विकिपिडिया:प्रमुख चित्र/अप्रिल २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-०४-०१

{{{texttitle}}}

सूर्य मक्कर राशिमा रहेका बखत अर्थात् प्रत्येक १२ वर्षमा पनौती(काठमाडौंबाट करिब ३० किमि पर पर्ने बनेपा सहरको दक्षिणतिर रहेको शहर)मा मकर मेला लाग्छ । लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट रहँदै आएको ऐतिहासिक प्रमाण छ तर पनौती मेलाको चर्चा स्कन्द पुराणमै पनि भेटिनु र लक्ष्मणलाई बचाउन हनुमानले ल्याएको बुटी यहीँ खसेको थियो भन्ने चर्चा पाइनुले त्योभन्दा पनि अघिदेखि चल्दै आएको अनुमान गर्न सकिन्छ । विश्व सम्पदा सूचीमा रहेको पनौती क्षेत्र आफैमा प्रसिद्ध तीर्थ क्षेत्र हो...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः ३० मे २०११
सम्बन्धित पृष्ठः पनौतीको बाह्र वर्षे मेला



हेर्नेवार्तासम्पादन

२०१४-०४-०२

{{{texttitle}}}

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ । यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. ११७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ...



फोटोग्राफर/श्रोतः Original uploader was Nmnogueira at en.wikipedia , मितिः ३१ डिसेम्बर २००५
सम्बन्धित पृष्ठः सगरमाथा राष्ट्रिय निकुञ्ज



हेर्नेवार्तासम्पादन

२०१४-०४-०३

{{{texttitle}}}

लहोत्से (चाईनीजमा ल्होजे; तिब्बतीमा ल्होर्तसे; चाईनीज भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) पृथ्वीमाथी दुनियामा चौथो सबै भन्दा अग्लो हिमाल हो ( सगरमाथा, के2कंचनजंघा) पछि र यो सगरमाथासंग जोडिएको छ...



फोटोग्राफर/श्रोतः Jamie O'Shaughnessy , मितिः ०४ अक्टोबर २००३
सम्बन्धित पृष्ठः ल्होत्से हिमाल



हेर्नेवार्तासम्पादन

२०१४-०४-०४

{{{texttitle}}}

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपालभारतका आमजनमानसको ठूलो आस्था रहेको छ...



फोटोग्राफर/श्रोतः बिप्लब आनन्द , मितिः २९ अगस्त २०१२
सम्बन्धित पृष्ठः छिन्नमस्ता भगवती‎



हेर्नेवार्तासम्पादन

२०१४-०४-०५

{{{texttitle}}}

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो ३७१० मीटर उचाईमा मुस्ताङ जिल्लामा अवस्थित रहेको छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव संप्रदायको पनि प्रमुख मंदिरहरु मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिंदू धर्ममा पुजनिय मानिन्छ...



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः २४ मे २०११
सम्बन्धित पृष्ठः मुक्तिनाथ



हेर्नेवार्तासम्पादन

२०१४-०४-०६

{{{texttitle}}}

न्यू मेक्सिको संयुक्त राज्य अमेरिकाको एक राज्य हो...



फोटोग्राफर/श्रोतः जोन फेलान , मितिः ३१ जनवरी २०१२
सम्बन्धित पृष्ठः न्यू मेक्सिको



हेर्नेवार्तासम्पादन

२०१४-०४-०७

{{{texttitle}}}

श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिम हो । यस टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट म्याच सन् १९२६-२७ मा खेलेको थियो । सन् १९८१ मा श्रीलङ्काले टेस्ट राष्ट्रको दर्जा प्राप्त गरेपछि उसलाई टेस्ट खेल्ने राष्ट्रको सुचिमा ८औ राष्ट्र बनाएको हो । श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिमले सन् १९९६ को एकदिवसीय विश्वकप जिते पश्चात उसको क्रिकेट खेलमा वृद्धि गरेको छ...



