सामग्रीमा जानुहोस्

जीतपुरसिमरा उपमहानगरपालिका

(सिमराबाट अनुप्रेषित)
जीतपुरसिमरा उपमहानगरपालिका
जीतपुरसिमरा उपमहानगरपालिका बारा जिल्ला-को अवस्थिति
जीतपुरसिमरा उपमहानगरपालिका
मधेश प्रदेशको नक्सामा जीतपुरसिमरा उपमहानगरपालिकाको अवस्थिति
जीतपुरसिमरा उपमहानगरपालिका मधेश प्रदेश-को अवस्थिति
जीतपुरसिमरा उपमहानगरपालिका
मधेश प्रदेशको नक्सामा जीतपुरसिमरा उपमहानगरपालिकाको अवस्थिति
जीतपुरसिमरा उपमहानगरपालिका नेपाल-को अवस्थिति
जीतपुरसिमरा उपमहानगरपालिका
मधेश प्रदेशको नक्सामा जीतपुरसिमरा उपमहानगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°९′३६″ उत्तर ८४°५८′४८″ पूर्व / २७.१६०००° उत्तर ८४.९८०००° पूर्व / 27.16000; 84.98000
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखराजन पौडेल (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखभोलाप्रसाद अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३१२.१८ किमी (१२०.५३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२७,३०७
  घनत्व४१०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

जीतपुरसिमरा उपमहानगरपालिका बारा जिल्लाका २ वटा उपमहानगरपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, उपमहानगरपालिका घोषणा गर्दा साविकका छातापिपरा, पिपरा सिमरा, जीतपुर भवानीपुर, डुमरवानाफत्तेपुर गाविस मिलेर बनेको गढीमाई नगरपालिकाइनर्वासिरा, अमलेखगन्ज, मनहर्वा (१,२,३,७,८,९), हरैया (१), प्रष्टोका (१ र २), र रामपुरटोकनी (३) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,२७,३०७ रहेको छ भने यहाँ २५,६५० घरधुरी रहेका छन्।[]

जीतपुर सिमरा उपमहानगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पिपरा सिमरा (१-२,९)८,९३३४२.७५२०८.९६
पिपरा सिमरा (३-४)१०,५४८१५.४८६८१.४०
पिपरा सिमरा (५,८)३,९६४८.५८४६२.००
पिपरा सिमरा (६-७)५,२२४११.८६४४०.४७
जीतपुर भवानीपुर (१-२,५-७ख)४,५७३४.८९९३५.१७
जीतपुर भवानीपुर (४)२,०९००.९७२१५४.६४
जीतपुर भवानीपुर (३)१४,७१९१.९८७४३३.८४
जीतपुर भवानीपुर (७क ८-९)५,२२३१०.४३५००.७७
छातापिपरा (२-५)३,२९२०.७४४४४८.६५
१०छातापिपरा (१,६-८)३,९३४३.२३१२१७.९६
११फत्तेपुर (७-९)५,२६८८.८१५९७.९६
१२फत्तेपुर (१-६)४,५४२७.१६३९.७२
१३डुमरवाना (१-३,५)१,९४६२.३८८१७.६५
१४डुमरवाना (८-९)५,१७७८.६६५९७.८१
१५डुमरवाना (४,६)५,९५६११.२४५२९.८९
१६डुमरवाना (७)४७४११४.८४३१९.४७
१७हरैया (१), मनहर्वा (१-२, ८)४,४२६१७.६८२५०.३४
१८मनहर्वा (३, ७, ९)५,४६७८.९४६११.५२
१९इनर्वासिरा (१–६)६,१६६७.८७९०.५१
२०इनर्वासिरा (७–९)५,९९३७.७३७७५.२९
२१अमलेखगञ्ज (१–६)३,७६४४५.७८२.३६
२२अमलेखगञ्ज (७–९)३,३२७६३.५१५२.३८
२३रामपुरटोकनी (३)३,५२०४.३९८०१.८२
२४प्रष्टोका (१, २)४,५१४२.५११७९८.४१
जम्मा१,२७,३०७३१२.२४०७.७७

भूगोल

[सम्पादन]

जितपुरसिमरा नेपालको तराई क्षेत्रमा अवस्थित छ। यसको उत्तरमा हेटौँडा उपमहानगरपालिका, दक्षिण र पश्चिम वीरगन्ज महानगरपालिका र पूर्वमा कलैया उपमहानगरपालिका पर्दछन्। यो देशकै सबैभन्दा कान्छो उपमहानगरपालिका मानिन्छ।[]

जलवायु

[सम्पादन]

सन् १९७९ जुन ६ मा सिमरामा अहिलेसम्मकै उच्च तापक्रम ४२.८ डिग्री सेल्सियस (१०९.० डिग्री फारेनहाइट) थियो भने सबैभन्दा कम तापक्रम २३ जनवरी १९८५ मा १.० डिग्री सेल्सियस (३३.८ डिग्री फारेनहाइट) थियो।[]

पूर्वाधार

[सम्पादन]

सिमरा विमानस्थल पुरानो-पिपरा सिमरामा अवस्थित छ जसले काठमाडौँका लागि उडानहरू प्रदान गर्दछ र काठमाडौँबाट सबैभन्दा नजिकको विमानस्थल हो।[] महेन्द्र राजमार्गत्रिभुवन राजपथले जितपुरसिमरालाई नेपालका विभिन्न क्षेत्रतथा भारतीय सीमासँग जोडेको छ।

अमलेखगन्ज रक्सौल रेलवे

[सम्पादन]

अमलेखगन्ज रक्सौल रेलमार्ग भारत बेलायती उपनिवेश भएदेखि नै ऐतिहासिक स्मारक रहँदै आएको छ। लट्ठा र स्लीपरहरू ओसारपसार गर्न रेलमार्ग निर्माण गरिएको थियो। यसले प्रमुख सडकहरू खोल्न र पूर्वाधार निर्माण गर्न नेतृत्व गर्यो। जग्गा/भवनको अवैध अतिक्रमण र गिरोहले वन फँडानी गरेका कारण यो रेलमार्ग लोप हुने अवस्थामा पुगेको छ।[]

सुविधा

[सम्पादन]

६० प्रतिशत जमिन कृषिमा प्रयोग हुने गरेको छ।[] भर्खरै स्थापना गरिएको पर्सा राष्ट्रिय निकुञ्जमा हात्ती, एकसिङ्गे गैँडा, निलगाई, विविध चरा, अजिंगर आदि पाइन्छ। निकुञ्ज "चारकोसे झाडी" मा आधारित छ।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २००८
  6. "Archived copy", मूलबाट मार्च ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-२७ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन. Retrieved 27 February 2016.
  7. "Simara Airport", Civil Aviation authority of Nepal, मूलबाट ७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१८ अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ वेब्याक मेसिन
  8. Yadav, Upendra, "Land of Nepal Railway in Raxaul remains unutilized", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९ अभिलेखिकरण २०१८-१२-१९ वेब्याक मेसिन
  9. "Rising demand gives boost to fish farming", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९
  10. "Parsa National Park welcomes baby elephant", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९

बाह्य कडीहरू

[सम्पादन]