सालडाँडा, स्याङ्जा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सालडाँडा
सालडाँडा गाउँ
स्याङ्जा सालडाँडा
—  गाउँ, टोल  —
Saldanada Village.jpgसालडाँडा गाउँको एक सुन्दर तस्बिर
उपनाम(हरू): हट्टिया गाउँ
आदर्श वाक्य: आजको निकास सालडाँडा गाउँको समग्र विकास
सालडाँडा नेपाल-এ অবস্থিত
सालडाँडा
सालडाँडा
निर्देशाङ्क: २८°००′५४″उत्तर ८३°५७′५०″पूर्व / २८.०१५०८२° उत्तर ८३.९६३८४३° पूर्व / 28.015082; 83.963843निर्देशाङ्क: २८°००′५४″उत्तर ८३°५७′५०″पूर्व / २८.०१५०८२° उत्तर ८३.९६३८४३° पूर्व / 28.015082; 83.963843
देश Flag of Nepal.svg नेपाल
अञ्चल गण्डकी
जिल्ला स्याङ्जा
सरकारगण्डकी प्रदेश
 - प्रकार स्थानीय तह
 - क्लब प्रमुख अध्यक्ष
जनसङ्ख्या (बि. सं. २०६८)
 - जम्मा २,००० भन्दा बढी[१]
  सालडाँडा गाउँ र वरपर
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०६३
वेबसाइट http://www.saldandavillage.com.np

सालडाँडा गाउँ स्याङ्जा जिल्लाको उत्तर-पूर्वी भेगमा अवस्थित रहेको एक सुन्दर तथा अतिनै मनोमोहक गाउँ हो । इतिहासमा फर्किदा यो गाउँ पञ्चायत कालमा सालडाँडा पञ्चायत तथा साबिककको किचनास गाविसको वडा नम्बर-९ मा पर्दथ्यो[२], तर हाल भने यो गाउँ हरिनास गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्दछ[३][४][५][६] । समुन्द्री सतहबाट झन्डै १५०० मिटर उच्चाईमा मध्य स्तरको हावापानी भएको यो गाउँ स्याङ्जा जिल्लाको उत्तर-पूर्वी भेगमा तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिका साथै साबिक राइपुर गाविस (राइपुर गाउँ) सँग जोडिएर रहेको छ । साथै अन्य भाग जस्तै पश्चिम बिरुवा गाउँपालिकासँग सिमाना जोडिएको छ । भने बाँकी भाग हरिनास गाउँपालिकाकै वडाहरू तथा गाउँहरू सँगै जोडिएको छ ।

यो गाउँ वा ठाउँमा विशेषगरि मगर, नेवार, ब्राह्मण साथै अन्य जातिहरूको बसोवास रहेको छ । यस ठाउँमा करिब २,००० जना मानिसहरूको बसोबास पनि रहेको छ । मुख्यतया हिन्दू धर्म मान्ने मानिसहरू रहेको यस गाउँमा पछिल्लो समयमा बौद्ध तथा इसाई धर्मको समेत केही हदसम्म प्रभाव परेको देखिन्छ ।

सामान्यतया सालडाँडा गाउँ भन्नाले हरिनास गाउँपालिका वडा नम्बर १ मा पर्ने उत्तरी हट्टियालाई बुझिए पनि समग्रमा सालडाँडा भन्दा भने त्यस गाउँ लगाएत, उक्त गाउँका वरपरका स-साना गाउँहरूको सामुहिक रूपलाई समेत चिन्ने गरिन्छ । त्यस्ता गाउँ अन्तरगत ग्यान्द्रिस थर / राना थर , अधिकारी गाउँ, सानो हट्टिया, धनुबासे, तल्लो जामुने, माथिल्लो जामुने, ठुलो हट्टिया, छेक्मा, कुवापानी, धारापानी, खाती गाउँ, भैसिपानी आदि विभिन्न गाउँ तथा टोलहरू पर्दछन् ।

सम्भवत २०० देखि १५० वर्षको लिखित प्रमाण रहेको यस सालडाँडा गाउँमा निकै पुराना मानव निर्मित सम्पदाहरू पनि रहेको छ । यहाँ एक निकै पुरानो अर्थात् झन्डै ७०/८० वर्ष पुरानो पधेँरा रहेको छ । जसको स्थान मिति वि.स. २००१ उल्लेख रहेको छ । साथै यस ठाउँको विभिन्न स्थानहरूमा त्यस्तै सानाठूला अन्य पुरानो पानीका स्रोतका रुपमा प्रयोग भएका पधेँरा तथा कुवाहरू रहेका छन् । साथै यहाँ विभित्र प्रकारका पुराना चौतारी एवम् पाटी पौवा, थातीहरू एवम् देवताका थानहरू रहेको छ ।

सालडाँडा गाउँमा रहेको पधेँराको तस्बिर

विषयसूची

इतिहास[सम्पादन गर्ने]

यस गाउँका बारेमा हाल कुनै पनि प्रकारका अभिलेखहरू प्राप्त भएको छैन । तैपनि यस गाउँका बारेमा लिखित अभिलेखहरू जिम्माल र मुखिया पद सम्हाल्दै आएका पुस्ताका अन्तिम जिम्माल तथा मुखिया श्री देउचन रानासँग भएको भनिएता पनि उसको देहवासन पछी सो लिखित अभिलेख तथा प्रमाण हराएको थियो । त्यसै कारणले सालडाँडाका बारेमा अहिले कुनै अभिलेखहरु देख्न सकिएको छैन ।

