सामग्रीमा जानुहोस्

बाँसुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँसुरी
अन्य नामहरूबंसी
वर्गीकरण बाद्य बाजा
बजाउने दायरा
2.5 Octaves (six-hole), 3 Octaves (seven-hole)
सम्बन्धित वाद्ययन्त्रहरू
मुरली
थप लेखहरू वा जानकारी
संगीत
बाँसुरीद्वारा बजाइएको धुन

बाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निँगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै सात वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई 'वंशी' पनि भनिन्छ । ( बासुरी जम्मा 24 पिस हुन्छ नेपालमा बिधिबद्द रुपमा सुरुमा पन्दिट हरि चौरासिया माहा गुरु लाई जान्छ र नेपाली बासुरी बाधाक धेरै छन जस्मा केही मैले सुनेका बरिस्ठ बाधकहरु जीवन आले मगर , सुशील बिस्वकर्मा, मनोज सिङ्ग, जिबि लामा,पन्च लामा, नगेन्द्र राई, बुद्द लामा, योगेन्द्र खड्का लगायत सम्पुर्ण हुँदै हिजोआज धेरै युवाहरू छन् बज.....

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]