ढाँचा:प्रमुख चित्र/अप्रिल २०१४
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१४-०४-०१
सूर्य मक्कर राशिमा रहेका बखत अर्थात् प्रत्येक १२ वर्षमा पनौती(काठमाडौंबाट करिब ३० किमि पर पर्ने बनेपा सहरको दक्षिणतिर रहेको शहर)मा मकर मेला लाग्छ । लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट रहँदै आएको ऐतिहासिक प्रमाण छ तर पनौती मेलाको चर्चा स्कन्द पुराणमै पनि भेटिनु र लक्ष्मणलाई बचाउन हनुमानले ल्याएको बुटी यहीँ खसेको थियो भन्ने चर्चा पाइनुले त्योभन्दा पनि अघिदेखि चल्दै आएको अनुमान गर्न सकिन्छ । विश्व सम्पदा सूचीमा रहेको पनौती क्षेत्र आफैमा प्रसिद्ध तीर्थ क्षेत्र हो...
२०१४-०४-०२सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ । यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. ११७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ...
२०१४-०४-०३
लहोत्से (चाईनीजमा ल्होजे; तिब्बतीमा ल्होर्तसे; चाईनीज भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) पृथ्वीमाथी दुनियामा चौथो सबै भन्दा अग्लो हिमाल हो ( सगरमाथा, के2 र कंचनजंघा) पछि र यो सगरमाथासंग जोडिएको छ...
२०१४-०४-०४
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका आमजनमानसको ठूलो आस्था रहेको छ...
२०१४-०४-०५
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो ३७१० मीटर उचाईमा मुस्ताङ जिल्लामा अवस्थित रहेको छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव संप्रदायको पनि प्रमुख मंदिरहरु मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिंदू धर्ममा पुजनिय मानिन्छ...
२०१४-०४-०६
न्यू मेक्सिको संयुक्त राज्य अमेरिकाको एक राज्य हो...
२०१४-०४-०७
श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिम हो । यस टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट म्याच सन् १९२६-२७ मा खेलेको थियो । सन् १९८१ मा श्रीलङ्काले टेस्ट राष्ट्रको दर्जा प्राप्त गरेपछि उसलाई टेस्ट खेल्ने राष्ट्रको सुचिमा ८औ राष्ट्र बनाएको हो । श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिमले सन् १९९६ को एकदिवसीय विश्वकप जिते पश्चात उसको क्रिकेट खेलमा वृद्धि गरेको छ...
२०१४-०४-०८
सन् १९११ अर्थात् वि.सं. १९६८मा काठमाडौं उपत्यकामा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजना एसियाकै दोस्रो जलविद्युत परियोजना हो । तत्कलिन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द्रबाट उत्पादित बिजुलीलाई 'श्री चन्द्रज्योति प्रकाश' भन्ने गरिन्थ्यो...
२०१४-०४-०९लुम्बिनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवसथित गाउँ विकास समिति हो । लुम्बिनी गौतम बुद्धको जन्मथलो हो । लुम्बिनी अञ्चल यसै ठाउँको नामबाट नामाकरण गरिएको...
२०१४-०४-१०
भीमसेन थापा (इ.सं. १७७५ - १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूति हुन् । भिमसेन थापा (बगाले)को जन्म गोरखा जिल्लाको वोर्लाङ गाउँमा भएको थियो । उनी ११ वर्षको उमेरमा नेपाली राजदरवारको सम्पर्कमा आएका थिए...
२०१४-०४-११
कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराजबाट पूर्वी क्षेत्र भारदह गाउँ बिकास समितिमा पर्छ । कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका आमजनमानसको ठूलो आस्था रहेको छ ।...
२०१४-०४-१२पृथ्वीनारायण शाहले पाटन विजय गरेपछि निस्केको शक सम्बत १६८५ (सन् १७६३) अङ्कीत चाँदीको मोहोर (अगाडी)...
२०१४-०४-१३
गोर्खाली वा गोरखाली (अङ्ग्रेजी: Gurkha) नेपालमा बसो बास गर्ने बासिन्दा हुन । यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री गुरु गोरखनाथबाट प्राप्त गरेका थिए...
२०१४-०४-१४
नयाँ बर्ष २०७१ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना...
२०१४-०४-१५
ताज महल भारतको आगरा सहरमा स्थित एक समाधिस्थल हो। यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो पत्नी मुमताज महलको सम्झनामा गराए । ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो। यसको वास्तुकला शैली फारसी, तुर्क, भारतीय एवं इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो सम्मिलन हो। सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो...
२०१४-०४-१६
फाप्रे चरा नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा हुपु भनिन्छ...
२०१४-०४-१७
मिनाक्षी अम्मन मन्दिर भारतको तमिलनाडु राज्यको मदुरै शहरमा अवस्थित रहेको छ । यो हिन्दु देवता शिव (“‘सुन्दरेश्वरर”’ वा सुन्दर ईश्वरको रुपमा) तथा भार्या देवी पार्वती (मीनाक्षी वा माछाको आकारको आखाँ भएको देवीको रुपमा) दुवै समर्पित रहेको छ । अर्को महत्वपुर्ण कुरा माछा पाण्डेय राजाहरुको राजचिन्ह पनि हो...
२०१४-०४-१८
उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर शहर हो । जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेका छन...
२०१४-०४-१९
हिमाली गिद्ध नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा हिमालयन भल्चर (Himalyan Vulture) भनिन्छ ।...
२०१४-०४-२०
चोयु (अङ्ग्रेजी: Cho Oyu, वाइलि अनुवादमा तिब्बति: jo bo dbu yag; चिनियाँ: 卓奧有山, पिनयिन: Zhuó'àoyǒu Shān) विश्वको छैठौं हिमाल हो। यसको उचाइ ८,२०१ मिटर (२६,९०६ फिट) हो । हर्वट टिची (Herbert Tichy)ले अन्य २ जना साथीहरू समावेश गरि आरोहण दल बनाए । सेप जोक्लर( Sepp Jockler) एक कुशल आरोही थिए। अर्का साथी हेल्मट हृयुवर्गर (Helmut Heuberger) ईन्स व्रक विश्वविद्यालयका भूगोलशास्त्री थिए। सरदार पासाङ्ग दाव माताहतमा रहेको सातजना शेर्पाहरू दलको सहयोगी थिए...
२०१४-०४-२१
मःम तिब्बती खान्की हो । उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ । 'मोहमोः' भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो । "तिब्बतमा यसलाई 'मोहमोः' भनिन्छ, जसको आकार नेपालमा पाइने मःमको भन्दा ठूलो हुन्छ...
२०१४-०४-२२
रामानाथस्वामी मन्दिर हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो तमिलनाडुको रामनाथपुरममा अवस्थित छ । यो तिर्थस्थल हिन्दूहरूको चार धामहरू मध्ये एउटा हो । यस अतिरिक्त यहाँ स्थापित शिवलिंग बाह्र ज्योतिर्लिंगहरूमा एउटा मानिन्छ । भारतको उत्तरमा रहेको काशीको जुन मान्यता छ, त्यही दक्षिणमा रामेश्वरमको रहेको छ ।...
२०१४-०४-२३
द्वारकाधिश मन्दिर भारतीय राज्य गुजरातमा अवस्थित छ । यस शहरको नाम संस्कृत भाषाको शब्द द्वार अर्थात ढोका या गेट देखि प्राप्त रहेको छ । यो तिर्थ गोमती नदी जहाँ कच्छको खाडीमा विलीन हुन्छ त्यहाँ नजिक स्थित छ । यो शहर भारतको पश्चिमी भागमा रहेको छ । दिग्गज शहर द्वारका प्रभु कृष्णको निवासस्थान थियो भन्ने विश्वास रहेको छ ।...
२०१४-०४-२४
सचिन तेन्दुलकर (पुरा नाम : सचिन रमेश तेन्दुलकर) को जन्म २४ अप्रिल १९७३ मा भारतको मुम्बईमा भएको हो। सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले १९८९ मा पाकिस्तानविरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको शुरुवात गरेका थिए। उनले टेस्ट तथा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन्...
२०१४-०४-२५
धरान नेपालको कोशी अञ्चलको सुनसरी जिल्लाको एक नगरपालिका हो । यहा नेवार, राई र लिम्बुहरूको बाहुल्यता छ । यो ठाउंमा २०४२८ वटा घर छन्।पुर्व नेपालको सुनसरी जिल्लामा धरान एक महत्वपुर्ण शहर हो, र यो शहर महाभारत पहाड़ श्रेणीको छेउमा स्थित छ...
२०१४-०४-२६
बद्रीनाथ मन्दिर जसलाई बद्रीनारायण मन्दिर पनि भनिन्छ, अलकनन्दा नदीको तटमा भारतको उत्तराखण्ड राज्यमा अवस्थित रहेको छ । यो मन्दिर भगवान विष्णुको रूप बद्रीनाथ लाई समर्पित रहेको छ । यो हिन्दु धर्मको चार धाम मध्ये एक धाम पनि हो । ऋषिकेष बाट यो २९४ किलोमिटर टाढा रहेको छ । यो पन्च-बद्री मध्ये एक बद्री पनि हो । उत्तराखण्ड मा पन्च बद्री, पन्च केदार तथा पन्च प्रयाग पौराणिक दृष्टिले तथा हिन्दु धर्म दृष्टिले महत्वपूर्ण मानिन्छ ।...
२०१४-०४-२७
पुरीको श्री जगन्नाथ मन्दिर एउटा हिन्दु मन्दिर हो, जुन भगवान जगन्नाथ (श्रीकृष्ण) मा समर्पित रहेको छ । यो भारतको उडिसा राज्यको तटवर्ती शहर पुरीमा अवास्थित रहेको छ । जगन्नाथ शब्दको अर्थ जगतको स्वामी हुन्छ । भगवान श्रीकृष्ण नगरीलाई नै जगन्नाथपुरी वा पुरी भन्ने गरिन्छ । यस मन्दिरलाई हिन्दुहरुको चार धाम मध्ये एकको रुपमा गनिन्छ । यो वैष्णव सम्प्रदाय को मन्दिर हो जुन भगवान विष्णुको अवतार श्रीकृष्णमा समर्पित छ...
२०१४-०४-२८कन्याम नेपालको मेची अञ्चलको इलाम जिल्लाको एक गाँउ विकास समिति हो...
२०१४-०४-२९
मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ...
|