नेपाल एकीकरणको बेलामा पृथ्वी नारायण शाहको एकीकरण अभियान बढाउने कुशल प्रशासक राजेन्द्र लक्ष्मी शाहले ((वि.सं. १८३४ - १८४२) नायबी शासन) पृथ्वीनारायण शाहको एकीकरण अभियनलाई सफल बनाउदै गएको कुरा नेपाली इतिहासको प्रमुख इतिहास अन्तर्गत रहेको छ । त्यसै क्रममा शक्तिशाली चौबिसे राज्यहरू कास्की, लमजुङतनहुँ माथि बिजय हासिल गरिसकेपछि चौबिसे राज्य मध्यको एक शक्तिशाली राज्य हाल स्याङ्जा जिल्लाको नुवाकोट माथि पनि आक्रमण गरेको थियो । नुवाकोट माथि पनि बिजय गरेर राजेन्द्र लक्षमीको टोली कालिगण्डकी सम्म पुगेपछि त्याँहाका राना पद सम्हालेर प्रसासनिक क्षेत्र सम्हालेका केहि ग्यान्द्रिस रानाका केही मगरहरु बाच्न सफल भएका थिए । त्यसरी आफ्नो ज्यान जोगाउन भागेका एक भाई स्याङ्जाको बर्जा भन्ने ठाउँमा गएर बसेको र अर्को भाई सर्बजित राना उपयुक्त बसोबासको खोजि गर्दै वि. सं. १८३६ तिर सालडाँडा हालको ज्ञान्द्रिस राना थरमा आई बसोबास गरेका थिए । पछी सर्बजित रानाको नाति श्री भुवन राना ( तत्कालिन नेपाली सेनाका जमदार ) ले तत्कालिन राजाबाट लाल मोहर प्राप्त गरि जिम्मल मुखियाको पद लिएर आएका थिए । सोहि पद लिएबापत सो क्षेत्रमा ५ वटा समाजसेवा सम्बन्धि काम गर्नुपर्ने भएकाले जसमध्ये वि. सं. १९३० मा हाल मुख रुपमा सालडाँडा गाउँ भनेर चिनिने उत्तरी हट्टिया वा सानो हत्तियामा अबस्थित चामुण्डा देवीको मन्दिर काठमाडौंबाट ल्याई स्थापना गरेका थिए । साथै यस ठाउँमा पनि पंचायतकालको अन्त सम्म पनि तिरो उठाउने काम जिम्मालले गर्ने गर्दथे [७]

नामाकरण[सम्पादन गर्ने]

सालडाँडा गाउँबाट देखिने सुर्योदयको सुन्दर दृश्य

यस ठाउँको नामाकरण भने उत्तरी हट्टिया जसलाई सानो हट्टियाका रुपामा पनि चिनिने मुख्य सालडाँडा गाउँबाट भएको मानिन्छ । त्यसैले यस गाउँमा मानिसहरू बसोबास गर्नु पूर्व यहाँ सालको रुखहरुको जंगल भएकोले गर्दा यस ठाउँको नाम सालडाँडा रहन गएको भन्ने गरिन्छ, भने मध्यकालतिर गाउँको झण्डै मध्य स्थानमा एउटा ठूलो सालको रूख थियो, त्यही ठूलो सालको रूखबाट नै यस गाउँको नामाकरण सालडाँडा रहन गएको हो पनि भनिन्छ । हाल पनि यस गाउँको वरीपरिका जंगलहरुमा सालका रुखहरु प्रशस्त रुपमा रहेको छ जसले गर्दा पनि त्यस तथ्यमा थप प्रमाण जुटेको देखिन्छ । साथै यो गाउँ डाँडा वा अग्लो भु-भागमा अवस्थित रहेकै कारणले पनि यस गाउँको नामाकरण सालडाँडा रहन गएको हो भन्ने पनि बुझाइ रहेको छ । अन्तमा डाँडा वा अग्लो भू-भागमा ठूलो सालको रूखहरू तथा सालको जङ्गल भएकै कारण यस गाउँको नाम सालडाँडा रहन गएको भन्न सकिन्छ [८]

भौगोलिक अवस्था[सम्पादन गर्ने]

यस सालडाँडा गाउँबाट देखि अग्लो स्थानमा रहेको पहाड


यस सालडाँडा गाउँ मुख्य गरि पहाडी भेगमा रहेको कारणले गर्दा यहाँको भु-बनोट अलि विकट रहेको छ । त्यसैले पनि भिरालो भुमि यस ठाउँको प्रमुख विशेषताका रुपमा रहेको छ । यस गाउँ मुख्य गरि अग्लो भागमा अवस्थित रहेको छ, भने खेतीयोग्य जमिन वा खेत बारिहरू गाउँ भन्दा तल्लो भेगमा अवस्थित रहेको छ । त्यसैले यहाँका मानिसहरूले कृषि कार्य गर्दा निकै उकाली ओरालीको सामना गर्नु पर्ने अवस्था रहेको छ ।

बर्षा र तापक्रम[सम्पादन गर्ने]

यस सालडाँडा गाउँमा उष्ण प्रदेशिय हावापानी व्याप्त रहेेेेको छ । यस ठाउँको हावापानी सामान्यतय मध्य किसिमको रहेको छ ।

जातजाति[सम्पादन गर्ने]

सालडाँडा गाउँमा प्रमुख गरि मगर, नेवार, ब्राह्मण सहित केही दलित जातिहरूको बसोबास रहेको छ । तिनीहरूको अनुमानित जनसंख्याको विवरणलाई तल पेश गरिएको छ ।

  • जनसंख्याको आधारमा सालडाँडाका जातिहरूको अनुमानित विवरण [९]
सालडाँडा गाउँका प्रमुख जातिहरूका जनसंख्या विरण
जातिहरू प्रतिशत (%)
मगर
  
