यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
विगत ६ महिनादेखि नेपाली विकिपिडियामा लेख शीर्षक सम्बन्धी विवाद हुँदै आएको देखिन्छ। यस विवादलाई समाधान गर्नको लागि केही महिना अगाडि लेख शीर्षक नीति समुदायद्वारा पारित गरिएको सबैलाई जानकारी नै छ। शेख हासिना लेखको वार्तालापमा भइरहेको छलफललाई उचित निकास दिन सामुदायिक सहमति आवश्यक रहेको देख्दछु। यस किसिमको वार्तालापले समुदायको उर्जा छिन्न्न बनाउनसक्ने मेरो आकलन रहेको छ। कुनैपनि नीति र व्यवस्थालाई समयसमयमा उचित व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ। नेपाली विकिपिडियामा लेख शीर्षक कसरी निर्धारण गर्ने भनि बनाइएको लेख शीर्षक नीतिमा छुटेका विषयलाई समेत समेट्दै निम्नलिखित सुधार आवश्यक रहेकोले समुदाय समक्ष आफ्नो सुझाव प्रस्ताव गर्दछु। सम्पूर्ण सक्रिय प्रयोगकर्तालाई यस विषयमा आ-आफ्नो तर्फबाट सल्लाह, सुझाव र मत राख्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)२०:२२, २० जुलाई २०२० (नेपाली समय)https://upload.wikimedia.org/wikipedia/commons/4/4c/Go-up.svg[जवाफ दिनुहोस्]
नेपाली बृहत् शब्दकोशमा रहेको शब्दलाई मानक मानिनेछ।
प्रचलित नामलाई प्राथमिकता दिनुपर्दछ। प्रचलित नाम तय गर्नको लागि अनलाइन खोज संयत्रको सबैभन्दा बढी परिणामलाई आधार मान्नुपर्नेछ। (उदाहरणको लागि हाम्रो देशको प्रधानमन्त्री खड्गप्रसाद ओली- प्रचलित नाम केपी ओली र केपी शर्मा ओली)
नेपाली सञ्चार माध्यमलाई स्रोत सामग्रीको रूपमा प्रयोग गरिएतापनि लेख शीर्षकको लागि भर पर्न सकिने स्थिति नरहेको देखिन्छ तथापि गोरखापत्र र कान्तिपुर अनलाइन मिडियालाई शीर्षक तय गर्न केही हदसम्म मद्दत गर्ने भएकोले यसलाई स्थान दिने कि?
अप्रचलित नामलाई अङ्ग्रेजी आइपिए अनुसार तय गर्ने कि मूल नामको आइपिए अनुसार?
बुँदा १ पुर्ण रूपमा अनुसरण गर्नु पर्ने किनकी नेपाली भाषाको यो भन्दा अरू कुनै बैकल्पिक आधार नै छैन (तर कतिपय अवस्थामा यहाँ पनि चलन चल्तिमा रहेको शब्दलाई प्राथमिकता दिनुपर्ने हुन्छ।) । बुँदा २ अन्य विकसित विकिपिडियाहरू (जस्तै: enwiki) ले यही नियम अनुसरण गरेको पाइन्छ त्यसैले यसमा समर्थन। बुँदा ३ सञ्चार माध्यमहरू को अवस्था नाजुक नै होला तर पनि यदी नेपालको एक मात्र सरकारी पत्रिका गोरखापत्र तथा कान्तिपुर, नेपाल समाचारपत्र जस्ता प्रचलित र विस्वसनिय पत्रिकाहरूलाई पनि स्रोतको रूपमा नलिने हो भने नेपाली विकिपिडिया त सन्दर्भ बिहिन होला नि? कि विकिपिडिया बिना सन्दर्भको शोध प्रतिवेदन जस्तो लेख्न थाल्ने हो र? त्यसैले म चाही यिनीहरूलाई स्रोत सामग्री रूपमा लिइ अत्यधिक प्रयोगमा आएको शब्द चयन गर्नु ठिक मान्छु। बुँदा ४ म कुनै भाषाको विरोधी हैन तर विश्वमा १/२ वटा राष्ट्रमा मात्र बोलिने भाषाहरूलाई अनुसरण गर्नु भन्दा अन्तर्राष्ट्रिय रुपमा प्रचलित भाषा अङ्ग्रेजी (किनकी अङ्ग्रेजी भाषा नेपाली पाठ्यक्रममा पनि अनिवार्य विषयको रूपमा रहेको छ) हुनाले अन्य भाषाका आयातित शब्दहरूको सन्दर्भमा अङ्ग्रेजी बेलायती-अङ्ग्रेजी उच्चारण अनुसार तय गर्नु राम्रो हुने। -- निर्मल दुलाल(कुरा गर्नुहोस)१०:५२, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
(थप: मेरो विचारमा यहाँ सबैभन्दा पहिले बुँदा १ लाई अनुसरण गर्ने, त्यसले समेट्न नसकेमा बुँदा २ तथा बुँदा ३ र अन्य भाषाका आयातित शब्दहरूको सन्दर्भमा कहीकतै आधार मान्ने अवस्था नरहेमा बुँदा ४ अनुसार गर्नु उचित हुन्छ। यो माथी बिप्लब आनन्द द्वारा राखिएको प्रस्तावमा मेरो आफ्नो विचार तथा टिप्पणी हो, अन्य प्रयोगकर्ताहरूले पनि आफ्नो विचार व्यक्त गर्नुहोला, मेरो कुरामा बिरोध वा टिप्पणी गरेर नबस्नु होला। यदि मसँग व्यक्तिगत रुपमा केही भएमा विकिपिडियाको जीवनमा नभई वास्तविक जीवनमा आउनु होला।)-- निर्मल दुलाल(कुरा गर्नुहोस)२३:१२, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रचलित शीर्षकलाई नै मान्यता दिने उद्देशका साथ उक्त निति पारित पनि भइसकेको छ तर यस नितिले छुटाएको गम्भीर दुई विषय भनेको नेपाली बृहत् शब्दकोशको मानक प्रयोग र शीर्षक बीच अन्तर्द्वन्द्व/विचलन र भेद हो जसको कुरा नसमेटिदा यस्ता समस्याहरू आइपरेका छन् यहाँ। प्रचलित शीर्षकमा जोड किन दिनुपर्छ भने, उदाहरणका लागि चीनको राजधानी चिनियाँ भाषामा पेछिङ हो तर हामी बेइजिङ भन्छौँ र पुस्तकहरूमा पनि भेटिन्छ र यसको वैकल्पिक शीर्षक हामीसँग छैन, त्यसैले हो यहाँ मानक शब्द बनेको छ, यसकै प्रयोग गर्नु पर्छ। यहाँ विवाद किन आएको हो भने तिनै उल्लेखित सञ्चार माध्यम वा वेबसाइटले गर्दा भएको हो, किनभने तिनिहरूले समान शीर्षक छापिदिएको भए पनि आज यस्तो समस्या आउने थिएन, तर त्यस्तो पटक्कै हुन सकेन जसको असर हामी जस्ता सञ्चार माध्यममा भर पर्नेहरूमा प्रत्यक्ष रूपमा पर्न गएको हो। गोरखापत्र र कान्तिपुर अनुसार शीर्षक तय गरिदा पनि यी दुई बीच कति धेरै शीर्षकमा कुनै प्रकारको समानता छैन। कतिपय त नेपाली शीर्षक मै लेखन भेद छ। उदाहरण पाताले छाँगो, पातले छाँगो।
माथि मात्रै त्यहाँ दिइएको गोरखापत्र र कान्तिपुरले इटालीका प्रधानमन्त्रीको नाम बिना ढङ्ग मनलाग्दी रूपमा प्रत्येकले दुई र तीन थरि निर्धारण गरेको पाइएको छ। इटालीका प्रधानमन्त्री मात्र एक उदाहरण हो यस्ता विषय कति छन् कति। सञ्चार माध्यममा मैले खोजे अनुसार उनको नाम ९ थरि भेट्टाएको छु, एउटा मान्छेको ९ थरि नाम भयो भने कसैले एउटा वेबसाइटको भरमा एक बनाउने भयो र यो प्रक्रिया चल्यो भने विभिन्न ९ थरि बन्ने रहेछन् जसमध्ये पनि कुन सही भन्ने अझै अलमल छ। यो जस्ता निकै घातक समस्याले गर्दा हामी दिनदिनै विवाद तिर मात्र अग्रसर भएका छौँ, जहाँ यस्तो शीर्षक भेद समस्या आउना साथ अन्य विकिपिडियाले अधव मानिरहेका छन् र त्यहाँ कुनैपनि प्रकारको शीर्षक विवाद छैन, तर यहाँ सबै वेबसाइट र प्रयोगकर्ताहरूको धारणा फरक भएको कारण यो समस्या हटेको छैन झन् बढीरहेको छ। शीर्षकमा बिचलन आउनुको कारण भनेको अनुमानित नामको अत्याधिक धेरै प्रयोगले गर्दा हो। कतिपय वेबसाइटले सही शीर्षक छाप्छन् भने तिनिहरूको अनुसरण गरि तिनिहरूलाई सम्मान गर्नु पर्छ।
बुँदा ३ मा भनिएको कुराको अध्ययन गर्दा के भेटियो भने अङ्ग्रेजी अथवा जुन कुनै भाषाले पनि आफ्नो तरिकाबाट उच्चारण गर्छन्। यदी अङ्ग्रेजीलाई नै मानक मानेर हिड्ने हो अरूले पनि यसको अनुसरण गर्दैनन् भन्न सकिन्न। हामीले अङ्ग्रेजी अनुसार जुन कुनै शीर्षक तय गर्ने हो भने हाम्रो भाषा माथि नराम्रोसँग प्रहार हुन्छ, अन्यले हाम्रो देशलाई आजबाट नेपाल भन्न छाड्छन् र अङ्ग्रेजी अनुसार निफोल, नेफोल, क्याट्म्यान्डु, डेली, प्याकिस्ट्यान, ब्याङ्लाडेश, क्यालक्याटा, क्याटर आदी भनेर भाषालाई त नराम्रोसँग बिगार्ने छन्। म मान्छु कि अङ्ग्रेजी यहाँ पढाई हुन्छ तर अङ्ग्रेजी अनुसार शीर्षक तय भयो भने अङ्ग्रेजी नबुझ्ने नेपालीले कस्तो प्रकारले उच्चारण गर्ने? नेपालीमा १२३ भाषाको आआफ्नो महत्त्व छ। नेपालमा बस्ने सबैले अङ्ग्रेजी जानेका हुन्छन् भन्ने कुरा चैँ म पत्याउन सक्दिन, पढेलेखेकाले बुझ्ने भाषा हो यो भनेको। नेपालको राष्ट्रिय भाषा नेपाली त नबुझ्नेको जजसङ्ख्या धेरै छ भने अङ्ग्रेजी त झन् कति छ कति। दुई तर्फी हिसाबले चिन्तन मनन् गर्दा हामीले अङ्ग्रेजी उच्चारण यदी लागू गर्यौ भने अन्य भाषाले पनि लागू गर्न सक्छन् जसकारण हाम्रो देशको नाम सहित विश्वका अधिकांश नामहरू अङ्ग्रेजीकृत हुनेछ जुन कुनै हालतमा पनि स्वीकार्य छैन। धेरै बोलिने भाषा चिनियाँ हो, के अब चिनियाँ अनुसार शीर्षक तय गर्ने कि दोस्रो धेरै मातृभाषी भएको भाषा स्पेनी अनुसार तय गर्ने, कसैले के भन्ला कसैले के भन्ला मूल अनुसार तय गरेको खण्डमा विवाद कत्तिपनि हुँदैन। कुनै पनि व्यक्तिको मुल उच्चारणको अधवलाई प्राथमिकता दिँदै सबै विकिपिडियाले शीर्षक निकाल्छन् तर यहाँ किन र कसरी विवाद? अङ्ग्रेजीको कुरा किन आएको भने यहाँ कतिपयले अङ्ग्रेजी, हिन्दी, मैथिली गरि धेरै भाषा बुझ्छन्, अब हिन्दी बुझ्नेले हिन्दीको अनुसार शीर्षक फेर्न आग्रह नगर्ला भन्न सकिन्न। कुनैपनि भाषाको आआफ्नो महत्त्व र पहिचान छ तर यहाँ भनिएको अनुसार अङ्ग्रेजी शीर्षक लागू गरेर अरू भाषालाई सिधै खुट्टाले चुल्कने हो, अरू भाषा, भाषा होइनन्? अरू भाषाको शीर्षकमा पनि अङ्ग्रेजी प्रयोग गर्ने हो भने हाम्रो भाषालाई पनि उनीहरूको त्यसै गरि उपेक्षा नगर्लान् भन्न सकिन् र यदी यसो हुन्छ भने आजै देखी जर्मनेली, फ्रान्सेली, नेदरल्यान्डेली आदी भाषाहरूले निफोल/नेफोल भन्ने छन् र यस्तो हुन्छ भने नेपालको राष्ट्रिय भाषा नेपाली भाषा हुनुमा गर्व नभई हेपिएको र पिछडिएको भाषा बन्नेछ र संसारका नेपालको नेपाली भाषा भनेर सम्मान कसैले पनि गर्नेछैन। जुन सबै भाषामा लागू हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) १६:३०, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
धेरै पहिलादेखि पुस्तकहरूमा छापिएका तथा नेपाली शब्दकोशमा रहेका नामहरू सायदनै फेरिएलान् उदाहरणका लागि उदाहरणका लागि फ्रान्स देश (आधिकारिक रूपमा फँस)। प्रचलित नाम तय गर्नको लागि अनलाइन खोज संयत्रको सबैभन्दा बढी परिणामलाई आधार मान्नुपर्नेछ। यो चाँही सरासर गलत हो, किनभने खोज संयन्त्रहरूले सूत्रहरू देखाउने भनेको नेपाली सञ्चार माध्यमहरूकै हो जहाँका गैर अङ्ग्रेजी भाषी शीर्षकहरू लगभग सबै गलत छन्। एकछिनका लागि मानौँ कि केही सञ्चर माध्यमले एकै थरि शीर्षक छापिरहेका छन् तर यदी एउटाले मात्र त्यसको विपरीत शीर्षक लेख्छ भने त्यस शीर्षकलाई पनि समिक्षा गर्नुपर्ने हुन्छ। किनभने त्यसले चाँही कसरी विपरीत शीर्षक लेख्यो भन्ने प्रश्न खडा हुन्छ। यस्ता लेखन भेदहरूले गर्दा सञ्चार माध्यमहरू प्रति शीर्षकका लागि भर पर्नु कत्तिपनि उचित हुँदैन। यहाँ पटकपटक कान्तिपुर तथा गोरखापत्रको कुरा गरिएको छ, के अब अरू चाँही सञ्चार माध्यमनै हैनन्?, अनलाइन खबर, सेतो पाटी, रातो पाटी, बीबीसीहरूले पक्कै पनि गैर कानुनी रूपमा काम गरेका छैनन्, त्यसकारण यो यस्तो उ उस्तो भनेर सञ्चार माध्यमहरू बीच तुलना गर्नु सरासर गलत हो। लेखन भेद उदाहरण हेर्नुहोस् जमाल खशोग्जी गोरखापत्र, जमाल खसोग्जी कान्तिपुर, जमाल खसोग्गी बीबीसी नेपाली, रेसेप तैयप एड्रोगान कान्तिपुर, रेजेप ताइयिप एर्दोआन बीबीसी नेपाली, रेसेप तैयप एर्दोगान गोरखापत्र, रेकेप तैयप एर्दोगन गोरखापत्र, थेरेसा मे, गोरखापत्र, टेरिजा मे
[https://ekantipur.com/news/2020/03/15/158428070718868335.html
बेन्यामिन नेतान्याहु], बेन्जामिन नेतन्याहु कान्तिपुर। जम्मा चार विषयहरूको खोजी गर्दन त यती धेरै गलत शीर्षकहरू भेटिन्छन् भने थप शीर्षकहरू खोज्दा त कति भेटिन्छन् कति, यी चार त नमूना मात्र हुन् अझै उदाहरण चाहिएमा मसँग बारे थप सूत्रहरू माग्नुहोला । त्यसकारण गोरखापत्र र कान्तिपुर मात्र मार्फत शीर्षक छनोट गर्नु गलत छ र लेखन भेद हुने बित्तिकै आधिकारिक भाषा अथवा 'अधव अनुसार जानु पर्दछ। यी त भए लेखन भेदको कुरा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अङ्ग्रेजी अधवलाई पछ्याउने कि आधिकारिक अधवलाई पछ्याउने हो। खासगरी लातिन लिपीमा थुप्रै भाषाहरू लेखिने हुँदै एउटै शीर्षकको पनि विभिन्न भाषामा निकै पृथक् उच्चारण हुन्छन्। जस्तै (अङ्ग्रेजी: chocolate, चक्लेट, (स्पेनी: chocolate, चोकोलाते। तर कहिलेपनि नदेखेको शीर्षक पढ्दा (लातिन लिपी) खेरी हामीले अनुमान लगाउँछ कस यसको उच्चारण यो हुन सक्छ भनेर जुन हामी अङ्ग्रेजीको अनुसार गर्छौँ तर हामी यो कुरा जान्दैनौँ कि उक्त शीर्षक कहाँको हो, त्यस शीर्षक कुन देशको प्रतिनिधित्व शब्द हो वा त्यो कुन भाषामा लेखिएको हो भनेर। लातिन लिपीमा थुप्रै भाषाहरू लेखिने भएकाले लिपी एउटै भएका कारण हामी गलत उच्चारण गर्ने गर्छौँ जुन गलत सावित हुन्छ। त्यसकारण आधिकारिक अधव अनुसार शीर्षक चयन गर्नु नै अति आवश्यक छ, खासगरी अप्रचलित नामहरूमा। नस्तअलिक र तिरहुता (बाङ्ला) लिपीहरूको शीर्षकमा खासै विवाद आउँदैन होला किनभने म त्यो लिपीको जानकार छु भने यी लिपीहरूमा लेखिने लगभग ४० भाषा भन्दा बढी विकिपिडियाहरू छन्। देवनागरीको हामी सबैलाई ज्ञान छ त्यसैले शीर्षक विवाद पनि हुँदैन। अनि अर्को कुरा, थुप्रै एसियाली देशहरूको भाषा तथा लिपी (लातिन, बाङ्ला, नस्तअलिक)हरू फरक हुन्छन् जसको सही उच्चारण हामी कित भाषा जानेर गर्न सक्छौँ (श्रीलङ्का, म्यानमा, चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, रूस, भुटान, युनान अझै कति छन् कति) अथवा आधिकारिक अधव अनुसार गर्न सक्छौँ तर यसमा अङ्ग्रेजी अधवको के काम? यी भाषाहरूमा यस्ता वर्ण हुन्छन् जसलाई देवनागरी लिपीले पनि समेट्न सक्दैन भने अङ्ग्रेजी अधवको त यहाँ कुनै कामै छैन भने सही शीर्षक त कदापि पनि थाह हुँदैन र अङ्ग्रेजी अधवले गैर अङ्ग्रेजी भाषाहरूको सही शीर्षक पत्ता लगाउन सक्दैन। त्यसकारण नयाँ शीर्षकहरू आधिकारिक अधवको अनुसार तय हुन अति जरुरी छ।-हिमाल सुबेदी (कुरा गर्ने) २२:२०, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यवाद विप्लव, यो पहल हुनु जरुरी थियो। यसको नियम यसरी जानु पर्छ।
देवनागरीबाहेकका सबै विदेशी भाषाका नाम बेलायती-अङ्ग्रेजी उच्चारण अनुसार नेपालीमा लेखिनेछ।
नेपाली बृहत् शब्दकोशमा रहेको शब्दलाई प्रचलनमा भए मात्र मानक मानिने छ। (किनकी हामी मिस्र नलेखेर इजिप्ट लेख्छौँ)
नेपाली मिडिया हेरिरहनु जरुरी छैन हाम्रो आफ्नै नियम छ।
