कृष्णप्रसाद भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णप्रसाद भट्टराई
कृष्णप्रसाद भट्टराई
२९ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
३१ मे, १९९९ – २२ मार्च, २०००
एकाधिपतिवीरेन्द्र
पूर्वाधिकारीगिरिजा प्रसाद कोइराला
उतराधिकारीगिरिजा प्रसाद कोइराला
कार्यकाल
१९ अप्रिल, १९९० – २६ मे, १९९१
एकाधिपतिवीरेन्द्र
पूर्वाधिकारीलोकेन्द्र बहादुर चन्द
उतराधिकारीगिरिजा प्रसाद कोइराला
चौथो सभापति - नेपाली काँग्रेस
कार्यकाल
१७ जनवरी, १९९२ – १० मे, १९९६
उतराधिकारीगिरिजा प्रसाद कोइराला
कार्यकाल
१२ फेब्रुअरी, १९७६ – १६ जनवरी, १९९२ (कार्यवाहक)
पूर्वाधिकारीविश्वेश्वरप्रसाद कोइराला
सभामुख - प्रतिनिधि सभा
कार्यकाल
मे, १९५९ – २६ डिसेम्बर, १९६०
व्यक्तिगत विवरण
जन्मवि.सं. १९८१ पौष ०८ गते कृष्ण द्वादशी
(१९२४-१२-२३)२३ डिसेम्बर १९२४
मृत्यु२०६७ फागुन २० गते
४ मार्च २०११(2011-03-04) (उमेर ८६)
काठमाडौँ, नेपाल
राजनीतिक दलनेपाली काँग्रेस

कृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७, राजनीतिक नाम: किशुनजी) नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। [१]

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।

पारिवारिक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

स्व. कृष्णप्रसाद भट्टराईको जन्म स्व. पिता संकटाप्रसाद र स्व. माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो।

राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे।

गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौँ आएर दरबारमा नै पुरोहित भई बसे। यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए। संकटाप्रसादका चार भाइ छोरा― बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए। यी चार मध्येका कान्छा छोरा कृष्णप्रसाद भट्टराई हुन्।

युवावस्था[सम्पादन गर्नुहोस्]

बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए। सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले यिनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन। [२]

कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए। साथै उनी सोभियत सङ्घ को कम्युनिष्ट पार्टि (Communist Party of the Soviet Union) कि महासचिव निकिता ख्रुश्चेभ (Nikita Khrushchev) को अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार थिए।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई (कृष्णप्रसाद भट्टराईका हजुरबुवा) सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे।

सुरुवाती[सम्पादन गर्नुहोस्]

भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ परेका थिए। सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहे। त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै सँगठनमा लागेका थिए।

नेपाली काङ्ग्रेस गठन देखि २००७ सम्म[सम्पादन गर्नुहोस्]

नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कोलकातामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हालेका थिए।

नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए।

२००७-२०१७[सम्पादन गर्नुहोस्]

प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा प्रतिनिधि सभाका सभामुखको पदको दायित्व वहन गरेका थिए। २०१५ निर्वाचनमा गोर्खाबाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।

२०१७ देखि २०४६[सम्पादन गर्नुहोस्]

२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्‍यो। त्यसपछि पनि पटक-पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्ने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएका छन्।

२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए। बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गरे। नेपाली कांग्रेसको आठौँ महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि यिनले २०५३ सम्म सभापतिको पद सम्हाले।

भट्टराईको १७ वर्षे सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि यिनैले गरेका थिए।

२०४६ को जनआन्दोलन पछि[सम्पादन गर्नुहोस्]

त्यस जनआन्दोलनको पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बने। तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गरे। २०४८ को निर्वाचनमा उनी पराजित भए। २०१५ मा गोर्खाबाट र २०५१ मा काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।

भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आएका छन्। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन चाहिं कहिल्यै रूचाएनन्। [३]

दोश्रो प्रधानमन्त्री कार्यकाल[सम्पादन गर्नुहोस्]

नेपाली काङ्ग्रेस विभाजन[सम्पादन गर्नुहोस्]

पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बने। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे। २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए।

जनआन्दोलन २०६३ पछि[सम्पादन गर्नुहोस्]

राजतन्त्रबारे भनें उनको छुट्टै मत रहेको थियो। जनआन्दोलनपछि पनि उन तत्कालै राजा हटाउने पक्षमा थिएनन्। यद्यपि गणतन्त्रको स्थापना पश्चात् उनी यस विषयमा मौन नै रहे। त्यसो त बि पी सिद्दान्तका साधक जसले कुनै न कुनै प्रकारको राजतन्त्र नेपालमा चाहिन्छ भनेर बारम्बार भन्थे नया राजनीतिक माहोलमा उनका कुरा सुन्न छाडीएपछी उनी मौन रहेको कांग्रेस वृतमै बेलाबेलामा चर्चा चल्ने गरेको छ / हिन्दुराज्य र राजतन्त्र नरहे पछि उहाँ पनि रहनु भएन।

ब्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहे। सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले यिनलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन्। अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे। २०४८को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए।

कृतिहरू[सम्पादन गर्नुहोस्]

हालसालै यिनको 'मेरो म' नामको आत्मबृत्तान्त पुस्तकाकारमा प्रकाशित भएको छ। [४]

मृत्यु[सम्पादन गर्नुहोस्]

कृष्णप्रसाद भट्टराईको मृत शरीर

कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौँको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भयो। यिनको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ फागुन २२ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

पूर्वाधिकारी
लोकेन्द्र बहादुर चन्द
नेपालको प्रधानमन्त्री
अप्रिल १९, १९९० – मे २६, १९९१
उत्तराधिकारी 
गिरिजा प्रसाद कोइराला
पूर्वाधिकारी
गिरिजा प्रसाद कोईराला
नेपालको प्रधानमन्त्री
मे ३१, १९९९ – मार्च २२, २०००
उत्तराधिकारी 
गिरिजा प्रसाद कोइराला
पूर्वाधिकारी
विश्वेश्वर प्रसाद कोइराला
नेपाली कांग्रेसको सभापति
??
उत्तराधिकारी 
गिरिजा प्रसाद कोइराला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Keshab Poudel: Symbol of Simplicity. Spotlight: Kathmandu, Nepal
  2. कान्तिपुर दैनिक
  3. कृष्णप्रसाद भट्टराई शब्दचित्र: तुल्सी भट्टराई NepalBritain.com
  4. मेरो म: कृष्णप्रसाद भट्टराई