करताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

करताल नेपाली बाजा हो । यसलाई कठताल, करताल, करताली जे भने पनि हुन्छ । यसका दुईटा बाग हुन्छन् । दुई भागलाई एउटै हातका औंलाका सहायताले एक-अर्कामा ठोक्काएर बजाइन्छ । यसमा ध्वनि सृजना गर्नका लागि मुजुराहरू संलग्न गरिएका हुन्छन् । यिनै मुजुराहरूको घर्षणबाट ध्वनि सृजना हुन्छ । विशेषगरि भजन-कीर्तनहरूमा यसको प्रयोग गरिन्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]