अधव भनेर धेरै उल्लेख भएको शब्द नै गलत छ। शीर्षक र आइपिए एउटै हुने भए यसको आवस्यकता हुदैन थियो। चोकोलाते भनेर स्पेनेलीहरूले आफ्नो भाषा बनाए जस्तै नेपालीमा चक्लेट भनिन्छ। चक्लेट नेपाली शब्द हो chocolate अङ्ग्रेजी शब्द हो। कुतर्क गरेर काम छैन। विदेशीहरूसँग बोल्न सबैले अङ्ग्रेजी भाषा प्रयोग गर्छन्। नगर्ने केही होलान् तर केहीको पछि कोहि लाग्दैनन्। हामी ल्यातिनो वा मेखिको नलेखेर ल्याटिन र मेक्सिको लेख्छौँ। यी नेपाली शब्दहरू हुन्।-DULAL (मसँग कुरा गर्नुहोस्)०७:०३, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
कृष ज्यू तपाईले भन्नु भएको कुरा सरासर गलत छन्। अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा होला तर यस अनुसार शीर्षक तय गर्नु त मिल्दैमिल्दैन, अङ्ग्रेजी अनुसार गर्ने हो भने म पनि सबैलाई बाङ्ला र अरबी अनुसरा गरिदिन सक्छु तर त्यस्तो म बाट हुँदैन। जुन देशको आधिकारिक भाषा अङ्ग्रेजी हो त्यहाँ मात्र अङ्ग्रेजी आइपिएद्वारा उच्चारण हुन्छ बाँकी रहेका देशहरूमा ति देशकै मौलिक भाषाहरूमा उच्चारण हुन्छ। तपाईले चकलेटको उदाहरण दिनु भएको रहेछ तर गलत रूपम। ल यसलाई उच्चारण गर्नुहोस् [१], [२]। तपाईको अनुसार अङ्ग्रेजीलाई आधिकारिक रूपमा लिइयो भने यसको उच्चारण चकलेट भ्यालोर र इल चकलेट हुन्थ्यो होला र यस्तो हुँदैन ती दुई शीर्षकहरू स्पेन देशका हुन् त्यसकारण यसको उच्चारण पनि स्पेनीमै हुन्छ (चोकोलाते बालोर र एल चोकोलाते) न कि अङ्ग्रेजी। [३], [४], [५], [६] यी शीर्षकहरू उच्चारण गर्नुह्। मलाई लाग्दैन कि तपाई यी शीर्षकलाई अङ्ग्रेजी अनुसार उच्चारण गर्न सक्षम हुनुहुन्छ। मैले यो मात्र भन्ने खोजेको हो कि नेपाली विकिपिडियामा बनाइएका शीर्षकहरूमा लेखन भेद हुनु भएन। कहिलेपनि नसुनेको नदेखेकोलाई अङ्ग्रेजी आइपिए अनुसार उच्चारण गर्न त सम्भवनै छैन। त्यसकारण अङ्ग्रेजी अनुसार तय गर्न पर्छ भन्नुनै बेकार हो।-हिमाल सुबेदी (कुरा गर्ने) ०७:५७, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मलाई अन्य विकीको उदाहरण दिनु पर्दैन भाइ। नेपाली विकीको आफ्नो नियम छ र रहि रहनेछ। बङ्गाली भाषा अन्तर्राष्ट्रिय स्तरको भाषा भए प्रयोग गर्न मलाई आपत्ति छैन। El को नेपाली उच्चारण एल नै हुन्छ Il चाहिँ इल हुन्छ। कुतर्क गरेर समय बर्बाद नबनाउ। यहाँ लेखेर समय किन बर्बाद गर्छौ? नयाँ पृष्ठ बनाउ। अर्को कुरा, कम्पनी तथा मानिसका लेख बनाउने जिम्मा लिएका मानिस हुन्छन् तिनले हामी जस्ता सोझालाई काम लाएर पैसा खाने काम गर्छन्। विषेश गरी भारतीय तथा बङ्गालीहरूले त्यसो गर्छन्। नेपाली सामान्य मानिसलाई काम लाग्ने सामग्रीको खाँचो छ नेपालीमा त्यता लाग।-DULAL (मसँग कुरा गर्नुहोस्)०९:११, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यस छलफल म मेरो पक्षमा पार्ने उद्देशका साथ यहाँ लेखिरहेको छैन, म त यस कदमले भविष्यमा हुने सक्ने गम्भीर परिणामको बारेमा केही भन्दैछु। कृपया यस विषयलाई कहिल्यै पनि एकतर्फीबाट नसोचौँ
अप्रचलित शीर्षक विभिन्न प्रकारका अङ्ग्रेजी भाषाहरूबाट बेलायती अङ्ग्रेजी अनुसार गर्नुपर्छ भन्ने मत प्राप्त भएको छ, जसमा मेरो दुरगामी धारण यस्तो छ।
१) अङ्ग्रेजी धेरै जसो मुलुकमा दोस्रो वा पहिलो भाषाको रूपमा पढाई हुन्छ। तर यसको अर्थ यो होइन कि सबैले जहाँ पनि यसको अनुसरण गर्नु पर्छ। किनकि, मानम हामीले यहाँ अङ्ग्रेजी उच्चारण मानक रूपमा लियौँ र यसको अनुसरण गर्यौँ भने अङ्ग्रेजी बाहेकका विदेशी भाषाहरूले समेत अङ्ग्रेजीको अनुसरण नगर्लान् भन्न सकिन्न। उदाहरणको लागि राजधानी काठमाडौँको शीर्षक हिन्दीमा हेर्नुहोस् त्यहाँ अङ्ग्रेजी अनुसार शीर्षक तय गरिएको छ, देवनागरी भएपनि र देवनागरीमै लेखिने अन्य भाषाले यहाँको भाषाको पूर्ण उपेक्षा गरेका छन्, अङ्ग्रेजी उच्चारण अनुसार
२) हामीले कोही गैर अङ्ग्रेजी भाषी विदेशीहरूसँग कुरा गर्दा हाम्रो देशको नाम नेपाल भन्यौ भने उनीहरूले नेपाल भन्ने देश यस संसारमा नरहेको तर बेलायती अङ्ग्रेजी अनुसार निफोल चैँ रहेको मान्छन् र हामीले पनि निफोल भनेर देशको नाम परिवर्तन गरि बोल्नुपर्ने बाध्यता सृजना हुन्छ। र ipa-en:/ˌkætmænˈduː र ipa-ne:[ˈkaʈʰmaɳɖu] मध्ये अब ipa-ne को प्रयोग कहिल्यै पनि हुनेछैन। यस्तो भयो भने नेपाली भाषा कहाँ पुग्छ र के अस्तित्व बोक्छ?
३) उनीहरूले हाम्रो लिपि बुझ्दैनन् र जे लेख्दा पनि हुन्छ भन्ने पनि होइन, जस्तै बर्मेली लिपि हामी बुझ्दैनौँ र उनीहरूले हाम्रो देश सम्बन्धित सबै शीर्षकमा अङ्ग्रेजी लागू गरे भने उनीहरूले हामीलाई कहिल्यै पनि काठमाडौँ वा नेपाल वा नेपाली भनेर त चिन्दैनन् बरू क्याट्म्यान्डु, निफोल र नेप्लिज भनेर त पक्कै पनि चिन्लान् यसले भाषिक स्थायीत्व माथि प्रहार गर्नुमा साथै अब कसैले पनि ipa-np वा File:np-panchthar.ogg यसको आवश्यकता अबको मिति देखि हुनेछैन र मान्छेले ipa-en, File:en-panchthar.ogg यस्तो खोज्न तर्फ अभिप्रेरित हुन्छन् र नेपाली भाषाको विश्वमा जे पहिचान बनिरहेको थियो त्यो समाप्त हुन्छ किनभने यसको थप आवश्यकता नत उच्चारण का लागि चाहिन्छ नत यस भाषाको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला हेरेर कुनै काम नै छ किनभने यस भन्दा अगाडि अङ्ग्रेजी हाम्रो भाषा माथि हावी भइसकेको हुनेछ र हामीले अन्य विकिपिडियालाई नेपाली भाषाको महत्त्व बुझाए पनि यो असफल हुन जान्छ, किनभने अङ्ग्रेजी उच्चारण निति सबै विकिपिडियाहरूले लागू गरिसकेका हुनेछन्। उदाहरणका लागि अब कसैले पनि सगरमाथा भनेर चिन्दैनन् माउन्टे एभरेस्ट नै भनेका छन् अन्य विकिपिडियाले, यस्तो सबै नेपाल सम्बन्धित विषयमा भयो भयो?
४) प्रचलित विषय त सर्वमान्य छ, त्यही लेखिनु पर्छ र हाम्रो त्यस सम्बन्धित निति समेत छ। तर अप्रचलित सबै विषयलाई अन्य सबै विकिपिडियाले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला मान्दै समस्या सुल्झाएका छन्, यो यहाँ पनि अप्रचलित शीर्षकमा लागू गरे समस्या सुल्झिन्छ कि? यस विषयमा अध्ययन गरेर टिप्पणी गर्नुहोला।
५) सबै भाषाले अप्रचलित विषयमा अङ्ग्रेजी लागू गर्छन् भने, हाम्रो अर्घाखाँची जिल्लाको फ्रान्सेली, जर्मनेलीमा कहिल्यै पनि समाचार छैन, अब यस्तो अवस्थामा यो त्यहाँ पुरै अप्रचलित शीर्षक बन्न पुग्छ र हाम्रो जिल्लाको नाम समेत यार्घखान्ची/अर्घाखान्ची अाथवा अन्य कुनै हुनेछ, किनभने मानिसहरूले भुँडीपुराण प्रकाशन bhundipuran भुन्डिपुरान/भुन्डीपुरन पब्लिकेसन्स भन्न थाल्ने छन् र हाम्रो भाषाको काहीँ पनि उपयोग हुनेछैन, नत शीर्षकका लागि नत अन्य कुनै प्रायोजनका लागि। गैर अङ्ग्रेजी भाषा उच्चारणका लागि धेरै वर्ष अगाडि देखि हामीले हाम्रो देशको सम्पूर्ण जिल्ला र धेरै ठाउँहरूको उच्चारण कमन्समा हालेका छौँ ताकी सबै विकिपिडिया र प्रयोगकर्ताले सही शीर्षक छान्न सकुन भन्ने महान उद्देशका साथ, तर अन्य विकिपिडियाले हामीले गरेको जस्तो कदम चाले भने अब ती कमन्समा हामीले मेहनत गरेर भरेको उच्चारणको काम लाग्ने छैन, र त्यो कतै पनि प्रयोग हुने छैन र यस उच्चारण प्रति बरू वितृष्णा झल्कने छ र अन्य विकिपिडियाहरूले अनुमानको आधारमा शीर्षक तय गर्न खोज्नेछन्, जस्तै महोत्तरी महोट्ट्यारी बन्नेछ, र अरू तमान विषयहरू पनि यस अनुसार परिवर्तन हुनेछन्।
६) अङ्ग्रेजीमा त वर्ण नहुने हुँदा जताततै ट भेनिन्छ, तर ट वर्ण नभएकाले केही हदसम्म शीर्षक मिलाउलान्, तर ट वर्ण हुने भाषाहरूले अब पुन: त लाई अङ्ग्रेजीको आधारमा ट भन्न थाल्नेछन्, जस्तै अब, तानसेनको उच्चारण Tansen ट्यानसेनमा परिवर्तन हुनेछ, Saptari स्यापट्यारी, parbat पर्ब्याट/प्यार्ब्याट कुनै मा उच्चारण परिवर्तन हुनेछ।
हामीले नेवारी भनेर भनिरहेका छौँ तर यो शब्दलाई अङ्ग्रेजीले पूर्णरूपमा अस्वीकार गर्छ, र अन्यले यही मान्छन् भने यो नेपाली शब्द अब परिवर्तन हुँदै अब (English: /niːˈwɑːr/) निवारीको रूपमा परिवर्तन भइसकेको छ, अब पालो हाम्रो हो पूर्णरूपमा अङ्ग्रेजीकृत हुने यदी यस्तो स्वीकार्य छ भने। यदी नेपाली हुनुमा साच्चिकै गर्व महसुस हुन्छ भने हाम्रो नेपाली भाषालाई हामीले बचाउनु पर्छ। यस्तो नियम अन्य विकिपिडियामा लगाउनु कत्तिपनि नहुने भनेर सम्झाउनु पर्छ, बल्ल हामी आफ्नो भाषाको रक्षक बन्ने छौँ, होइन भने हामी बोल्दा मात्र नेपाली अरू विदेशी बन्नेमा दुई मत छैन।
यदी हामीले अन्य भाषाको सम्मान गर्यौ भने हाम्रो भाषालाई पनि उनीहरूले सम्मान गर्नेछन्, यदी हामीले गरेनौ भने उनीहरूले पनि हाम्रो भाषालाई सम्मान गर्ने छैनन्। हाम्रो कदमले गर्दा हाम्रै भाषा नेपाली माथि प्रहार हुने सम्भावनालाई मध्यनजर गर्दै मैले यहाँ केही कुरा लेखेको छु, यसमा पूर्ण अध्ययन गरेर निष्कर्ष निकाल्नुहोला। पर्वत सुबेदी (कुरा गर्ने) १५:४७, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘
@पर्वत सुबेदी: ज्यू, यहाँले नेपालसँग सम्बन्धित शीर्षकलाई उदाहरणको रूपमा पेश गर्नुभएको मैले बुझ्न सकिन। नेपालसँग सम्बन्धित शीर्षक पहिचान गर्न हामिसँग पर्याप्त आधारहरू छन् त्यसैले
यू विकिपिडियामा ती शीर्षकहरू परिवर्तन हुने सम्भावना छैन। हाम्रो देशसँग सम्बन्धित विषयमा कुनै दुविधा देखिएमा यसरी वार्तालाप गरेर समाधान गर्न सकिन्छ। हामि विदेशी नाम भएका लेख शीर्षक समाधान गर्ने उपाय खोज्दैछौँ न कि विश्वमा बोलिने अन्य भाषाले हाम्रो शीर्षकलाई कसरी उच्चारण गर्छन् वा गर्नेछन् भनि छलफल गर्दैछौँ। उदाहरणको लागि अङ्ग्रेजीले विकिपिडियामा 'नामकरण दिशानिर्देश' अनुसार अन्य भाषाको शीर्षकलाई अङ्ग्रेजीकरण गरिन्छ। जहाँसम्म एकरुपताको कुरा छ त्यसको केही उदाहरण दिनु जरुरी छ- 'डोनाल्ड ब्रेडम्यान' (नेपाली), 'डॉन ब्रैडमैन' (हिन्दी), 'डोनाल्ड ब्र्याडम्यान' (बङ्गाली) त्यस्तै 'वसीम अक्रम' (नेपाली), 'वसीम अकरम' (हिन्दी), 'उयासिम आकराम' (बङ्गाली)। सबै भाषाको विकिपिडियाको आ-आफ्नो नीति र दिशानिर्देश छ र समुदायले सोहीअनुसार त्यसलाई पछ्याउने गरेका छन्। मूल भाषाको आइपिएलाई मान्यता दिइएको भए मैले प्रस्तुत गरेको उपरोक्त उदाहरणहरूमा सामनता हुनुपर्ने थियो तर त्यसो देखिएन। विकिपिडिया समुदायले विश्वव्यापी नीति बमोजिम लिखित दस्तावेज, पुस्तक, पत्र पत्रिका, प्रचलित र आमबोलीचालीमा स्थान पाइसकेका विदेशी नाम भएका शीर्षकको रूपमा स्थान दिइएको देखिन्छ। उदाहरणको रूपमा हाम्रो देशको राजधानी 'काठमाडौँ'को शीर्षक हिन्दी विकिपिडियामा 'काठमाण्डु' र बङ्गाली विकिपिडियामा 'काठमान्डू' हुनुको पछाडि एउटै कारण त्यस देशमा यो शीर्षकको लोकप्रियता हो। 'नेवार' शब्दलाई यदि अङ्ग्रेजले 'निवार' उच्चारण गर्छन् भने त्यो तिनीहरूले आफ्नो सहजता अनुसार गरेको हुनुपर्ने होला न कि मूल उच्चारण अनुसार तर अङ्ग्रेजी विकिपिडियामा यसको शीर्षक 'Newar' नै छ किनभने प्रकाशित पुस्तक र अनलाइन मिडियामा यो शब्दको प्रयोग व्यापक छ। सगरमाथाको विषयमा यो लेख पढ्नुहोला। प्रस्तावित विषयलाई कसरी सहजतापूर्वक समाधान गर्न सकिन्छ त्यस सम्बन्धमा आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)१८:५२, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
बुँदा नं. १ मा भनेझैँ नेपाली बृहत् शब्दकोशमा शब्दलाई मानक मान्न कुनै अप्ठ्यारो छैन् तर कुनै नाम(विशेष गरी विदेशी)को हकमा प्रचलनमा रहेको शब्दलाई समेत आधार मान्नु पर्ने हुनसक्छ। कहिलेकाहीँ शब्दकोशमा अप्रचलित नामलाई समेटिएको तर प्रचलित नाम नसमेटिएको पनि पाइएको छ, यस्तो अवस्थामा शब्दकोलाई आधार मान्दा अप्रचलितले प्राथमिकता पाउने सम्भावना हुने हुनाले शब्दकोशलाई मानक मान्ने कुरालाई बाध्यकारी नबनाउँदा राम्रो होला। बुँदा नं. २ मा मेरो पूर्ण समर्थन समर्थन छ। बुँदा नं. ३ को कुरा गर्दा पूर्णतः सञ्चार माध्यममा मात्र भर नपरी विश्वसनीय र प्रचलित सञ्चार संस्थाको साथै अन्य पुस्तक तथा प्रकाशित सामग्रीहरूलाई समेत लेख शीर्षकको सन्दर्भको रूपमा प्रयोग गर्ने। बुँदा नं. ४ को विषयमा नेपाली भाषामा प्रचलनमा नआएका वा नरहेका नामको हकमा वर्तमान परिप्रेक्ष्यमा भाषागत रूपमा नेपालीभाषीको पहुँच नेपाली भाषा पश्चात् अङ्ग्रेजी भाषामा हुने हुँदा लेख खोजी गर्दा समेत अङ्ग्रेजी नामको आधारमा खोजी गरिने भएकोले अङ्ग्रेजी नामको आधारमा नेपाली शीर्षक तय गर्न उपयुक्त हुन्छ। यदि अङ्ग्रेजी भाषामा सो नाम नभेटिएमा मूल भाषालाई आधार लिन सकिन्छ।--Nirajan pant (कुरा गर्ने) १९:४१, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
