वनकरिया जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वनकरियाबाट अनुप्रेषित)

वनकरिया जाति मकवानपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जाति हो । झट्ट हेर्दा चेपाङ जस्ता होचा‚ रुपरंग‚ शैली र रितीरिवाज समेत उस्तै भएका उनीहरू मकवानपुर जिल्लाको हाँडिखोला गा.वि.स. को ट्वाङ्ग्रा भन्ने स्थानमा घरबार बनाई बसोबास गर्दछन् । नेपाल चेपाङ संघले वनकरिया जाति छुट्टै जाति नभएर चेपाङ नै भएको भन्छ भने केही वर्ष अघिदेखि मात्रै वन छोडेर समाजमा आई बस्न थालेका उनीहरू आफूलाई चेपाङ नभई छुट्टै वनकरिया जाति भएको बताउँछन् । गाउँमा बस्नुअघि उनीहरू चुरेघाँचमा बस्दथे भने उनीहरूलाई वनकरियाको नाममा नागरिकता प्रदान गरिएको छ । गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले वनकरिया सहित १० लोपोन्मुख जातिलाई मासिक रु. ५००।- भत्ता उपलब्ध गराउँदै आएको छ । वनकरिया जातिका अगुवा पुरुष गोपाल वनकरिया हुन् । उनीहरू हाल १३ घरधुरीमा ७० जनाको संख्यामा बसोबास गर्दछन् । हाँडिखोलाका वनकरियामध्ये ४ जनाले वनकरिया भाषा बोलेको भाषा विग्यानका प्राध्यापक दानराज रेग्मीले प्रकाशमा ल्याएपछि सो कुरा नेपाल राजपत्रको बुलेटिनमा २००८ नोभेम्बर ८ मा प्रकाशन भएको थियो ।

आदिवासी बनकरिया जातिले मादल, मुरली, ढ्याङग्रो, ढोलको लामो समयदेखि आफ्नो संस्कृतिका रूपमा अवलम्बन गर्दै आएका छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]