दुङ्माली भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दुङमाली भाषाको छोटो चिनारी

विषेष गरी दुङमाली भाषा पौवा खेसाङ थुम(गणराज्य) भित्र बोलिने भाषा हो । दुङमाली भाषालाई विभिन्न शोधकर्ताहरुले लामो समयसम्म खोज, अध्ययन र अनुसान्धन पश्चात यो दुङमाली भाषा नै हो भन्ने भाषा बिज्ञहरुको अनुसान्धनबाट देखाएको हो । भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बसोवास गर्ने किरात राईहरुले बोलिन्ने भाषालाई दुङमाली भाषा भन्निछ ।

दुङमाली भाषा कसरी रहन गयो ।

विशेष गरेर यो दुङमाली भाषा माँझकिरात भित्र पर्ने पौवा खेसाङ थुम (गणराज्य) भित्र बोलिने भाषा हो । भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवाखेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्शिला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बोलिन्ने भाषालाई पृथ्वी नारायण शाहको एकिकरण भन्दा आगाडि पौवाली भाषा भनिन्थ्यो । पृथ्वी नारायण शाहको एकिकरणमा माँझकिरातका विभिन्न थुमहरुमा अक्रामण ग¥यो । यसमा पौवा खेसाङलाई पनि पृथ्वी नारायण शाहको फौजले अक्रामण ग¥यो र उनीहरुको र्वचश्व कायम गरे पछि त्यहाँका भुमिपुत्र किरातीहरुको भाषा, लिपी, धर्म, परम्परा, संस्कारहरु विस्तारै विस्थापित हुदै गए र यी किरातीहरुलाई जवरजस्ती उनीहरुको धर्म, संस्कृति, पराम्पराहरुलाई त्याग्ना लगाई हिन्दुकरण गरी दशैमा किरातीहरुको घर घरमा पाइने रगतको पान्जा वा खुट्टाको छाप हो । यदि कसैको घरमा पान्जा वा खुट्टाको छाप आफ्नो घरको भित्तामा थिएन भने उसलाई सर्वस्वाहरण गरिन्थ्यो । यसरी जवरजस्ती हिन्दुकरण गर्न थाले पछि पृथ्वी नारायण शाहको ज्यदाती सहन नसकेर कयौ पौवा खेसाङ थुमका भुमिपुत्रहरु अन्य ठांउहरुमा पलायन भए र उनीहरुको मिश्रित बसोवासले गर्दा यो भाषा विस्तारै विस्तारै लोप हुदै गईरहेको थियो । आफ्नो लिखित संस्कार कला, र संस्कृतिहरुका कागजजातहरु नमोनिशान नहुने गरी जलाई दिए पछि किरातीहरु मर्नु भन्दा बहुलाउनु राम्रो भनी आफ्नो भाषा ,लिपी, संस्कार, परम्परा र संस्कृतिहरु छोड्दै गएका थिए । एकिकरण पछि उनीहरुको भाषा, संस्कार र संस्कृतिहरु लिखितमा बन्देज लगाए– जस्तै किरात राईहरुको चाड साकेला जस्ता आफ्ना परम्पराका चाडहरु बन्देज लगाएका कारणले आजसम्म पनि किरात राई दुङमाली भाषीको लिखित भाषा र पौवा खेसाङ थुमका गा.वि.स.हरुमा सकेला चाड जस्ता पर्वहरुमा धुमधाम नमाउनुको कारण समेत बुढा पाकाहरुको भनाई छ । किराती भुमिपुत्रहरुलाई दशै अनिवर्य मान्न लगाइयो । दशै मनाए वा मनाएनन् भन्ने संकेतको लागि प्रत्यक किरातहरुको घरघरको भित्तामा बोका, राँगा, सुंगुरको रगतको पन्जा वा खुटटाको छाप अनिवर्य लगाउनु पर्ने नियम जस्ता पृथ्वी नारायण शाहले गराए । यही ज्यादतीका कारण आफ्ना भाषा, संस्कारलाई त्यागेर विभिन्न क्षेत्रतिर पौवालीहरु पलायन भएका हुन् । हालसम्म बस्तिम,जरायोटार,तिवारी भन्ज्याङ,सानोदुङमा र ठुलोदुङमा बाहेक अरु गा.वि.स.हरुमा यो भाषा अत्यधिक बोलिन्दैन र पौवाली भाषा लोप हुदै गईरहेको बेला अहिले केही वस्तीहरुमा मात्र दुङमाली भाषा बोलीन्छ । यिनै पौवाली भाषा अत्यधिक रुपमा सानोदुम्मा,ठुलोदुम्माले बोल्ने गरेको छ यही दुई गा.वि.स.ले बचाई रहेको भाषा नै दुङमाली भाषा भनिन थालियो ।


दुङमा नाम कसरी रहन गयो मिथक

दुङमा नाम कसरी रहन गयो त भन्ने प्रश्नमा विभिन्न ऐतिहासिक र पौराणिक कथा, मिथक समेत अध्ययन, खोज अनुसान्धन गरिएको थियो । अन्तमा शोधकर्ताहरु पौराणिक कथा सँग मात्र नजिक पुगिन्ने निकर्षका साथ यो दुङमा नाम यसरी भएको हो भन्न कर लाग्यो । कुनै समयमा भोजपुर (माँझ किरात) र धनुकटाको सीमानामा अवस्थित अरुण उपत्यकामा एउटा राक्षस बस्ने गर्दथ्यो । यो राक्षसले जहिले पनि यो गाँउका केटा केटीहरुलाई मार्ने र खाने गर्दथ्यो । लगभग यो गाँउ र वरिपरिका बालबच्चाहरु नै समाप्त हुन थाले पछि । त्यहाँका आसपासका मानिसहरु कचहरी बसी आफ्ना बालबच्चाहरुलाई राक्षसबाट कसरी बचाउन सकिन्छ भनि सल्लाह गरे । अन्तमा गाउलेहरुले बालबच्चालाई बचाउन एउटै मात्र उपाय निकाले त्यो राक्षसलाई मार्ने । त्यसका लागि बलवान र जनापा (जान्ने बिजुवा) को आवश्यकता पर्दथ्यो । त्यसका लागि व्यपाक जनापाको खोजी हुन थाल्यो । उनीहरुले भोजपुर जिल्लाको कटुञ्जे भन्ने ठाँउमा एक शक्तिशाली जनापा (जान्ने बिजुवा) फेला पारेछन् । उनी बान्तवा राई थरका जनापा रहेछ । उस्लाई आफ्नो गाउमा भएको विध्वशं र बाल बच्चाहरु राक्षसले मर्ने गरेको सुनाए र जनापालाई राक्षस मारिदिनको लागि अनुरोध गरे । बिजुवा धेरै शक्तिशाली थियो र त्यो राक्षसलाई सजिलै मारिदियो ।

जव बिजुवा राक्षसलाई मारेर हालको ठुलोदुम्मा वार्ड नं. ४ मार्ताङ हुदै आफ्नो घर फर्कदै थियो । उस्का केनछरीहरु चउ दुङमा भन्दै कराउन थाल्योे । त्यहाँ वरिपरि कुनै पानीको मुहान, कुवाहरु थिएन । उसले आफ्नो मुन्धुम फलाक्दै घुङरिङ र वासङ आकाशतिर प्रहार ग¥यो । केही माथि वासङ धर्तीमा खसेर गाडियो । त्यही गाडिएको ठाँउबाट मूल फुत्यो । सो पानी बिजुवा र त्यहाँका अन्य तिर्खाएका केनछरीहरुले पानी पिई आ–आफ्नो प्यास मेटाएर आनन्दित भए । प्यासले केनछरीहरु चउ दुङमा भनी कराएकोले वान्तवा भाषामा दुङमाको अर्थ पिउनु भन्ने हुन्छ ।

दुङमाली भाषाबाट दिनको नामहरु

दुङमालि लेन -------- नेपालि ------ अंग्रेजी

नमलेन ---- आइतबार ---- Sunday

लाडिपलेन ---- सोमबार ---- Monday

सुम्लेन ---- मंगलबार --- Tuesday

ओक्लेन ---- बुधबार ----- Wednesday

फुरुलेन ---- विहिबार ---- Thursday

रुवालेन ----शुक्रबार ----- Friday

टोङलेन ---- शनिबार ---- Saturday


महिनाका नामहरु

डुङमालि ---- नेपालि

लेखम ---- माघ

जोखम ---- फाल्गुन

सप्लम ---- चैत्र

अम्लम ---- बैशाख

छिरुम ---- जेठ

ढिरुम ---- आषाढ

हुलम ---- श्रावण

मुलम ---- भाद्र

सिप्सुम ---- आश्विन

खिप्सुम ---- कार्तिक

टेट्चम ---- मंसिर

ठङचम ---- पौष