ज्ञानेन्द्र शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(राजा ज्ञानेन्द्र बाट पठाईएको)
Jump to navigation Jump to search
नेपाल नरेश श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाह देव
Gyanendra 01.jpg
नेपालका श्री ५ बडा महाराजधिराज
शासनकाल7 नोभेम्वर 1950 – 8 जनवरी 1951 (&0000000000000000000000० वर्ष, &0000000000000062000000६२ दिन)
पुर्वाधिकारीराजा त्रिभुवन
उत्तराधिकारीराजा त्रिभुवन
शासनकाल4 June 2001 – 28 May 2008 (&0000000000000006000000६ वर्ष, &0000000000000359000000३५९ दिन)
पुर्वाधिकारीदीपेन्द्र शाह
उत्तराधिकारीराजतन्त्रको अन्त्य
रानीकोमल शाह
सन्तानपारस शाह
प्रेरणा शाह
दरबारनारायणहिटी दरबार
वंशशाह वंश
पितामहेन्द्र वीर विक्रम शाह
माताइन्द्रराज्यलक्ष्मी शाह
जन्म (१९४७-०७-०७) ७ जुलाई १९४७ (उमेर ७२)
काठमाडौं, नेपाल

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका हुन्। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।

राजा महेन्द्रका कान्छा छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।

प्रारम्भिक जीवन र पहिलो शासन[सम्पादन गर्ने]

ज्ञानेन्द्र शाह युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका थिए। उनको जन्मपछि, उनका पितालाई राजज्योतिषहरुले नव शिशुलाई सँगै राख्दा नराम्रो हुन सक्छ भनेकाले उनी मामाघरमा हुर्के।

२००७ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरबुवा र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए। उनलाई प्रधानमन्त्री मोहन शमशेरले वि.सं. २००७ कार्तिकमा राजा घोषणा गरे। उनको राज्याभिषेक मात्र भएन, उनको नाममा मुद्राहरु समेत निष्काशन गरिए। राणा प्रधानमन्त्रीले राजाको लागि बार्षिक ३,००,००० रुपैयाँ बजेट समेत छुट्याएका थिए। वि.सं. २००७ को दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो, राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हाले।

ज्ञानेन्द्रको पढाई दाजु राजा वीरेन्द्रसँगै दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा भयो। उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६९ मा स्नातक गरे।

उनले दाजु वीरेन्द्रको राज्यबिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रुपमा काम गरे। उनले महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत वि.सं. २०५८ सम्म सेवा गरे।

उनको विवाह बैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवीसँग भयो। उनीहरुका जम्मा दुई सन्तान छन् :-

राज्यारोहण[सम्पादन गर्ने]

२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको नरसंहारमा राजा राजा वीरेन्द्रको हत्या भएपछि दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। दीपेन्द्र अचेत अवस्थामा भएकाले ज्ञानेद्रलाई राज्य सहायक घोषित गरिएको थियो।

प्रत्यक्ष शासन[सम्पादन गर्ने]

उनले देशमा भइरहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रे। प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले वि.सं. २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन्। गणतन्त्रको घोषणापछि उनी बालाजुमाथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन् भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ।

उनी राजा भएको बेला नेपालमा ने.क.पा. माओवादीले साम्यवाद अधिनायकवाद स्थापना गर्ने उद्देश्यले जन-युद्धको नाममा गुरिल्ला युद्ध चलाइरहेको थियो। त्यसबेला जनताको जनादेश पाएको भनी दावी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकिरहेका थिएनन्। राजनीतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुँदै गएका थिए। संसदीय प्रजातन्त्रमा आस्था राख्ने दलहरूमा पदको लुछाचुडी चलिरहेको थियो। प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको विघटन गरे। तर उनले समयमा नै उक्त प्रतिनिधि सभाको निर्वाचन गर्न सकेनन्। यसले संवैधानिक जटिलता छायो। नेपाली काङ्ग्रेसनेकपा (एमाले) जस्ता ठूला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन्। त्यसबेला ने.क.पा माओवादी लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनीहरू प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनीतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकार गरेनन्। उनीहरुले राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिँडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदमपछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे। सक्रिय राजतन्त्र भएको पञ्चायती व्यवस्थामा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र ने.क.पा माओवादीबीच दिल्लीमा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो र सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिनापछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो।

आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी वि.सं. २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन। त्यसपछि वि.सं. २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।

अन्तरिम संसदले संविधान सभा बन्नु अघि नै देशमा गणतन्त्र आइसकेको र संविधानसभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछ्याउँदै संविधान सभाको पहिलो बैठकले वि.सं. २०६५ साल जेष्ठ १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गर्‍यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन्।

पूर्वाधिकारी
वीरेन्द्र वीर विक्रम शाह
नेपालको राजा
सन् २००१ -- सन् २००८
उत्तराधिकारी 
पद अन्त्य
पूर्वाधिकारी
नयाँ पद
नेपालको मन्त्रीपरिषद्को अध्यक्ष
??
उत्तराधिकारी 
-

सम्मान[सम्पादन गर्ने]

महत्त्वपूर्ण सम्बोधनहरू[सम्पादन गर्ने]