कुँवर इन्द्रजित सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(के. आई. सिंह बाट पठाईएको)
Jump to navigation Jump to search
कुँवर इन्द्रजीत सिंह (के आई सिंह)
२० औं प्रधानमन्त्री (नेपाल)
कार्यकाल
२०१४ श्रावण ११[१] – २०१४ कार्तिक २९[२][३]
शासकराजा महेन्द्र
अग्रजटंकप्रसाद आचार्य
उतराधिकारीसुवर्ण सम्शेर राणा
राजसभा स्थायी समितिका सभापति
शासकराजा महेन्द्र
अग्रजप्रथम
उतराधिकारीऋषिकेश शाह
व्यक्तिगत विवरण
जन्मवि.सं. १९६३
डोटी
मृत्युथाइल्याण्डको बैंकक
राजनीतिक पार्टीयुनाइटेड डेमोक्रेटिक पार्टी

के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह विद्रोही नेता तथा नेपालका पूर्व प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए।

कलेज जीवन[सम्पादन गर्ने]

डोटीमा वि. सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए ।

चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो । उनले त्यही आधारमा आफ्नो नाम डा.के.आई. सिंह लेख्न थाले ।

२००७ सालको क्रान्ति[सम्पादन गर्ने]

क्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलयमाथि नियन्त्रण जमायो । तीन दिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंहमाथि सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्‍यो । भोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र झ्यालखाना त कब्जामा लिए तर बडाहाकिम कार्यलयमाथि कब्जा जमाउने धोको पूरा भएन ।[४]

क्रान्तिपछि[सम्पादन गर्ने]

२००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्।

पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राउ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला सिंहदरवार भित्र रहेको बिजुली गारतको नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै सिंहदरबार विद्रोहमा जोडिए।[५]

सिंहदरबार विद्रोह[सम्पादन गर्ने]

पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो।

त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गएर बसे।

स्वदेश फिर्ती[सम्पादन गर्ने]

२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरी माफी मागेकाले राजा महेन्द्रले उनको आरोपहरु खारेज गरी माफी बक्से ।[६]

प्रधानमन्त्री[सम्पादन गर्ने]

पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए।[७][८] यिनको मन्त्रिपरिषद्मा शिक्षा मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए ।

कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए।

अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ महिनासम्म पनि टिक्न सकेन। पछि यिनलाई हटाएर सुवर्ण सम्शेर राणाको नेतृत्त्वमा सरकार गठन भयो।

मन्त्रिमण्डल[सम्पादन गर्ने]

[९]

बहिर्गमन[सम्पादन गर्ने]

यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजेजस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल नर शमशेरले भोलिपल्टै नारायणहिटी गए र राजालाई बेलिबिस्तार लगाए । सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'[१०]

त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबारभित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलयबाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह नारायणहिटी राजदरबार पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।[१०][८]

पञ्चायती राजनीति[सम्पादन गर्ने]

पछि यिनी पञ्चायती राजनीतिमा पनि सांसदसम्म भए।

राजसभा स्थायी समितिका सभापति[सम्पादन गर्ने]

कुँवर इन्द्रजीत सिंह प्रथम राजसभा स्थायी समितिका सभापति हुन् । सरकारले सिंहलाई राजसभा स्थायी समितिको सभापतिमा नियुक्त गर्यो तर उनी सपथग्रहणमा गएनन् । [११]

मृत्यु[सम्पादन गर्ने]

यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दागर्दै थाइल्याण्डको बैंककमा निधन भयो। [१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]