान्छे सुतिरहेको भेटिन्छ, उसको अनुहार हेर्दै नहेरी काटिदिनू।’ भन्ने आदेश दिए।
मानदेव पिताको आज्ञाअनुसार त्यसै रात नारायणहिटी गए। धारामाथि एक जना व्यक्ति ओढ्ने ओढेर सुतिरहेको थियो। मानदेवले त्यो व्यक्तिको अनुहारसम्म पनि नहेरी टाउको काटिदिए। नरबलि दिनासाथ ढुंगेधाराबाट कलकल पानी आयो।
मानदेवले भोलिपल्ट बिहान मात्र थाहा पाए, जसलाई उनले अघिल्लो रात काटेर आए, ती उनकै पिता थिए।
बस्न्यात खलक: कीर्ति मन्दिर
[सम्पादन गर्नुहोस्]कान्तिपुर राज्य र गोरखा एकीकृत भएपछी हालको दरबार मार्ग, जय नेपाल सिनेमा घर, हात्तीसारसमेत प्रधान सेनापति काजी शिवरामसिंह बस्न्यातले पाएका थिए। त्यस बखत यो इलाका खेत थियो। उनका कान्छा छोरा काजी धौकल (धोकल) सिंह बस्न्यातले श्री ५ महाराजधिराजबाट अनुमति लिएर आफ्नो निवास बनाए। १८५० सालको वसन्त पञ्चमीका दिनमा बसोबास सुरु गरेको यस निवासको नाम ‘कीर्ति मन्दिर’ थियो।[१]
मन्त्री धौकलकी माता सुरप्रभा नारायणकी भक्त थिइन्। कीर्ति मन्दिरको साथमा नारायण मन्दिर पनि निर्माण भयो। ज्योतिषीको सुझावअनुसार त्यस मन्दिरमा राख्ने नारायणको मूर्ति सिन्धुली खुर्कोट इलाकामा बनाइयो। खुर्कोट इलाकाबाट ७ जना भरिया लगाई नारायणको मूर्ति काठमाडौं ल्याउने सिलसिलामा हाल काभ्रेको तिमाल कोटको डाँडोमा बास पर्यो। भोलिपल्ट भरियाहरूले मूर्ति बोकेर हिँड्न लाग्दा मूर्ति बोक्नै नसकिने गरी गरुङ्गो भयो र हुरीबतास पनि आएर मूर्ति ल्याउन सकेनन्। त्यसै रातमा माता सुरप्रभालाई सपनामा नारायण भगवान्ले ‘मलाई यसै स्थानमा मन्दिर बनाई स्थापना गरिदेऊ’ भन्ने वाणी भएपछि माता सुरप्रभाले त्यसै स्थानमा मन्दिर बनाई नारायण भगवान्को पूजा गरिन्। अनि ठुलो गुठी जग्गा पनि राखिदिइन्। तसर्थ तिमाल कोटको नारायण मन्दिर प्रधान सेनापति शिवराम सिंह बस्न्यातकी धर्मपत्नी सुरप्रभाले बनाएकी हुन्।
यता कीर्ति मन्दिरका लागि भने ज्योतिषीको अर्को सुझावअनुसार काठमाडौंको पूर्व–दक्षिण पर्ने नजिकैको क्षेत्रबाट नारायणको अर्को मूर्ति ल्याएर स्थापना गरी पूजा गरियो। तसर्थ हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।
१८५७ सालमा धौकललाई गडवालको बडाहाकिम (मुख्य प्रशासक) बनाएर पठाइयो। अर्को वर्ष षड्यन्त्र गरी उनको हत्या गरियो। उनको मृत्युपछि कुनै कारणबिना नै सो कीर्ति मन्दिर काजी भीमसेन थापाले राज्यमार्फत जफत गराए। धौकल परिवारको बिल्लीबाठ बनाइदिए। सो निवास
थापा खलक
