धाः

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धाः नेपाली बाजा हो । खासगरी बौद्ध धर्मावलम्बीहरूमा प्रचलित ज्यादै पुरानो तालबाजा हो । यो बाजा देख्दा ढोलजस्तो लाग्छ । यसमा एकातर्फ हातले र अर्कातर्फ गजोले बजाउने गरिन्छ । काठमाडौँ उपत्यकामा बौद्धमार्गीहरूको गुँला पर्वमा एक महिनाभर धाः बजाउने चलन छ । अन्य उत्सव तथा चाडपर्वहरूमा पनि धाः बजाइन्छ । यो बाजा बजाउँदै चैत्य तथा देवस्थल घुम्ने चलन छ । धा बाजा सबै भन्दा पुरानो बाजा हो । साथै उपत्यका मा यो बाजा मानन्धर , तुलाधर(उदाय), शाक्य समुदाय हरुले बजाउने गरेको पाईन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]



"https://ne.wikipedia.org/w/index.php?title=धाः&oldid=942794" बाट अनुप्रेषित