सचिन तेन्दुलकर
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | सचिन रमेश तेन्दुलकर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | लिटिल मास्टर, तेन्देल्या, क्रिकेटको भगवान,[१] मास्टर ब्लास्टर,[२] द मास्टर,[३][४] द लिटल च्याम्पियन, | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ५ इन्च [५] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाँया हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते लेग स्पिन, अफ स्पिन, मध्यमगति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप १८७) | १५ नोभेम्बर १९८९ विरुद्ध पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १४ नोभेम्बर २०१३ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ७४) | १८ डिसेम्बर १९८९ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ मार्च २०१२ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १० | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९८८–२०१३ | मुम्बई | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८–२०१३ | मुम्बई इन्डियन्स (इन्डियन प्रिमियर लिग) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९२ | योर्कशिर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: [६] क्रिकइन्फो, १५ नोभेम्बर २०१३ |
सचिन तेन्दुलकर (/ˌsətʃɪn tɛnˈduːlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् ।[७][८][९][१०][११] उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।[१२] एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।
सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेट खेलाडी्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । त्यसैप्रकार एकदिवसीय क्रिकेटमा पनि उनलाई दोस्रो स्थान प्राप्त भएको थियो, उनीभन्दा अगाडि वेस्ट इन्डिजका भिभ रिचर्ड्स रहेका थिए ।[१३] तेन्दुलकर २०११ क्रिकेट विश्वकप भारतले जित्दा सो टिममा प्रमुख खेलाडीको रूपमा थिए, उनले भारतको लागि खेलेका ६ क्रिकेट विश्वकपहरू मध्ये पहिलो जित थियो ।[१४] उनी त्यसभन्दा पहिले दक्षिण अफ्रिकामा भएको २००३ क्रिकेट विश्वकप प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । सन् २०१३ मा विज्डन क्रिकेट खेलाडी्स अल्मानकको १५०औँ वार्षिकोत्सवको अवसरमा विश्व क्रिकेट इतिहासमा विश्व टेस्ट एघारको सूचीमा आफ्नो स्थान बनाउन सफल उनी मात्र एकजना भारतीय क्रिकेट खेलाडी थिए ।[१५][१६][१७]
तेन्दुलकरले क्रिकेट खेलमा गरेको योगदानको कदर स्वरूप भारत सरकारले सन् १९९४ मा अर्जुन पुरस्कार, सन् १९९७ मा भारतको सबैभन्दा ठुलो खेल सम्मान राजीव गान्धी खेल रत्नका साथै सन् १९९९ र सन् २००८ मा क्रमसः पद्म श्री र पद्म विभूषणले सम्मानित गरेको थियो ।[१८] सन् २०१३ नोभेम्बर १६ मा आफ्नो क्रिकेट जीवनको अन्तिम म्याच सकेको केहीबेरमै प्रधानमन्त्री कार्यालय (भारत)ले उनलाई भारतको सबैभन्दा नागरिक सम्मान भारत रत्नले सम्मानित गर्ने निर्णय गरेको थियो ।[१९][२०] भारत रत्नले सम्मानित हुने हालसम्मका सबैभन्दा कान्छो र पहिलो खेलाडी हुन् ।[२१][२२]
सन् २०१२ डिसेम्बरमा, तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।[२३] उनी ट्वान्टी२० क्रिकेटबाट अक्टोबर २०१३ मा सन्यास लिए [२४] र यसै प्रकार सचिनले सन् २०१३ नोभेम्बर १६ मा मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिज विरुद्ध आफ्नो जीवनको २००औँ तथा अन्तिम टेस्ट म्याच खेलेर क्रिकेटको सबै स्वरूपबाट सन्यास लिएका थिए । तेन्दुलकरले ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेर जम्मा ३४,३५७ रन बनाएका थिए ।[१२]
प्रारम्भिक जीवनी
तेन्दुलकरको जन्म राजापुरको मराठी ब्राह्मण परिवारमा भएको थियो ।[२५] उनको बुवा रमेश तेन्दुलकर चिनिएका कथाकार थिए भने आमा रजनी एक जीवन विमा कम्पनीमा कार्य गर्थिन् ।[२६] सचिनको नाम उनको बुवाले आफ्नो मनपर्ने सङ्गीतकार सचिन देव बर्मनको नाममा राखेका थिए । उनको ठुलो दाई अजीत तेन्दुलकरले सचिनलाई क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनको एक भाइ नितिन तेन्दुलकर र एक बहिनी सविता तेन्दुलकर छन् ।[२७] सन् १९९५ मा सचिन तेन्दुलकरको विहे अञ्जली तेन्दुलकरसँग भयो । सचिनको दुई छोराछोरी छन् - सारा र अर्जुन ।
सचिनले मुम्बईको शारदाश्रम विद्यामन्दिरबाट आफ्नो शिक्षा पुरा गरेका थिए । त्यहिँ उनले प्रशिक्षक रमाकान्त अचरेकरको अचरजमा आफ्नो क्रिकेट जीवनको प्रारम्भ गरेका थिए ।
विश्व रेकर्ड
- सन् २०१२ को मार्च १६ मा बङ्गलादेशमा सम्पन्न एसिया कप क्रिकेटमा बङ्गलादेशविरुद्ध एक सय रन बनाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक नयाँ विश्व कीर्तिमान कायम गरे। उनले टेस्ट र एकदिवसीय गरी शतकको शतक बनाए। यो खेल बङ्गलादेशको मिरपुरस्थित शेरे बङ्गला राष्ट्रिय स्टेडियममा भएको थियो ।
- सन् २००९ मा भारतको ग्वालियरमा दक्षिण अफ्रिका विरुद्ध एक एकदिवसीय क्रिकेटमा नट आउट २०० रन बनाए । उनी अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा २०० रन बनाउने पहिलो खेलाडी हुन् ।
- सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक प्रहार गरे।
- एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी (१७००० भन्दा बढी) रन ।
- एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ४९ शतक ।
- एकदिवसीय अन्तर्राष्ट्रिय विश्व कप प्रतियोगितामा सबैभन्दा बढी रन ।
- टेस्ट क्रिकेटमा सबैभन्दा बढी ५१ शतक ।
- अस्ट्रेलियाको विरुद्ध ५ नोभेम्बर २००९ मा १७५ रनको इनिङसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पुरा गर्ने विश्वको पहिलो ब्याट्सम्यान ।
- टेस्ट क्रिकेटमा सबैभन्दा बढी रनको किर्तिमान ।
- टेस्ट क्रिकेटमा १३००० रन बनाउने विश्वको पहिलो ब्याट्सम्यान ।
- एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द सिरीज ।
- एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द म्याच ।
- अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा सबैभन्दा बढी ३०००० रन बनाउने कीर्तिमान ।
सचिन तेन्दुलकरका केही रोचक कुरा
- सचिन तेन्दुलकर तेज बलर बन्न चाहन्थे । यही इच्छाले गर्दा सन् १९८७ मा उनले एमआरएफ पेस एकेडेमीमा पनि भर्ना भए । तर, उनलाई अस्ट्रेलियाका महान तेज बलर डेनिस लिले अस्वीकृत गरे।
- सन् १९८७ को विश्वकपमा तेन्दुलकर बल ब्वाय थिए ।
- सन् १९८८ मा अन्तरविद्यालय क्रिकेटमा उनले भारतकै पूर्वखेलाडी विनोद काम्बलीसँग मिलेर ६६४ रनको विश्व कीर्तिमान साझेदारी गरे । जसमा तेन्दुलकरको योगदान ३२६ रन थियो।
- सचिन तेन्दुलकर इङ्ग्लिस काउन्टीमा खेल्ने सबैभन्दा कम उमेरका भारतीय क्रिकेट खेलाडी हुन् । सन् १९९२ मा उनले योर्कसायरबाट खेलेका थिए । उनी योर्कसायरका पहिलो ओभरसिज खेलाडी पनि हुन् ।
- सचिन तेन्दुकलरले भारतको तीन सबैभन्दा ठूलो घरेलु प्रतियोगिता रन्जी ट्रफी, दुलिप ट्रफी र इरानी कपमा पहिलो खेलमै शतक बनाएका थिए ।
- सचिन तेन्दुलकर आफ्नो आदर्श खेलाडी भारतका सुनिल गवास्कर तथा वेस्टइन्डिजका सर भिभियन रिचर्ड्सलाई मान्छन् ।
- पाकिस्तानविरुद्ध कराँचीमा टेस्ट क्रिकेटमा पदार्पण गर्नेक्रममा तेन्दुलकरले सुनील गवास्करले उपहार दिएको प्याड लगाएका थिए ।
- सचिन तेन्दुलकरले अन्य क्रिकेट खेलाडीलेभन्दा भारी ब्याट प्रयोग गर्छन् । प्रायः उनको ब्याटको तौल १ दशमलव ५ किलोको हुने गर्छ ।
- सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा उत्कृष्ट वर्ष सन् १९९८ रह्यो । सो वर्ष उनले नौ शतकसहीत १,८९४ एकदिवसीय रन बनाएका थिए ।
सन्दर्भ सूची
- ↑ "The God of Cricket Joins Twitter", Bollywood.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१०।
- ↑ "Elegy for the Long Player", Content-aus.cricinfo.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१०।
- ↑ Arora, Nishant, "India will need Sachin for next 2–3 years: Srikkanth: Cricket Next", Cricketnext.in.com, अन्तिम पहुँच २७ नोभेम्बर २००८। वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २००८ मिति
- ↑ Berry, Darren (२६ अक्टोबर २००८), "Despite the loss of ageing stars, India is on the brink of a golden era", Melbourne: Theage.com.au, अन्तिम पहुँच २७ नोभेम्बर २००८।
- ↑ "Sachin Tendulkar Height, Weight, Age, Measurements, Net Worth", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०१-२७।
- ↑ http://www.espncricinfo.com/ci/content/player/35320.html
- ↑ "Sachin Tendulkar is greatest cricketer in history – Brian Lara", BBC, अन्तिम पहुँच १९ नोभेम्बर २०१३।
- ↑ "Is Sachin Tendulkar the greatest batsman of all time?", The Daily Telegraph, अन्तिम पहुँच १९ नोभेम्बर २०१३।
- ↑ Alex Brown (11 October 2013). "Cricket's greatest batsmen: Sachin Tendulkar v Don Bradman." वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१६ मिति News.com.au
- ↑ "Revealed! What makes Sachin Tendulkar the greatest batsman...", rediff.com, अन्तिम पहुँच ५ अगस्ट २०१४।
- ↑ "Greater than Bradman", Wisden Almanack, अन्तिम पहुँच १९ नोभेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१६ मिति
- ↑ १२.० १२.१ "Records / Combined Test, ODI and T20I records / Batting records ; Most runs in career", ESPNcricinfo, १७ नोभेम्बर २०१३, अन्तिम पहुँच १७ नोभेम्बर २०१३।
- ↑ "Tendulkar second-best ever: Wisden", Rediff.com, अन्तिम पहुँच २७ नोभेम्बर २००८।
- ↑ "Reliving a dream", The Hindu, ६ अप्रिल २०११, अन्तिम पहुँच ६ अप्रिल २०११।
- ↑ "Don Bradman, Shane Warne in Wisden's XI", theaustralian.com, २३ अक्टोबर २०१३, अन्तिम पहुँच २३ अक्टोबर २०१३।
- ↑ "WG Grace and Shane Warne in Wisden all-time World Test XI", BBC, २३ अक्टोबर २०१३, अन्तिम पहुँच २३ अक्टोबर २०१३।
- ↑ "Sachin Tendulkar in Wisden's All-time World Test XI", NDTV, २३ अक्टोबर २०१३, अन्तिम पहुँच २३ अक्टोबर २०१३।
- ↑ "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच २१ जुलाई २०१५। वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१५ मिति
- ↑ "Sachin first sportsperson to win country's highest civilian honour Bharat Ratna", Hindustan Times, New Delhi, १६ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ नोभेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०१४ मिति
- ↑ "Bharat Ratna for Prof CNR Rao and Sachin Tendulkar", Prime Minister's Office, १६ नोभेम्बर २०१३, मूलबाट १९ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Sachin Tendulkar and CNR Rao conferred Bharat Ratna", The Times of India, ४ फेब्रुअरी २०१४, मूलबाट ४ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४।
- ↑ "CNR Rao, Sachin receive Bharat Ratna", The Hindu, ४ फेब्रुअरी २०१४, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४।
- ↑ "Tendulkar announces limited-overs retirement", Wisden India, अन्तिम पहुँच २३ डिसेम्बर २०१२।
- ↑ "Tendulkar calls time on IPL career", Wisden India, २६ मे २०१३।
- ↑ "Sachin born at Nirmal Nursing Home", अन्तिम पहुँच १८ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १९ डिसेम्बर २०१३ मिति
- ↑ Thani, L.; Mishra, R. (१९९९), Sensational Sachin, Diamond Pocket Books, पृ: ११३, आइएसबिएन 81-288-2573-9, "His mother Rajni Tendulkar worked in L.I.C."
- ↑ "Sachin Tendulkar", Mahalo.com, अन्तिम पहुँच १८ डिसेम्बर २०१२।
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्