[सम्पादन गर्नुहोस्]धोकालसिंह बस्न्यातबाट जफत गरिएको कीर्ति मन्दिर भीमसेनले आफ्ना भाइ काजी बख्तावर सिंह थापालाई दिए। भीमसेन थापाले बख्तावर सिंह समर जंग कम्पनीको कम्पनी कमान्डर बनाएर दरवारको सुरक्षाको जिम्मेवारी दिएका थिए जिम्मेवारी दिए। कम्पनीले वफादारीपूर्वक श्री ५ को सम्मान र सुरक्षा गरिआएको’ थियो। तर पछि काजी बख्तावरसिंह थापाको नेतृत्वमा रहँदा कम्पनीमाथि राजकाज उल्ट्याउने षड्यन्त्र गरेको आरोप लाग्यो। यो घटनापछि मुख्तियार भीमसेन थापाले समरजंग कम्पनीलाई पनि सजाय दिए। त्यसबेलाको घटनाक्रम बताउने सरकारी कागजातमा उल्लेख छ, “तत्कालीन मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाद्वारा शाही रक्षकबाट हटाइनुका साथै यसले निशान खडा गरी हिँड्न नपाउने, सुताएर राख्नुपर्ने र चैत्र दसैँ र बडादसैँको माला पूजामा मात्र उठाउन पाउने व्यवस्था गरिदिए।”[२] नेपाल- अंग्रेज युद्ध अन्त्यपछि भीमसेन थापालाई बख्तावर सिंह थापा आफ्ना शत्रुहरूको पंक्तिमा सामेल भएको आशंका हुन थालिसकेको थियो। त्यसकारण उनी आफ्नै कान्छो भाइ (बख्तावर सिंह) लाई सजाय दिने मौकाको पर्खाइमा थिए। राजा राजेन्द्रको राज्याभिषेक समारोहको आसपास भीमसेन थापाले भाइ बख्तावरसिंहलाई बर्खास्त गरे। तर, आमाको याचना सुनेर उनलाई नुवाकोट पुर्याएर जीवितै थुनामा राखे।[२]
त्यसपछि यो दरबार उनले आफैले राखे।
चौतारिया खलक
[सम्पादन गर्नुहोस्]भीमसेन थापाको अकन्टक शासनमा यो दरबार थापा खलक कै मानिसहरूमा रह्यो। राजमाता ललित त्रिपुरा सुन्दरीको मृत्युपछी उनको पतनको सुरुवात भयो। त्यहीक्रममा राजा राजेन्द्रको कान्छ छोराको मृत्युको घटनालाई लिएर भीमसेन थापालाई मुछियो। यो दरबार सहित उनको सारा सम्पत्ती सर्वस्वहरण गरियो। त्यसपछी यो दरबार चौतरिया फत्तेजंग शाहले पाए। [३] कोत पर्वको समयमा सबै भारदारलाई बोलाइए पनि प्रधानमन्त्री फत्तेजंग भने कोतमा उपस्थित भएका थिएनन् । राजा राजेन्द्र स्वयं कीर्ति मन्दिर गएर कोटमा जानलाई भने पछी उनी मन नलागी नलागी राजाज्ञा पालना गर्न कोतमा गए। कोतपर्वमा प्रधानमन्त्री फत्तेजंग मारिएपछी यो दरबार जङ्गबहादुरले भाइ रणोद्दिप सिँहलाई दिए।
रणोद्दिपसिंह निवास
[सम्पादन गर्नुहोस्]कोतपर्वमा प्रधानमन्त्री चौतरिया फत्तेजंग मारिएपछी जंगबहादुरले सो दरबार रणोद्दिप सिँह बहादुर राणालाई दिएका थिए। जङ्गबहादुरको मृत्युपछी रनोद्देप सिंह श्री ३ तथा प्रधानमन्त्री बने। रणोदीप सिंहले हनुमान ढोकामाबाट बालक राजाको सुरक्षाको लागि आफ्नै निवास कीर्ति मन्दिर लगेर राखे। १९४२ सालको पर्वमा धीर शमशेर राणाका छोराहरूले काका श्री ३ रणोेदीपको हत्या गरी वीरशमशेर श्री ३ बनेपछि धौकलसिंहको कीर्ति मन्दिर भत्काई अर्कै दरबार बनाए। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।
शाही निवास
[सम्पादन गर्नुहोस्]श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रम सँग भएपछी सो दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिए।
पृथ्वी वीर विक्रम शाहलाई सुरक्षाको वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरबारको उत्तरी मोहडामा ल्याएर राखे पछि दरबार बाट राजदरबारमा परीणत उक्त खण्डको विभिन्न काल खण्डमा निर्माण तथा पुनर्निर्माण हुँदै आयो। त्यसअघि पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे।
वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो। बेन्जामिन पोल्क त्यतिखेर कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए। उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए।
त्यसभन्दा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन्।
घटेका प्रमुख घटनाहरू
[सम्पादन गर्नुहोस्]४२ सालको पर्व
[सम्पादन गर्नुहोस्]प्रजाअतन्त्रको घोषणा, २००७
[सम्पादन गर्नुहोस्]२०१७ को घोषणा
[सम्पादन गर्नुहोस्]२०४७ को संविधानको घोषणा
[सम्पादन गर्नुहोस्]दरबार हत्याकाण्ड, २०५८
[सम्पादन गर्नुहोस्]२०५८ साल जेठ १९ गतेको दरवार हत्याकाण्ड भएको थियो । त्यस घटनामा राजा बिरेन्द्र र उनको सम्पूर्ण परिवार, अधिराजकुमार धिरेन्द्र शाह लगायत राजपरिवार सदस्यहरूको हत्या भएको थियो।
कक्षहरू
[सम्पादन गर्नुहोस्]नारायणहिटी दरबारमा जम्माजम्मी ५२ वटा बैठक-कक्षहरू छन् । तीमध्ये बि.स. २०६८ सम्म १९ वटा मात्र सर्वसाधारणका लागि खुला गरिएका छन् ।
कास्की बैठक
[सम्पादन गर्नुहोस्]दरबारको मुख्य मोहडामा अवस्थित निकै अग्लो गौरीशङ्कर नाम दिईएको प्रवेशद्वारबाट भित्र प्रवेश गरेपछि कास्की बैठकमा पुगिन्छ । कास्की बैठकमा राजकीय भ्रमणमा नेपाल आएका विदेशी राष्ट्राध्यक्षहरूको स्वागत, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरूको सपथ ग्रहण समारोह, पूर्वराजामा राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउ जस्ता महत्त्वपूर्ण समारोहहरू हुन्थे ।
तनहुँ बैठक
[सम्पादन गर्नुहोस्]कास्की बैठकको ठीक सामुन्ने गाढा रातो गलैँचा बिछ्याइएको घुमाउरो भर्याङ उक्लिएपछि तनहुँ बैठक पुगिन्छ । भर्याङको ठीक माथि काँचको विशाल झल्लर राखिएको छ ।
म्याग्दी कक्षमा संवैधानिक अङ्गका प्रमुख र राजदूतहरूलाई जलपान गराइन्थ्यो भने पर्वत कक्षमा विभिन्न हस्ताक्षर समारोह गर्ने गरिन्थ्यो । रुकुम कक्षलाई विदेशी राष्ट्रप्रमुखलाई भेट गर्न आउने विशिष्ठ व्यक्तिहरूले प्रतीक्षालयका रूपमा प्रयोग गर्थे भने रोल्पा कक्षमा उनीहरूले भेटघाट गर्ने गर्थे । रोल्पा कक्षदेखि बैतडी कक्षसम्मको कोरिडोरमा विगतमा दरवारमा रात बिताएका विदेशी राष्ट्रप्रमुखहरूसित तत्कालीन राजा वीरेन्द्र र रानीऐश्वर्यले खिचाएका तस्बिरहरू झुण्ड्याइएका छन् । दैलेख कक्षमा राखिएको भव्य पलङमा विदेशी राष्ट्राध्यक्षले सयन गर्थे भने उनका पत्नीका लागि बैतडीकक्ष र नजीकका नातेदारका लागि अछाम कक्षमा सुत्ने गर्थे । विदेशी प्रमुखहरूका लागि भोजन गर्न बाजुरा कक्षको व्यवस्था गरिएको थियो भने जुम्ला कक्षमा खानपान पछि उनीहरू आराम गर्थे । डोल्पा कक्ष चाहिँ गोरखा बैठकामा विशेष कार्यक्रम हुँदा अनुमति नपाएका राजपरिवारका अन्य सदस्यहरूले अवलोकन गर्न मिल्ने गोप्य कक्षका रूपमा प्रयोग हुने गर्दथ्यो । तनहुँ कक्षमा गोरखा बैठकमा विशेष समारोह हुँदा मन्त्रीगण, राजप्रासादसेवाका उच्च पदाधिकारीहरू लगायत बसेर कार्यक्रम अवलोकन गर्थे भने
