ताः

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताः नेपाली बाजा हो । यो काठमाडौँ उपत्यकामा प्रचलित छ । यो झ्याम्टा जस्तै हुन्छ । यो काँसबाट बनेको हुन्छ । यो आधा अङ्गुल बाक्लो र पाँच अङ्गुल अर्धव्यासको हुन्छ । यो बाजालाई दुवै हातमा लिई ठोकेर बजाइन्छ । ताःको बीचमा प्वाल पारी मोटो धागो वा कपडाका ध्वजाले बाँधिएको हुन्छ । धागो वा ध्वजाले समात्न सजिलो हुन्छ । यो बाजा भजन तथा चर्या नृत्यमा बजाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=ताः&oldid=870007" बाट अनुप्रेषित