किराँती भाषा परिवार
किराँती | |
---|---|
रैथाने | किराँत: याक्खा, लिम्बू, सुनुवार, राई |
भौगोलिक वितरण | पूर्वाञ्चल र भारत (सिक्किम, दार्जिलिङ, कालिम्पोङ & भुटान |
भाषिक वर्गीकरण | चिनियाँ-तिब्बती
|
उपखण्डहरू |
|
ग्लोटोलग | kira1253[१] |
किराँती भाषा परिवार नेपाल र भारत (विशेष गरी सिक्किम, दार्जिलिङ, कालिम्पोङ) र भुटानमा बोलिने चिनियाँ तिब्बती भाषा परिवारको एक प्रमुख शाका हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा,याख्खा भाषा, सुनुवार भाषा,देवान भाषा तथा राई भाषाहरू पर्दछन्। कोही-कोही विद्वानहरू यो परिवार भित्र नेवारी भाषालाई पनि राख्न रुचाउँछन्। दोलखा, रामेछाप र सिन्धुली वल्लो किराँतमा पर्छ भने सुनकोशी देखि अरुण नदीसम्मका भाग माँझ किराँत (खम्बुवान) मा पर्दछ।
अरुण नदी पूर्व मेची नदी सम्मको भूभाग पल्लो किरात लिम्बुवान भित्रपर्दछ। वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराँती समुदायभित्र समेटेको देखिन्छ। यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड, तामाङ, थकाली, शेर्पा, मगर आदि सवै किराँती सम्प्रदायभित्र पर्दछन्। तर यी जातिहरूले आफूलाई किराँती जातिको रूपमा स्विकार गर्दैनन्। किराँती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू लिम्बू, सुनुवार, याक्खा र राई हुन्।
भाषाहरू
[सम्पादन गर्नुहोस्]वर्गीकरण
[सम्पादन गर्नुहोस्]- लिम्बू
- पूर्वी किराँती
- याक्खा भाषा
- बेल्हारे भाषा
- आठपहरिया भाषा
- छिन्ताङ
- चुलुङ्ग
- माथिल्लो अरुण नदी
- याम्फु-लोहोरुङ
- याम्फु
- लोहोरुङ
- मेवाहाङ
- याम्फु-लोहोरुङ
- केन्द्रीय
- खम्बु (राई)
- कुलुङ भाषा
- नाछिरिङ राई
- साम्पाङ भाषा
- साम राई
- दक्षिणी
- बान्तवा भाषा
- पुमा राई
- चाम्लिङ भाषा
- दुङ्माली भाषा
- खम्बु (राई)
- पश्चिमी
- थुलुङ भाषा
- चौरसिया
- वाम्बुले भाषा
- जेरुङ राई
- माथिल्लो दुधकोसी नदी:
- खालिङ भाषा
- दुमी भाषा
- कोयी राई
- उत्तरपश्चिम
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Kiranti", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।