लोकेन्द्र बहादुर चन्द
![]() |
यस लेखलाई विश्वकोशमा अवस्थित पाठको सन्दर्भमा सम्बन्धित लिङ्क थप्न मद्दत गर्नुहोला । (मे २०१३) |
लोकेन्द्र बहादुर चन्द (वि.सं. १९९६ - ) नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्।
विषयसूची
जीवनी[सम्पादन गर्ने]
लोकेन्द्रबहादुरको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडी जिल्लामा भएको हो।
प्रधानमन्त्री[सम्पादन गर्ने]
उनी वि.सं. २०३८, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८मा गरी चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न सकेनन्। हाल उनी भक्तपुरको लोकन्थलीमा बस्दै आएका छन।
पुरस्कार[सम्पादन गर्ने]
उनले विसर्जन (कथासङ्ग्रह) नामक ग्रन्थका लागि मदन पुरस्कार २०५४ प्राप्त गरे।