गोरखा बैठक
[सम्पादन गर्नुहोस्]गोरखा बैठकमा सुशोभन समारोह, युवराज उमेर पुगेको घोषणा गरिन्थ्यो । राजा वीरेन्द्रले २०४७ सालको संविधान सोही कक्षमा रहेको सिंहासनमा बसेर घोषणा गरेका थिए ।
यसैगरी, मुगु कक्षमा राजा त्रिभुवनले प्रयोग गरेका सामग्रीहरूलाई सङ्कलन गरी राखिएको छ । लमजुङ कक्षमा रात्रीभोजको आयोजना गरिन्थ्यो भने गुल्मी कक्ष पूर्वराजाको निजी कार्यालयको रूपमा रहेको थियो । धादिङ कक्ष राजाको आराम गर्ने कक्ष थियो भने धनकुटा कक्ष राजाको सयनका रूपमा प्रयोग हुन्थ्यो । धनुषा कक्षमा विजयादशमीका दिन टीका लगाउने स्थानका रूपमा प्रयोग गरिन्थ्यो । त्यस कक्षमा २०५५ भदौ ४ गते र २०५९ माघ १० गते राजपरिवारका सदस्यहरूको सामूहिक तस्बिर राखिएको छ । तस्बिरको मुनि सम्पूर्ण सदस्यहरूले हस्ताक्षर गरेका थिए ।
त्रिभुवन सदन
[सम्पादन गर्नुहोस्]हाललाई खुला गरिएको मध्ये त्रिभुवन सदन अर्को आकर्षणको केन्द्र हो । राजा त्रिभुवनको निवासका रूपमा रहेको यस भवनमा २०५८ साल जेठ १९ गतेको दरवार हत्याकाण्ड भएको थियो । त्यस घटनामा राजा बिरेन्द्र र उनको सम्पूर्ण परिवार, अधिराजकुमार धिरेन्द्र शाह लगायत राजपरिवारसदस्यहरूको हत्या भएको थियो। २०६१ सालमा त्यो भवनलाई पूर्ण रूपमा भत्काइयो । अहिले त्यस भवनको जगमा इँटको गारो लगाइएको छ । त्यहाँ वीरेन्द्र, ऐश्वर्य, दीपेन्द्र गोली लागि ढलेको स्थानहरू उल्लेख गरिएका छन् ।
नारायणहिटी दरबारको ठीक पछाडि रहेको फोहरा बगैँचा पनि आर्कषक छ । त्यो बगैचा त्रिभुवनले बनाउन लगाएका थिए । त्यस बगैँचाको बीचमा सानो पानीको कुण्ड बनाइएको छ । त्यहाँ घुम्ने र गोल घर छन् । नेपालमा भएको पहिलो दक्षिण एसियाली सम्मेलनमा विदेशी राष्ट्रप्रमुखहरूको सम्मानमा त्यसै बगैँचामा भोजको आयोजना गरिएको थियो । पछिल्लो पटक ज्ञानेन्द्र शाहले विशेष चाडपर्वका अवसरमा त्यस बगैँचामा अपरान्हको भोज आयोजना गर्ने गरेका थिए । तत्कालीन राजा महेन्द्र मञ्जिलमा बस्थे भने वीरेन्द्र श्री सदनमा बस्थे तर आएका विदेशी राष्ट्रप्रमुखहरू दरबारमा रात बिताउन बसेका बेला उनीहरूले अप्ठेरो नमानुन् भन्नका लागि ती राजाहरू आफ्नो घरमा नबसी दरबारको धनकुटा बैठकमा रात बिताउन आउने गर्थे तर ज्ञानेन्द्र चाहिँ निर्मल निवास छाडेपछि धनकुटा बैठकमा सरेका थिए । [४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ बस्न्यात, डा. प्रेमसिंह (९ भाद्र २०८०), "दरबारको नयाँ इतिहास", नागरिकन्युज।
- ↑ २.० २.१ साखकर्मी, सुनीता (२०८० असार २९), "ललिता निवास जग्गा प्रकरणमा जोडिने समरजंग कम्पनीको कथा"।
- ↑ प्रमुख सेनानी डा. प्रेमसिंह बस्न्यात (डा. बस्न्यात शिवरामसिंह बस्न्यातका १२ औँ पुस्ता हुन्)
- ↑ जनतालाई लोभ्यायो नारायणहिटीले[स्थायी मृत कडी] गोरखापत्र