40%
नेवार
  
30%
ब्राह्मण
  
15%
दलित
  
10%
अन्य
  
5%

मगर जाति[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

नेपालको एकीकरण बेलामा पृथ्वी नारायण शाहको एकीकरण अभियान बढाउने कुशल प्रशासक राजेन्द्र राज्य लक्ष्मीले ((वि.सं. १८३४ - १८४२) नायबी शासन) पृथ्वीनारायण शाहको एकीकरण अभियनलाई सफल बनाउदै गएको कुरा नेपाली इतिहासको प्रमुख इतिहास अन्तर्गत रहेको छ । त्यसै क्रममा शक्तिशाली चौबिसे राज्यहरु कास्की, लमजुङतनहुँ माथि बिजय हासिल गरिसकेपछि चौबिसे राज्य मध्यको एक शक्तिशाली राज्य हाल स्याङ्जा जिल्लाको नुवाकोट माथि पनि आक्रमण गरेको थियो । नुवाकोट माथि पनि बिजय गरेर राजेन्द्र लक्षमीको टोली कालिगण्डकी सम्म पुगेपछि त्याँहाका राना पद सम्हालेर प्रसासनिक क्षेत्र सम्हालेका केहि ग्यान्द्रिस रानाका केही मगरहरु बाच्न सफल भएका थिए । त्यसरी आफ्नो ज्यान जोगाउन भागेका एक भाई स्याङ्जाको बर्जा भन्ने ठाउँमा गएर बसेको र अर्को भाई सर्बजित राना उपयुक्त बसोबासको खोजि गर्दै वि. सं. १८३६ तिर सालडाँडा हालको ज्ञान्द्रिस राना थरमा आई बसोबास गरेका थिए । जुन तथ्य यसै गाउँको केन्द्रमा रहेको लगभग १५० वर्ष पुरानो चामुण्डा देवीको मन्दिरबाट पनि थाहा पाउन सकिन्छ । जुन मन्दिर तत्कालिन नेपाली सेनाका जमदार सर्बजित रानाको सुपुत्र श्री भुवन राना ले काठमाडौंबाट ल्याई स्थापना गरेका थिए । अनि तत्कालिन राजाबाट लाल मोहर प्राप्त गरि जिम्मल मुखियाको पद लिएर आएका थिए । यस ठाउँ पंचायतको अन्त सम्म पनि तिरो उठाउने काम मगर जातिकै जिम्मालहरूले गर्ने गर्दथे । अझ ग्यान्द्रिस नाम थार गरेका र  एकै गोत्र भएका राना मगरहरु दाजुभाई हुनेहुदाँ एकिरणका बेला पीडित बनेका गोर्खाका ग्यान्द्रिस राना मगरहरु पनि गोर्खा छाडेर यसै ठाउँमा मिलेर बसोबास गर्न आएको ईतिहास रहेको छ । पंच्यायत कालसम्म जिम्माल मुखियाका पद सम्हाल्दै आएका जिम्माल मुखियाहरुनै यस ठाउँको पहिलो बासिन्दा भएको ईतिहास साक्षी रहेको पाईन्छ । पछी अन्य थरका मगरहरुको पनि यस ठाउँमा आई बसोबास बसोबास गर्ने गरेकोले मगर जातिहरुको बाहुल्यता पाईन्छ । सालडाँडामा ग्यान्द्रिस, आले, सारु, थापा, पुलामी, बरर्कुंवारि, आदि थर भएका मगर जातिहरु बसोंबास गर्ने गर्दछन् ।

बसोबास क्षेत्र[सम्पादन गर्ने]

यस ठाउँका रानाथार, तल्लो जामुने माथिल्लो जामुने छेक्मा कुवापानी धारापानी टोलमा मगर बस्ति रहेको पाइन्छ । यस गाउँको मगरजातिहरु प्राचिनकाल देखिने सैनिक पेशामा कार्यरत रहनेहुदा हाल सम्म पनि भारतीय सेना र केहि नेपाली सेनालाईनै यस ठाउँको मगरहरूले मुख्य पेशा का रुपमा अपनाउदै आएको पाइन्छ । साथै हाल आएर बैदेशिक रोजगारीलाई पनि यस ठाउका मगर जातिले प्रमुख पेशाका रुपमा अपनाएको देखिन्छ भने पछिल्लो समयमा मगरहरुको शैक्षिक स्तर बढ्दै गएकोले प्रशासन क्षेत्रमा, मेडिकल क्षेत्र तथा शैक्षिक पेशामा पनि आबद्ध रहेका छन् । बसोबासको पुर्बार्धमा खेतिपाति पनी मगरहरुको प्रमुख पेशा रहेको पाईन्छ । यस क्षेत्रमा बसोबास बसाउने मगर जाति नै भएको कारणले शुरुशुरुमा मगरहरुको जग्गा जमिनहरु मलिलो अनि घरको आसपास तथा पाएक पर्ने ठाउँमा रहेको पाइन्छ तर त्यसको पछिलो केहि समयमा राजनीतिक प्रभाब राख्ने केहि टाठाबाठा आर्यनजातिहरूले विभिन्न प्रलोभन तथा चलाखिपुर्बक तरिकाले मगर जातिहरूबाट केहि घर पाएक पर्ने र ममिलो जग्गाजमिन हरु आफ्नो बनाएको भन्ने छनकहरु अझै पनि भेट्न सकिन्छ ।  (उदाहरणको लागि भूमिदान गरेको जग्गा कुनैपनि भाबी सन्ततिले खरिद गरेर भोगचलन गरेमा पापलाग्छ भन्ने कुरा – त्यसमा एक राम्रो जग्गा भूमिदान मागेर सित्तैमा लिनु-दोस्रो राम्रो जग्गा पैसा तिरेरपनि किन्न बाट बन्चित गराउनु)

संस्कार तथा संस्कृति[सम्पादन गर्ने]

सालडाँडा गाउँका मगर जातिहरूले एक कार्यक्रम आयोजना गरि सालैजो गित गाउँदै ।

मगरहरुले मनाउने विशेष चाड मध्ये माघेसक्रांति यस भेगका मगरहरूले पनि विशेष रुपमा मनाउने गर्दछन् । साथै मगर जातिका प्रमुख चाड मङ्सिर पुर्णिमा, पन्ध्रपुस, बुद्ध पुर्णिमा, दशैं, तिहार भएतापनि ग्यान्द्रिस रानाथारमा बस्ने मगरहरुले मङ्सिरको पहिलो शुक्रबार कुलदेवताहरुको पुजा तथा बाजेबराजुको पूजा गरि विशेष महत्व र प्रमुख चाडको रुपमा मनाउने गरेको पाईन्छ भने यस ठाउँका मगरहरूमा हरेक महिनाको पहिलो शुक्रबार मण्डली देवता र बाजेबराजुलाई धार दिने प्रचलन रहेको छ । अन्य टोलका मगरहरुले पनि कुलदेवताहरुको पुजा तथा बाजेबराजुको पूजा विशेष महत्व र प्रमुख चाडको रुपमा मनाइएको पाईन्छ [१०]

नेपालका अन्य भेगका मगरहरू जस्तै यस भेगका मगरहरुको पनि मातृ भाषा मगर भाषा हो भने राष्ट्रिय भाषा नेपाली भाषा नै हो । साथै परम्परा र संस्कृतिलाई हेर्ने हो भने पनि यस यस भेगका मगरहरूको पहिरन नेपालकम अन्य मगरहरुको प्राचिन पोशाकसँगै मेल खाने गर्दछ । प्रमुख रुपमा नेपालका अन्य मगरहरु जस्तै यस भेगका मगरहरूको पनि नचरी, सालैजो, सोरठी, घाँटो, झ्याउरे, आदि नै मौलिक कला र संस्कृति रहेको छ ।

