रङ्गनाथ पौडेल
श्री श्री श्री मुख्तियार पण्डित राज रङ्गनाथ पौड्याल | |
|---|---|
मुख्तियार रङ्गनाथ पौड्याल | |
| नेपालको मुख्तियार | |
| पदमा १९९४ असोज – १९९५ | |
| पूर्वाधिकारी | भिमसेन थापा |
| उतराधिकारी | पुष्कर शाह |
| व्यक्तिगत विवरण | |
| जन्म | वि.सं. १८२९ मखनटोल, काठमाडौँ |
| आमाबुबा |
|
रङ्गनाथ पौड्याल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ असोज देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यिनी एक राजनेता, राजगुरु तथा तान्त्रिक पण्डित व्रजनाथ पौड्यालका छोरा थिए । रंगनाथ पण्डित वि.सं १८९४ साउनमा मुख्तियार भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।[१]
वंशज तथा प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]प्रतापसिंह शाहको मृत्युपछि राजेन्द्रलक्ष्मीलाई सती पठाई अधिकार हात लाउने प्रयस गुरुज्यू व्रजनाथ पंडितले गरे । तर यत्तिकैमा बहादुर शाह आई पुगेका हुनाले पण्डितज्यूको योजना सफल भएन र उनी नेपालबाट निष्कासित गरिए। उनको सर्वस्व भयो। ब्रजनाथ पण्डित निकालिंदा उनका चार वर्षका छोरा रङ्गनाथ पनि निकालिएका थिए। निकालिए पछि उनीहरू काशीमा बस्न थाले। रङ्गनाथ काशीमै हुर्केका हुनाले उनले अध्ययन गर्ने सुविधा पाए।[२]
वि.सं. १८५७ मा रणबहादुर शाह काशी पुगेपछि रङ्गनाथको भेट रणबहादुर, भीमसेन थापा लगायत सँग भयो । काशीमा रणबहादुर शाहलाई आवश्यक मद्दत रङ्गनाथले गरिदिएका हुनाले उनी रङ्गनाथदेखि प्रसन्न थिए । रणबहादुर शाह काशीबाट नेपाल फर्के पछि रङ्गनाथ पनि उनीसँगै नेपाल फर्के । त्यसपछी उनलाई पण्डितराज भन्न थलियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग
- ↑ श्रेष्ठ, टेक बहादुर (Ashad २०३२), "श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको अप्रकाशित ताम्रपत्र", CNAS 2 (2): 158।