पहिलैदेखि चलनचल्तीमा रहेका शीर्षकहरूलाई फेर्न आवश्यक छैन जबसम्म त्यही व्यक्ति वा स्थानको गलत शीर्षक सञ्चार माध्यममा छापिँदैन। जबदेखि लेखन भेद हुन थाल्छ त्यसपछि आधिकारिक अनुसार गरिनु आत्यावश्यक हुन्छ। विप्लवदाईले राख्नु भएको टिप्पणीको म खण्डन गर्न चाहन्छु। सर्वप्रथम त उहाँले बाङ्लामा यो लेखिएको छ भनेर लेख्नु भएकै शीर्षक गलत छ। Donald Bradman लाई नेपालीहरूले उच्चारण गर्दा डोनाल्ड ब्याडम्यान भन्छन् जस्तै हामी मेसेन्जर पनि भन्दैनौँ म्यासेन्जरनौँ भन्छौँ किनभने अङ्ग्रेजी भाषा अध्ययनको सुरुवाती चरण हुन् यी, तर जब अधवको कुरा आउँछ त यी शीर्षकहरू फेरिन्छन्। जहाँसम्म हिन्दी भाषाको कुरा छ त्यहाँ (मै) लाई मे भनेर उच्चारण गरिन्छ जसको अर्थ अस्ट्रेलिया खेलाडीको उच्चारण हिन्दी अनुसार बेडमेन, तर यस्तो किन हुन्छ भने त्यो भारतीय सरकारी नीतिका कारण गर्दा। वसीम अकरमको विषयमा हिन्दी विकिपिडियामा रहेको शीर्षक एकदमै सही छ तर नेपालीमा रहेको (वसीम अक्रम) गलत छ तर बाङ्लामा यो( उयासिम आकराम) लेखिएको छ भनेर देखाउनु भएको छ तर उदाहरणमानै शीर्षक गलत भयो यस विषयमा। आधिकारिक उर्दू अनुसार वसीम अकरम भएतापनि बाङ्लामा (ওয়াসিম আকরাম) वासीम आकराम लेखिएको छ। बाङ्लामा यस्तो किन हुन्छ भने बाङ्लादेशको भाषा सम्बन्धित निकै राम्रो छ। बाङ्लामा हामी शेर बहादुर देउवा भनेर पृष्ठ बनाउन पाउँदैनौँ किनभने सरकारी नीतिमै बाहादुर उल्लेख गरिएको छ न कि बहादुर। त्यस्तै गरि हामी हाल नेपालका अर्थमन्त्री युवराज खतिवडा सही शीर्षक हो भन्दैमा बाङ्लामा बनाउन पाउँदैनौँ किनभने बाङ्लामा जुवराज खतिवडा लेख्न पर्ने हुन्छ। कुरो आयो अकरमलाई किन आकराम लेखिएको छ भन्ने, बाङ्लादेशको सरकारी नीति अथवा बाङ्ला शब्दकोषमा अरबी भएपनि बाङ्लामा आरबी, अल्लाह भए पनि बाङ्लामा आल्लाह हुने गर्दछ भने विदेशी नामहरूको बाङ्लामा कसरी लेखिन्छन् भनेर मैले भने भन्दिखिन सबैलाई यस्तो पनि हुन्छ जस्तो लाग्न सक्छ, तर बाङ्लादेशको भाषा सम्बन्धित नीति निकै आधुनिक छ।-हिमाल सुबेदी (कुरा गर्ने) १९:५४, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मैले माथि भनिसके यसलाई कहिल्यै पनि एकपक्षीय तरिकाबाट नसोचौँ। यो विवाद मलाई अङ्ग्रेजी भाषा जान्नेहरूले सृजना गरेको भान भइरहेको छ, तर अङ्ग्रेजी भाषा विदेशमा पनि लागू छ, तर अप्रचलित शीर्षकमन कतैपनि अङ्ग्रेजी भाषा राखेका छैनन् तर जहाँतही अङ्ग्रेजी भाषा पढाई हुने भएता पनि यहाँ किन यति धेरै लगाव किन हो त्यो बुझ्न सकिएन। माथि विप्लव ज्युले, भनेको कुरा त्यहाँको प्रचलनको आधारमा तय भएको यो, म त्यो मान्छु तर कुनैपनि प्रचलित नभएका नेपाली शीर्षकहरू त अङ्ग्रेजीकृत हुनेछन्, अङ्ग्रेजी र अन्य भाषामा समेत, हाम्रो धेरै अप्रचलित शीर्षकहरू परिणत हुनेछन् जसमा Tansen (ट्यानसेन) मलाई लाग्दैन की यो विषय कहिल्यै पनि क्रोएसियाली, बोस्नियाली, अरबी लगायतका भाषाहरूमा प्रकाशित हुन्छ। अब अप्रचलित नेपाली शीर्षक परिवर्तन हुन्छ भने हामीलाई कस्तो महसुस हुन्छ, भाषामाथि गरिने शोषण भन्छु म यसलाई। उदाहरणका लागि हामी कसैको नाम अप्रचलित विषय हो, र यो हाम्रो नामक उच्चारण अङ्ग्रेजीसँग दुरुस्त कहिल्यै मिल्दैन। हामीले यसरी एकतर्फी सोच राखेर, अरूको भाषामा अङ्ग्रेजी लगाउँछौँ भने अरूले पनि त हाम्रो भाषामा अङ्ग्रेजी लगाउँछन्। यसरी भाषाको चरम हत्या हुन्छ अन्य भाषामा एकदमै नामै नचलेका अर्घाखाँची, महोत्तरी, दार्चुला आदि इत्यादी विषय परिवर्तन हुन्छ र हामीले मेहनत गरेर कमन्समा हालेको हाम्रो उच्चारणको कुनै काम नै छैन, किनभने यो अप्रचलित विषय हो, यसको उच्चारण अङ्ग्रेजी अनुसार गरिन्छ जुन मुल भाषासँग पटक्कै मेल खाँदैन, यसरी हामीले अर्को भाषालाई त दण्ड दिन्छौँ दिन्छौँ हाम्रो भाषालाई समेत दण्डित हुनबाट बचाउन सक्दैनौँ। धेरै विकिपिडियामा कुनै लेख शीर्षकलाई मुल उच्चारणको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला दिइनुको एकमात्र अर्थ भनेको उच्चारण गलन नहोस् भनेर हो तर हामीले छानिछानी उच्चारण गलत गर्छौँ जुन विकिपिडियाकै नियम विपरीत हो। र यसले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाको काम अब नेपालीमा काम लाग्दैन किनभने यो अनावश्यक हो। धेरै शीर्षकहरू मुल उच्चारण अनुसार यहाँ लागू गरिएको छ, तर अहिले किन परिवर्तन गरिने भनिएको हो यो बुझिएन,। उदाहरण सान होसे (अङ्ग्रेजी स्यान जोजे, होजे, वा अन्य कुनै), लोत्ता सिलिन,
नेपाल वृहत् शब्दकोश नेपालको एक मात्र भाषा सम्बन्धित नीति बनाउने संस्था भएकाले यसमा मेरो पूर्ण समर्थन छ। तर पहिलेदखिनै चलिआएका नामहरूको खण्डमा चाँही नेबृशको शब्दलाई देखाएर प्रचलित शब्दलाई अनुप्रेषण गर्न सकिन्छ जसले गर्दा पाठकहरू शीर्षक बारे झुक्किदैनन्।
बुँदा २ - चलनचल्तीमा समर्थन
बुँदा दुईमा लेखिएको अनुसारनै चलनचल्तीलाई म पनि समर्थन गर्छु तर यदि त्यस एउटै विषयको विभिन्न सञ्चार माध्यममा फरकफरक नाम लेखिएको छ भने त्यसलाई लेखन भेद मानि आधिकारिक IPA अनुसार लेख्दा शीर्षकमा भेद पर्ने समस्या हराउँछ र लेखन भेद भएको खण्डमा आधिकारिक IPA बाटनै शीर्षक निर्धारण गर्नुपर्छ।
बुँदा ३ - वेबसाइट असमर्थन
हिमाल जी र पर्वत जीले भने अनुसार नेपाली सञ्चार माध्यमहरूमा एउटै व्यक्तिको थुप्रै नामहरू छापिएका छन् जुन मैले पनि सर्च गर्दा फेला पारेको थिएँ। नेपालमा मानक भनिएका सरकारी वेबसाइटहरूको स्थिति हेर्दा ती वेबसाइटहरूमा भर पर्ने आधारनै छैन। विदेशी शीर्षकको तुलनामा भने एकदमै कम सहि शीर्षक वेबसाइटहरूले छाप्ने गर्छन्।
बुँदा ४ - IPA मूलमा समर्थन
यस विवादको मुख्य विषय सायद यही नै हो। मैले स्रोतको रूपमा हेर्ने भनेको अङ्ग्रेजी भाषालाई हो तर जहाँसम्म मैले थाहा पाएको छु। अङ्ग्रेजी बोलिने ठाउँहरूको (युके, अमेरिका, अस्ट्रेलिया, आदि) शीर्षक मात्र अङ्ग्रेजीमा उच्चारित हुन्छ। स्पेनी, स्विस र युरोप महादेशमा पर्ने देशहरूका भाषाहरू देश अनुसार फरक छ। तसर्थ एउटै लेखिएको लिपीमा पनि फरक भाषामा फरक उच्चारण आउँछ र हामी हामीलाई सजिलो होस् भनेर सबै शीर्षकहरूमा अङ्ग्रेजीको उच्चारण राख्न सक्दैनौँ किनभने भाषा अनुसारको उच्चारणनै मानक हुन्। हामी अरु भाषा जान्दैनौँ त्यसैले हाम्री कुनै नयाँ नाम देख्ने वित्तिकै अङ्ग्रेजीमै उच्चारण गर्न खोज्छौँ तर सही शीर्षक त्यो उच्चारण भन्दा निकै फरक हुन्छ। त्यसैले पहिनेदेखिनै चलिआएका शीर्षकहरू बाहेक नयाँ शीर्षकहरूका लागि म मूल IPA मा समर्थन गर्छु।- Saroj Uprety (कुरा गर्ने) ११:१५, २३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नेपाली वृहत् शब्दकोशको कुरा गर्ने हो भने त्यहाँ यस्ता कयौँ विषयहरू छन् जसलाई हामी अहिलेसम्म विकिपिडियामा ल्याउन सकिरहेका छैनौं। कुनै पनि विषयमा लेख बनाइनु भन्दा पहिला सधैं सबैभन्दा पहिला नेपाली वृहत् शब्दकोशमा शीर्षक छ कि छैन थाहन पाउन पर्छ जसले गर्दा सही शीर्षक विकिपिडियामा आउन सक्छ। लेख सम्बन्धित नीतिमा नेपाली वृहत् शब्दकोशमा उल्लेख गरिएको विषयलाईनै आधार बनाएर अघि बढ्नु पर्छ त्यसैले म नेपाली वृहत् शब्दकोश अनुसार जान्छु र यसको समर्थन गर्छु। नेपाली सञ्चार माध्यमहरूले पहिलेदेखिनै छाप्दै आएका तथा हाम्रो पाठ्यपुस्तकमा लेखिएका विदेशी शीर्षकहरू गलतनै भएपनि खासै परिवर्तन भएको पाइँदैन। त्यसैले म चलनचल्तीमा रहेकन विषयहरूलाई यथावत राख्न पर्छ भन्नेमा समर्थन गर्छु हालसालै देखि वेबसाइटमा छापिएका तथा पाठ्यपुस्तकमा नभएका विषयहरूमा भने सही यही हो भनेर भन्न चाँही सकिँदैन किनभने सरोज जीले भनेको जस्तै एउटै मान्छेको विभिन्न वेबसाइटहरूमा फरकफरक नामहरू मैले पनि भेटाएको छु र त्यसलाई समाधान गर्न मूल आइपिएकै सहयोग चाहिन्छ। नेपालका थुप्रै वेबसाइटहरू यस्ता छन् जसले समाजिक सञ्जालहरूमा (मुख्यतया फेसबुक र ट्विटर) नीलो सही छापा प्राप्त गरेका छन् जसको मतलब ती सबै वेबसाइटहरू नेपालका आधिकारिक वेबसाइट हुन् जस्ते: अनलाइन खबर, बिबिसी नेपाली, रातो पाटी, सेतो पाटी, कान्तिपुर, उज्यालो अनलाइन, अन्नपूर्ण पोष्ट, थाहा खबर, नागरिक न्युज आदि लगभग २० भन्दा बढी छन् भने ती वेबसाइटहरू नेपालमा खुबै प्रयोग गरिएका वेबसाइटहरू मध्ये पनि पर्दछन्। तर सबै वेबसाइटहरूले नीलो सही छाप प्राप्त गरिसकेपछि ती वेबसाइटहरू बीचको तालमेल निकै खराब छ भने सबै अरू भन्दा उत्कृष्ट हुन चाहन्छन् जसले गर्दा एउटै मान्छेको लेखमा पनि सबै वेबसाइटहरू आआफ्नो तरिकाले शीर्षक चयन गरिरहेको उदाहरण यहाँ प्रशस्तै छन्। त्यसैले कुनैपनि नयाँ शीर्षक बनाउँदा वेबसाइटअरूमा भर पर्न सकिने अवस्था छैन। मूल आइपिए अनुसार जने कि आधिकारिक आइपिएसँग जाने भन्ने विषय माथि पहिला पनि छलफल भएको थियो तर मुख्य समस्याको समाधान नभएसम्म यो विषय सधैं भरि चर्चाको विषय बन्न सक्छ। मैले हिमाल जीले बनाउनु भएको दाभी लुइस् नामक एब फुटबल खेलाडीको नाम डेभिड लुइसमा सारेको थिएँ तर त्यसको केही दिन पछि फेरी पर्वत जीले त्यसलाई दाभी लुइसमा सार्नु भएको थियो जुन मलाई अचम्म लागेको विषय थियो। हामी David लाई डेभिडनै पढ्छौं तर यहाँ दाभी बनाइएको छ। यही विषयमा हिमाल जीले मलाई केही दिन अघि सम्पर्क गरि यस्तो किन भने र कसरी शीर्षक परिवर्तन भयो भन्ने कुराको प्रमाण सहित स्पष्टीकरण दिनुभएको थियो, वास्तवमा भन्नु पर्दा म एक भ्रममा रहेछु। हामी हर कुनै विषयलाई पनि अङ्ग्रेजीसँग जोडेर उच्चारण गर्ने प्रयास गर्छौं चाहे ती विषयहरू हामीले पहिलोपटक देखेकानै किन नहुन्। मलाई अरु भाषाको ज्ञान छैन अङ्ग्रेजी बाहेक त्यसैले मैले उक्त फुटबल खेलाडीको नाम अङ्ग्रेजी अनुसार त सही शीर्षकमा सारेको थिएँ तर उनी ब्राजिलका हुन् जहाँको भाषा अङ्ग्रेजी हैन। हामी नयाँ हुन् वा पुराना सबैलाई अङ्ग्रेजी अनुसार पढ्न बाध्य छौं किनभने यहाँ अङ्ग्रेजी पढाइ हुन्छ र खासगरि अरू भाषाहरू पनि अङ्ग्रेजी भाषामा प्रयोग हुने लिपीमा लेखिन्छ जसले म मात्र हैन थुप्रै मान्छेहरू अहिलेसम्म पनि भ्रमित छन्, नेपाली सञ्चार माध्यमहरू पनि। हामी आधिकारिक आइपिएलाई मान्यता दिएर यो लेख विवाद मात्र टुङ्गाउन खोजी रहेका छैनौं यो त सबैलाई एउटा मार्गदर्शन पनि हो। नेपाली सञ्चार माध्यमका लेखकहरू पनि हामी जस्तै हुन् उनीहरूले विकिपिडियालाई पनि स्रोतको रूपमा लिन सक्छन् भने हाम्रोमै गलत शीर्षक छ भने सबैमा नकारात्मक असर पर्न जान्छ। हामी जुन तरिकाले पढिरहेका छौं त्यो तरिका मात्र अङ्ग्रेजीमा लागु हुन्छ न कि संसारका सबै भाषामा। अब यो यथास्थितिवादी सोचलाई हटाएर नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ जसका लागि सही शीर्षकको छनोट हुनु अपरिहार्य छ। आधिकारिक आइपिएलाई मान्यता दिएर अगाडि बढियो भने यस्ता शीर्षक सम्बन्धित विवादहरू भविष्यमा उनैदिन पनि आउन सक्दैन तर अङ्ग्रेजी अनुसार तय गरिएका शीर्षकहरूमा धेरै जनाले आवाज उठाउँछ् त्योपनि ठोस सबुतहरूको साथ। त्यसैले आधिकारिक आइपिए लागु पर्नुको कुनैपनि नकारात्मक असर त हुँदै हुँदै भने यसले भविष्यमा भाषा सुधारका लागि सबैमा राम्रो मार्गदर्शन पनि गर्न सक्छ। त्यसैले आधिकारिक आइपिएलाई मान्यता दिनु पर्छ।-Bhupendra Shrestha (कुरा गर्ने) १३:१३, २६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नेपाली विकिपिडियामा लेख शीर्षक सम्बन्धी यसरि छलफल चलाउनु भएकोमा सर्वप्रथम त बिप्लब आनन्द ज्यूलाई धन्यवाद छ।
नेपाली बृहत् शब्दकोशमा रहेको शब्दलाई मानक मानिनेछ।
केहि विदेशी नामको हकमा बाहेक नेपाली बृहत् शब्दकोशलाई मानक रुपमा मान्न सकिन्छ।
प्रचलित नामलाई प्राथमिकता दिनुपर्दछ।
यसमा मेरो समर्थन छ।
नेपाली सञ्चार माध्यमलाई स्रोत सामग्रीको रूपमा प्रयोग गरिएतापनि लेख शीर्षकको लागि भर पर्न सकिने स्थिति नरहेको देखिन्छ तथापि गोरखापत्र र कान्तिपुर अनलाइन मिडियालाई शीर्षक तय गर्न केही हदसम्म मद्दत गर्ने भएकोले यसलाई स्थान दिने कि?
लेख शीर्षकको लागि पूर्णरुमा कुनै एक सञ्चार माध्यममा भरपर्न सकिने अवस्था छैन्। त्यसैले नेपाल सरकारका द्वारा प्रकाशित सामग्रीहरू तथा पुस्तकहरू, नेपाली सरकारी लिखत दस्तावेज, अन्य विश्वसनीय सञ्चार संस्थालाई समेत लेख शीर्षकको सन्दर्भको रूपमा प्रयोग गर्न सकिन्छ।
अप्रचलित नामलाई अङ्ग्रेजी आइपिए अनुसार तय गर्ने कि मूल नामको आइपिए अनुसार?
यो विषयमा अन्य विकिपिडियामा रहेको प्रचलन तथा उनीहरूको प्रयोग विधिलाई पनि हेर्न सकिन्छ। साथै यसको नेपाली भाषामा पर्ने दुरगामी असरलाई समेत मध्यनजर गर्दै नेपालमा भाषा सम्बन्धी अनुसन्धान र विकासमा कार्यरत संस्था जस्तै नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय वा अन्य जानकार ब्याक्तीहरू संग पनि सर-सल्लाह लिन सकिने छ।--Janak Bhatta (कुरा गर्ने) १०:५६, २७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
लेखको शिर्षक सम्बन्धमा नेपाली विकिपिडियामा भई रहेको विवादको समाधानको लागि विपल्पजीबाट प्रस्ताव गर्नु भएको धन्यवाद व्यक्त गर्न चाहन्छु तथा यस सम्बनध्मा मेरो मत देहाय बमोजिमको रहेको छः
* प्रस्ताव नम्बर १ को सम्बन्धमा नेपाली बृहत् शब्दकोशलाई मानक मान्नेलाई समर्थन ।
* प्रस्ताव नम्बर २ मा नेपाली विकिपिडियाका लेखहरूको शिर्षक चयन गर्दा पाठकहरूलाई पृष्ठ खोजमा सहज हुने दृष्टिकोण तथा लेखको सहज पहुँचको लागी प्रचलित नामलाई प्राथमिकता दिनु पर्नेमा समर्थन ।
* प्रस्ताव नम्बर ३ मा लेखको पृष्ठको नामका लागी सरकारी दस्तावेजमा उल्लेख भए सोही अनुसार तर सरकारी दस्तावेजहरूमा उल्लेख नभएको अवस्थामा प्रचलित नामको लागी प्रमुख सञ्चार माध्यममा प्रयोग भएको शब्दलाई आधार लिनु पर्ने ।
* प्रस्ताव नम्बर ४ मा अङ्ग्रेजी आइपिएलाई आधार लिनेमा समर्थन । nShrestha २१:३४, २८ जुलाई २०२० (नेपाली समय)
सर्वप्रथम त सबैले विचार राख्दिनु भएकोमा धन्यवाद छ तर बुँदा नम्बर ४ को अप्रचलित शीर्षकलाई अङ्ग्रेजी अनुसार गर्नु पर्छ भन्न् विषयमा मसँग एकदमै गम्भीर प्रश्नहरू छन्:
१) अप्रचलित विषयहरूलाई खोज गरेर निकाल्नु पर्छ र सही शीर्षक त थाह कसैलाई पनि हुँदैन किनभने कहिल्यै पनि नाम नसुनेको हुनाले। (उदाहरण माली देशको राजधानीका नगर प्रमुख विद्यासुन्दर शाक्य जस्तै)। यस्तो विषयमा अङ्ग्रेजी अनुसार गर्दा मुल भाषा के हो भन्ने बारे जानकारी त पटक्कै हुँदैन् त्यसमाथि पनि त्यहाँको प्रचलित शीर्षक फेरिन जान्छ र यदी अङ्ग्रेजी उच्चारण दिइएको छैन र मुल भाषाकै उच्चारण दिइएको छैन भने यस्तो अवस्थामा के गर्ने?
३) कुनै पनि यहाँ अप्रचलित विषय प्रति अङ्ग्रेजीमा कुनै समाचार बनेको छैन भने कसरी सही शीर्षक निस्कन्छ?
४) नेपाली शीर्षक सम्बन्धित कमन्समा विभिन्न जिल्ला तथा नामको उच्चारण दिइएको छ, यसको तात्पर्य के हो र यसले के काम गर्दछ अन्य नेपाली भाषा नबुझ्ने र नजान्ने विकिपिडियामा?
६) हजारौँ विषयमा अङ्ग्रेजी नदिई कन मुल अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला दिनुको उद्देश के हो? Pokhara लाई यसरी पनि पढ्न सक्छन् अन्य नेपाली भाषाको नबुझ्नेहरूले, Pok = पोक, ha = ह, ra=रा, यसरी पोकहरा पनि हुन सक्ने भयो तर यहाँ [ˈpokʰʌra] दिनु को अर्थ के हुन जान्छ?
७) अङ्ग्रेजी विकिपिडियामा हाल सम्म नबनेका शीर्षकहरूको शीर्षक कसरी निर्धारण गरिन्छ, उदाहरण यो, यो, यो जस्ता अन्य हजारौँको शीर्षक कसरी तय गर्न?
८) अङ्ग्रेजीले समेट्न नसकेको उच्चारणको प्रयोग हामीले गर्ने कि कहिल्यै पनि नगर्ने उदाहरण त वर्ण?
९) अङ्ग्रेजीको विभिन्न स्वरूप र उच्चारणमा के आधारमा कसलाई आधिकारिक र किन मान्न जरुरी छ?
१०) हाम्रो नेपाली शीर्षक माथि पनि अन्य गैर अङ्ग्रेजीले अङ्ग्रेजी भाषा लगाएको अवस्थामा हामीले कस्तो कदम चाल्न सक्छौँ जसमा कमन्स र नेपाली भाषाको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाले भूमिका खेल्न सक्छ?
११) हाम्रो शीर्षक माथि वर्ण हुने भाषाहरूले पनि अङ्ग्रेजी अनुसार उच्चारण गरे भने यसबाट हामीले के पाठ सिक्नु जरुरी हुन्छ?
१२) हाल सम्म अङ्ग्रेजीमा देखा नपरेका शीर्षक हामीले के आधारमा कसरी सृजना गर्ने र कुनलाई मानक मान्ने?
१३)मुल भाषा अनुसार नेपाली विकिपिडियामा सृजना भएका पृष्ठहरूको नाम अब के हुन्छ, फेरिन्छ कि फेरिन्न? (उदाहरण यो
१४) हामीले आफ्नो शीर्षकको सही उच्चारण अरू समक्ष पुर्याउनका लागि कमन्स हालेका उच्चारण र उनीहरूले पनि हामीले जस्तै गरेको कार्यमा के समानता छ र यसको महत्त्व के हो र हालसम्म यसले के गर्दै आइरहेको छ?
१५)अङ्ग्रेजीमा हालसम्म देखा नपरेको शीर्षक सृजना त्यही भाषामा हुन्छ भने यस्तो अवस्थामा यसको सही शीर्षक के हुन्छ?
१६) यस्ता अप्रचलित दक्षिण एसियाली विषयको शीर्षक कस्तो हुन्छ? (Chirirbandar = अङ्ग्रेजी अनुसार चिरिरब्यान्ड्यार??)
१७)यो लगायत यस्ता विषयको शीर्षक अब के शीर्षक राखेर परिवर्तन हुने भयो?
पर्वत सुबेदी (कुरा गर्ने) २२:४८, २८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
शब्दको उत्पति, त्यसको बिभिन्न भाषामा उच्चारण, त्यो चिजको उत्पति जस्ता लफडामा नपर्नु राम्रो हुन्छ। नेपाली भाषासम्बन्धी निकाय- प्रज्ञा प्रतिष्ठानले विदेशी नामलाई नेपालीकरण कसरी गर्ने भन्ने आधिकारिक नीति नबनाएसम्म हाल यस नेपाली विकिपिडियामा रहे भएका लेख शीर्षक पाठकलाई सहजतालाई ध्यानमा राखेर लेख्नुपर्छ। विकिपिडियाको एउटा नियम छ, मूलअनुसन्धानमा लेख निषेध, त्यसैले आफै भाषाविद्, अन्वेषक र इतिहासकार बन्नुको साटो जे मान्छेले खोज्छन् वा जुन शीर्षक अधिक प्रयोगमा छ त्यो प्रयोग गर्नु राम्रो हुन्छ। यदि त्यो शब्द नेपाली सन्दर्भ स्रोतमा (अनलाइन, पुस्तक, प्रमाणित शोध, सरकारी दस्तावेज) छैन भने ब्रिटिस अङ्ग्रेजी आइपिए प्रयोग गर्न सकिन्छ। अति अप्रचलित रहेको शीर्षक जसको अङ्ग्रेजीमा समेत आइपिए फेला नपरेको खण्डमा सम्पादनकर्ता स्वयं आफ्नु विवेक प्रयोग गरेर शीर्षक तय गर्न सक्ने बनाउँदा ठीक हुन्छ।-BRP ever १८:४१, १ अगस्त २०२० (नेपाली समय)
BRPever खास गरि समस्या आएको भनेकै गैरअङ्ग्रेजी भाषी शीर्षकहरूमा, अङ्ग्रेजी भाषा सम्बन्धित लेखहरूको शीर्षक नेपाली विकिपिडियामा सहिनै छ। यस छलफलको चुरो कुरो भनेको गैर अङ्ग्रेजी भाषी नामको कसरी सहि शीर्षक तय गर्ने भन्ने हो। अरूमा विषयमा लगभग सबैको सहमतनै छ केही बुँदाहरू बाहेक। खास गरि अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत लेखक, पत्रिकामा कार्यरत लेखहरूले आफूले आफूलाई सबै जानेको र बुझेको भाषाविद् र इतिहासकारनै ठान्छन् त्यसकारण एउटै मान्छेको ११ फरक फरक नाम फेला पर्दछन् (बेल्जियम राष्ट्रिय फुटबल टोलीका गोलरक्षक)। भाषाविद् नठानेर अरूले जे लेखेका छन् त्यही लेख्दै आएको भए सायदनै यस्तो विवाद हुन्थ्यो होला तर बिडम्बना सबै पत्रपत्रिका र सञ्चार माध्यमहरूको यस्तो कार्यको असर परिरहेको छ हामी माथि। यसलाई मात्र एक कुराले मात्र सहि दिशानिर्देश गर्न सक्छ त्यो भनेको आधिकारिक आइपिए वा आधिकारिक उच्चारणले। अङ्ग्रेजी आइपिए र उच्चारणको पछिलाग्दा एउटै मान्छेको ११ थरि शीर्षक निस्किन्छ भने त्यसैलाई अनुसरण गर्नु कति उचित छ आफै ख्याल गर्नु। सबैले आआफैले उच्चारण गरेका कारणनै हो यस शीर्षक विवाद हुनुको। हामीले अङ्ग्रेजी आइपिए हेरेर सहप भन्दै आएको शीर्षकमा भोली कसैन कसैले त गलत छ भनेर छाड्छ तर आधिकारिक उच्चारण माथि कसैले पनि केही भन्ने ठाउँ हुँदैन यदि भनिहालेपनि नबुझेकाले भन्छन्। यहाँ आधिकारिक नीति बनाउनका लागिनै छलफल भएको हो, नबन्दासम्म त विवादनै छ।- हिमाल सुबेदी (कुरा गर्ने) १९:१८, १ अगस्त २०२० (नेपाली समय)
म BRPever ब्रोको टिप्पणीसँग सहमत छु। नेपालमा व्यक्तिहरू अङ्ग्रेजी शीर्षकको साथ व्यक्तित्व खोज्छन् क्षेत्रीय शीर्षकसँग होइन। म, आफैं पनि त्यसो गर्छु। मलाई लाग्छ कि हामीले यस अवस्थामा एउटा सही नाम प्रयोग गर्नुपर्नेछ र अन्य सबै नामलाई मुख्य आर्टिकलमा पुन: र्निर्देशित गर्नुपर्दछ। यसले कुनै शीर्षकलाई नोक्सान गर्दैन, किनकि सबै मुख्य लेख पुन: निर्देशित हुनेछन्। यस विषयमा अब अराजकता सिर्जना नगरौं।--Saroj Uprety (कुरा गर्ने) १९:४६, १ अगस्त २०२० (नेपाली समय)
यो गहिरो र संवेदनशील विषयहो तर यहाँ कुराहरू सतहीरूपमा मात्र भएको जस्तो लाग्यो। कतिपय कुरामा लेख्यात्मक र ध्वन्यात्मकतामा प्राय मानिसहरू स्पष्ट हुनुहुन्न जस्तो लाग्दछ। नेपाली भाषा जस्तो हरेक भाषाको लेख्यात्मक र ध्वन्यात्मक एकरूपता नहुन पनि सक्छ। कुनै शब्दको लेख्यात्मकरूप र अनुवादको लागि हामीले निम्न कुरामा ध्यान दिनै पर्छ।
उक्त शब्द नेपाली चलचल्तीमा रहेको नरहेको, पहिले देखि नै प्रयोगमा रहेको भए त्यसलाई खलल पुग्नु भएन।
नेपाली भाषाको मौलिकतालाई ध्यान दिनु जरुरी छ, नेपाली भाषाको आगन्तुक शब्द लिने आफ्नै तरिका छ, नेपाली लवज (Phoneme Set) मिल्दो हुनुपर्दछ,
संस्कृत शब्दहरू पनि तद्भव शब्दको रूपमा आगो (अग्नि), पिचास ( पिशाच), पुर्ने (पूर्णिमा) भएर आउने र तत्सम बाहेका शब्दहरू नेपालीमा सरलिकरण भएर नेपाली लवज अनुसार हुनेहुँदा सरलिकरण गरिनु पर्दछ।
अङ्ग्रेजी शब्दहरू जस्तै गिलास (Glass), रिजाप (Reserve), रसिद (Receipt)नेपालीमा नेपाली लवज अनुसार सरलिकरण गरिनु पर्दछ (अपवाद: प्राविधिक शब्दहरू, विज्ञान र प्रविधि)।
उक्त शब्द संस्कृत र निकटवर्ति भाषामा रहेको नरहेको र कुन रूपमा प्रचलमा रहेको हेरिनु पर्दछ।
उक्त शब्दको अङ्ग्रेजी या कुनै विश्वभाषाका रूपमा परिचित ( फ्रान्सेली, जर्मन, स्पेनी, जापानी) भाषामा रहेको लेख्यात्मक र ध्वन्यात्मक रूपलाई हेरिनु पर्दछ।
उक्त शब्दको मूल भाषामा यसको प्रयोग र रूप र प्रयोग हेरिनु पर्दछ।
नेपालका आधिकारिक भाषिक र प्राज्ञिक निकायबाट प्रकाशित कागजातमा कुन रूपमा रहेको हेरिनु पर्दछ।
उस्तै प्रकारका शब्दहरू नेपालीमा कसरी प्रयोग भएका छन् त्यसको एकरूपतामा पनि ध्यान दिनु पर्छ। उस्तै दुईवटा शब्दहरूको लेख्य र उच्चारणीय रूप भिन्न हुनु भएन।
यदि कुनै पनि विवाद भएमा माथिका मापदण्डमा आधारित भएर प्रस्तावमा आएका विकल्पहरूको मूल्याङ्कन गरेर अधिकतम मापदण्डअनुसार मान्य हुने विकल्पलाई चुन्दा उचित हुनसक्छ भन्ने प्रस्ताव राख्न चाहन्छु।सरोज(Saroj) (कुरा गर्ने) १५:१०, ५ अगस्त २०२० (नेपाली समय)
सम्पूर्ण विकिपिडियन साथीहरूलाई यस महत्वपूर्ण छलफलमा आफ्नो मत र सुझाव राख्नुभएकोमा धन्यवाद दिन चाहन्छु। उपरोक्त छलफललाई बहुमतको आधारमा सुधार सहितको प्रस्ताव निम्न बमोजिम गरिएको सबैमा जानकारी गराउन चाहन्छु। तल उल्लेख गरिएको बुँदालाई क्रमश: आधार मानेर अब उपरान्त विदेशी नाम तथा शब्दहरूलाई तय गरिनेछ साथै पहिलेदेखि निर्मित विदेशी नाम तथा शब्द भएका लेखहरूको शीर्षक सुधार प्रस्ताव गर्दा समेत यहाँ उल्लेखित बुँदालाई आधार मान्नुपर्नेछ। कृपया तल उल्लेखित प्रस्तावमा टिप्पणी लेख्ने कार्य नगरि आफ्नो मत (समर्थन र विरोध) मात्र राख्नुहोला।
नेपाली बृहत् शब्दकोशमा रहेका विदेशी नाम तथा शब्दहरू प्रचलनमा भए मात्र मानक मानिनेछ।
नेपाली चलनचल्तीमा पहिलदेखि नै प्रयोगमा रहेका विदेशी नाम तथा शब्दहरूलाई प्राथमिकता दिनुपर्नेछ।
नेपाली भाषाको मौलिकतालाई मध्यनजर गर्दै नेपाली लवज अनुसार विदेशी नाम तथा शब्दहरूलाई सरलीकरण गरेर शीर्षक तय गर्नुपर्नेछ।
नेपालको सरकारी वेबसाइट, सरकारी लिखत, अधिकारिक भाषिक, प्राज्ञिक निकायबाट प्रकाशित कागजातहरू, शोधपत्रहरूमा प्रयोग गरिएका विदेशी नाम तथा शब्दहरूलाई प्राथमिकता दिनुपर्नेछ।
एकै किसिमको विदेशी नाम तथा शब्दहरूलाई नेपालीमा कुन रूपमा प्रयोग गरिएको छ सोहीअनुसार एकरूपता कायम गरी लेख शीर्षक निर्धारण गर्नुपर्नेछ।
संस्कृत भाषामा उक्त शब्दलाई कुन रूपमा प्रचलनमा रहेको त्यसलाई आधार मानेर शीर्षक तय गर्नुपर्नेछ।
अप्रचलित विदेशी भाषाका नाम तथा शब्दलाई अङ्ग्रेजी आइपिए अनुसार नेपालीकरण गरी लेख्नुपर्नेछ।
अति अप्रचलित विदेशी भाषाका नाम तथा शब्दलाई मूल आइपिए अनुसार नेपालीकरण गरी निर्धारण गर्नुपर्नेछ।
नोट: यदि भविष्यमा नेपाली भाषामा विदेशी नाम लेखन र मानक सम्बन्धी कुनै सरकारी निर्णय भएको अवस्थामा सोही आधारमा यस नीतिलाई परिवर्तन गर्न प्रस्ताव गर्न सकिनेछ। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) २०:५८, ५ अगस्त २०२० (नेपाली समय)
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘
मत राख्नुहुने सम्पूर्ण विकिपिडियनहरूलाई धन्यवाद दिन चाहन्छु। बहुमतको आधारमा उपरोक्त बुँदाहरूलाई वि:लेख शीर्षकहरूमा समावेश गर्ने निर्णय गरिएको सबैमा जानकारी गराउन चाहन्छु। मुनि भइरहेको 'छलफल आवश्यक प्रस्ताव'मा हाल चालू छलफलको आधारमा लेख शीर्षकहरू नीतिमा केही बुँदा थप्न सकिने देखिएकोले त्यसलाई समेत छिट्टै टुङ्गो लगाएर निर्णय गर्नेछु। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) १४:०४, २९ अगस्त २०२० (नेपाली समय)
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
यसका साथै यहाँ एउटा अर्को विषयमा मानक निर्धारण गर्नुपर्ने आवश्यकता रहेकोले यस उपर छलफल गर्नहुन सबैमा अनुरोध गरिन्छ।
तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'श' बाहेकका आगन्तुक शब्दमा 'स' को प्रयोग गर्नुपर्नेछ।
तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'ण' बाहेकका आगन्तुक शब्दमा 'न' को प्रयोग गर्नुपर्नेछ।
तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा ह्रस्व लेख्नुपर्नेछ। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) २०:५८, ५ अगस्त २०२० (नेपाली समय)
छलफल
यो नियम त नेपाली भाषामा पहिले देखिनै रहेकोले सोही अनुसार गर्नु उचित हुन्छ। चिनियाँ भाषाका शब्दहरूमा 'ङ्ग' प्रयोग नगरी 'ङ' को प्रयोग गर्नु पर्नेछ। --निर्मल दुलाल(कुरा गर्नुहोस) ०८:१४, ७ अगस्त २०२० (नेपाली समय)
चिनियाँ मात्र नभई अङ्ग्रेजी भाषाबाट आयातित शब्दहरूमा पनि "ng" लाई "ङ्ग" लेख्ने गरिन्छ। त्यसलाई पनि "ङ" लेख्नुपर्छ।--Nirajan pant (कुरा गर्ने) ११:१३, ७ अगस्त २०२० (नेपाली समय)
नेपाली बृहत् शब्दकोशमा अन्य शब्दहरूलाई नियमन गरिए पनि व्यक्तिवाचक नामलाई त्यतिकै छोडिएको हुनाले यो नियम आवश्यक थियो। धन्यवाद -DULAL (मसँग कुरा गर्नुहोस्) ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
छलफल आवश्यक प्रस्तावमा भएको तीनै वटा बुदा अनुसार नरहेका लेखहरूलाई सार्न छलफल आवश्यक नपर्ने नीति पनि थप गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) ०८:५०, ७ अगस्त २०२० (नेपाली समय)
माथि प्रस्तावित बुँदाहरूमा पूर्ण समर्थन जनाउँछु। माथि अरू साथीहरूले भन्नुभएजस्तै पहिले ङ्ग लेख्ने गरिएका कतिपय शब्दहरू अहिले ङ मात्र लेख्ने गरिन्छ। जस्तो गुरुङ्गलाई गुरुङ तमाङ्गलाई तमाङ पालुङ्गटारलाई पालुङ्टार तेन्जिङ्गलाई तेन्जिङ आदि। दीपक कथित (कुरा गर्ने) १७:०५, ११ अगस्त २०२० (नेपाली समय)
प्रस्तावित नितिमा छुटेका विषयहरू
यस नितिको लगभग सबै कुरा राम्रो छ, तर यसमा भनिएको अप्रचलित, अति अपचलित, अलिअलि प्रचलित, एकदमै प्रचलित भन्ने विषय भने अलि सोचनिय छ। ng लाई ङ गरिनु पर्छ भन्ने अति राम्रो तर्क प्राप्त भएको छ। त्यस बाहेकका शब्दहरूको चर्चा हुनु जरुरी छ।
१) विभिन्न भाषा, शब्द तथा शीर्षकको मौलिकता विशिष्ट रहेको हुन्छ। अति अप्रचलित र अप्रचलित गरेर शीर्षक छुट्याउन निकै गाह्रो छ, यसका लागि केही मापदण्ड खुलाइएको छैन।
२) कसैले कुनै पनि विषयलाई अप्रचलित वा अति अपचलित वा एकदमै प्रचलित वा अलिकति प्रचलित विभिन्न आधार अनुसार मान्न सक्छन्, यसरी विभिन्न विचार अनुसार शीर्षक तय हुन्छ र समानता भेटिन्न। यस्ता शीर्षकहरूको शीर्षक विवाद पूर्ण हुन सक्छ।
३) वेबसाइटहरूले शीर्षक निर्धारण गर्ने अधिकार प्राप्त नगरेका कारण देशको एकमात्र
शीर्षक निर्धारण राष्ट्रिय निकाय नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित मानक शब्दकोशको शीर्षकलाई मात्र प्रथमिकता दिनु पर्छ यस बाहेका बैकल्पिक शीर्षकलाई बरू अनुप्रेषण गरि पहुँचयोग्य गर्न सकिन्छ तर शीर्षक भने शब्दकोशकै हुनु पर्छ, उदाहरण, बङ्लादेश, बाङ्लादेश र बङ्गलादेश मध्ये शब्दकोशमा भएको बङ्गलादेश मानक हो।
४) हाम्रो भाषाको एउटा अभिन्न अङ्ग चन्द्रविन्दु हो। चन्द्रविन्दुलाई रोमनमा लिप्यन्तरण गर्दा अन्य वर्णको अवस्थिति नभएको हुँदा न अथवा n को प्रयोग हुने गर्दछ। उदाहरण: भुँडीपुराण = bhundipuran, (भुन्डीपुरान, हुन सक्छ अङ्ग्रेजीमा) अङ्ग्रेजीमा चन्द्रविन्दु वा नाके श्वर नहुने भएकाले यस्ता हाम्रा शीर्षकहरू
पुरै मारमा परिरहेका छन्। यस्तै गरि अन्य भारोपेली भाषाहरू जस्तै नेपाली, उर्दू, मराठी, तमिल, सिन्हाली आदी हजारौँ भाषाहरू चन्द्रविन्दु हुन्छ र हामी सोही चन्द्रविन्दुलाई अप्रचलित वा कहिल्यै नदेखेको भएर शीर्षक अर्कै लेखिरहेका छौँ। जस्तै पाकिस्तानको सहर Mianwali, यो मियानवाली नभई मियाँवाली हो, यस्ता भारोपेली शीर्षकहरूमा चन्द्रविन्दु हुन सक्छ भनेर ख्याल गर्नु जरुरी छ। खासगरी एसियाली विषयहरूमा चन्द्रविन्दुको प्रयोग अत्याधिक छ।
५) रोमन लिपिमा लेखिने भाषाहरूमा पनि हाम्रोमा जस्तै चन्द्रविन्दु हुन्छ, यस्तो अवस्थामा उनीहरूको मौलिकता पनि ध्यानमा राख्दै हाम्रो वर्णको प्रयोग गरेर शीर्षक निकाल्नु पर्छ। खासमा फ्रान्सेली र पुर्तुगाली तथा अन्य अफ्रिकी शीर्षकहरूमा चन्द्रविन्दु अर्थात् नाकेश्वर हुन्छन्, त्यता ध्यान दिनु जरुरी छ। उदाहरण Leslie Caron, [lɛsli kaʁɔ̃] लेस्ली कार्लोँ, हाम्रोमा भएको तपाईँ (tapain), (Arghakhanchi अर्घाखाँची), आँखा (aankha) जस्ता धेरै शीर्षकहरू समान उच्चारण।
६) प्रचलित कुन हो भनेर थाह नभएको अवस्थामा हामी सञ्चार माध्यम हेर्छौ, तर सञ्चार माध्यमहरू भाषा प्रति कत्तिपनि संवेदनशील नरहेको हामीले प्राप्त गरेका छौँ, जसले शीर्षकमा विचलन पैदा गरेको छ, यहाँ सम्मकी नेपाली शीर्षकहरूमा पनि धेरै थरि लेख्न स्वरूप भएको कारण हामीलाई अहिले के हो वास्तविकता भनेर बुझ्न निकै गाह्रो भइरहेको अवस्था छ। एउटै व्यक्ति, नाम स्थानको एउटै वेबसाइटमा पनि धेरै शीर्षक छापिएका छन् भने तिनै नेपाली भाषी वेबसाइटहरूमा कुनै पनि प्रकारको समानता छैन। उदाहरण बेलायती पूर्व प्रधानमन्त्रीको नाम (Theresa May /təˈriːzə/ टेरिजा मे) हो तर अनुमानका आधारमा शीर्षक तय भएको कारण हामीले लेखेका धेरै शीर्षकहरू पूर्ण तय गलत रहेको देखिएको छ, यस्तो अवस्थामा जुन कुनैको वास्तविक शीर्षक निकाल्नका लागि अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाको प्रयोग गर्नु पर्छ, जस्ले एकदमै मानक शीर्षक निकाल्न अति सहयोग गर्छ र यो मानक र एक अन्तर्राष्ट्रिय रूपमा मान्यतम प्राप्त एक अन्तर्राष्ट्रिय पद्धति समेत हो। गलत अनुमानबाट टाढा रहनु पर्छ।
७) लेखन भेद (एउटै विषयको ४ भन्दा बढी शीर्षक छापिएको खण्ड) र श्रवण भेद (मुल भाषीद्वार द्रुत गतिमा बोलिएको कारण शीर्षक राम्रोसँग नबुझ्नु वा गलत उच्चारण निकालिने अवस्था) का कारण हामीले सही शीर्षक प्राप्त गरिरहेका छैनौँ, यस्तो निकै गम्भीर समस्यालाई मौलिक अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार सुल्झाउनु पर्छ। रोमन वर्णमालाका शीर्षकहरूमा धेरै शीर्षकहरू शान्त अवस्थामा छन् उदाहरण tsunami (सुनामी) यस्ता शान्त शीर्षक वा विषयहरू प्रति विशेष ध्यान दिदै शान्त शब्द समावेश गरिनु हुँदैन।
८) रोमन लिपिका अति विशिष्ट वर्णहरूमा हाल देखिएको समस्या: रोमन वर्णमालामा विशिष्ट वर्णहरूको उच्चारण हाल नेपाली भाषीहरूलाई थाह छैन, वा कम मात्रामा मात्र जानकारी छ। जस्तै Đ,ć, ä, ç,ß, ll, Å Ø, आदी धेरै थरिका विशिष्ट वर्णहरूको उच्चारणसँग परिचित नभएको कारण यस्ता शीर्षकहरू नेपाली विकिपिडियामा हालसम्म निकै कम मात्रमा बनेको छ। यस्ता शीर्षकहरूको पनि पहिचान गरि लेख लेख्नु जरुरी छ।
९) रोमन लिपिसँग मिल्न गएको शीर्षकमा पनि उच्चरण फरक हुन्छ, यहाँ पनि ध्यान दिनु पर्छ।
उदाहरण Batman बातमान प्रदेश नकी ब्याटम्यान प्रदेश।
१०) ट र ड वर्णको प्रयोगमा समस्या: लगभग ९५% भन्दा युरोपेली, रोमन लिपिका, जापानी, चिनियाँ भाषाहरूमा ट र ड वर्णको उच्चारण छैन, यस्तो अवस्थामा ट र डको साट्टोमा त र द मा प्राथमिकता दिनु पर्छ तर ट र ड लाई पूर्णरूपमा भने नकार्न सकिदैन, तैपनि यस्ता विषयहरूमा त र द वर्णलाई अलि वढी मान्यता दिनु पर्छ।
११) उस्तै उस्तै नाम तथा थरहरू जस्तै (दत्ता, दत्त, अर्याल, अर्जेल, अर्ज्याल, हुसेन, हसन, हुसैन, हुसाइन, महमद, मुहम्मद, मोहम्मद, तिमिल्सिना, तिम्सिना, तिमल्सिना, चौधुरी, चौधरी, चौदरी आदि) धेरै नाम तथा थरहरू एउटै होइनन् फरक फरक हुन् र यसको शीर्षक सोही अनुसार निर्धारित हुनु पर्छ।
१२) अनुवादमा जोड, धेरै शीर्षकहरू नेपालीमा त्यतिकै अङ्ग्रेजी मै छोडिएका छन् यस्ता शीर्षकहरू बुझ्न निकै गाह्रो छ, अङ्ग्रेजी नबुझ्ने नेपाली भाषीहरूलाई, यस्ता शीर्षकहरूलाई अनुवाद गरि लेख्नु पर्छ, जस्तै (Яндекс.Переводчик = यान्दिक्स अनुवाद नकी यान्दिक्स पिरिभोइचिक), (Central Intelligence Agency = केन्द्रिय गुप्तचर संस्था नकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी)पर्वत सुबेदी (कुरा गर्ने) १८:३०, १५ अगस्त २०२० (नेपाली समय)
माथिका टिप्पणी तथा विचारको अध्ययन पश्चात् यस विषयमा मेरो विचार यस प्रकार रहेको छ।
प्रचलित शब्द भन्नाले नेपाली भाषामा प्रकाशित पुस्तक, पत्रपत्रिका, सोधपत्र तथा अन्य कागजपत्रमा त्यस शब्दको प्रयोग भइरहेको वा आम चलनचल्ती वा बोलीचालीमा रहेको भन्ने बुझ्नुपर्दछ। अप्रचलित भन्नाले अहिले सम्म नेपाली भाषामा प्रकाशित कुनै पनि सामग्रीमा समावेश नभइसकेको वा बोलीचालीमा नरहेको शब्द भन्ने बुझ्नुपर्दछ। साथै केही पटक मात्र नैपाली भाषामा लिखित कुनै सामग्रीमा प्रयोग गरिएको तथा आम रूपमा त्यति प्रयोगमा नरहेको शब्दलाई केही प्रचलित भनी व्याख्या गर्न सकिन्छ।
मानक शब्द वा हिज्जे कुन भन्ने विषयमा चर्चा गर्दा नामपद बाहेकका अन्य शब्दको हिज्जे शब्दकोश अनुसार हुनपर्दछ। तर नामपद जनाउने शब्दको हकमा सो स्थान, व्यक्ति, वस्तु, सङ्गठित संस्था, कम्पनी तथा अन्य विषयवस्तुको आधिकारिक नामलाई भन्दा पनि सो को प्रचलित नामलाई प्राथमिकता दिनुपर्दछ। भने आधिकारिक नामलाई वैकल्पिक शीर्षकको रूपमा राख्न सकिन्छ र सो वैकल्पिक नामक पृष्ठलाई मूल लेखमा अनुप्रेषण गर्न सकिन्छ। यसरी नेपालीमा लेख्दा नेपाली भाषामा चलनचल्तीमा रहेको शब्दको हकमा प्रचलित हिज्जे (नेपाली भाषानुसार नियमसङ्गत तरिकाले) तथा अप्रचलित वा केही प्रचलितको हकमा व्याकरणिक नियमानुसार मूल उच्चारणमा भिन्नता नआउने गरी लेख्नुपर्दछ। तर देवनागरी लिपिमा लेखिने नेपाली बाहेकको अन्य मूल भाषा भएको नामपदको हकमा सम्भव भएसम्म सोही भाषामा लेखिने हिज्जेको प्रयोग गर्नुपर्दछ।
एसियाली तथा भारोपेली भाषाहरूमा चन्द्रविन्दु सम्बन्धी पर्वत सुबेदीज्यूले राख्नुभएको विचारमा म सहमत छु। साथै रोमन भाषामा लेखिने फ्रान्सेली र पुर्तुगाली तथा अन्य अफ्रिकी भाषाहरूमा प्रयुक्त चन्द्रविन्दुलाई प्रचलित नाम बाहेक अन्यमा प्रयोग गर्न सकिने मेरो मत रहेको छ।
कुनै पनि विदेशी नामलाई नेपालीकरण गर्दा उपलब्ध भएमा सो नामको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार दिइएको हिज्जे प्रयोग गर्नु पर्छ (अप्रचलितको हकमा) भने अनुपलब्ध भए अङ्ग्रेजी हिज्जे अनुसार नेपालीकरण गर्नुपर्छ (किनकि अङ्ग्रेजी भाषालाई अन्तरराष्ट्रिय भाषाको मान्यता दिइएको छ र सबैजसो नामपदको अङ्ग्रेजीमा नाम हुने नै गर्दछ)। यसरी नेपालीकरण गर्दा नेपाली मौलिकपन कायम रहोस् भन्नको लागि नेपाली भाषाको शब्दरचना सम्बन्धी नियमको पालना गरिनुपर्दछ।
पर्वत सुबेदीज्यूले “अनुवादमा जोड” सम्बन्धी राख्नुभएको विचारमा केही हदसम्म सहमत छु। तर ध्यान रहोस्, सबै शब्दलाई पूर्ण रूपमा अनुवाद गर्न सकिँदैन। नेपामैं रहेका केही संस्थाहरूको नेपाली नाम समेत अङ्ग्रेजी मैं रहेका छन् जसलाई अनुवाद गर्न मिल्दैन। उहाहरणको लागि – यूनियन, ब्युरो जस्ता शब्दहरूलाई मूल नेपाली नाममा प्रयोग गरिएको छ सो अवस्थामा यी शब्दहरूलाई सङ्घ वा समिति भनेर अनुवाद गर्नु अनुचित हुन्छ। यसै गरी प्राविधिक तथा वैज्ञानिक शब्दावलीहरूको अनुवाद समेत सो अनुवाद चलनचल्तीमा रहेको अवस्थामा मात्र गर्नुपर्दछ। अन्यथा यसले पाठकवर्गलाई सहयोग पुर्याउनुको सट्टा पाठकलाई लेखसम्म पुग्नबाट रोक्दछ। जस्तै – Windows Defender लाई “विन्डोज डिफेन्डर” नै लेख्नुपर्छ न कि “विन्डोज रक्षक”।
--Nirajan pant (कुरा गर्ने) १०:०४, २५ अगस्त २०२० (नेपाली समय)
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘
छलफलमा सहभागिता जनाई आफ्नो महत्वपूर्ण सुझाव दिनुहुने सम्पूर्ण प्रयोगकर्तालाई धनयवाद दिन चाहन्छु। माथि भएको छलफलको आधारमा निम्नलिखित निष्कर्ष निकालिएको सम्पूर्णमा जानकारी गराउन चाहन्छु। धन्यवाद
तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'श' बाहेकका आगन्तुक शब्दमा 'स' को प्रयोग गर्नुपर्नेछ।
तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'ण' बाहेकका आगन्तुक शब्दमा 'न' को प्रयोग गर्नुपर्नेछ।
तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा ह्रस्व लेख्नुपर्नेछ।
चिनियाँ तथा अङ्ग्रेजी भाषाबाट आयातित शब्दहरूमा "ng" लाई "ङ्ग" नलेखी मध्यमा "ङ्" र अन्त्यमा "ङ" लेख्नुपर्छ।
लेख शीर्षक नीतिमा उल्लेख गरिएका प्रचलित शब्द र अप्रचलित शब्दलाई निम्नानुसार व्याख्या गरिनेछ।
प्रचलित शीर्षक= नेपाली भाषामा प्रकाशित पुस्तक, पत्रपत्रिका, सोधपत्र तथा अन्य कागजपत्रमा त्यस शब्दको प्रयोग भइरहेको वा आम चलनचल्ती वा बोलीचालीमा रहेको भन्ने बुझ्नुपर्दछ।
अप्रचलित शीर्षक= हालसम्म नेपाली भाषामा प्रकाशित कुनै पनि सामग्रीमा समावेश नभइसकेको वा बोलीचालीमा नरहेको शब्द भन्ने बुझ्नुपर्दछ।
एसियाली, भारोपेली भाषाहरूका साथै रोमन भाषामा लेखिने फ्रान्सेली र पुर्तुगाली तथा अन्य अफ्रिकी भाषाहरूमा प्रयुक्त चन्द्रविन्दुलाई प्रचलित नाम बाहेकमा प्रयोग गर्नु सकिनेछ।
युरोपेली भाषा, रोमन लिपि, जापानी, चिनियाँ भाषाहरूमा "ट" र "ड" वर्णको उच्चारण नभएकोले प्रचलित नाम बाहेकमा "त" र "द" प्रयोग गर्नु सकिनेछ।
सङ्घ, सङ्गठन, समिति, परिषद, संस्था, चलचित्र, सङ्गीत, पुस्तक, साङ्गीतिक एल्बम, पत्रिका, कृति, वेबसाइट, व्यापार चिह्न, सफ्टवेयरको नाम तथा वैज्ञानिक शब्दावालीहरूको आधिकारिक नेपाली अनुवाद भएको खण्डमा मात्र त्यो शीर्षकको प्रयोग गर्नुपर्दछ अन्यथा यी नामहरूलाई आधिकारिक मूल भाषाको नाम राखेर नै शीर्षक बनाउनुपर्नेछ।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)२१:३२, १६ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
यो नीतिहरू सम्पूर्ण विकिपीडियामा एकै रूपमा लागु रहेको हुनाले सोही अनुसार गर्नु उचित हुन्छ। -निर्मल दुलाल(कुरा गर्नुहोस) १५:३८, ५ अगस्त २०२० (नेपाली समय)
जिवित मानिसको जीवनी लेख्ने क्रममा त्यस व्यक्तिसँग सम्बन्धित थुप्रै सहि स्रोतहरूको आवश्यक पर्दछ। लेख मात्र छतर स्रोत छैन भने त्यसका लागि थुप्रै प्रमाणिकरणको आवश्यकता पर्दछ। स्रोत नभएको तर अनावश्यक स्रोत भएको खण्डमा लेखहरूलाई शिमे चिनो लगाई मेटाउनु पर्छ।हिमाल सुबेदी (कुरा गर्ने) १९:२४, १७ अगस्त २०२० (नेपाली समय)
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
निष्कर्षको लागि तल हेर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) १३:४५, २९ अगस्त २०२० (नेपाली समय)
मिति सम्बन्धमा
नमस्ते, 'इस्वी सम्वत्' र 'विक्रम सम्वत्'को मितिमा भ्रम सिर्जना हुने गरेकोले लेख शीर्षक लगायत लेख सामग्री समेतमा 'इस्वी सम्वत्' आगाडि 'सन्' र 'विक्रम सम्वत्' आगाडि 'वि.सं.' प्रयोग गर्नुपर्ने नीति प्रस्ताव गर्दछु। कृपया सबै विकी मित्रहरू आ-आफ्नो सुझाव र मत राख्नुहोला। धन्यवाद।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) १७:३६, ९ अगस्त २०२० (नेपाली समय)
समर्थन
समर्थन, कुनै मितिसँग सम्बन्धित श्रेणी बनाउँदा खेरी सधैँ सन्को प्रयोग हुँदै आएको तर शीर्षकहरूमा नभएका कारण विवाद आउने अवस्था देखिएको छ। यस नीतिप्रति मेरो पूर्ण समर्थन छ।हिमाल सुबेदी (कुरा गर्ने) १९:०३, ९ अगस्त २०२० (नेपाली समय)
समर्थन, नेपाली हो कि विदेशी हो भनेर धेरै झुक्किने अवस्था रहेको थियो अब यसरी सन् र वि.सं को प्रयोग गरेर हट्ने भयो। پربت سُبےدی(تحدث معي) १३:०६, २५ अगस्त २०२० (नेपाली समय)
विरोध
छलफल
प्रस्ताव राम्रो छ तर सबै लेख तथा विषयमा सन् राख्न उचित नहोला जस्तै: चलचित्र विषयमा (श्रेणी जन्म, मृत्युमा) किनकि यस्ता लेखको ज्ञानसन्दूकमा पनि मात्र अङ्ग्रेजी वर्ष लेखिएको हुन्छ। हाल नेपाली विकिमा यस्ता विषयमा सयौं लेख होलान् जसलाई अब फेरबदल नगर्दा नै उचित होला। अन्य विषयमा लेखहरूमा सन् राख्दा स्पष्टता हुनसक्ने भएकोमा मेरो समर्थन छ।--Saroj Uprety (कुरा गर्ने) २०:१७, ९ अगस्त २०२० (नेपाली समय)
Saroj Uprety मेरो विचारमा चलचित्रको लागि मिति सुरुमा प्रयोग नभई कोष्ठकमा हुने भएकोले 'सन्' र 'वि.सं.' नराख्दापनि हुने भयो किनभने चलचित्रको मूल नाम लेख शीर्षकको अगाडि हुन्छ। रह्यो श्रेणीकरणमा त्यहाँ अनिवार्य रूपमा 'सन्' र 'वि.सं.' प्रयोग गर्नुपर्छ किनभने त्यसले स्पष्ट भाव दिनुपर्छ। जन्म तथा मृत्युमा समेत 'सन्' र 'वि.सं.' ले श्रेणी छुट्टयाउनुपर्छ। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) १५:४६, २८ अगस्त २०२० (नेपाली समय)
नेपाली विकिमा चलचित्र, जन्म र मृत्युको लागि कहिले 'वि. सं.' प्रयोग होला त किनकि मैले आजसम्म ढाँचामा 'वि. संं.' मिति प्रयोग भएको देखेको छैन। प्रयोगमा आउदैन भने यसलाई छुट्याउनु कतिको उचित होला? हामीले 'सन्' लाई कुनै पनि ठाँउमा प्रयोग नगर्ने र सिर्फ 'वि. सं.' लाई मात्र प्रयोग गर्दा पनि समस्याको समाधान हुनेथियो। बङ्गाली विकिमा उनीहरूको आफ्नै क्यालेन्डर छ तर त्यहाँका लेखहरूमा कतैपनि वर्षको अगाडि कुन मिति भनेर लेख्ने चलन रहेको छैन।--Saroj Uprety (कुरा गर्ने) १७:२६, २८ अगस्त २०२० (नेपाली समय)
नीति सबैका लागि एउटै हुन्छ, अब बन्ने लेखहरूमा वि.सं र सन् को प्रयोग गरि लेख बनाइन्छ भने पहिला बनेका लागि नफेर्ने भन्न मिल्दैन। तपाईद्वारा निर्मित (श्रेणी:२०२० मृत्यु) यसको नेपालीमा अर्थ लगाउन सकिन्न कारण यहाँ सन् लेखिएको छ, यदि सन् लेखिएपनि (सन् २०२० मृत्यु) यसको अर्थ २०२० कै मृत्यु भन्ने हुन्छ। त्यसैले अर्थै नदिने श्रेणीहरू बनाउनु भन्दा सन् र बीचमा "मा" राखियो भने सबै स्पष्ट हुन्छ त्यसैले मितिसँग सम्बन्धित सबै पृष्ठहरूको अगाडि सन्, वि.सं, राखिनु अत्यावश्यक छ। थुप्रै देशहरूका (उत्तर कोरिया, चीन, साउदी अरब आदि) स्थानीय पात्रो तथा मिति भएका कारण ती मितिहरूलाई प्रयोगमा ल्याइयो भने भ्रमको सृजना हुन सक्छ भने यसबाट मिति सम्बन्धित थप विवादहरू आउन सक्छ। त्यसैले नेपाल बाहेकका (गैरनेपाली) पृष्ठहरूमा इस्वी सन्को प्रयोग गर्न निकै उचित हुन्छ। हिमाल सुबेदी (कुरा गर्ने) १३:१०, १६ अगस्त २०२० (नेपाली समय)
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘
छलफलको निष्कर्ष तल छन्:
चलचित्रको शीर्षकमा मिति थप्न आवश्यक पर्दैन। श्रेणीकरणको लागि निम्न श्रेणीहरू प्रयोग गर्नुपर्दछ।
सन् XXXX का चलचित्रहरू
सन् XXXX मा जन्म
सन् XXXX मा मृत्यु
सबै प्रयोगकर्ताहरूलाई स्पष्टीकरणको लागि लेखहरूमा 'सन्' वा 'वि.सं.' प्रयोग गर्न अनुरोध गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) १३:४५, २९ अगस्त २०२० (नेपाली समय)
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
लेखको शीर्षकमा नगरपालिका, गाउँपालिका, उपमहानगरपालिका वा महानगरपालिकाको प्रयोग सम्बन्धमा
नमस्ते, हामीले नेपालसँग सम्बन्धित स्थानीय तहको लेख शीर्षक बनाउँदा स्थानको नामको अन्तिममा 'नगरपालिका', 'गाउँपालिका', 'उपमहानगरपालिका' वा 'महानगरपालिका'को प्रयोग गर्दै आएका छौँ। अन्तिममा स्थानीय तहको प्रशासनिक शीर्षक नजोडि सोझै स्थानीय तहको नाम राख्ने विषयमा आफ्नो सल्लाह सुझाव राख्नहुन सबैमा अनुरोध गर्दछु। धन्यवाद।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) १७:५१, ९ अगस्त २०२० (नेपाली समय)
थप: सबै स्थानीय तहहरूको नाममा यो राख्नु आवश्यक छैन (जस्तै: केपी शर्मा ओलीलाई प्रधानमन्त्री केपी शर्मा ओली लेखिराख्नु पर्दैन।) तर बहुअर्थी नामको सम्बन्धमा चाहिँ यथावत नै राख्नु उचित होला। --निर्मल दुलाल(कुरा गर्नुहोस) ११:५५, १० अगस्त २०२० (नेपाली समय))
कुरा यस्तो आयो - नेपालका प्राय सबै स्थानिय निकायको नामहरू कुनै न कुनै महत्वपूर्ण कुराहरू कै नामबाट नामाकरण गरिएका छन् जस्ले गर्दा स्पष्टताको लागि यसलाई यथावत नै राख्नु उपयुक्त लाग्यो। -- निर्मल दुलाल(कुरा गर्नुहोस) १०:१५, १६ अगस्त २०२० (नेपाली समय)
गाउँपालिका, महानगरपालिका जोड्न मैले नै सुरु गरेको जस्तो लाग्छ किनकी नेपालमा जनकपुर उपमहानगरपालिका, जनकपुर अञ्चल, र प्राचिन जनकपुर जस्ता फरक फरक शीर्षक हुन सक्छन्। म यो प्रस्तावलाई असमर्थन गर्छु। -DULAL (मसँग कुरा गर्नुहोस्) ०४:३०, १० अगस्त २०२० (नेपाली समय)
कुनै कुनै नामले एउटा मात्र निकायलाई जनाउँदैन। जस्तो काठमाडौँ नामले काठमाडौँ जिल्ला, काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकालाई समेत जनाउने हुँदा यसले केलाई सङ्केत गर्ने हो भन्ने स्पष्टता नहुने भएकोले यस्ता नामहरूमा स्थानीयतह जोड्नै पर्ने हुन्छ। केही नामहरू चाहिँ युनिक छन् तिनीहरूको हकमा चाहिँ प्रशासनिक इकाइ जोडिरहनु नपर्ला। जस्तोः तनहुँ, कास्की, नुवाकोट, सुनसरी आदि नामले जिल्ला नै जनाउने हुनाले त्यस्तोको हकमा चाहिँ अनिवार्य नहोला।दीपक कथित (कुरा गर्ने) १७:३२, ११ अगस्त २०२० (नेपाली समय)
असमर्थन वास्तविक नाम कसरी थाहा पाउने? स्थानीय तह राख्नै पर्छ।हिमाल सुबेदी (कुरा गर्ने) ०८:५१, १० अगस्त २०२० (नेपाली समय)
एउटै नामले विविध विषयवस्तु जनाउने अवस्थामा स्पष्टताको लागि शीर्षकमा थप विवरण राख्न सकिन्छ। तर स्थानीय तहको नामलाई स्पष्टता आवश्यक नहुने अवस्थामा विवरणात्मक वाक्याङ्श (जस्तै- नगरपालिका, गाउँपालिका) नराखि सोझै नाममात्र राख्ने प्रस्तावमा मेरो समर्थन छ। --Nirajan pant (कुरा गर्ने) २२:२९, १७ अगस्त २०२० (नेपाली समय)
माथि निर्मलजीले उल्लेख गर्नु भएको कुरा सहि हो, नेपालका धेरै जसो स्थानीय तहका नामहरू कुनै न कुनै प्रचलित वा महत्वपूर्ण नामहरूका आधारमा नामाकरण भएको अवस्था भएकोले स्थानिय तहको लेख बनाउँदा शिर्षकमा विवरणात्मक वाक्याङ्श राख्न उचित देख्दछु ।nShrestha १३:०७, २४ अगस्त २०२० (नेपाली समय)
प्रयोगकर्ताहरूको मतको आधारमा यस प्रस्तावलाई असफल घोषित गरिएको सबैमा जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) १५:३१, २८ अगस्त २०२० (नेपाली समय)
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
नमस्ते, विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सामुदायिक सहकार्य गरी लेखन कार्य सम्पन्न गरिएकोले कृपया आफ्नो सल्लाह सुझाव तथा मत राख्नहुन सबैमा अनुरोध गर्दछु। धन्यवाद।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) १७:०३, १५ अगस्त २०२० (नेपाली समय)
कुनै पृष्ठ स्थानान्तरण गर्न मनासिव कारण भएको अवस्थामा उक्त पृष्ठ स्थानान्तरण गर्न छलफल गरिराख्नु आवश्यक छैन। -- निर्मल दुलाल(कुरा गर्नुहोस) १०:२१, १६ अगस्त २०२० (नेपाली समय)
श्रेणी सार्ने विषयमा, पृष्ठको इतिहास सम्बन्धमा तथा पृष्ठ सार्न नसकिने अवस्थाहरूको विषयमा थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिन्छ। --Nirajan pant (कुरा गर्ने) २२:१४, १९ अगस्त २०२० (नेपाली समय)
समर्थन nShrestha १३:०८, २४ अगस्त २०२० (नेपाली समय)
केही प्रयोगकर्ताहरूद्वारा अवश्य नरहेको खण्डमा पनि शीर्षकहरू परिवर्तन गरिएको देख्न सकिन्छ। शीर्षक परिवर्तन गर्नका लागि एउटा ठोस प्रमाण पेश नगरी सार्न नमिल्ने नीति ल्याउनु पर्छ। हिज्जे गलत रहेका विषयहरूलाई भने हिज्जे परियोजना अन्तर्गत सार्न सकिन्छ। शीर्षक सार्न नमिल्ने भन्ने त ुहुुँदैन तर केही प्रयोगकर्ताहरू छलफल बिनानै मनलाग्दि ढङ्गले शीर्षक परिवर्तन गरिरहेका छन्, त्यसलाई नियन्त्रण गरिनु पर्छ।ہیمال سُبےدیچلو بات کرتے ہیں ११:२०, २५ अगस्त २०२० (नेपाली समय)
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
नमस्ते, नेपाली विकिपिडियामा रहेको गीति एल्बम, पुस्तक, उपन्यास, टेलिभिजन कार्यक्रम, वनस्पति, चलचित्र लगायतका लेखहरूको शीर्षक सो लेखमा प्रयोग हुने ढाँचाको कारण स्वतः छड्के हुने गरेको छ र यो मेरो विचारमा सुरुदेखि नै प्रयोगमा रहिआएको छ तसर्थ शीर्षक छड्के रहेमा समस्या भएन तर सोही लेखभित्र वा अन्य लेखहरूमा प्रयोग हुने गीति एल्बम, पुस्तक, उपन्यास, टेलिभिजन कार्यक्रम, वनस्पति, चलचित्र लगायतका लेखहरू छड्के लेख्नाले लेखको ले/आउट (देवनागरी लिपि प्रयोग गर्ने भएकोले) सुहाउँदो देखिदैन तसर्थ लेखभित्र उपरोक्त नामहरू छड्के (जस्तै- छड्के) नलेखी त्यस्को सट्टा एउटा मात्र उद्धरण चिह्न (जस्तै- 'नेपाली') प्रयोग गर्नुपर्ने प्रस्ताव गर्दछु। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)०८:४४, ३ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
छड्के शैलीले लेख बिगार्ने भएकोले प्रस्तावित उद्धरण राख्न सकिन्छ। तर चलचित्र, गीत, आदिको टेबलमा छड्के नै राख्नुपर्छ किनकि त्यसले अर्को शब्दलाई हानी गर्दैन। "Bold text" लाई Bold text नभएर यसलाई यथावत राख्नुपर्छ किनकि यसको एउटा विशेषता रहेको छ जस्तै गीतमा, पत्रिकामा प्रयोग गरिन्छ र तिनीहरूलाई छुट्टाउनु सजिलो हुन्छ। Bold text लाई शीर्षक र एकदमै आवश्यक शब्दमा मात्र गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) १३:४८, ३ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
अप्रशोधित यान्त्रिक अनुवादको अत्याधिक प्रयोग बारेमा
यान्त्रिक अनुवादले स्वचालित रूपमा एउटा भाषाबाट अर्को भाषामा अनुवाद प्रदान गर्दछ। अन्य भाषाको सामग्री अनुवाद भन्दा नेपाली भाषाको यान्त्रिक अवस्था कमजोर देखिएकोले हाल यसको प्रयोग
अत्याधिक भएकोले भाषाको स्वरूप निराशाजनक बन्दै गएको भेटिएको छ। हालको अवस्था हेर्दा अप्रशोधित तथा भ्रामक यान्त्रिक अनुवादको प्रयोग अत्याधिक भएको र यसलाई निर्मूल पार्नको लागि एउटा नीतिको आवश्यक परेको देखिन्छ। गलत, भ्रामक तथा अप्रशोधित यान्त्रिक/सामग्री अनुवादलाई रोक्नका लागि यस प्रस्ताव ल्याइएको जानकारी गराउँदछु। थप जानकारी विकिपिडिया:सामग्री अनुवादका सीमितताहरूमा हेर्न सकिन्छ। --पर्वत सुबेदी (कुरा गर्ने) १२:१२, १७ कात्तिक २०७७ (नेपाली समय)
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा
नमस्ते विकिपिडिया सम्पादनकर्ता साथीहरू, विश्वव्यापी आचार संहिताको उद्देश्य सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्नु र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनु रहेको छ जहाँ जो कोहीले उत्पीडन वा भयरहित सुरक्षित रूपले योगदान गर्न सकोस्। विभिन्न विकिमिडिया समुदायहरूसँग परामर्श गरेर विश्वव्यापी आचार संहितालाई विकसित गर्ने कार्य भइरहेको छ।
युसिओसी परामर्शको पहिलो चरण गत वर्ष पुरा गरिएको थियो, जहाँ हामीले विभिन्न विकिपिडिया समुदायहरूको सल्लाह सुझाव र विचारको आधारमा विश्वव्यापी आचार संहिताको मस्यौदा पाठ प्रस्ताव तयार गरेका थियौं। यो मस्यौदालाई सन् २०२० अक्टोबर १३ मा अनुमोदनको लागि विकिमिडिया फाउन्डेसनको न्यासी समितिसमक्ष प्रस्तुत गरिएको छ।
युसिओसीको दोस्रो चरणमा, विकिमिडिया फाउन्डेसनले सम्पूर्ण विकिमिडिया समुदाय र अभियानको लागि विश्वव्यापी आचार संहिता लागु गर्ने मार्गहरूको बारेमा छलफल गर्न चाहन्छ। यो प्रक्रिया र विकिमिडिया परियोजनाहरूलाई हाम्रो योगदानकर्ताहरूको लागि एउटा उपयुक्त र सुरक्षित स्थान बनाउनको निमित्त यहाँहरूको विचार र बहुमूल्य सुझाव जान्नु हाम्रो लागि महत्वपूर्ण छ।
यो महत्वपूर्ण विषयमाथि यहाँको बहुमूल्य सुझाव र विचार सोझै यहाँ प्रस्तुत गर्न सक्नुहहुन्छ वा तपाईंले मेरो वार्ता पृष्ठमा लेख्न सक्नुहुनेछ। यस वाहेक तपाईं मलाई banand-ctr@wikimedia.org मेल समेत गर्न सक्नुहुन्छ। धन्यवाद - BAnand (WMF) (कुरा गर्ने) १५:०८, १८ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
जानकारी
विश्वव्यापी आचार संहिताको मस्यौदा पाठलाई विकिमिडिया फाउन्डेसनको न्यासी समितिले सन् २०२१ फेब्रुअरी २ को दिन अनुमोदित गरेको छ। विश्वव्यापी आचार संहिता सम्बन्धी प्राय सोधिने प्रश्नहरूको लागि मेटा पृष्ठ हेर्न अनुरोध गर्दछु। आउने हप्ताको अन्त्यमा यसै विषयलाई लिएर समुदायका प्रयोगकर्ताहरूसँग अनलाइन सामुदायिक छलफल गर्ने तयारी गर्देछु। हालसम्म प्रयोगकर्ताहरूले यो महत्वपूर्ण विषयमा राख्नुभएका सुझाव उत्साहजनक छ। यो सुझाव प्रक्रिया अझै चल्ने भएकोले कृपया आफ्नो महत्वपूर्ण सुझाव राख्नुहोला। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०८:०९, ६ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
अनलाइन सामुदायिक बैठक सम्बन्धमा
मिति: वि.सं. २०७७ फाल्गुन १ (सन् २०२१ फेब्रुअरी १३) [Date: 13th February 2021]
बैठकको समयमा सोधिने प्रश्नहरू निम्नलिखित छन्:
- कमजोर व्यक्ति, गम्भीर उत्पीडन, र योगदानकर्ताहरू विरुद्ध हिंसाको धम्कीसँग सम्बन्धित मामिलाहरूको लागि सुरक्षित न्यायको लागि सबैभन्दा उत्कृष्ट मार्गहरू के-के हुन सक्छन्।?
- हामीले उत्पीडन लक्षित मामिलाहरूको लागि कसरी राम्रो प्रतिवेदन लेखन मार्ग सिर्जना गर्न सक्छौँ?
- विकिमिडिया परियोजनाहरू बाहिर घट्ने तर प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरूसँग हामीले कसरी सामना गर्न सक्छौँ?
- कार्यकारी समूहहरू विरुद्ध लगाइएका आरोपहरूलाई हामीले कसरी सम्हाल्न सक्छौँ?
- वैश्विक विवाद समाधान निकायले तपाईँको समुदायसँग कसरी काम गर्नु पर्दछ?
- पारदर्शिता र जवाफदेहिताको आवश्यकताहरू पुरा गर्दै हामीले कसरी निजी प्रतिवेदन विकल्पहरू सुनिश्चित गर्न सक्छौँ?