बाहुन तथा क्षेत्री[सम्पादन गर्ने]

आजभन्दा करिब २१० बर्ष पहिले देखि सालडाँडामा ब्राह्मण तथा क्षेत्री जातिहरू बसोबास गर्न शुरु गरेको अनुमान लगाइन्छ । तर त्यसको कुनै ठोस लिखित प्रमाण भने आजसम्म पनि रहेको पाइदैन । पहिले यसको नजिकैको क्षेत्रका  नगरपालिका को गोथिंङग्बाट आफ्नो बासस्थान र खेतीको लागि उपयुक्त जमिनको खोजि गर्दै ठाउँ-ठाउँमा बसोबास परिक्षण गरिसके पछि ब्राह्मणहर यस क्षेत्रमा आईपुगेका हुन् भन्ने गरिन्छ । त्यस समयमा उनीहरुले कृषि उपयुक्त जमिन ठहर गरेर यस ठाउँमा बसोबास गरेका भएतापनि हाल याँहाको जमिन खेतिका लागि पानि र माटोको कारणले त्यति उपयुक्त भने देखिदैन । यस भेगमा अधिकारी थर गरेका ब्राह्मणहरूको बढी बाहुल्यता रहेको छ, भने शर्मा, पोख्रेल अादि थरका ब्राह्मणहरू पनि यस भेगमा बसोबास गर्ने गर्दछन् ।यी जातिहरु सुरुसुरुमा कृषिमा निर्भर रहने भएतापनि पछी यिनीहरु शैक्षिक योग्यता हासिल गरेका कारण सरकारी प्रशासन क्षेत्र र शैक्षिक पेशामा आबद्ध रहेका छन् साथै पछिल्लो समय बैदेशिक रोजगारी पनि प्रमुख पेशाका रुपमा रहेको छ ।

नेपालका अन्य भेगका ब्राह्मण तथा क्षेत्रीहरूको जस्तै यस क्षेत्रका ब्राह्मण तथा क्षेत्रीहरूको प्रमुख चाड भनेको जनै पुर्णिमा, कृष्ण जन्मअष्टमी, ऋषितपर्णी तिज, दशैँ, तिहार, आदिनै हुन् । बाहुन तथा क्षेत्रीहरुको प्रमुख भाषा खस नेपाली भाषा नै हो भने विशेष गरि ढाकाको कपडाहरु यस भेगका ब्रामण सामुदायको प्रमुख पोशाक रहेको पाईन्छ । भजन, चुड्का, बालन आदि यस जातिको कला र संस्कृति रहेको पाईन्छ ।

नेवार जाति[सम्पादन गर्ने]

सालडाँडा गाउँकि एक नेवार्नी महिला आफ्नो नेपाली पोशाकमा

यस सालडाँडा गाउँमा नेवार जातिहरुको बसोबासका बारे करिब २०५ बर्षको ईतिहास रहेको पाईन्छ । पहिले यस ठाउँका नेवारहरू भक्तपुर, नुवाकोट आदि क्षेत्रबाट आफ्नो बासस्थान परिक्षण गर्दै यस ठाउँमा अईपुगेपछी स्थाई रुपमा ब्याबसाय गरि बसोबास गर्न सुरू गरेको पाईन्छ । ब्यापार ब्याबसाय गर्ने हेतुले बसाई सरेर आएको हुनाले यिनीहरुले प्राय चोक तथा मूलबाटो पर्ने ठाउँमा बस्ति बसालेको पाईन्छ । यस ठाउँमा मानन्धर थर भएका नेवारहरूको बस्ती रहेको छ । ब्यापार ब्याबसाय, कृषि कार्य, पशुपालनमा बढी बिस्वास राख्ने यो जाति पछिल्लो समयमा शैक्षिक स्तरमा वृद्धि भएसंगै केहि प्रसासनिक क्षेत्र तथा शैक्षिक पेशामा पनि आबद्ध रहेका छन् भने बैदेशिक रोजगारी नै यिनीहरुको पनि प्रमुख रोजगारी रहेको पाईन्छ ।

नेपालका अन्य भेगका नेवार जातिहरूको जस्तै यस भेगका नेवार जातिको पनि मातृ भाषा नेवारी भाषा हो भने नेपाली भाषा राष्ट्रिय भाषा हो । तर हाल यस भेगका नेवारहरू भने नेवारी भाषा बोल्न छाडि सकेकाछन् । भने यस ठाउँबाट लोप भैसकेको नेवारी भाषालाई पुन स्थापित गर्ने योजना सहित अगाडि बढेका छन् ।

नेपालका अन्य नेवार जातिहरूको जस्तै दशैँ, तिहार, कृष्ण जन्मअष्टमी जस्ता चाडपर्वहरू यस भेगका नेवार जातिको प्रमुख चाड हो । यस भेगका नेवार जातिमा शहरिया नेवारी संस्कृतिको प्रभाब त्यति धेरै देखिदैन । नेपालका अन्य भेगका नेवारहरूको जस्तै यस भेगका नेवार जातिको पनि आफ्नै नेवारी मौलिक पोसाक रहेको छ । भने मालासिरी गाउने, लाखे नाच्ने यस भेगका नेवार जातिको मौलिक परम्परा तथा कला र संस्कृति रहेको छ ।

अन्य जातिहरु[सम्पादन गर्ने]

यस भेगमा मगर, नेवार र ब्राह्मण जस्ता जातिहरूको प्रमुख बसोबास रहेको छ । भने ती प्रमुख जाति बाहेक यस क्षेत्रमा गुरुङ लगाएत केही दलित भनिने जातिहरूको पातलो बसोबास रहेको छ । साथै ती अन्य जातिहरुले आफ्नै प्राचिन पुर्खेउली पेशालाई अंगाल्दै आएता पनि हालको समयमा शैक्षिक स्तर वृद्धि भएका कारणले जिबनस्तरमा सुधार देखिदै आएको छ । केहि सरकारी सेनामा छन् भने केहि शैक्षिक पेशामा पनि रहेका छन् त प्राय बैदेशिक रोजगारीका कारण आफ्नो जिबनस्तरमा सुधार गरिरहेको भेट्न सकिन्छ । तिमीहरुको आफ्नै मौलिक भाषा तथा सस्कृति झल्किने खास केहि नभेटिएपनि नेपाली समाजमा मनाईने सबै चाडपर्ब नै उनीहरुको प्रमुख चाड हो । जस्तै दशैँ, तिहार, सक्रान्ति, तिज, कृष्ण जन्मअष्टमी आदि नै उनिहरुको प्रमुख चाड हो ।

संस्कार तथा संस्कृति[सम्पादन गर्ने]

यस गाउँमा रहेका फरक-फरक जाति अनुसार फरक-फरक संस्कार तथा संस्कृतिहरू रहेको पाइन्छ । यस गाउँका मुख्य संस्कार तथा संस्कृतिहरू विभिन्न जातिहरूसँग प्राय समानता रहेको छ भने जाति विशेष रुपमा केहि भिन्न रहेको छ । त्यसैले जातिगत विशेष संस्कृति छाडेर यहाँ रहेका सबै जातिहरूमा समान रहनसहन, खानपान, तथा जीवन शैली रहेको छ ।

यस गाउँ पुराना पधेँरा, मन्दिर, थाती, चौतारी, ढिकी, जातो अादि जस्ता सम्पदाहरूको जगेर्ना गर्ने परम्परा रहेको छ । साथै समय सान्दर्भिकबा लागि ती सम्पदाहरूको पुनर्निर्माण तथा मर्मत समेत गर्ने गरिन्छ । यस ठाउँ कृषि गर्दा अर्मपर्म गर्ने परस्परमा यथावत् नै रहेको पाइन्छ । साथै यस ठाउँमा दशै तिहारको अवसरमा लट्ठे तथा पिर्के पिङ समेत बनाउने गरिन्छ[११] । जुन यो वरपरका भेगमा दुर्लभै हुने कार्य हो ।

यस ठाउँका मगरहरूले आफ्नै खाले सालैजो, कौडा तथा थाडो भाकाका गितहरूको जगेर्नामा लागि परेका छन् । भने नेवारहरू लाखे नाचको जगेर्ना गरेका छन् । साथै ब्राह्मणहरूले भजन, बालन, रतौली जस्ता गीतहरूको संरक्षण गर्रनलागि परेका छन् । साथै यहाँका जातिहरूले आफ्नो जातिगत मौलिक गरगहना तथा भेषभुषाहरूको समेत जगेर्ना गर्न समेत पछिल्लो समय निकै लागि परेका छन् ।

धार्मिक स्थलहरू[सम्पादन गर्ने]

यस गाउँमा सबैको आस्था तथा भक्ति राख्ने चामुण्डा देबीको मन्दिर रहेको छ । साथै चामुण्डा देवीको मन्दिर बाहेक यस गाउँमा मण्डली र बराजु थान जस्ता यहाँका मानिसहरूको धरोहरका मन्दिरहरू तथा थानहरू रहेका छन् ।

चामुण्डा देबी मन्दिर[सम्पादन गर्ने]

नेपाल एकीकरणको बेला मगर जातिहरुसँग सम्बन्ध राम्रो नभएको कारणले त्यतिबेलाको सरकारले  सैनिक सेवामा कार्यरत मगर जातिहरुलाई सुबेदार भन्दा माथिको पद नदिनु भन्ने उर्दी जारि गरेको थियो । त्यही उर्दी जारि गरेकोले तत्कालिन अबस्थामा गोर्खा सैनिकमा मगर जातिले सो भन्दा माथिको पद हासिल गर्न सक्ने अबस्था नरहेको अवस्थामा तत्कालिन नेपाली सेनामा कार्यरत जमदार भुवन राना ले गोर्खा सेनामा देखाएको बिरताको उच्च मुल्यांकन तथा कदर गर्दै तत्कालिन सरकारले  मोहर प्रदान गरि भुवन रानालाई जिम्माल मुखियाको पद पनि सम्हाल्नका लागि आदेश दिएको थियो । त्यसै अन्तर्गत तत्कालीन भुवन रानाले जिम्माल मुखियाको पद प्राप्त गरेमार्फत उनले हाल हटिया नेवार बस्तीमा रहेको चामुण्डा देविको मन्दिर नेपालबाट (हालको राजधानी काठमाडौं बाट) ल्याई सबैलाई पाएक पर्ने भनि त्येतिबेलाको चौबाटो तथा  मुलबाटोमा लगेर चामुण्डा देबी मन्दिरको स्थापना गराएका थिए । जुन मन्दिर अहिले उत्तरी हट्टिया तथा मुख्य सालडाँडा गाउँमा अबस्थित रहेकोछ । जसलाई नै सालडाँडाको चामुण्डा देविको मन्दिरका रुपमा लिन सकिन्छ । जसको प्रमाण मन्दिरमा रहेका घण्टीहरुमा देख्न लिखित रुपमा देख्न सकिन्छ । जसलाई आधार मान्ने हो भने पनि यो मन्दिरको स्थापना वि. सं. १९३० मा स्थापना भएको थियो । जनसङ्ख्या वृद्धि संगै तथा सडक निर्माण बिस्तार संगै मन्दिरको परिसर साँगुरिदै गईरहेको छ[१२]

सालडाँडा गाउँमा रहेको चामुण्डा देबी मन्दिरको तस्बिर

हरिनास गाँउपालिका तथा स्थानीय व्यक्ति एवम् स्थानिय संस्थाहरूको आर्थिक सहयोगमा वि.स. १९३० मा स्थापना भएको मन्दिरको पुन दोस्रोपटक वि.स. २०७५ मा उत्कृष्ट कला शैली तथा ठूलो बजेटमा नयाँ मन्दिरको पुनर्निर्माण भएको थियो । मन्दिर लगभग ५ महिनाको समयमा निर्माणमा सम्पन्न भएको थियो । यस्तै २०७५ साल चैत्र ३० गते चैते दशैंका दिन विशेष अवसर पारेर यस मन्दिरको एक कार्यक्रम बिच नयाँ भवनको उद्घाटन गरिएको थियो[१३]

गोरु ढुङ्गा महादेव मन्दिर[सम्पादन गर्ने]

सालडाँडा अन्तर्गतनै पर्ने अर्को नजिकैको हट्टिया गाउँमा रहेको श्री गोरु ढुङ्गा महादेव मन्दिर पनि यस क्षेत्रमा पर्ने एक प्रमुख मन्दिर हो । विशेषत यो मन्दिरमा शीवरात्रीका दिन विशेष मेला लाग्ने तथा पुजा हुने गर्दछ । यो मन्दिर विशेष रुपमा यहाँ प्राकृतिक रुपमानै उत्पन्न हुने देवताका अाकृतिहरूका रुपमा प्रख्यात तथा चर्चित रहेको छ ।