फोटोग्राफर/श्रोतः श्रीलङ्का राष्ट्रिय क्रिकेट टिमले २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको उपाधि जितेको छ । , मितिः
सम्बन्धित पृष्ठः श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम



हेर्नेवार्तासम्पादन

२०१४-०४-०८

{{{texttitle}}}

सन् १९११ अर्थात् वि.सं. १९६८मा काठमाडौं उपत्यकामा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजना एसियाकै दोस्रो जलविद्युत परियोजना हो । तत्कलिन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द्रबाट उत्पादित बिजुलीलाई 'श्री चन्द्रज्योति प्रकाश' भन्ने गरिन्थ्यो...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः
सम्बन्धित पृष्ठः फर्पिङ लघु जलविद्युत् परियोजना



हेर्नेवार्तासम्पादन

२०१४-०४-०९

{{{texttitle}}}

लुम्बिनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवसथित गाउँ विकास समिति हो । लुम्बिनी गौतम बुद्धको जन्मथलो हो । लुम्बिनी अञ्चल यसै ठाउँको नामबाट नामाकरण गरिएको...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः १५ सेप्टेम्बर २०११
सम्बन्धित पृष्ठः लुम्बिनी



हेर्नेवार्तासम्पादन

२०१४-०४-१०

{{{texttitle}}}

भीमसेन थापा (इ.सं. १७७५ - १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूति हुन् । भिमसेन थापा (बगाले)को जन्म गोरखा जिल्लाको वोर्लाङ गाउँमा भएको थियो । उनी ११ वर्षको उमेरमा नेपाली राजदरवारको सम्पर्कमा आएका थिए...



फोटोग्राफर/श्रोतः राष्ट्रिय संग्राहलय , मितिः १९ डिसेम्बर २०११
सम्बन्धित पृष्ठः भीमसेन थापा



हेर्नेवार्तासम्पादन

२०१४-०४-११

{{{texttitle}}}

कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराजबाट पूर्वी क्षेत्र भारदह गाउँ बिकास समितिमा पर्छ । कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका आमजनमानसको ठूलो आस्था रहेको छ ।...



फोटोग्राफर/श्रोतः बिप्लब आनन्द , मितिः सन् २०१२
सम्बन्धित पृष्ठः कंकालिनी मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०४-१२

{{{texttitle}}}

पृथ्वीनारायण शाहले पाटन विजय गरेपछि निस्केको शक सम्बत १६८५ (सन् १७६३) अङ्कीत चाँदीको मोहोर (अगाडी)...



फोटोग्राफर/श्रोतः Clemensmarabu , मितिः १९ जनवरी २०१०
सम्बन्धित पृष्ठः पृथ्वीनारायण शाह



हेर्नेवार्तासम्पादन

२०१४-०४-१३

{{{texttitle}}}

गोर्खाली वा गोरखाली (अङ्ग्रेजी: Gurkha) नेपालमा बसो बास गर्ने बासिन्दा हुन । यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री गुरु गोरखनाथबाट प्राप्त गरेका थिए...



फोटोग्राफर/श्रोतः Diliff , मितिः 26th of April, 2008
सम्बन्धित पृष्ठः गोर्खाली



हेर्नेवार्तासम्पादन

२०१४-०४-१४

{{{texttitle}}}

नयाँ बर्ष २०७१ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना...



फोटोग्राफर/श्रोतः अनन्त भद्र लामिछाने , मितिः १ जनवरी २००८
सम्बन्धित पृष्ठः नयाँ वर्ष



हेर्नेवार्तासम्पादन

२०१४-०४-१५

{{{texttitle}}}

ताज महल भारतको आगरा सहरमा स्थित एक समाधिस्थल हो। यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो पत्नी मुमताज महलको सम्झनामा गराए । ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो। यसको वास्तुकला शैली फारसी, तुर्क, भारतीय एवं इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो सम्मिलन हो। सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो...



फोटोग्राफर/श्रोतः Pavel Suprun (Superka) , मितिः ५ डिसेम्बर २०११
सम्बन्धित पृष्ठः ताजमहल



हेर्नेवार्तासम्पादन

२०१४-०४-१६

{{{texttitle}}}

फाप्रे चरा नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा हुपु भनिन्छ...



फोटोग्राफर/श्रोतः Shantanu Kuveskar , मितिः १० मार्च २०१३
सम्बन्धित पृष्ठः फाप्रे चरा



हेर्नेवार्तासम्पादन

२०१४-०४-१७

{{{texttitle}}}

मिनाक्षी अम्मन मन्दिर भारतको तमिलनाडु राज्यको मदुरै शहरमा अवस्थित रहेको छ । यो हिन्दु देवता शिव (“‘सुन्दरेश्वरर”’ वा सुन्दर ईश्वरको रुपमा) तथा भार्या देवी पार्वती (मीनाक्षी वा माछाको आकारको आखाँ भएको देवीको रुपमा) दुवै समर्पित रहेको छ । अर्को महत्वपुर्ण कुरा माछा पाण्डेय राजाहरुको राजचिन्ह पनि हो...