युसिओसी स्थानीय सामुदायिक परामर्शको हामी अन्तिम चरणमा छौँ। युसिओसी सर्वेक्षण यहि हप्ताको बुधबार राति बन्द हुन गइरहेकोले कृपया सकेसम्म सर्वेक्षण फारम नभरेका प्रयोगकर्ताहरूले आफ्नो महत्वपूर्ण विचार राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०७:५७, २ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
छलफल
विश्वव्यापी आचार संहिता सबै प्रयोगकर्ताहरूलाई निःशुल्क र सुरक्षा वातावरणमा योगदान दिनका लागि धेरै महत्त्वपूर्ण छ। नेपाली विकिपिडिया पनि यस पहलमा भाग लिइरहेको जानकारी पाउँदा म खुसी छु। आगामी दिनहरूको लागि तपाईलाई धेरै शुभकामना। धन्यवाद --Saroj Uprety (कुरा गर्ने) १८:३६, १९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विश्वव्यापी आचार संहिता आवस्यक छैन। विकिहरू आफैमा आत्मनिर्भर छन् र यस किसिमको नीतिले सबै वर्गलाई नसमेटने भएकाले मेरो विरोध छ। यो भन्दा अगाडी पनि धेरै समुदायहरूले यो संहिताको विरोध र निन्दा गर्दै आएका छन् तर यसको कुनैपनि राम्रो जवाफ आएको छैन। -BRP ever१८:५१, १९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
हाम्रो समुदाय एउटा सानो समुदाय अन्तर्गत पर्दछ, यो कुरालाई ध्यानमा राख्दा यहाँ विभिन्न नीति तथा निर्देशनहरूको अभाव देख्दछु ती सबै नीति तथा निर्देशनहरू विश्वव्यापी आचार संहिता (UCoC) मा समेटिएको हुनाले यो आवश्यक रहेको हो भन्ने आफ्नो विचार राख्दछु। धन्यवाद! — तुलसी भगत[ योगदान | वार्ता ]१०:४५, २४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विकिपिडियामा सहभागी सम्पूर्ण योगदानकर्ताहरूलाई सकारात्मक, सुरक्षित तथा स्वस्थ्य वातावरण प्रदान गर्नको लागी समुदायमा पालना गर्नु पर्ने आचरण तथा अपेक्षित र अस्वीकार्य व्यहारको सम्बन्धमा सम्बन्धमा विश्वव्यापी आचार संहिताले न्युनतम नीति तथा निर्देशनहरू समेटने हुँदा यस सम्बन्धमा समुदायलाई जानकारी दिन तथा सुझाव लिनको लागि online छलफल चलाउनु उपयुक्त हुने देख्दछु। nShrestha २०:३२, २५ जनवरी २०२१ (नेपाली समय)
विश्वव्यापी आचार संहिता लागु भएपश्चात् हरेक विकिपिडिया परियोजनाहरूको लागि एक न्यूनतम मापदण्ड सहितको नीति लागु हुनेछ। जसले गर्दा साना परियोजनाहरूमा नीतिको अभावमा निर्णय लिन अप्ठ्यारो हुने स्थितिमा सहायक भूमिका खेल्ने अपेक्षा गर्दछु। तथापि सबै परियोजनाहरू वा समुदायहरू आफैँमा स्वतन्त्र हुने भएको ले ती परियोजना वा समुदायको नीति र प्रस्तावित विश्वव्यापी आचार संहिताबीच कहीँ कतै विरोधाभाष आउन सक्ने हुनसक्छ। सो कुरालाई समेत विचार पुऱ्याउनु आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) २०:५९, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विश्वव्यापी आचार संहिताले सम्पुर्ण विकिपिडियाहरूमा न्युनतम नीति तथा निर्देशनहरूको व्यबस्था हुने छ। यद्यपी यस्ता नीतिनियमहरू राष्ट्र वा समुदाय अनुसार फरक-फरक हुनसक्ने भएको हुनाले यस सम्बन्धमा समुदायलाई पूर्ण रूपमा जानकारी दिनु तथा आवश्यक सुझाव लिनु उपयुक्त हुने देख्छु। --निर्मल दुलाल(कुरा गर्नुहोस)१०:४९, २९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विश्वव्यापी आचार संहिता (युसिओसी) एउटा प्रमुख नीतिगत पहल रहेको र जसले सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न तथा विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउन पहल हुने देखिन्छ। जसले सम्पूर्ण योगदानकर्ताहरूलाई सुरक्षित, सकारात्मक, स्वस्थ्य वातावरण तथा सबैको सहभागिता प्रदान गर्ने तर्फ अग्रसर हुने देखिन्छ। तथापि विश्वव्यापी आचार संहिताका बारेमा समुदायमा थप छलफल चलाई बिस्तृत जानकारी गराउन सके राम्रो हुने देखिन्छ।--Janak Bhatta (कुरा गर्ने) १३:०१, २९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विश्वव्यापी आचार संहिता नेपाली विकिका लागि एकदमै आवश्यक रहेको छ । जसले गर्दा विकि प्रयोगकर्ताहरूले स्वतन्त्र रूपमा आफै मर्यादित भएर सम्पादन गर्न सकुन, अनि समुदायका सबै प्रयोगकर्ताहरू बिच सुमधुर सम्बन्ध कायम भई एक अर्का बिचको सम्पादकीय कार्य सहयोगी र विश्वासनीय होस् । (Bhupendra Shrestha (कुरा गर्ने) १०:१६, ३१ जनवरी २०२१ (नेपाली समय))[जवाफ दिनुहोस्]
सबै विकिमिडिया परियोजना र अभियानभित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौम मापदण्ड प्रदान गर्न र विकिपिडियालाई सुरक्षित स्थान प्रदान गरी उत्पीडन र भयरहित वातावरणमा सबै विकिपिडियनलाई योगदान गर्न प्रोत्साहन गर्ने विश्वव्यापी आचार संहिताको प्रमुख उद्देश्य रहेकोले नेपाली विकिपिडियामा पनि समुदायहरूसँग व्यापक छलफल गरी निश्कर्षमा पुग्न अपरिहार्य भएको महसुस भएको छ। दीपक कथित (कुरा गर्ने) १०:२१, ३१ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विश्वव्यापी आचार संहिता (युसिओसी) व्यावहारिक विकि आन्दोलनको एक नियमित प्रक्रिया र दूरगामी संगठनात्मक अभ्यासको रूपमा आवश्यक देखिन्छ । तर यसो भन्दै गर्दा नेपाल जस्तो विभिन्न सामुदायीक र बहुभाषिक मूल्यमान्यता बोकेको विकि समुदायहरुमा एक विश्व एक नीति र नीति कार्यान्वयन र व्यावहारिक निर्णयमा संस्था नै कानुनी मालिक भन्ने कुरा त्यति सान्दर्भिक नभएको विचार व्यक्त गर्न चाहन्छु । यद्दपि संस्थामा बहुसमुदयक प्रतिनिधित्व र वैचारिक स्वतन्त्रता रहेको, तर नैतिकताको आधारमा प्रतिनिधिले विश्वव्यापी आचार संहिता भन्दा भिन्न रहेर मौलिक नीतिनियम र मूल्यमान्यताको वकालत गराई कार्यान्वयन गर्ने गराउने सम्भावना कम रहन्छ । तर विकासको क्रममै रहेका हाम्रा विकि परियोजनाहरुमा भविष्यमा यसले दिने नीतिगत फाइदालाई पनि नजरअन्दाज गर्न नसकिने भएकाले यस विषयलाई थप छलफल र आवश्यक परे कुनै अन्य वार्ता प्रणाली द्धारा सबैको मौखिक तथा लिखित जिज्ञासा समेटेर समाधान गरेपश्चात मात्र थप प्रक्रियामा लानपर्ने आवश्यकता देखिन्छ । - Nabin K. Sapkota (कुरा गर्ने) १७:२२, २ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘
यो महत्वपूर्ण छलफलमा सहभागी भई आफ्नो अमूल्य सुझाव दिनुभएकोमा सबै प्रयोगकर्तालाई धन्यवाद दिन चाहन्छु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०८:२२, ४ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
छलफलमा सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुभएकोमा सबै प्रयोगकर्ताहरूलाई धन्यवाद दिन चाहन्छु। सामुदायिक विचारको आधारमा नेपालभित्र बोलिने विभिन्न भाषाका विकी परियोजनामा योगदान गर्ने प्रयोगकर्ताहरूद्वारा लिने गरिएको अनुदानको लागि एक केन्द्रीय नीति नियम र योग्यता हुनु आवश्यक छ भन्ने सर्वसम्मत मतको आधारमा अब हुने नयाँ छलफल नीति निर्माणमा केन्द्रित हुने भएकोले आफ्नो सुझाव राख्न सबैमा अनुरोध गर्दै यो छलफल बन्द गर्दैछु। धन्यवाद-- निर्मल दुलाल(कुरा गर्नुहोस)१२:१७, १२ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
फाउन्डेसन अनुदान सम्बन्धमा सामुदायिक परामर्श
विकिमिडिया फाउन्डेसनद्वारा व्यक्ति तथा विभिन्न तहको समुदाय तथा प्रयोगकर्ता समूहहरूको लागि विकिपिडिया परियोजना भित्र र विकिपिडिया परियोजना बाहिर गरिने कार्यक्रमको लागि फाउन्डेसनले अनुदान दिने व्यवस्था गरेको छ। उक्त अनुदानको दुरुपयोग नहोस् भन्ने उद्देश्यले अनुदान लिनको लागि फाउन्डेसनको अनुदान टोलीले योग्यता सूची बनाए जस्तै नेपालभित्र रहेका विभिन्न भाषाका विकिपिडिया परियोजनामा योगदान गर्ने प्रयोगकर्ताहरूद्वारा लिने गरिएको अनुदानको लागि एक केन्द्रीय नीति नियम र योग्यता हुनु आवश्यक छ वा छैन भन्ने विषयमा आफ्नो महत्वपूर्ण सल्लाह सुझाव दिनहुन आग्रह गर्दछु।
नोट: नेपालभित्र रहेका विकिपिडिया परियोजना भन्नाले नेपाली, नेवारी, मैथिली, डोटेली र अवधि भन्ने बुझ्नुपर्छ र यो छलफल उल्लेख गरिएका सम्पूर्ण विकिपिडिया चौतारीमा चलाइने छ।
(यो छलफल, समुदायको मत बुझ्ने अभिप्रायले चलाइएको हुँदा उपरोक्त भनिएको विषय हाम्रो लागि 'आवश्यक छ' वा 'आवश्यक छैन' भनेर मात्र आफ्नो मत राख्नुहोला साथै विप्लव आनन्द, निर्जल श्रेष्ठ र निराजन पन्त जीलाई क्रमशः यो सन्देश मैथिली, नेवारी र डोटेली विकिको चौतारीमा स्थानीय भाषामा प्रविष्टि गरि समुदायको सदस्यलाई जानकारी गराई सहयोग गर्नुहोला। एक जना प्रयोगकर्ताले दुई समुदायमा राखेको मतलाई १ गणना गरिनेछ।)
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
अघिल्लो छलफलको परिणामस्वरूप समुदायका सदस्यहरूद्वारा लिने गरिएको अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि यो छलफल सुरु गरिएको छ। यहाँको अनुभव र हालसम्मको सिकाइ अनुसार यस विषयमा आफ्नो सल्लाह, सुझाव र मत राख्न सक्नुहुनेछ। यस छलफलको आधारमा एउटा मस्यौदा दस्तावेज तयार पारेर त्यसलाई पुनः समुदाय समक्ष पेश गरी पारित गर्ने सोच बनाएको छु। अनुदानको विषयमा जानकार प्रयोगकर्ताहरूलाई विशेष रूपले यस छलफलमा सहभागी भई आफ्नो सुझाव राख्न अनुरोध गर्दछु। (यो छलफल नेपाली लगायत मैथिली, डोटेली र नेवारी विकिपिडियामा समेत चलाइनेछ।) धन्यवाद -- निर्मल दुलाल(कुरा गर्नुहोस)१२:१८, १२ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
२ जुन २०२१ ०६:३३ युटिसी भन्दा पूर्व नसकिने
नोट: छलफलमा समुदायका सबै सकृय सदस्यहरूको राय नआएको हुनाले यस छलफलको समयावधि थप गरिएको छ।
३० जुन २०२१ ०६:३३ युटिसी भन्दा पूर्व नसकिने
छलफल
मेरो विचारमा यो छलफल अगाडि बढाउनु भन्दा पुर्व फाउन्डेसनको अनुदान दिने कमिटीलाई यो लगायत अघिल्लो सम्पूर्ण छलफल सन्देश पठाई साझा गरी कमिटीसँग जानकारी/सुझाव लिनु राम्रो होला पछि केही समस्या नहोस्। धन्यवाद! — तुलसी भगत[ योगदान | वार्ता ]२०:०२, १२ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
छलफलमा सहभागी भइ सुझाव दिनुभएकोमा धन्यवाद तुल्सी जी। मैले यो छलफल समुदायकै समर्थनको आधारमा चलाएको छु र यो छलफलको उद्देश्य अनुदान सम्बन्धी नीतिको मस्यौदा तयार पार्नु हो र यहाँले दिनुभएको सुझाव अनुरूप सो मस्यौदा दस्तावेजलाई अनुदान समितिसमक्ष पेश गर्नेछु जसलाई उनीहरूले समीक्षा गर्नेछन्। समीक्षा पश्चात हामी पुनः समुदायमा त्यस प्रस्तावमाथि मतदान गरेर मूर्त रूप दिने प्रयास गर्नेछौ। तसर्थ यहाँले स्वतन्त्रतापूर्वक नीति सम्बन्धमा आफ्नो विचार राख्नुहोला। धन्यवाद: --- निर्मल दुलाल(कुरा गर्नुहोस)१६:३५, १३ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रस्तावको लागि धन्यवाद! विकिमिडिया फाउन्डेसनले दिने विभिन्न किसिममा अनुदानको लागि आफ्नै मापदण्ड छन्। सोही अनुसार नेपालमा बोलिने भाषाहरूमा विकिपरियोजनाहरूमा योगदान गर्ने योगदानकर्ताहरूले विकिमिडिया अभियानलाई अगाडि बढाउन अनुदानको उपयोग गर्दै आइरहनुभएको छ। यसले विकिमिडिया अभियानलाई सहयोग पुऱ्याइरहेकै छ तथापि केही प्रश्नहरू उब्जिएका छन्। ती प्रश्न वा मुद्दाहरूको हल गर्नको लागि अनुदानहरूलाई अझ व्यवस्थित त प्रभावकारी बनाउन स्थानीय तहमा समेत एउटा नीति आवश्यक रहेको देखिन्छ। अनुदान सम्बन्धी उठेका केही मुद्दाहरू तल प्रस्तुत गर्न चाहेँ।
लक्षित विकिमिडिया परियोजना वा समुदायलाई अनुदानको विषयमा जानकारी नहुनु वा ढिलो गरी मात्र जानकारी हुनु: अनुदान सम्बन्धी प्रस्ताव (विशेष गरी व्यक्तिगत अनुदान)को लागि समुदायमा खासै छलफल आवश्यक नहुने र प्रस्ताव मेटामा राखिने तथा छलफल पनि मेटामैँ हुने भएकाले लक्षित समुदाय सो प्रस्ताव सम्बन्धी अनभिज्ञ रहेको पाइन्छ। सो समस्यालाई हटाउन मेटामा अनुदान प्रस्ताव राख्नुपूर्व लक्षित विकिपरियोजनामा सो प्रस्तावमा समुदायको राय माग्न आवश्यक देखिन्छ। सो पश्चात् मात्र प्रस्ताव अनुमोदनको लागि मेटामा लैजाने गर्दा यो समस्या हल हुने देख्दछु। यसले व्यक्तिगत अनुदान लिने योगदानकर्तालाई पनि काम गर्न हौसला प्रदान गर्ने मेरो बुझाइ छ।
प्राप्त अनुदान के का लागि प्राप्त भयो र त्यसको प्रगति कस्तो छ भनेर लक्षित समुदाय अनभिज्ञ हुनु : अहिलेसम्म अनुदानको प्रस्ताव मेटा मैँ प्रस्तावित हुने तथा मेटामा प्रतिविदेन बुझाइने हुनाले समुदायलाई अनुदानको लाभ वा उपयोगिताको बारेमा तत्काल जानकारी हुँदैन। तसर्थ संक्षेपमा सो जानकारी समुदायमा समेत राख्न सके धेरै राम्रो हुने थियो।
प्राप्त अनुदान समुदायको लागि आवश्यक थियो वा थिएन भन्ने कुराको समुदायमा कुनै छलफल नहुने भएकोले धैरै जसो अनुदानका विषयमा समुदायमा मतभेदको स्थिति पैदा हुनु: अनुदान वा प्रोजेक्ट लक्षित विकिपरियोजनाको लागि प्राप्त गर्नुपूर्व त्यसमाथि छलफल नगर्दा सो को दायरा, समय, कार्यविधि, आवश्यकता लगायत विषयहरूमा समुदायका योगदानकर्ताहरूको राय थाहा नहुने भएकाले यसमा मतभेद देख्न सक्छौँ। तसर्थ यो कुरालाई समेत स्थानीय नीतिले समेट्नु आवश्यक देखिन्छ।
अनुदान सम्बन्धमा योग्यता- कुनै पनि व्यक्तिगत प्रयोगकर्ता अनुदान लिनको लागि योग्य हुन खाता खोलेको १ वर्ष र नेपालका विकी परियोजनाहरूमा पछिल्लो ३ महिना सक्रिय हुनुपर्नेछ। पछिल्लो ३ महिनामा १५० सम्पादन भएका प्रयोगकर्ता अनुदान पेश गर्न योग्य मानिनेछ।
अनुदान सम्बन्धमा पूर्व जानकारी- कुनै पनि व्यक्तिगत प्रयोगकर्ताले मेटा विकीमा अनुदान प्रस्ताव गर्नुभन्दा पूर्व अनिवार्य रूपमा समुदायमा जानकारी गराउनुपर्नेछ।
अनुदान सम्बन्धी छलफलको समयसीमा- समुदायमा अनुदान सम्बन्धी छलफलको न्यूनतम समयसीमा १५ दिनको हुनेछ। सो समयसीमा भित्र सहमति वा विमति भएमा त्यो प्रयोगकर्ताले आफ्नो प्रस्ताव मेटा विकीमा राख्न सक्नेछ। समुदायले प्रस्तावमाथि विमति जाहेर गरेता पनि त्यो प्रयोगकर्ताले अनुदानको प्रस्ताव पेश गर्न सक्नेछ तर सो सामुदायिक छलफलको नतीजा सम्बन्धी जानकारी मोटो अक्षरमा मेटा विकीको अनुदान प्रस्तावमा स्पष्ट रूपमा राख्नुपर्नेछ।
अनुदान सम्बन्धी प्रतिवेदन, सिकाइ समेत- अनुदान सहयोग लिएर सम्पन्न गरिएको परियोजनाको शारांश प्रतिवेदन समुदायमा साझा गर्नुपर्नेछ।
माथि उल्लेखित प्रस्तावमा मेरो पूर्ण समर्थन जनाउँदै फाउन्डेसन बाट लिईने अनुदान सहयोगलाई अजै प्रभावकारी बनाउन पर्नेमा जोड दिन चाहन्छु ।
सर्बप्रथम त समुदायमा सञ्चालन हुने कुनैपनि कार्यमा अनुदानलाई भन्दा पनि समुदाय सदस्यहरुको योगदानलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालनमा गर्नु पर्ने जरुरी देखिन्छ ।
कार्यक्रम सञ्चालनको लागि समुदायबाट योगदान सम्भव नहुने अवस्थामा मात्र उचित कार्ययोजना र लक्षित खर्च विवरणलाई समुदायबाट अनुमोदन गरी अनुदानको प्रस्ताव राख्नु उचित देखिन्छ ।
अनुदान लिइएको सहयोग समुदायको स्तर वृद्धिको लागि हुनेहुँदा अनुदान मार्फत सञ्चालन हुने कार्यक्रमको समीक्षा र आर्थिक प्रतिवेदन व्यक्तिगत मात्र नभई समुदाय स्तरीय हुन पर्नेमा जोड दिन चाहन्छु ।
अनुदानीत कार्यक्रम सञ्चालन गर्दा कार्ययोजना र समयावधि परिवर्तन वा थप गर्नु परेमा सञ्चालन समिति द्वारा उचित कारण देखाई समुदायमा प्रस्तुत गरी यदि कार्यक्रम समयमै सम्पन्न गर्न थप सहयोग चाहिएमा समुदायमा आवहान गर्नु जरुरी देखिन्छ । अतिआवश्यक बाहेक व्यतिगत कारणले अनुदनित कार्यक्रमहरुमा ढिलासुस्ती हुन नदिन यस्ता नीतिले थप सहयोग गर्दछ । - Nabin K. Sapkota (कुरा गर्ने) १७:४९, २९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
संसारका विकीप्रेमीहरूको माया, सद्भाव र दानमा चलेको विकिमिडियाफाउन्डेसनका कार्यक्रमहरू पारदर्शी, प्रभावकारी र सहकार्यमा आधारित हुनु पर्ने कुरा न्यूनतम आवश्यकता हो।
लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको आवश्यकता र विश्वसनीयता महसूश हुनुपर्छ।
लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको बारेमा पूर्वजानकारी हुनुपर्छ समुदाय सहमत भए पछि मात्र अनुदान प्राप्त हुनुपर्छ।
आयोजनाको प्रतिवेदन विकिमिडिया फाउन्डेसनको साथ साथै, समुदायमा पनि साझेदारी गरिनु पर्छ। विकिमिडिया मेटामा सार्वजनिक रूपमा नै राखिने भए पनि समुदायलाई पनि जानकारी सहित लिङ्क साझेदारी गर्नु पर्छ र समयमा नै गरिनु पर्छ।
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
प्राविधिक
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
युटिसीको सट्टा नेपाली विकिपिडियामा स्थानीय समयको प्रयोग गर्ने सम्बन्धमा आफ्नो विचार राख्नहुन सबै विकी प्रयोगकर्ताहरूलाई आग्रह गर्दछु। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस) ०८:२६, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))
समर्थन नेपाली विकिपिडिया भनेपछि यहाँ अन्य कुनै मिति तथा समय राखिनु हुँदैन। स्थानीय मिति तथा समय राख्नु पर्छ-हिमाल सुबेदी (कुरा गर्ने) ०९:४८, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))
विरोध नेपाली विकिपिडिया नेपालको लागि मात्र नभएर विश्वभरिका सबै नेपाली भाषिहरूको लागि हो त्यसैले युटिसी नै राम्रो हुन्छ।--BRP ever ०९:५७, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))
विरोध विकिपिडिया नेपालीको लागी नभई नेपाली भाषीहरूको लागि बनाइएको हुनाले यसलाई परिवर्तन गर्नु हुदैन। nShrestha १०:११, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))
समर्थन डोएच्स, डोटेली, अरबी लगायतका विभिन्न विकिपिडियामा स्थानीय समयलाई महत्त्व दिइएको छ। हामीले पनि अाफ्नो पहिचान कायम राखि यसलाई नेपाली समय र मिति (उदाहरण १ भदौ २०७६, १२:४५) अनुसार ल्याउनु पर्छ। पर्वत सुबेदी (कुरा गर्ने) १२:२५, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
नेपाली विकिपिडियामा ढाँचा सम्पादक प्रयोगकर्ता अधिकार रहेतापनि पृष्ठ सुरक्षा स्तरमा भने 'ढाँचा सम्पादकले सम्पादन गर्न मिल्ने' विकल्प रहेको छैन। पृष्ठ सुरक्षा स्तरमा सो विकल्प नभएकोले ढाँचा सम्पादक अधिकार प्राप्त प्रयोगकर्ताले मुख्यपृष्ठ वा सो सँग सम्बन्धित पृष्ठहरू (मिडियाविकी प्रयोग गर्ने भएकोले) सम्पादन गर्ने अनुमति हुँदैन तसर्थ पृष्ठ सुरक्षा स्तरमा 'ढाँचा सम्पादकले सम्पादन गर्न मिल्ने' विकल्प स्थापना भइसकेपछि ढाँचा सम्पादकले समेत त्यस्ता विकल्प प्रयोग गरि सुरक्षित गरिएका पृष्ठहरू सम्पादन गर्नसक्ने हुँदा यस विषयमा आफ्नो मत राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)१३:२८, ९ मार्च २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
