सामग्रीमा जानुहोस्

सुनुवार जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनुवार
सुनुवार जातिकी महिला र पुरुष
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भाषाहरू
सुनुवार, नेपाली
धर्महरू
मुन्धुम धर्म किराँती, बौद्ध
sunuwar greeting
Sunuwar Udhauli at Nakhipot, Lalitpur, Nepal 6 Dec. 2014

सुनुवार जाति किराँत समूह अन्तर्गत लिने गरिन्छ। गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन्।[] भाषा: सुनुवार(कोईचँ लो:), बाहिङ लगायत अन्य किराँत भाषा, खसनेपाली। लिपि: कोईचँ ब्लेअसो (जेतिचा ब्लेअसो, टिकामुलि लिपि)

रोलवालिङ हिमश्रृंखल मूल बनाएर दक्षिण बग्ने पूर्वी नेपालको पहाडी नदी सुनकोशी, तामाकोशी, लिखु लगायत सहायक नदी खिम्ती, येलुङ (मोलुङ), सोलुङ वरपरका भूभागमा छरिएर बसोबास गर्दै आएका नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजाति मध्येका एक आदिवासी जनजाति हुन् 'सुनुवार' (कोइँच) । नेपाली भाषामा सुनुवार, मुखिया भनिने यी जाति आफुलाई सुनुवार भन्नमा गर्व गर्दछन् । ७० भन्दा बढी विभिन्न उपजाति भएका आदिवासी सुनुवारहरूको आफ्नो भाषालाई 'कोइँच लोः' भनिन्छ भने आफूहरुका वीचका बोलचालमा सुनुवारलाई कोईच भन्ने गर्दछन् । पछिल्लो जनगणना अनुसार नेपालमा रहेका सुनुवारहरूको कुल जनसंख्या ५५,७१२ रहेको छ । यस जातिको परम्परागत धर्मदर्शनलाई 'मुकदुम' भन्दछन् ।

सुनुवार (कोइँच)को मुक्दुममा उत्पत्ति सम्बन्धी किम्बदन्ती

[सम्पादन गर्नुहोस्]

उहिले उहिले यो सन्सार थिएन रे । न त यो सुर्य थियो न त धर्ती नै थियो । पूरै खेसुमुसु/सिअसिताअता अन्धकार थियो रे । निराकार, निरङकार, निर्विकार, नित्य, अनन्त त्यस खेसुमुसु/सिअÞसिताअÞतामा र्सवशक्तिमान इँगि मात्र हुनुहुन्थ्यो रे । धेरैपछि मात्र इँगिले ख्लिखिर सहित सोत्लुइत्लुको जन्म भयो । यसै सोत्लुइत्लुको उत्पत्तिपछि मुकासुखिकासु र मुइँलिलिँखिको उत्पत्ति भयो र ओ हो हो साङ सो हो हो भन्ने आवाज उत्पन्न भयो । अनि मात्र इँगिले सोत्लुइत्लुमा खोरमुदितमु भरेर तातो महासागरको उत्पत्ति गर्नु भयो । त्यस महासागरमा ठूलो आवाजसहित बुबोरपेबोर उत्पन्न भयो । अनि आकाशको उत्पत्ति भयो । राँकोच (र्सूय)को उत्पत्ति भयो । पसिनै परिनामा न्रि्रुक्क भिजेर सुबु/खादिमुदि उत्पत्ति भयो । यसरी पृथ्वी (सुबु/खादिमुदि)को उत्पत्तिसँगै दिन र रातको पनि शुरु भयो । पृथ्वीको उद्धार गर्न आएका साया/तायाले हिमाल, पहाड, तर्राईको उत्पन्न गर्नु भयो । बनस्पति, जीवहरूको उत्पत्ति गर्नु भयो । अनि मानिस नभएको पृथ्वी त्यति शोभयमान लागेन इँगि होपोलाई । त्यसैले प्राण, चेतना, मन, बुद्धि र विवेबले युक्त मानवको उत्पत्ति गर्न साया/तायालाई भन्नुभयो । यसैले साया/तायाले खारानि र सुलिलाई रुखको टोड्कोमा जामेको पानीमा मुछेर पहिलो बुद्धिमान मानव कालिपिपि र कालिकिकिको सृष्टी गर्नु भयो । उनैका सन्तान हामी हौं रे । खरानी र सुलिबाट मानिसको सृष्टी भएको हुँदा मानिसको जिउ कनाउँदा अझै खरानी निस्कने र सुलीको गन्दा आउँछ रे ।

सुनुवार जातिको उत्पत्ति सम्बन्धि किम्बदन्ती

[सम्पादन गर्नुहोस्]

धेरै पहिलोको कुरा हो धेरै ठूलो मैदानी फाँट तिमरिजोेङमा मानिसहरूको बस्ती थियो रे । त्यस तिमरिजोङ भन्ने पहाडबाट मानिसको एक समुह पाइतिप भन्ने पहाडमा आएर बसे । त्यस पहाडबाट छुट्टएिर फेरि जाउजिल भन्ने हिमाल पारिको पहाडमा बस्ती बसाले । त्यस जाउजिलबाट पनि मानिसहरू खायारपास भन्ने ठाउँमा आइ पुगे । बस्दाजाँदा फेरि सो स्थानबाट थारमालु थारसिलु भन्ने ठाउँमा आइपुगे । त्यस थारमालु-थारसिलु भन्ने ठाउँबाट पनि एक समुह यारमालु (सिमाङगदा) भन्ने मैदानी फाँटको जंगलमा बस्ती बसाल्न आइपुगे । यस मैदानी फाँटमा धेरै समय बस्ती बसलेपछि बाह्र गढी बनाएर राजकाज चलाएका हुन् रे । सो बस्तीका मानिसहरूले ढोल झयाम्टा बजाएर आफ्नो इष्टादेवी र कुलपितृको आराधाना गर्न थाले । त्यसरी आराधना गर्दा इष्टादेवी प्रकृति अर्थात शाँदार देयिले सुनको ढुँकुर दिनु भयो । पछि भाइहरू मिलेर धुमधामसँग प्रत्येक वर्षयसरी नै ढोल झयाम्टा बजाएर शाँदार देयि मान्न थाले । एक दिन उक्त भूमिमा ठूलो महामारी र आगलागीको भयो उक्त बाह्र गढीमा मानिसहरू बाँच्न मुस्किल पर्‍यो । त्यसैले एक समूहका मानिसहरू पर्ूवतिर लागे र सिलुखुलु, हालकाबु/फालेखाममा -हालको वराहक्षेत्र, त्रिवेणी)मा आइँ बसे । धेरै पछि त्यस क्षेत्रमा जुमु नामका एक प्रतापी राजा निस्के । उनका दस जना छोरा मापे, सोकरे, तोने, हिना, बिमा, रुङ, चामले, खिँचि, पाइ, दुङले र एक छोरी सायामा भए । जस मध्ये जेठो माप्य होपो चाहिँ सुनकोशी तीर हुँदै भोट पस्यो रे । माइलाको सन्तान पर्ूव लागेर लिम्बु भएको रे । खिँचि, पाइ र दुङले चाहिँ सँग सँगै सुनकोशीको तिरैतिर पस्चिमोत्तर लागे । यसरी आउँनेमा खिँचि चाहिँ अहिलेको लिखु नदीको किनार खिँचिमा बस्ती बसालेर बस्यो । हुँदाखाँदा बस्दै जाँदा पछिबाट खिँचि होपोको सन्तानलाई नै कोइँच -सुनुवार) भनिएको रे । अझै पनि ओखलढुंगा जिल्लामा (खिजी),खिँजीबाट अपभ्रंश) भन्ने ठाउँ छँदै छ । पाइ भने चेनाम, राँग्ादिप, माम्खा, रुमजाटार, ओखलढुँगामा बसेर पाइहाङ हुँदै बाहिङ र्राई बन्यो । र, जेठाको कान्छा सन्तान चाहिँ हायु भएको रे भनिन्छ ।

सुनुवार जातिका थर/उपथरहरु

[सम्पादन गर्नुहोस्]

परिवारिका नाम: सुनुवार | मुखिया | कोइच |
सुनुवार (कोइँच) अन्तरगतका विभिन्न थर/उपथरहरु:

१) तुनिच, २) कोर्मोचा, ३) क्युतिचा, ४) वाच्पुचा ५) गौरचा , ६) ङावाच, ७) ख्योँङपतिच ८) जिजिच, ९) जेस्पुच, १०) जेंतिच, १२) जान्चा, १३) तोङ्कुच, १४) तुर्सुच, १५) तुर्कुच, १६) मुलिच, १७) शुशुच १८) सोकुच, १९) सोङनाच २०) सुचिज २१) सप्प्रचा, २२) भुजिचा (बुजिचा) २३) प्रेत्तिचा, २४) रापच, २५) रुपाच, २६) रवाच, २७) लस्पाच, २८) याता , २९) दुर्बिच, ३०) देब्बाच, ३१) फतिच, ३२) ङावाचा, ३३) शोचुल, ३४) नोम्लिच, ३५) लिनु, ३६) दिगर्च, ३८)बिग्याच, ३९)ठंग्राच, ४०) दसुच, ४१) ब्रम्लिच, ४२) लोकुच, ४३) जेस्पोच, ४४) ब्रलाच, ४५) बिनिच, ४६) यलुंगच, ४७) थुँगुचा, ४८) थोलोच, ४९) नोम्लिच, ५०) पर्गाच, ५१) रूजिच, ५२) लुखिच, ५३) लिलुच, ५४) लोपाच, (लोप्चा) ५५) क्याबा(५६)कातिचा..57 बगाले सोङ्नचो ,58 दलमुखी सोङ्नचो ,59 कलाङ ,60 याताचो, 61 लोपचो 

खिजीका कोर्मोचाहरूलाई खिजवार वा खिजवारे भनिन्छ।
भुजिका भुजिचाहरूलाई भुजवार वा भुजवारे भनिन्छ।

  • कोर्मोचा खिजी गाउँ (खिज्वार/ खिज्वारे)
  • मुलिचा मुल गाउँ
  • सप्प्रत्चा सप्प्रा गाउँ
  • भुजिचा भुजा गाउँ (भुज्वार / भुज्वारे )
  • प्रेत्तिचा प्रेत्ति (प्रिती) गाउँ
  • कातिचा कात गाउँ
  • शुसुचा शोसुप गाउँ
  • वाच्पुचा वाचपू गाउँ ,

लिलामी पनि हुन्छ रे त सुनुवारको थर

औसी र पुर्णे
औसी र पुर्णे 

सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरूको मौलिके र मान्नेता आनुसर वर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुनबाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक वर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछि उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)

चण्डी नाच (चानदी) नेपालका पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका सुनुवार जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रूपमा मानिने चाड हो, जसलाई सुनुवार बोलिमा चण्डी सिल वा सूरो-गाशो घर-घरमा पुराउने चलनलाई चण्डी नाच (चण्डी पूजा) भनिन्छ । जसमा मूल नासो वा बालि नासो अर्थात् अन्न-बाली नाशो जसले अन्नपात खेतीबालीहरु राम्रो होस भनि सोरो दिइन्छ वा ल्याइन्छ यसमा ढोल झ्याम्टा बजाउँ जातिय भेष भुषाका हातमा झुम्के रुमाल, फुलपाती, सेउली लिई बाल, युवा, युबती, वृद्धहरु सबै नाचिन्छ । प्रतेक गा. बि. स. मा एउटा-एउटा चण्डीथान हुन्छ, सुनुवारहरु चण्डीथानमा गएर नाच-नाचिने हुनाले यसलाई सुनुवारहरूले चण्डी नाच भन्ने गरिन्छ तर यसमा प्राय सुनुवार थरहरूको बर्गिकरण अनुसार चण्डीथानको नामकरण गरिएको हुन्छ र भाले र पोथी छुटाईएको हुन्छ जस्तै: कोर्माचालाई भाले र मुलिचालाई पोथी भन्ने गरिन्छ कारण मुलिचा र कोर्मोचा एउटै गा. बि. स. मा बस्दै आएकोले यो भने चलन छ। कोर्मोचा ले कोर्मोचा का घर मा सुरो दिने र मुलिचाले मुलिचाको घर मा सुरे दिने चलन छ यादि कोर्मोचा का क्षेत्र मा अरु थरहरु बसो बास गरेमा उसको घर मा पनि सुरो दिन परम्परा छ साथै कुटुम्ब नासो पनि बनाइन्छ, नासोले सेतो फेटा बढेको हुन्छ अर्को नाम पुजारी पनि भनिन्छ।

चा+न+दी =चा (चा का सन्तान) नसो (पुजारी) दीच/ दी तल्ल  (लिनाजनु) 

  1. सुनुवार जाति
  2. चण्डी चण्डीथानमा वा चण्डी पुजा, चण्डी नाच
  3. नासो वा पुजारी थर अनुसारको
  4. डोल बजाउने लाई डोले
  5. स्थानहरु: खिजी, भुजी, प्रीति, काती, रगनी, सैपु, साप्प्रा, पोकली, रस्नाइलु , ललितपुर आदि इत्यदि
  6. थरहरु: खिजी मा कोर्मोचा र मुलिचा, भुजीमा भुजिचा, प्रेतिमा प्रेतिचा, कातिमा कातिचा, रगानी मा कुइतिचा, साप्रामा साप्रचा, ललितपुरमा सम्पूर्ण ..

सुनुवार (कोइँच) पोसाक प्राचिन समयमा फुल, फल, चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोक गर्ने गर्थे भने अहिलेको नया मोडन युग मा महिलाहरूले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चादीका कल्ली, कम्पनि-अठानी-चरानी माला, नौ-गेढी, गुन्युचोलो, पटुका, पच्छेउरि, कुप्नी, जालीरुमाल र पुरुषहरूले भने दौरा, सुरुवाल, भोटो, जालीरुमाल आदि लगाउने गर्दछन । प्राचिन युगमा आफैले बुनेर लगाउने गर्दाथे ।

  1. राजी विवाह, प्रेम वा स्वायत्त विवाह (अहिलेको युगमा)
  2. मागी विवाह (अहिलेको युगमा पनि)
  3. भागी विवाह (अहिलेको युगमा पनि)
  4. चोरी विवाह (तानी) (पहिलेको युगमा) हुने गर्थ्यो...

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]