"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
<br> |
|||
{{Infobox officeholder |
{{Infobox officeholder |
||
|name = |
|name = मेजर जनरल सुवर्ण शमशेर राणा |
||
|birth_date = 1910 <!--{{birth date|YYYY|MM|DD|df=yes}}--> |
|birth_date = 1910 <!--{{birth date|YYYY|MM|DD|df=yes}}--> |
||
|birth_place = [[ |
|birth_place = [[काठमाडौं]], [[नेपाल]] |
||
|death_date = {{death date and age|1977|11|9|1910|df=y}} |
|death_date = {{death date and age|1977|11|9|1910|df=y}} |
||
|image = File:Subarna Samsher Rana.jpg |
|image = File:Subarna Samsher Rana.jpg |
||
|image_size = 200px |
|image_size = 200px |
||
|office = |
|office = उप-प्रधानमन्त्र |
||
|primeminister =[[Bishweshwar Prasad Koirala]] |
|primeminister =[[Bishweshwar Prasad Koirala]] |
||
|term_start = 27 May 1959 |
|term_start = 27 May 1959 |
||
|term_end = 16 December 1960 |
|term_end = 16 December 1960 |
||
|office1 = अर्थमन्त्री |
|||
|office1 = [[Ministry of Finance (Nepal)|Minister of Finance of Nepal]] |
|||
|primeminister1 =[[Bishweshwar Prasad Koirala]] |
|primeminister1 =[[Bishweshwar Prasad Koirala]] |
||
|term_start1 = May 1958 |
|term_start1 = May 1958 |
||
पङ्क्ति २२: | पङ्क्ति २३: | ||
|predecessor2 = [[Kunwar Inderjit Singh]] |
|predecessor2 = [[Kunwar Inderjit Singh]] |
||
|successor2 = [[Bishweshwar Prasad Koirala]] |
|successor2 = [[Bishweshwar Prasad Koirala]] |
||
|office3 = |
|office3 = तेस्रो सभापति, नेपाली कांग्रेस |
||
|term_start3 = 24 January 1956 |
|term_start3 = 24 January 1956 |
||
|term_end3 = 23 May 1957 |
|term_end3 = 23 May 1957 |
१८:५९, ६ नोभेम्बर २०२२ जस्तै गरी पुनरावलोकन
मेजर जनरल सुवर्ण शमशेर राणा | |
---|---|
चित्र:Subarna Samsher Rana.jpg | |
उप-प्रधानमन्त्र | |
कार्यकाल 27 May 1959 – 16 December 1960 | |
प्रधानमन्त्री | Bishweshwar Prasad Koirala |
अर्थमन्त्री | |
कार्यकाल May 1958 – 16 December 1960 | |
प्रधानमन्त्री | Bishweshwar Prasad Koirala |
पूर्वाधिकारी | C. B. Singh |
उतराधिकारी | Rishikesh Shah |
21st Prime Minister of Nepal | |
कार्यकाल 15 May 1958 – 27 May 1959 | |
एकाधिपति | Mahendra |
पूर्वाधिकारी | Kunwar Inderjit Singh |
उतराधिकारी | Bishweshwar Prasad Koirala |
तेस्रो सभापति, नेपाली कांग्रेस | |
कार्यकाल 24 January 1956 – 23 May 1957 | |
पूर्वाधिकारी | Bishweshwar Prasad Koirala |
उतराधिकारी | Bishweshwar Prasad Koirala |
Minister of Finance of Nepal | |
कार्यकाल 1950–1951 | |
प्रधानमन्त्री | Mohan Shamsher Rana, Matrika Prasad Koirala |
उतराधिकारी | Kaiser Shumsher Jang Bahadur Rana |
व्यक्तिगत विवरण | |
जन्म | 1910 काठमाडौं, नेपाल |
मृत्यु | ९ नोभेम्बर १९७७ | (उमेर ६६–६७)
सुवर्ण सम्शेर राणा नेपालका २०औं प्रधानमन्त्री [ मन्त्रिपरिषद्को अध्यक्ष ] बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी नेपाली कांग्रेसको कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी. पी. कोइराला नजरबन्दमा हुँदा कार्यवाहक सभापति बनेका थिए। यिनी नेपालका विद्वान राजनीतिज्ञ कहलाउँछन्।
२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबार भित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो ।
जन्म र प्रारम्भिक जीवन=
सुवर्ण शमशेर श्री ३ भीम शमशेरका नाति तथा हिरण्य शमशेरका छोरा हुन्। उनको जन्म टंगाल दरबार (हालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको भवन) मा भएको थियो।
नेपाली कांग्रेस
२००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपाल जस्तो मुलुकमा राणा शासन फाल्ने सशस्त्र संघर्ष मात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म बी. पी. कोइराला पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमति पश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम नेपाली कांग्रेस बनेपछि सुवर्ण कोषाध्यक्ष बने ।
राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि बीपी सहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन कलकत्ता गएकाले जोगिएका थिए । महेन्द्रले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान सङ्केत गरेका थिए ![१]
२००७ सालको क्रान्ति
