रणजंग पाँडे
श्री श्री श्री मुख्तियार काजी रणजङ्ग पाँडे |
|
---|---|
![]() |
|
मुख्तियार काजी रणजंग पाण्डे | |
मुख्तियार काजी
|
|
कार्यालयमा सन् १८३७ देखि १८३७ |
|
अग्रज : | भिमसेन थापा |
उतराधिकारी : | रङ्गनाथ पौडेल |
कार्यालयमा सन् १८३९ देखि १८४० |
|
अग्रज : | पुष्कर शाह |
उतराधिकारी : | फत्तेजङ्ग शाह |
व्यक्तिगत जानकारी | |
जन्म | सन् १७८९ काठमाडौं |
मृत्यु | सन् १८४३ अप्रिल १४ काठमाडौं |
राष्ट्रियता | नेपाली |
सन्तान | बदरजङ्ग, टेकजङ्ग, समरजङ्ग, शम्शेरजङ्ग |
आफन्त | दामोदर पाण्डे |
रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालार्इ पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। रणजंग पाण्डेले त्यसबेला जंगी विभागको जिम्मेवारी पाएका थिए। त्यस पछि तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार उनको जफत भएको पारिवारिक जमीन फर्काइयो र उनका दाजु रणदल पाँडेलार्इ काजी बनाएर पाल्पा पठाइएको थियो। वि. सं. १९९५ भाद्रमा रंगनाथ पण्डितले राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलार्इ मुख्तियारी दिइयो र सोही वर्षको पुस महिनामा रणजंग पाँडे मुख्य मन्त्री बनाइए। तत्कालीन जेठी रानी साम्राज्यलक्ष्मीको दबाबका कारण वि. सं. १८९७ साल माघ (इसं १८४० फेब्रुअरी १४)मा राजा राजेन्द्रविक्रम शाहले उनलार्इ मुख्तियार नियुक्त गरे। वि.सं. १८९८ साल कात्तिक (इसं १८४० नोभेम्बर १)मा उनलार्इ सो पदबाट हटाइयो।[१]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग