नेपालभाषा

नेपाली विकिपीडियाबाट
(नेपाल भाषा बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नेपालभाषा
नेपाल भाषा
बोलिने  स्थान: नेपाल
प्रयोग क्षेत्र: दक्षिण एशिया
मात्रिभाषाप्रयोगकर्ता: ८ लाख
भाषिक परिवार:
शाखा भाषा:
दोलखाली, बनेपा-धुलिखेल-पनौति, भक्तपुर-थिमि, काठमाडौं-पाटन-कीर्तिपुर, चित्लाङ, तिस्तुङ, पालुङ
लिपि देवनागरी, कुटाक्षरी लिपि, रञ्जना लिपि, प्रचलित लिपि, ब्रह्मी लिपि, गुप्त लिपि, भुजिमोल लिपि, गोलमोल लिपि
कार्यालय प्रयोजनको अवस्था
औपचारिक मान्यता:  नेपाल,
सिक्किम  India
नियन्त्रक संस्था: नेपाल भाषा परिषद
भाषा कोड:
ISO 639-2 new
ISO 639-3 new


नेपालभाषा वा नेवार भाषा (नेपालभाषामा नेपालभाषा वा नेवाः भाय्) नेपालको एउटा प्रमुख भाषा हो। यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ। ऐतिहासिक रूपमा देवनागरी लिपिमा पनि लेखिने चिनी-तिब्बती यही एउटा मात्र छ।

विषयसूची

[सम्पादन गर्ने] वर्गिकरण

यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ।

[सम्पादन गर्ने] लिपि

नेपालभाषा धेरै लिपिहरूमा लेखिन्छ। ती मध्ये प्रमुख लिपिहरू रञ्जना, प्रचलित, ब्राह्मि, भुजिमोल, देवनागरी आदि हुन्। यी सबै लिपिहरू देब्रेबाट दायाँतर्फ लेखिन्छन्, तर कुटिला लिपि भने माथिबाट तल लेखिन्छ। यी सबै लिपिमा स्वरमाला र व्यंजनमाला गरी दुई प्रकारका अक्षरहरू हुन्छन्।

[सम्पादन गर्ने] विकासक्रम

नेपालभाषा काठमाडौं उपत्यकाको मौलिक भाषा हो। यसको उत्पत्ति काठमाडौं उपत्यकामा भएकोमा विद्वहरूको सहमति छ। काठमाडौं उपत्यकामा किरांत शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो। तिब्बतसँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ। लिच्छवी काल र मल्ल कालमा बध्दो संस्कृतको तथा शाहकालमा खस(नेपाली)भाषाको प्रभाव यो भाषामा देखिन्छ।

तिब्बती-बर्मेली भाषा परिवारको भाषा भए पनि वर्षोसम्मको भारोपेली भाषासँगको सम्बन्धले गर्दा नेपाल भाषाको स्वरूप विशेष गरी नामपद अलि भारोपेली जस्तो छ।

शाहकालमा तथा राणाकालमा राष्ट्रद्वारा नेपाली भाषालाई दिईएको प्राथमिकता तथा पञ्चायती व्यवस्थाको "एक भाषा" नीतिले यो भाषाको विकासक्रममा केही सुस्तायो। प्रजातन्त्र पुनर्स्थापना पश्चात् नेपाली मिडियामा निजि क्षत्रको संलग्नताले यस भाषाको विकासमा सघाएको छ।

[सम्पादन गर्ने] साहित्य

नेपालभाषा साहित्य कहिले सुरु भयो भन्ने बारेमा कुनै ऐतिहासिक प्रमाण छैन। यसको विकास तथा विस्तार लिच्छवी तथा मल्ल कालमा भएको थियो भन्ने तथ्यलाई तत्कालिन समयमा रचित विभिन्न नाटक, गीत, काव्य तथा तत्कालीन शिलालेखहरूले पुष्टि गर्दछन्।

नेपालभाषाका महाकवि सिद्धिदास महाजु हुन्।

[सम्पादन गर्ने] प्रसिद्ध साहित्यकारहरू

[सम्पादन गर्ने] चलन्चल्तीका केही शव्द तथा वाक्यहरू

नेपालभाषा नेपाली
ज्वजलपा नमस्ते
छिगु नां छु ख? तपाईंको नाम के हो ?
जिगु नां _____ ख
न्हुगु दं या भिन्तुना ! नयाँ वर्षको शुभकामना!
यःमा आमा
अबु बुवा
अजी हजुरआमा
अजा हजुरबुवा
पासा साथी
गुथि संस्था
छेँ घर
मनु मान्छे
वासः औषधी
बुखं समाचार
प्याखं नृत्य
दबली स्टेज
लाय्‌कू दरबार
ज्यास: कार्यालय
पस:/ पसल पसल
चूकः चोक
न्हेपू दिमाग
नूगः मुटु
लः / ना पानी

सुभाय् - धन्यबाद

मतिना - माया

लसंहना - बधाई

[सम्पादन गर्ने] सन्दर्भ सामग्री

[सम्पादन गर्ने] बाह्य सूत्र

भाषाहरूको ISO कोड

अथवा यो हेर्नुहोस्

[सम्पादन गर्ने] वाह्य लिंक

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा