जीतपुरसिमरा उपमहानगरपालिका
जीतपुरसिमरा उपमहानगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°९′३६″उ॰ ८४°५८′४८″पू॰ / २७.१६०००°N ८४.९८०००°Eनिर्देशाङ्कहरू: २७°९′३६″उ॰ ८४°५८′४८″पू॰ / २७.१६०००°N ८४.९८०००°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | राजन पौडेल (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | भोलाप्रसाद अधिकारी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३१२.१८ किमी२ (१२०.५३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२७,३०७ |
• घनत्व | ४१०/किमी२ (११००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जीतपुरसिमरा उपमहानगरपालिका बारा जिल्लाका २ वटा उपमहानगरपालिकाहरू मध्ये एक हो।[३][४] २७ फागुन २०७३ मा, उपमहानगरपालिका घोषणा गर्दा साविकका गढीमाई नगरपालिका, इनर्वासिरा, अमलेखगन्ज, मनहर्वा (१,२,३,७,८,९), हरैया (१), प्रस्टोका (१ र २), र रामपुर टोकनी (३) गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,२७,३०७ रहेको छ भने यहाँ २५,६५० घरधुरी रहेका छन्।[२]
भूगोल
[सम्पादन गर्नुहोस्]जितपुरसिमरा नेपालको तराई क्षेत्रमा अवस्थित छ। यसको उत्तरमा हेटौँडा उपमहानगरपालिका, दक्षिण र पश्चिम वीरगन्ज महानगरपालिका र पूर्वमा कलैया उपमहानगरपालिका पर्दछन्। यो देशकै सबैभन्दा कान्छो उपमहानगरपालिका मानिन्छ।[५]
जलवायु
[सम्पादन गर्नुहोस्]सन् १९७९ जुन ६ मा सिमरामा अहिलेसम्मकै उच्च तापक्रम ४२.८ डिग्री सेल्सियस (१०९.० डिग्री फारेनहाइट) थियो भने सबैभन्दा कम तापक्रम २३ जनवरी १९८५ मा १.० डिग्री सेल्सियस (३३.८ डिग्री फारेनहाइट) थियो।[६]
पूर्वाधार
[सम्पादन गर्नुहोस्]सिमरा विमानस्थल पुरानो-पिपरा सिमरामा अवस्थित छ जसले काठमाडौँका लागि उडानहरू प्रदान गर्दछ र काठमाडौँबाट सबैभन्दा नजिकको विमानस्थल हो।[७] महेन्द्र राजमार्ग र त्रिभुवन राजपथले जितपुरसिमरालाई नेपालका विभिन्न क्षेत्रतथा भारतीय सीमासँग जोडेको छ।
अमलेखगन्ज रक्सौल रेलवे
[सम्पादन गर्नुहोस्]अमलेखगन्ज रक्सौल रेलमार्ग भारत बेलायती उपनिवेश भएदेखि नै ऐतिहासिक स्मारक रहँदै आएको छ। लट्ठा र स्लीपरहरू ओसारपसार गर्न रेलमार्ग निर्माण गरिएको थियो। यसले प्रमुख सडकहरू खोल्न र पूर्वाधार निर्माण गर्न नेतृत्व गर्यो। जग्गा/भवनको अवैध अतिक्रमण र गिरोहले वन फँडानी गरेका कारण यो रेलमार्ग लोप हुने अवस्थामा पुगेको छ।[८]
सुविधा
[सम्पादन गर्नुहोस्]६० प्रतिशत जमिन कृषिमा प्रयोग हुने गरेको छ।[९] भर्खरै स्थापना गरिएको पर्सा राष्ट्रिय निकुञ्जमा हात्ती, एकसिङ्गे गैँडा, निलगाई, विविध चरा, अजिंगर आदि पाइन्छ। निकुञ्ज "चारकोसे झाडी" मा आधारित छ।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २००८।
- ↑ "Archived copy", मूलबाट मार्च ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-२७। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति. Retrieved 27 February 2016.
- ↑ "Simara Airport", Civil Aviation authority of Nepal, मूलबाट ७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ मिति
- ↑ Yadav, Upendra, "Land of Nepal Railway in Raxaul remains unutilized", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९।
- ↑ "Rising demand gives boost to fish farming", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९।
- ↑ "Parsa National Park welcomes baby elephant", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९।