अन्य[सम्पादन गर्ने]

सालडाँडामा रहेका अन्य विभिन्न साना-ठूलो मन्दिरहरू
  • देवी मन्दिर, ठूलो हट्टिया
  • बाजै-बराजु भैरव थान
  • पधेंरा नागथान
  • सारूथर भैरव थान
  • सरस्वती मन्दिर, भोज प्रकाश

यातायातको व्यवस्था[सम्पादन गर्ने]

तनहुँ जिल्लाको दुलेगौंडा शहर देखि सालडाँडा गाउँ सम्म जाने कच्चीबाटो र छेबैमा एक चौतारी

यस सालडाँडा गाउँ भौगोलिक हिसाबले केही मात्रमा बिकट रहेको छ । त्यसैका बाबजुद यस सालडाँडा गाउँमा बि. सं. २०५९ / २०६० सालमा सदरमुकाम स्याङ्गजा बजार देखि चित्रे भञ्ज्याङ सम्मको कृषि रोडको अबधारणा आगाडि बढेको थियो । यो अवधारणा सँगै यस सालडाँडामा कच्ची बाटोको माध्यमबाट बाट सदरमुकाम स्याङ्गजा बजारसँग सडक यातायातका मार्फत जोडिन पुगेको थियो ।

बिकाश निर्माणको अबधारणा सँगै यातायात सडकलाई प्राथमिकता दिइएर तनहुँ जिल्लाको दुलेगौडा तथा साखे सँग जोड्ने कच्ची मोटर बाटोको बिस्तार एवम् दुलेगौडा देखि साखे छाक्रा हुदै राना थर (ज्ञान्द्रिस थर) को टोल हुदै सानो हत्तिया र दुलेगौडा देखि साखे सेतेखोला जामुने हुदै ठुलो हत्तिया सम्म २ तर्फबाट कच्ची सडकको बिस्तार भएको छ । भने बिरुवासँग जोड्ने र तनहुँ राईपुर संग जोड्नेबाटो को पनि बिस्तार गरिएको छ । यसरि यस गाउँलाई कच्ची सडकबाट भएपनि चारै तर्फबाट यातायातको बिकाश गरिएको छ । तर वर्षा याममा यस ठाउँको बाटो अबरुद्ध हुने हुनाले वर्षाको समयमा यहाँका जनताहरुले समस्या भोग्नु परेको छ ।

यस्तै हाल हरिनास गाउँपालिकाको सम्पूर्ण वडा तथा केन्द्रमा समेत यस सालडाँडा गाउँ यातायातको सहायताले जोडिन पुगेको छ । स्याङ्गजा बजारबाट करिब १८ किलोमिटर कच्ची सडकको दुरीमा रहेको यो ठाउँ तनहुँ जिल्लाको दुलेगौंडा सहरसँग पनि करिब १८/१९ किलोमिटरको दुरिमानै रहेको छ । जसले गर्दा यहाँ बासिन्दाहरूलाई गण्डकी प्रदेशको राजधानी पोखरा सहर तथा नेपालको राजधानी काठमाडौ जानका निम्ति कुनै सास्ती खेप्नु पर्ने अवस्था रहेको छैन ।

स्वास्थ्य[सम्पादन गर्ने]

यस ठाउँमा स्वास्थ्य उपचारका लागि भने त्यति ठूलो स्वास्थ संस्थाहरू रहेको छैन । त्यसैले यस भेगका मानिसहरू स्वास्थ उपचारका लागि मुख्य रुपमा तनहुँ जिल्लाको साखे तथा दुलेगौंडा सहर साथै कास्की जिल्लाको पोखरा सहर पुग्ने गर्दछन् । तर सामान्य रुपका स्वास्थ्य उपचारका लागि भने गाउँमानै केही साना-साना औसधि पसलहरू तथा क्लिनिकहरू रहेको छ ।

पहिले यो ठाउँ किचनास गाविसमा रहदाँ गाविसको स्वास्थ चौकी यो ठाउँ पायक नपर्ने गाविसको दक्षिणी भेगमा रहेको थियो । त्यसैले यस भेगका मानिसहरू उक्त स्वास्थ चौकीबाट कमै लाभान्वित भएका थिए ।

शिक्षा[सम्पादन गर्ने]

सालडाँडा गाउँमा रहेको श्री भोज प्रकाश माध्यमिक विद्यालय

किचनास गा.वि.स.लाई जिल्ला स्तरमै साक्षर गा.वि.स. घोषणा गरिसकेको कारणले गर्दा पनि यस गाउँमा बढीनै साक्षरता रहेको अनुमान लगाउन सकिन्छ । भने पछिल्लो अवस्थालाई हेर्दा यस गाउँमा करिब ९५ प्रतिशत मानिसहरू साक्षर छन् भन्न सकिन्छ।

शिक्षा संस्थाको हिसाबले हेर्दा यो गाउँमा तथा नजिकै छिमेकी गाउँहरूमा गरि जम्मा ३ वटा विद्यालयहरू रहेको छ । यस गाउँमा कक्षा १२ सम्म पढाइ हुने श्री भोज प्रकाश माध्यमिक विद्यालय तथा कक्षा ८ सम्म पढाइ हुने क्यालिक्स आवासीय अङ्ग्रेजी विद्यालय रहेको छ। यस्तै यो गाउँ नजिकै श्री आधारभूत माध्यमिक विद्यालय रहेको छ। जहाँ कक्षा १२ सम्म पढाइ हुने गर्दछ।

सालडाँडा गाउँ तथा यस गाउँको आसपासमा रहेको शैक्षिक संस्थाहरूको सुची
  • श्री भोज प्रकाश माध्यमिक विद्यालय[१४],
  • क्यालिक्स अङ्ग्रेजी आवासीय विद्यालय
  • श्री आधारभूत माध्यमिक विद्यालय
  • देववाणी प्राथमिक विद्यालय
  • घडेरी प्राथमिक विद्यालय
  • खुदी प्राथमिक विद्यालय
  • सिमाना प्राथमिक विद्यालय (तनहुँ जिल्ला)

बसोबासका क्षेत्रहरू[सम्पादन गर्ने]

सालडाँडा गाउँको सबैभन्दा धेरै जनसंख्या भएको एक भेग अथवा ठूलो हट्टिया
यस सालडाँडा गाउँका बस्ती भएका केही मुख्य टोलहरू तथा भेगहरू
  • सानो हट्टिया टोल
    • ठुलो पाखा
    • धनुबासे
    • जुकेपानी
    • साउरेगरा
    • भीरबारी
    • सारुथर टोल
  • ठुलो हट्टिया टोल
    • भैसीपानी
    • बेसडाँडा
    • पारि हट्टिया
    • पुष्प गाउँ
  • जामुने टोल
    • माथिल्लो जामुने
    • तल्लो जामुने
    • ज्यामीरे
    • तिलिङ्डाँडा
    • अरभन्ज्याङ
  • अधिकारी टोल
  • रानाथर टोल/ग्यान्द्रिसथर
  • छेक्मा
    • पिपलभन्ज्याङ
    • कुवापानी
    • धारापानी
    • खाती गाउँ

जनसङ्ख्या[सम्पादन गर्ने]

यस सालडाँडा भन्ने ठाउँमा हाल लगभग झन्डै २,००० भन्दा बढी जनसंख्या रहेको छ । साथै मुख्य गरि सालडाँडा भनेर चिनिने उत्तरी हट्टिया गाउँ अर्थात् मुख्य सालडाँडा गाउँमा भने लगभग जम्मा १६५ जना मानिसहरूको बसोबास रहेको छ । साथै यस गाउँकै करिब ११९ जना मानिसहरू गाउँ बाहिर वा विदेशमा गएका छन्, वा गाउँ भन्दा बाहिर बसोबास गर्दछन्[१५]

यस भेगमा जाति अनुसारको जनसंख्या वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या रहेको जातिका रुपमा मगर जाति रहेको छ । यस भेगमा कुल जनसंख्याको लगभग ४० प्रतिशत मगर जाति रहेको छ । दोस्रो स्थानमा रहेको नेवार जाति भने भेगको कुल जनसंख्याको लगभग ३० प्रतिशत रहेको छ । यस्तै ब्राह्मण १५ प्रतिशत एवम् दलितहरूको जनसंख्या यो भेगमा लगभग १० प्रतिशत रहेको छ । भने ५ प्रतिशत जनसंख्या माथि उल्लेखित मध्ये अन्य जातिका रहेका छन् । हल सम्म यस भेगमा इसाई तथा बौद्ध धर्मको केही प्रभाव परेता पनि सबै हिन्दु धर्म संस्कारहरू नै अपनाउने गर्दछन् । त्यसैले यहाँ १०० प्रतिशत मानिसहरू प्रत्यक्ष रुपमा हिन्दु धर्ममानै आस्थान्वित छन् भन्न सकिन्छ ।

आर्थिक गतिविधिहरू[सम्पादन गर्ने]

सालडाँडा गाउँको बारीमा कामगर्दै एक महिला

यस गाउँका अधिकांश मानिसहरू कृषि क्षेत्रमा केहिन-केही पक्षबाट सम्बन्धि रहेकाछन् । मुख्य गरी आफ्नो जिविकोपार्जन गर्नका लागि यहाँका मानिसहरूले खेतीपाती तथा कृषि गर्ने गर्दछन् । यस ठाउँमा सामान्य रूपमा धान,कोदो,मकै,आदि जस्ता अन्नबालीहरू लगाइने गरिन्छ । त्यसका अलवा अदुवा,बेसार अादि जस्ता नगदेबालीहरू पनि लगाउने गरिएको छ । पछिल्लो समयमा यहाँका मानिसहरूले विभिन्न नयाँ कृषि प्रणालीको प्रयोग गरी नयाँ कृषि बालि उब्जनी गर्न थालेका छन् । जसको एक उदाहरण सुन्तला खेती मुख्य हो । भने पछिल्लो केही समय यस ठाउँमा ब्रोइलर कुखुरा पालन पनि मौलाउदै गइरहेको छ ।

वर्तमान समयमा नेपाल र नेपालीको मुख्य आर्थिक आधार भनेको नै वैदेशिक रोजगार हो । जुन नेपाल जस्तो गरिब राष्ट्रको प्रमुख आयको एक मुख्य आधार हो । जुन ध्रुव सत्य कुराबाट यस सालडाँडा गाउँमा पनि अछुतो हुन सकेको छैन । करिब यस गाउँको ९० प्रतिशतभन्दा बढी युवा शक्तिहरू हाल रोजगारीका लागि विदेश पलायन भएका छन् । करिब गाउँको ९५ प्रतिशत भन्दा बढी आर्थिक आम्दानी पनि यही वैदेशिक रोजगारीले नै धानेको छ । वैदेशिक रोजगारी र कृषि बाहेक यस गाउँका मानिसहरूले सामान्य व्यापार साना उद्योगहरू संचालन गरेका छन् । भने त्यस बाहेकका अन्य व्यक्तिहरू नेपालकै सरकारी कर्मचारी तथा निजी संस्थाका कर्मचारी रहेका छन्, जुन गाउँ कै गौरवको समेत रहेको छ ।

बिजुली तथा खानेपानी[सम्पादन गर्ने]

यस ठाउँ बिजुली तथा खानेपानीको निकै राम्रो सुविधा रहेको छ । स्थानीयहौकै पहलमा खानेपानीको व्यवस्था निकै राम्रो ढंगबाट गरिएको छ । भने बिजुलीको व्यवस्था पनि उत्तिकै राम्रो रहेको छ । यस ठाउँमा ओकाबारा बिजुली लाई अर्थात कालीगण्डकी ए बाट निकालिएको बिजुलीको प्रयोग भएको छ ।

पर्यटन[सम्पादन गर्ने]

यस सालडाँडा भेगमा हाल पर्यटन सम्बन्धि कुनै पनि विशेष कार्यहरू भएको छैन । तर यस भेगका विभिन्न प्राकृतिक तथा मानव निर्मित संरचनाहरूको संरक्षण, पुन-निर्माण साथै प्रचारप्रसार गर्न सके भने भविष्यमा पर्यटनको सम्भावना रहेको छ ।

मनोरञ्जन[सम्पादन गर्ने]

मनोोञ्जन तथा रमाइलोका लागि यस ठाउँमा दशै तिहार जस्ता चाड पर्वहरूमा विभिन्न मेला महोत्सवका तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने गर्दछ ।

क्लब तथा समुहहरू[सम्पादन गर्ने]

सालडाँडा गाउँको एक सुन्दर तस्बिर

सालडाँडा गाउँमा मुख्य गरि जिल्ला स्तरमा नै दर्ता भएको युवा क्लबको नाम श्री मन्दिर चोक युवा क्लब हो । यो क्लब वि.स. २०७० सालमा विधिगत रूपमा जिल्ला स्तरमा दर्ता भएको थियो । भने यस क्लबको नामाकरण यस गाउँमा रहेको चामुण्डा देवी मन्दिरको नामबाट गरिएको थियो । यसबाहेक यस भेगमा रहेको अर्को ठूलो क्लब तथा समुह सालडाँडा समाजसेवी युथ क्लब हो । यो क्लब साबिक किचनास गाविसका वडा नम्वर ९ का सम्पुर्ण टोलहरूलाई एकीकृत गरेर निर्माण गरिएको थियो ।

सालडाँडा गाउँ तथा सम्बन्धित आसपासका गाउँहरूमा रहेका केही क्लबहरू तथा समुहहरूको सुची
  • श्री मन्दिर चोक क्लब
  • सालडाँडा युथ क्लब
  • श्री चामुण्डा देवि आमा समूह
  • शान्ति प्रिय भू.पु. संघ, सालडाँडा
  • मानन्धर गुठी, सालडाँडा
  • सारुथर युवा क्लब
  • सुदर्शन बाल क्लब
  • अधिकारीथर युवा क्लब
  • मण्डली दर्शन युवा क्लब
  • जनहित युवा क्लब
  • जनप्रिय युवा क्लब
  • माथिल्लो जामुने आमा समुह
  • जामुने आमा समुह

खेलकुद[सम्पादन गर्ने]

सालडाँडा गाउँका युवाहरू मनोरञ्जनका लागि भलिबल खेल खेल्दै

यस सालडाँडा गाउँमा विभिन्न खेलहरूको प्रभाव रहेता पनि नेपालको राष्ट्रिय खेल भलिबलको निकैनै ठूलो लोकप्रिय रहेको छ । त्यसैले पनि वर्षै पिच्छे सालडाँडाका विभिन्न टोलहरूमा फरक फरक चाडपर्व तथा अवसर पारि ठूलो धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने गर्दछ। यस्तो प्रतियोगिता प्राय साबिकका गाविसहरूको वडाहरू बिच आयोजना हुने गर्दछ। यसोत यस्ता भलिबल प्रतियोगितामा स्याङ्जा जिल्ला तथा तनहुँ जिल्लाका भलिबल टिमहरूको सहभागीता रहने गर्दछ[१६][१७][१८][१९] । साथै सालडाँडाको छुट्टै भलिबल क्लब समेत रहेको छ । जुन टिमले सालडाँडा भन्दा बाहिरका ठाउँहरूमा भलिबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्छ । सालडाँडा समाजसेवी युथ क्लब नामक भलिबल क्लबले सालडाँडाको प्रतिनिधित्व गर्दै सालडाँडा बाहिरका प्रतियोगिताहरूमा सहभागीता जानाउने गर्दछ । ।

अन्य[सम्पादन गर्ने]

यस सालडाँडामा भलिबल बाहेक अन्य केही खेलहरू पनि निकै चर्चित तथा लोकप्रिय रहेको छ । तर हाल सम्म यस भेगमा भलिबल बाहेक कुनै पनि खेलको प्रतियोगिताहरू भने हुन सकेको छैन । रमाइलो तथा मनोरञ्जनका निम्ति मात्र यस ठाउँमा फुटबल तथा क्रिकेट जस्ता विश्व चर्चित खेलहरू खेलिने गर्दछ । सायद भौगोलिक अवस्थाका कारणले पनि यस सालडाँडा गाउँमा अन्य विश्व चर्चित खेलहरू भन्दा भलिबल खेलनै बढी मौलाएको छ ।

सालडाँडा गाउँका थप तस्विरहरू[सम्पादन गर्ने]

सालडाँडा गाउँको परिचय दिने केही तस्बिरहरूको सङ्ग्रह

भात्तृ ठाउँहरू[सम्पादन गर्ने]

यस सालडाँडा गाउँसँग नाम मिल्दोजुल्दो अन्य ठाउँ तथा गाउँहरू

सिमानाहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा (तथ्याङ्कीय जानकारी)", जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  5. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  7. सालडाँडा गाउँका बुढापाकाहरुसँगको प्रत्यक्ष अन्तर्वार्ता तथा कुराकानीबाट
  8. मेरो सालडाँडाको सम्क्षिप्ट परिचय (मेरो सालडाँडा ब्लग)
  9. सालडाँडाको जनसंख्या 
  10. मगरहरूको परम्परागत कुलपुजा (मेरो सालडाँडा ब्लग)
  11. "गाउँमा जोगाइँदै रोटेपिङ", merosaldanda.blogspot.com, अन्तिम पहुँच नोभेम्बर १०, २०१८ 
  12. "चामुण्डा देवी ठान, सालडाँडा", wikimapia.org 
  13. "स्याङजा सालँडाडाको चामुण्डा देवी मन्दिरको पुनः निर्माण सम्पन्न", kheladinews.com, अन्तिम पहुँच १ बैशाख २०७६, आईतवार १४:०९ 
  14. विद्यालयको संक्षिप्त इतिहास (भोज प्राकाश माध्यमिक विद्यालयको आधिकारिक वेबसाइट)
  15. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  16. "तेश्रो सालडाँडा वडास्तरिय पुरुष भलिवलको उपाधी आयोजकलाई", kheladinews.com, अन्तिम पहुँच १५th अप्रिल २०१८ 
  17. "सालडाँडा कपको फाइनल २०७०", पश्चिमेली टिभी , युट्युब च्यानल 
  18. "सालडाँडा समाजसेवी भलिबल प्रतियोगिताको एक झलक", vmire.life 
  19. वडास्तरीय जुनियर भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई, (mandirchokyouthclub.com) लेखक-सुमन गुरुङ्ग, स्याङ्गजा ८ कार्तिक, २०७२
  20. पर्यटक लोभ्याउँदै सालडाँडा, (kantipurdaily.com) जेष्ठ १३, २०७५

बाह्य कडीहरू[सम्पादन गर्ने]