कीर्तिपुर नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(किपू बाट पठाईएको)
Jump to navigation Jump to search
कीर्तिपुर
Kirtipur
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर Kirtipur is located in वाग्मती प्रदेश
कीर्तिपुर Kirtipur
कीर्तिपुर
Kirtipur
नेपालमा स्थान
कीर्तिपुर Kirtipur is located in नेपाल
कीर्तिपुर Kirtipur
कीर्तिपुर
Kirtipur
कीर्तिपुर
Kirtipur (नेपाल)
निर्देशाङ्क: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694निर्देशाङ्कहरू: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694
देश नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाकाठमाडौं जिल्ला
सरकार
 • मेयररमेश महर्जन
 • उप मेयरसरस्वती खड्का
जनसङ्ख्या
 (२०११)
 • जम्मा६७,१७१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक सङ्केत
४४६१८
क्षेत्रीय सङ्केत(हरू)०१
वेबसाइटआधिकारिक वेबसाइट

कीर्तिपुर (अङ्ग्रेजी: Kirtipur, नेपाल: किपू) काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा रहको ऐतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह यहाँ पर्दछ। कीर्तिपुरमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन।[१] कीर्तिपुरको टेलीफोन कोड नं. ०१ हो।

वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसङ्ख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।

कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।

काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।

कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं-तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघ भैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।


ग्यालरी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]