फोटोग्राफर/श्रोतः जोरज रोयान , मितिः १२ फेब्रुअरी २००७
सम्बन्धित पृष्ठः मिनाक्षी अम्मन मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०४-१८

{{{texttitle}}}

उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर शहर हो । जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेका छन...



फोटोग्राफर/श्रोतः DanieleDF1995 , मितिः २१ फेब्रुअरी २०१०
सम्बन्धित पृष्ठः भेनिस



हेर्नेवार्तासम्पादन

२०१४-०४-१९

{{{texttitle}}}

हिमाली गिद्ध नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा हिमालयन भल्चर (Himalyan Vulture) भनिन्छ ।...



फोटोग्राफर/श्रोतः raeky , मितिः १६ सेप्टेम्बर २००८
सम्बन्धित पृष्ठः हिमाली गिद्ध



हेर्नेवार्तासम्पादन

२०१४-०४-२०

{{{texttitle}}}

चोयु (अङ्ग्रेजी: Cho Oyu, वाइलि अनुवादमा तिब्बति: jo bo dbu yag; चिनियाँ: 卓奧有山, पिनयिन: Zhuó'àoyǒu Shān) विश्वको छैठौं हिमाल हो। यसको उचाइ ८,२०१ मिटर (२६,९०६ फिट) हो । हर्वट टिची (Herbert Tichy)ले अन्य २ जना साथीहरू समावेश गरि आरोहण दल बनाए । सेप जोक्लर( Sepp Jockler) एक कुशल आरोही थिए। अर्का साथी हेल्मट हृयुवर्गर (Helmut Heuberger) ईन्स व्रक विश्वविद्यालयका भूगोलशास्त्री थिए। सरदार पासाङ्ग दाव माताहतमा रहेको सातजना शेर्पाहरू दलको सहयोगी थिए...



फोटोग्राफर/श्रोतः Uwe Gille , मितिः २६ अप्रिल २००५
सम्बन्धित पृष्ठः चोयु हिमाल



हेर्नेवार्तासम्पादन

२०१४-०४-२१

{{{texttitle}}}

मःम तिब्बती खान्की हो । उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ । 'मोहमोः' भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो । "तिब्बतमा यसलाई 'मोहमोः' भनिन्छ, जसको आकार नेपालमा पाइने मःमको भन्दा ठूलो हुन्छ...



फोटोग्राफर/श्रोतः कुसल गोयल , मितिः ०६ जनवरी २०१०
सम्बन्धित पृष्ठः मम:



हेर्नेवार्तासम्पादन

२०१४-०४-२२

{{{texttitle}}}

रामानाथस्वामी मन्दिर हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो तमिलनाडुको रामनाथपुरममा अवस्थित छ । यो तिर्थस्थल हिन्दूहरूको चार धामहरू मध्ये एउटा हो । यस अतिरिक्त यहाँ स्थापित शिवलिंग बाह्र ज्योतिर्लिंगहरूमा एउटा मानिन्छ । भारतको उत्तरमा रहेको काशीको जुन मान्यता छ, त्यही दक्षिणमा रामेश्वरमको रहेको छ ।...



फोटोग्राफर/श्रोतः Himanis Das , मितिः १५ मार्च २०१४
सम्बन्धित पृष्ठः रामानाथस्वामी मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०४-२३

{{{texttitle}}}

द्वारकाधिश मन्दिर भारतीय राज्य गुजरातमा अवस्थित छ । यस शहरको नाम संस्कृत भाषाको शब्द द्वार अर्थात ढोका या गेट देखि प्राप्त रहेको छ । यो तिर्थ गोमती नदी जहाँ कच्छको खाडीमा विलीन हुन्छ त्यहाँ नजिक स्थित छ । यो शहर भारतको पश्चिमी भागमा रहेको छ । दिग्गज शहर द्वारका प्रभु कृष्णको निवासस्थान थियो भन्ने विश्वास रहेको छ ।...



फोटोग्राफर/श्रोतः Scalebelow , मितिः १८ जनवरी २००८
सम्बन्धित पृष्ठः द्वारकाधिश मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०४-२४

{{{texttitle}}}

सचिन तेन्दुलकर (पुरा नाम : सचिन रमेश तेन्दुलकर) को जन्म २४ अप्रिल १९७३ मा भारतको मुम्बईमा भएको हो। सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले १९८९ मा पाकिस्तानविरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको शुरुवात गरेका थिए। उनले टेस्ट तथा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन्...