एकीकरण पश्चात सुवर्णका भान्जा थिरबम मल्लको नेतृत्वमा पूर्णसिंह खवास, डीबी राई, दिलमान सिंह लगायतका सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता गठन गरियो । उनीहरूलाई भारतका विभिन्न स्थानमा फौजी तालिम दिन थालियो र हतियार सङ्कलन द्रुतगतिमा सुरु भयो । सशस्त्र क्रान्तिको सम्पूर्ण जिम्मा सुवर्ण शमशेरलाई दिइयो । अनि कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । सशस्त्र क्रान्तिलाई विधिवत रूपमा अनुमोदन गर्न २००७ असोज १० र ११ भारतको बैरगनियाँमा कांग्रेसले विशेष सम्मेलन बोलायो । सम्मेलन पश्चात एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न वीपी र गणेशमान भएको स्थानमा उनी पुगे । कुराकानीकै क्रममा सुवर्णले 'क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ' भन्ने प्रश्न राख्दा वीपीले 'त्यही २५/३० लाख' भने । जवाफमा सुवर्णले 'त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड दिन्छु' भने ।
२००७ कात्तिक २५ र २६ को राति शून्य समयमा मुक्ति सेनाले वीरगन्ज आक्रमण गरेर सशस्त्र संघर्षको सुरुवात गर्यो र तेजबहादुर अमात्यलाई त्यहाँको प्रमुख बनायो । सशस्त्र संघर्षको पहिलो आक्रमणमा नै थिरबम मल्ल मारिए । छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो ।
संयुक्त सरकार
२००७ फागुन ७ गते प्रजातन्त्रको घोषणासँगै गठन भएको संयुक्त सरकारमा क्रान्तिनायक सुवर्ण शमशेर अर्थमन्त्री बने । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलो पटक बजेट प्रस्तुत गरे ।
बजेट
नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेर राणा हुन् । १ सय ४ वर्षे राणा शासनको अन्त्य भएपछि गठन भएको सरकारका अर्थमन्त्री सुवर्ण शमसेरले २००८ सालका लागि बजेट ल्याएका थिए । राणा शासनकालमा र मुलुकको आम्दानी–खर्च विषय जनतालाई थाहा हुँदैन थियो ।
प्रजातन्त्रको स्थापनापछि पहिलो पटक मुलुकको आम्दानी के कति हुन्छ, केमा खर्च हुन्छ यसको सार्वजनिक गरिएको थियो । २००८ मा सरकारको सामान्य आम्दानी ३ करोड ५ लाख सोह्र हजार अनुमान गरिएको थियो । खर्च भने ५ करोड ६९ लाख १५ हजार हुने अनुमान गरिएको थियो । जनताको जीवनस्तर उठाउनु र जनताको सांस्कृतिक तथा सामाजिक जीवन उकास्नु बजेटको उद्देश्य थियो । सरकारले मिश्रित आर्थिक प्रणाली अपनाउने नीति लिएको थियो । निजी उद्योग र व्यापारलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले तय गरेको थियो [२]।
कांग्रेस सभापति
२०१२ माघमा वीरगन्जमा सम्पन्न् महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित गर्यो । यो महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गर्यो । त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए ।
भद्र अवज्ञा आन्दोलन
संविधानसभा लगायतको माग गर्दै २०१४ मङ्सिर २२ गते देखि भद्र अवज्ञा आन्दोलन प्रारम्भ गर्यो । ठूलो दबाबपछि २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा सर्वदलीय चुनावी मन्त्रिपरिषदको गठन भयो। २०१५ भदौ ३ गते मन्त्रिपरिषद अध्यक्ष एवं अर्थमन्त्री हुँदा उनले दोस्रो बजेट रेडियो नेपालमार्फत सार्वजनिक गरेका थिए [३]।
आम निर्वाचन
सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आम निर्वाचन सुरु भयो। १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जिते। निर्वाचनपछि राजा महेन्द्र सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे [३]।
२०१७ पुष १ गतेको शाही घोषणा
२०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी सम्पूर्ण शासन हत्याउँदा सुवर्ण शमशेर भारतमा थिए। महेन्द्रको तानाशाही कदमबाट अत्यन्त क्रुद्ध हुँदै २०१७ साल माघमा भारतको पटनामा उनले पार्टीको सम्मेलन बोलाए। सम्मेलनले प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो। संघर्षको सम्पूर्ण जिम्मेवारी सुवर्णलाई सुम्पियो। सोही कारण निरंकुश पञ्चायती सरकारले उनको बालुवाटारको दरबार, ललिता निवास (हालको राष्ट्र बैङ्क भवन) जफ्त गर्यो।
दलमाथि प्रतिबन्ध लागेपछि विदेशिन बाध्य पार्टीका नेता तथा कार्यकर्ताको विदेशी भूमिमा विचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप जिम्मेवारी थपियो।
सशस्त्र संघर्ष
कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले कलकत्तामा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे। २००७ को सशस्त्र क्रान्तिले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासन पश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे।
वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापना निम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो। नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुन सकेनन्।
व्यक्तिगत जीवन
उनको विवाह स्वेता राज्य लक्ष्मी सँग भएको थियो। उनका तीन छोरा-कनक शमशेर, कञ्चन शमशेर र रुक्म शमशेर राणा र एक छोरी रोमा राज्यश्री राज्य लक्ष्मी थिए।
मृत्यु
२०३४ कात्तिक २४ गते सुवर्ण शमशेरको कलकत्तामा निधन भयो।
सन्दर्भ सामग्रीहरू
- ↑ http://himalkhabar.com/news/8036
- ↑ http://motivatenews.com/archives/14744 कुन अर्थमन्त्रीका पालामा कस्तो बजेट ? सुवर्ण शमशेर देखि बिष्णु पौड्यालसम्म
- ↑ ३.० ३.१ https://www.kantipurdaily.com/opinion/2014/02/26/384775.html
यो पनि हेर्नुहोस्
नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू