पाञ्चायन देवता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाञ्चायन देवता हिन्दूहरूले पूजा गर्ने मुख्य पाँच देवता हुन् । पाञ्चायनको पूजा वैदिक सनातन धर्मावलम्बीहरूले गर्दछन् । पाञ्चायनलाई पञ्चायतन पनि भनिन्छ । पञ्चायतनमा पाँच देवता हुन्छन्, जस्तै - गणेश, विष्णु, सूर्य, दुर्गा र शिव । यी पाँच देवतामा गणेशलाई मुख्य देवता मानेर पूजा गर्नेले गणेश पाञ्चायन पूजा गर्दछन् । गणेश पाञ्चायनको पूजा गर्दा बिचमा गणेश, उत्तर-पश्चिममा विष्णु, उत्तर-पूर्वमा शिव, पूर्व-दक्षिणमा सूर्य र दक्षिण-पश्चिममा दुर्गाको स्थापना गरिन्छ । त्यस्तै अन्य पाञ्चायनमा निम्नानुसार स्थपना गरी पूजा गरिन्छ : नेपाल देशको मुक्तिनाथ हुदै बग्ने कालिगण्डकी नदिमा पाइने सालिकग्रामलाई ५ देवता मानी दैनिक घर घरमा पुजा गर्ने प्रचलन हिन्दु संस्कारमा छ ।

विष्णु पाञ्चायन - विष्णु (मध्य), शिव (उत्तर-पश्चिम), गणेश (उत्तर-पूर्व), सूर्य (पूर्व-दक्षिण), दुर्गा (दक्षिण-पश्चिम) ।
सूर्य पाञ्चायन सूर्य (मध्य) शिव (उत्तर-पश्चिम), गणेश (उत्तर-पूर्व), विष्णु(पूर्व-दक्षिण), दुर्गा (दक्षिण-पश्चिम) ।
दुर्गा पाञ्चायन दुर्गा (मध्य) विष्णु (उत्तर-पश्चिम), शिव (उत्तर-पूर्व), गणेश (पूर्व-दक्षिण), सूर्य (दक्षिण-पश्चिम) ।
शिव पाञ्चायन शिव (मध्य) विष्णु (उत्तर-पश्चिम), सूर्य (उत्तर-पूर्व), गणेश (पूर्व-दक्षिण), दुर्गा (दक्षिण-पश्चिम) ।