विगत लामो समय देखि यो ढाँचा अद्यतन नभएको अवस्थामा विभिन्न प्यारामिटरहरू समर्थन नगर्ने तथा त्रुटिहरू आउने गरेकोले यस ढाँचालाई अद्यतन गर्न आवश्यक छ। यसैको अद्यतनको लागि मैँले अहिले खेस्रामा काम गरिरहेको छु। यस ढाँचालाई अद्यतन गर्दा यससँग सम्बन्धित ढाँचा तथा मोड्युलहरू समेत अद्यतन गर्नुपर्ने भएकोले यसलाई नियमित मर्मतसम्भार अन्तर्गत राखी आज राति ४ अप्रिल २०२० को राति ९ बजे (नेपाल समय) देखि ११ बजे (नेपाल समय) सम्म उक्त ढाँचा अद्यतन गर्ने कार्यतालिका रहेको हुँदा सो ढाँचा वा सो सँग सम्बन्धित ढाँचाहरूलाई प्रदर्शित गर्दा केही समस्या आउनसक्ने जानकारी गराउँदछु। तत्पश्चात् कुनै समस्या वा त्रुटि देखिएमा यहाँ टिप्पणी गरी जानकारी गराउनको लागि सबैलाई आग्रह समेत गर्दछु।--Nirajan pant (कुरा गर्ने) १२:१४, ३० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यस विकिपिडियामा स्थापना गरिएको ट्विङ्कल उपकरणको केही आवश्यक सह-उपकरणहरू काम गर्न छाडिसकेकोले यसलाई मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ। यस उपकरणलाई मर्मतसम्भार गर्दा सो समयावधिमा यो उपकरण असक्षम पनि हुनसक्छ। प्राविधिक पक्षको काम तथा उपकरणको सामग्रीलाई नेपालीकरण गर्न समय लाग्ने भएतापनि यसलाई छिट्टै मर्मत गर्ने जानकारी गराउँदछु। उपकरणको सामग्रीलाई नेपालीकरण गर्ने काममा सहयोग गर्न सबै प्रबन्धक तथा अन्तरमोहडा सम्पादकलाई आग्रह समेत गर्दछु।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)२०:३५, २८ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
पृष्ठ स्थानान्तरक प्रयोगकर्ता समूहको लागि प्रस्ताव
आजकल प्रयोगकर्ताहरू उचित छलफल बिना सीधा पृष्ठहरू सारिरहेका छन्। यस प्रकारको गतिविधिहरू रोक्नको लागि म नेपाली विकिपिडियामा पृष्ठ स्थानान्तरक प्रयोगकर्ता अधिकार थप्न चाहन्छु। नेपाली विकिपिडियामा केवल यो अधिकार भएको प्रयोगकर्ताहरूले पृष्ठहरू सार्न सक्नेछन्। यसबाहेक, अनुप्रेषण नराखि पृष्ठ सार्ने प्रयोगकर्ता अधिकारलाई पनि रोलब्याकर्स (पूर्वरूपमा फर्काउने प्रयोगकर्ता) समूहबाट हटाएर यो प्रयोगकर्ता अधिकारमा सार्नुपर्दछ। यो प्रयोगकर्ता अधिकार प्रबन्धकद्वारा व्यवस्थापन गरिनेछ।- Saroj Uprety (कुरा गर्ने) २१:२२, २० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन यस अधिकारको खाँचो पहिलादेखिनै रहेको थियो किनभने प्रयोगकर्ताहरू बिना कुनै छलफल चलाई लेखको शीर्षक सार्दै आएका छन् जसले विकिपिडियाको गहिराईमा नकारात्मक असर पार्दै आएको छ। यस अधिकारको प्रबन्ध छिटोभन्दा छिटो मिलाउनु पर्ने देखिन्छ।-हिमाल सुबेदी (कुरा गर्ने) १७:०१, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध पृष्ठ स्थानान्तरक संबन्धि उचित नीति बनेपछि यो प्रयोगकर्ता समूहले राम्रो भन्दा धेरै नराम्रो गर्छ। हाम्रोमा त्यसै त धेरैओटा प्रयोगकर्ता समूहहरू छन्, थप्नु उचित छैन। म साथीहरूलाई यो पनि याद दिलाउन चाहन्छु की हामीसँग अहिले केवल ३ प्रबन्धकहरू छन्। तिनीहरूलाई काम नथपौ, नीतिको पालना गरौ।-BRP ever१६:००, २७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यस विकिपिडियामा समुदायद्वारा पृष्ठ स्थानान्तरण नीति लागू गरिसकेपछि यसलाई पालना गर्नुपर्ने हामि सबैको दायित्व हो। पृष्ठ स्थानान्तरण गर्नुपूर्व छलफल अनिवार्य भएकोले 'पृष्ठ स्थानान्तरक' प्रयोगकर्ता अधिकार स्तर स्थापना गर्न गरिएको यो प्रस्तावमा मेरो समर्थन छ तर रोलब्याकर्स (पूर्वरूपमा फर्काउने प्रयोगकर्ता) समूहमा रहेका प्रयोगकर्तालाई यो जिम्मेवारी दिनु ठीक नहुने भएकोले यो अधिकारलाई छुट्टै राख्नुपर्छ।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)१६:०७, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@BRPever:मैले भनेको पनि त्यही हो। जसले धेरै लफडा गर्छ त्यसलाई निषेध गरेर अघि बढ्न सकिन्छ। — यो अहस्ताक्षरित टिप्पणी: Krish Dulalले (वार्ता • योगदान) 2020-07-27T20:01:28 (नेप्रस)मा गर्नुभएको हो।
यहाँ यस विकिले यस्तो गर्छु उसले यस्तो गर्छ भनेर तिनको तारिफ वा खिल्ली उठाउने काम भैरहेको छैन। शीर्षक लेखको सबैभन्दा महत्त्वपूर्ण विषयको भने एकल निर्णय सधैँ सहि पनि हुन्छ भन्न सकिन्न। यस अधिकारको जसरी भएपनि स्थापना गर्नै पर्ने देखिन्छ बरु त्यसका लागि छिटो कदम चाल्नु पर्छ-हिमाल सुबेदी (कुरा गर्ने)
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
New Beta Feature next week
कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्.
The Editing team is working on mw:Talk pages project/replying. The Reply tool is one result of the big mw:Talk pages consultation 2019. Editing is planning to offer the Reply tool to your community as a Beta Feature soon, probably on Wednesday, 14 October. The Reply tool has been used to make more than 25,000 comments at about 20 wikis so far.
The Editing team is particularly interested in learning how well this works for you, especially if you have trouble typing comments.
Here's what you need to know:
Using the Reply tool is optional. The Beta Feature will be turned off. If you want to try it, you will need to go to Special:Preferences#mw-prefsection-betafeatures and turn it on next Wednesday (or maybe Thursday).
There are a few things that you might want to check.
Some languages use a particular style for signatures. For example, Japanese does not add a space between the comment and the signature. I don't think that's the case here, but if I've guessed wrong, then you can define the signature format for all users at MediaWiki:Discussiontools-signature-prefix.
Missing or wrong translations can be fixed at Translatewiki.net.
If you have questions or encounter problems, please leave a note at mw:Talk:Talk pages project/replying. That's the fastest way to reach the devs.
यस विकिपिडियामा रहेको सन्दर्भ ढाँचा र मोड्युल मर्मत गर्नुपर्ने आवश्यकता रहेकोले मर्मतसम्भार गर्दा सो समयावधिमा ढाँचा तथा मोड्युलले काम नगर्ने हुनसक्छ। प्राविधिक पक्षको काम तथा सामग्रीलाई नेपालीकरण गर्न समय लाग्ने भएतापनि १० देखि १५ दिनभित्र मर्मत गर्ने जानकारी गराउँदछु। ढाँचा तथा मोड्युलको सामग्रीलाई नेपालीकरण गर्ने काममा सहयोग गर्न सबै प्रबन्धक, ढाँचा सम्पादक तथा अन्तरमोहडा सम्पादकलाई आग्रह समेत गर्दछु।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)२२:२४, २७ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
Technical maintenance planed
A maintenance operation will be performed tomorrow morning UTC time (Wednesday 17th at 07:00 AM UTC).
It will impact all wikis and is supposed to last up to one minute.
During this time, new translations may fail, and Notifications may not be delivered. For more details about the operation and on all impacted services, please check on Phabricator.
A banner will be displayed 30 minutes before the operation.
Tools play an essential role for the Wikimedia projects, and so do the many volunteer developers who experiment with new ideas and develop and maintain local and global solutions to support the Wikimedia communities. The Coolest Tool Award aims to recognize and celebrate the coolest tools in a variety of categories.
Among anyone and everyone you know who has an account on wiki.
Promote the Survey on social media, via instant messaging apps, in other groups and chats, in your WikiProject, Wikimedia affiliate - wherever contributors with registered accounts may be.
Only you can make the difference
How many people will hear and read about the Survey in their language? How many will decide to participate? Will there be enough of you to vote for a change you would like to see? It all depends on you, volunteers.
Thousands of volunteers haven't participated in the Survey yet. We'd like to improve that, too. Three years ago, 1387 people participated. Last year, there were 1773 of them. We hope that in the upcoming edition, there will be even more. You are better than us in contacting Wikimedians outside of wikis. We have prepared some images to share. More to come.
What is the Community Wishlist Survey?
It's an annual survey that allows contributors to the Wikimedia projects to propose and vote for tools and platform improvements. Long years of experience in editing or technical skills are not required.
This award is highlighting software tools that have been nominated by contributors to the Wikimedia projects. The ceremony will be a nice moment to show appreciation to our tool developers and maybe discover new tools!
Over the next months we will gradually change the audio and video player of Wikis from Kultura to Video.js and with that, the old player won’t be accessible anymore. The new player has been active as a beta feature since May 2017.
The new player has many advantages, including better design, consistent look with the rest of our interface, better compatibility with browsers, ability to work on mobile which means our multimedia will be properly accessible on iPhone, better accessibility and many more.
The old player has been unmaintained for eight years now and is home-brewn (unlike the new player which is a widely used open source project) and uses deprecated and abandoned frameworks such as jQuery UI. Removing the old player’s code also improves performance of the Wikis for anyone visiting any page (by significantly reducing complexity of the dependency graph of our ResourceLoader modules. See this blog post.). The old player has many open bugs that we will be able to close as resolved after this migration.
The new player will solve a lot of old and outstanding issues but also it will have its own bugs. All important ones have been fixed but there will be some small ones to tackle in the future and after the rollout.
What we are asking now is to turn on the beta feature for the new player and let us know about any issues.
The fourth edition of the Coolest Tool Award welcomes your nominations! What is your favorite Wikimedia related software tool? Please submit your favorite tools by October 12, 2022! The awarded projects will be announced and showcased in a virtual ceremony in December.
तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
Join the Coolest Tool Award 2022: Friday, Dec 16th, 17:00 UTC
This award is highlighting software tools that have been nominated by contributors to the Wikimedia projects. The ceremony will be a nice moment to show appreciation to our tool developers and maybe discover new tools!
हामीले विकिमीडिया फाउन्डेसनले बनाएको नवीनतम उपकरणहरू प्रयोग नगरेकोले नेपाली विकिपिडिया पछाडि परेको छ। यी उपकरणहरू प्रयोग गर्ने धेरै फाइदाहरू छन् जुन मैले तल सूचीबद्ध गरेको छु। नेपाली विकिपिडिया दिन प्रतिदिन बढ्दै गइरहेको छ र यी उपयोगी उपकरणहरू हुन् जसले नयाँ प्रयोगकर्ताहरू सिर्जना गरेका लेखहरू अनुगमन/गस्ती गर्न मदत गर्छन्। --बडा काजी(कुरा गर्नुहोस्)२२:१७, ६ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
धेरै प्रयोगकर्ता समूहहरू व्यवस्थापन गर्न गाह्रो हुन्छ। हामीले सक्रिय प्रयोगकर्ताहरू भन्दा धेरै प्रयोगकर्ता समूहहरू बनाउनको साटो हालका समूहहरूलाई अपग्रेड गर्दा राम्रो होला। मेरा सुझावहरू:
नयाँ पृष्ठहरू गस्तीकर्तालाई हटाएर --> गस्तीगर्ने प्रयोगकर्ता (राम्रा पृष्ठ बनाउनसक्ने प्रयोगकर्ताले चाहेमा अरुको पृष्ठ मापदण्ड भित्र भएको जाँचन् सक्ने भएकाले)
गस्तीगर्ने प्रयोगकर्तालाई नयाँ पृष्ठहरू गस्तीकर्ताका अधिकारहरू दिने। समूहको नाम 'गस्तीगर्ने प्रयोगकर्ता'नै राख्ने।
नेपाली विकिपिडियामा समीक्षक प्रयोगकर्ता समूह सक्रिय रहेको सबैमा विदितै छ। मैले अध्ययन गर्ने क्रममा नयाँ पृष्ठ गस्ती गर्नको लागि प्रयोगकर्ता वार्ता:बडा काजीले प्रस्ताव गर्नुभएको क्युरेसन उपकरण अङ्ग्रेजी विकिपिडिया बाहेक प्राविधिक कारणले गर्दा अन्य विकीमा प्रयोग गर्न सकिएको छैन। स्थानीय विकीमा पेज ट्राएज एक्सटेन्सन स्थापित गर्न समस्या देखिएको हामी कडी र कडी खोली हेर्न सक्छौँ। हामीले पृष्ठ स्थानान्तरकको विषयमा छलफल गरेका थियौँ जुन निष्कर्षमा पुग्न सकेको थिएन तसर्थ User:BRPeverको सल्लाह अनुसार यो अधिकार समीक्षकमा जोड्न सक्छौँ तथा यो प्रस्तावमा औल्याइएका समस्याहरू समाधान पनि गर्न सक्छौँ। धन्यवाद--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)१३:३७, ७ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
अंग्रेजी विकिपिडियामा बर्बरता धेरै भएको र semi-protection मात्रले त्यो रोक्न नसकिने भएकोले 'विस्तारित पुष्टि प्रयोगकर्ताहरू' थपीएको हो। नेपाली विकिपिडियामा आहिले यसको आवश्यकता नभएको र भविष्यमा आवश्यकता भएमा सजिलै थप्न सकिने भएकाले यो धेरै महत्वपूर्ण कुरा हो जस्तो लाग्दैन।--BRP ever१७:०५, १२ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘Fade258, धन्यवाद तथा सर्वव्यापी रूपमा फ्याब्रिकेटरमा टिकट काट्नेले कुराकानी [टास्क सिर्जना गर्ने प्रयोगकर्ता] गरिरहँदा टास्क डिप्लोय गर्ने विकासकर्तालाई भ्रमित गर्नु उपयुक्त हुँदैन किनभने उनीहरू देवनागरी लिपिसँग मैत्रीपूर्ण वा अवगत हुँदैनन् त्यसैले टास्क सिर्जनाकर्ताले नै छलफल गर्दा ठीक हुने गर्छ। यदि प्राविधिक रूपमा त्यहाँ कुनै समस्या छा भने निर्धक्क टिप्पणी गर्नुहोला।--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)२०:०२, ३१ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, मेराे विचारमा याे स्वचालित रूपमा आएको हुन सक्छ अथवा {{ढाँचा: Importance mask}} मा समावेश गरिएको महत्व को प्रकार (शीर्ष, उच्च, मध्य, निम्न) पृष्ठ मूल्याङ्कन गर्दा महत्त्व को प्रकार राख्दा मिलेन भने पनि उपलब्ध नभएको आउन सक्छ। जस्तै उदाहरण को लागि {{ढाँचा: Importance mask}} मा महत्व को प्रकार (शीर्ष, उच्च, आदि) राखिएको छ तर पृष्ठ मूल्याङ्कन गर्ने बेलामा चाई (सर्वोच्च, मध्यम आदि) राखियो भने पनि उपलब्ध नभएको आउन सक्छ। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २१:५१, ३ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्कार @बडा काजी:ज्यू, सर्वप्रथम त म तपाईलाई धन्यवाद दिन चाहान्छु तपाई को यो निरन्तर मिहिनेत को लागी। पृष्ठ मूल्याङ्कन गर्दा {{विकिपरियोजना नेपाल|class=सुरुवात|importance=न्यूनतम}} राख्दा प्यारामिटर class को सबै मापदण्ड ले राम्रो सँग काम गरिरहेको छ तर प्यारामिटर importance को न्यूनतम महत्व ले राम्रो सँग काम गरिरहेको छैन जस्तो लागेको छ किन भने importance=न्युनतम राख्दा को परिणाम अज्ञात आउँछ कृपया यस्लाई एक चोटी हेरिदिनु होला। उदाहरण को लागि जब हामिले importance=सर्वोच्च राख्छौं यस्को परिणाम सर्वोच्च महत्वका विकिपरियोजना नेपालका लेखहरू आउँछ जुन राम्रो सँग काम गरेको बुझिन्छ तर जब हामी importance=न्युनतम राख्छौं यस्को परिणाम अज्ञात महत्वका विकिपरियोजना नेपालका लेखहरू आउँछ जुन मलाइ त्रुटि जस्तो लाग्छ किन भने जब त्या न्युनतम राख्छौं अज्ञात भको ठाउँमा न्युनतम हुनु पर्छ। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १८:३१, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, मैले के भन्न खोजेको थिएँ भने, जस्तै विकिपरियोजना नेपाल नेपाली विकिपिडियामा अवस्थित छ, यदि विकिपरियोजना खगोल शास्त्र अवस्थित भएको भए भने तेस परियोजनामा न्युनतम महत्त्व प्रयोग हुन्थ्यो। न्युनतम भनेको विकिपरियोजना जस्तै नेपाल परियोजना द्वारा प्रयोग गर्ने महत्त्व हैन। न्युनतम महत्त्व दुर्लभ रूपमा प्रयोग गरिन्छ। विकिपरियोजना नेपालको लागि न्युनतम महत्व सक्षम गरिएको छैन।--बडा काजी(कुरा गर्नुहोस्)२०:४२, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Yesterday the Wikimedia Foundation noted that in the interests of the security of our users, the Graph extension was disabled. This means that pages that were formerly displaying graphs will now display a small blank area. To help readers understand this situation, communities can now define a brief message that can be displayed to readers in place of each graph until this is resolved. That message can be defined on each wiki at MediaWiki:Graph-disabled. Wikimedia Foundation staff are looking at options available and expected timelines. For updates, follow the public Phabricator task for this issue: T334940
We have recently become unable to access the WorldCat API which provided the ability to generate citations using ISBN numbers. The Wikimedia Foundation's Editing team is investigating several options to restore the functionality, but will need to disable ISBN citation generation for now.
This affects citations made with the VisualEditor Automatic tab, and the use of the citoid API in gadgets and user scripts, such as the autofill button on refToolbar. Please note that all the other automatic ways of generating citations, including via URL or DOI, are still available.
You can keep updated on the situation via Phabricator, or by reading the next issues of m:Tech News. If you know of any users or groups who rely heavily on this feature (for instance, someone who has an upcoming editathon), I'd appreciate it if you shared this update with them.
Apologize for posting in English. Dear Nepal Wikipedia community, template editor was enabled on this site a long time ago. However, there was some misconfiguration at that time, that the "template protection" level is not enabled. This issue is fix now - sysop could select the "Allow only template editors and administrators" option when protecting a page. Sorry for the trouble. Stang (कुरा गर्नुहोस्) १९:२६, ८ अगस्ट २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]