फोटोग्राफर/श्रोतः Blnguyen , मितिः १४ फेब्रुअरी २००८
सम्बन्धित पृष्ठः सचिन तेन्दुलकर



हेर्नेवार्तासम्पादन

२०१४-०४-२५

{{{texttitle}}}

धरान नेपालको कोशी अञ्चलको सुनसरी जिल्लाको एक नगरपालिका हो । यहा नेवार, राई र लिम्बुहरूको बाहुल्यता छ । यो ठाउंमा २०४२८ वटा घर छन्।पुर्व नेपालको सुनसरी जिल्लामा धरान एक महत्वपुर्ण शहर हो, र यो शहर महाभारत पहाड़ श्रेणीको छेउमा स्थित छ...



फोटोग्राफर/श्रोतः birattourism.org.np , मितिः ३१ मे २०११
सम्बन्धित पृष्ठः धरान नगरपालिका



हेर्नेवार्तासम्पादन

२०१४-०४-२६

{{{texttitle}}}

बद्रीनाथ मन्दिर जसलाई बद्रीनारायण मन्दिर पनि भनिन्छ, अलकनन्दा नदीको तटमा भारतको उत्तराखण्ड राज्यमा अवस्थित रहेको छ । यो मन्दिर भगवान विष्णुको रूप बद्रीनाथ लाई समर्पित रहेको छ । यो हिन्दु धर्मको चार धाम मध्ये एक धाम पनि हो । ऋषिकेष बाट यो २९४ किलोमिटर टाढा रहेको छ । यो पन्च-बद्री मध्ये एक बद्री पनि हो । उत्तराखण्ड मा पन्च बद्री, पन्च केदार तथा पन्च प्रयाग पौराणिक दृष्टिले तथा हिन्दु धर्म दृष्टिले महत्वपूर्ण मानिन्छ ।...



फोटोग्राफर/श्रोतः प्रियनाथ , मितिः १५ नोभेम्बर २००६
सम्बन्धित पृष्ठः बद्रीनाथ मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०४-२७

{{{texttitle}}}

पुरीको श्री जगन्नाथ मन्दिर एउटा हिन्दु मन्दिर हो, जुन भगवान जगन्नाथ (श्रीकृष्ण) मा समर्पित रहेको छ । यो भारतको उडिसा राज्यको तटवर्ती शहर पुरीमा अवास्थित रहेको छ । जगन्नाथ शब्दको अर्थ जगतको स्वामी हुन्छ । भगवान श्रीकृष्ण नगरीलाई नै जगन्नाथपुरी वा पुरी भन्ने गरिन्छ । यस मन्दिरलाई हिन्दुहरुको चार धाम मध्ये एकको रुपमा गनिन्छ । यो वैष्णव सम्प्रदाय को मन्दिर हो जुन भगवान विष्णुको अवतार श्रीकृष्णमा समर्पित छ...



फोटोग्राफर/श्रोतः Photo perso de Shiva-Nataraja , मितिः ६ अगस्त २००६
सम्बन्धित पृष्ठः जगन्नाथ मन्दिर,पुरी



हेर्नेवार्तासम्पादन

२०१४-०४-२८

{{{texttitle}}}

कन्याम नेपालको मेची अञ्चलको इलाम जिल्लाको एक गाँउ विकास समिति हो...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः ७ सेप्टेम्बर २०१२
सम्बन्धित पृष्ठः कन्याम



हेर्नेवार्तासम्पादन

२०१४-०४-२९

{{{texttitle}}}

मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ...



फोटोग्राफर/श्रोतः Mothers' Day Cake , मितिः १४ मे २००६
सम्बन्धित पृष्ठः मातृ दिवस



हेर्नेवार्तासम्पादन

२०१४-०४-३०

{{{texttitle}}}

राजहंस एन्टिडेइ परिवारमा पर्ने चरा हो । यो हाँस तथा पानी हाँसको नजिकको प्रजाति हो...



फोटोग्राफर/श्रोतः an Kirk from Broadstone, Dorset, UK , मितिः २४ जनवरी २०१३
सम्बन्धित पृष्ठः राजहंस



हेर्नेवार्तासम्पादन