किराँत भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

किराँत भाषाहरू नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा, याख्खा भाषा , सुनुवार भाषा तथा राई(खम्बु) भाषाहरू पर्दछन्।

पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ । पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा दोलखा, रामेछापसिन्धुली वल्लो किरातमा पर्छ भने सुनकोशी देखि अरुण नदीसम्मका भाग माँझ किरात (खम्बुवान)मा पर्दछ । अरुणदेखि पूर्व मेची नदीसम्मको भूभाग लिम्बुवान भित्रपर्दछ । वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराती समुदायभित्र समेटेको देखिन्छ । यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड,तामाङ, थकाली, शेर्पा, मगर आदि सवै किराती सम्प्रदायभित्र पर्दछन् । तर यी जातिहरूले आफूलाई किराती जातिको रूपमा स्विकार गर्दैनन् । किराती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू लिम्बु, सुनुवार, राई,र याक्खा हुन् । वल्लो किरातमा भाषिक दृष्टिकोणले किराती विशेषता देखाउने भाषाहरूमा हायू र सुनुवार छन् । हायू रामेछाप र सिन्धुलीमा थोरै सख्याका वक्ताहरूले बोल्छन् । त्यसैगरि सुनुवार भाषा सुनकोशी वरिपरि सुनुवार जातिका मानिसहरूले बोल्दछन् । सुनुवार जस्तो हायुहरू आफूलाई प्रष्टरूपमा किराँती भन्दैनन् । तर उनीहरूको भाषाको वर्ण निर्माण, क्रियारूपावली र वाक्य सरचना हेर्दा उनीहरूको भाषाको नाता किराती भाषाहरूसँग भएको स्पष्ट हुन्छ । यो भाषामा अन्य किराती भाषाहरूमा नपाइने अघोष, कण्ठय उष्ण वर्ण पाइन्छ ।

माझ किराँतको सुदुर पश्चिम ओखलढुङ्गा जिल्लामा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ । उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ । उत्तर पश्चिम सोलुखुम्बु जिल्लामा खालिङ् र थुलुङ् बोलिन्छ । यी भाषाहरू टोनल हुन् । खोटाङ जिल्लाको उत्तर पश्चिममा साम्पाङ,नाच्छिरिङ्,,दुमी ,कोयि,आदि भाषाहरू बोलिन्छन् । यिनीहरू मध्ये दुमी र कोयि ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन् । खोटाङ जिल्लाकै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ । करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ । भोजपुर जिल्लाको दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ । यसबाहेक दुङ्माली राई, साम्पाङ राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ ।

दुङमाली भाषा विषेष गरी पौवा खेसाङ थुम(गणराज्य) भित्र बोलिने भाषा हो । कोशी अञ्चल भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बसोवास गर्ने किरात राईहरुले बोलिन्ने भाषालाई दुङमाली भाषा भन्निछ ।

पल्लो किरात लिम्बुवान को पश्चिम क्षेत्रमा छिन्ताड भाषा बोलिन्छ । वीच भागमा बेलहारे भाषा र आठपरे भाषा बोलिन्छ । छिन्ताङ् गाउँ विकास समिति र बेलहरा गाउँ विकास समितिमा बोलिने किराती भाषा भएकाले यिनीहरूलाई क्रमशः छिन्ताड भाषा र बेलाहारे भाषा भनिएको हो । आठपरे सदरमुकाम वरिपरि र भिर गाउँ गाउँ विकास समितिमा बसोबास गर्दछन् । पूर्वतिर धनकुटा जिल्लाका केही भागहरू ताङ्खुवा, तेलिया, परेवादिन, मूर्तिढुङ्गा, हात्तिखर्क आदि गाउँ विकास समितिहरूमा र तेह्रथुम जिल्लाका सुदाप, ओख्रे, बसन्तपुर, हमर्जुड, पञ्चकन्या पोखरी जस्ता केही गाउँ विकास समितिहरू लिम्बु बोलिन्छ । फेदापे, पान्थरे र तमरखोले लिम्बुहरू तेह्रथुम, पाँचथरताप्लेजुङमा बोलिन्छ । उत्तर तर्फ सङ्खुवासभा जिल्लामा याम्फे, लोहोरुङ् र मेवाहाङ् भाषाहरू बोलिन्छ ।

नेपालमा बोलिने किराती भाषाहरू क्रमशः लोप हुँदै जाँदैछन् । धनकुटा जिल्ला सदरमुकामबाट उत्तर तर्फ बोलिने मुगाली, फाङ्दुवाली र लुम्बा याक्खाहरू अहिले बोलिन छोडिएका छन् । आठपरिया, साम, बुङ्लाबा, मेवाहाङ्, तिल्लुङ् भाषाहरूका वक्ताहरू पनि ५०० भन्दा कमै सङ्ख्यामा देखिन्छन् । तुलनात्मकरूपमा राम्रो वक्ता सडख्या भएको चाम्लिड राई भाषाको स्थितिमा समेत चिन्ता व्यक्त गर्नु थालिएको छ । अहिलेसम्म भएका किराँती भाषाहरूमा वान्तवा र लिम्बू मात्र १ प्रतिशत भन्दा बढि मातृभाषीहरूले बोल्दछन् । यी भाषाहरूमा पाठ्य पुस्तक, सन्दर्भ सामग्री, साहित्यिक रचना आदि लेखन भइरहेकेको छ र रेडियोमा समचार र गोरखापत्रमा लेखहरू आइरहेका छन् । यति हुँदाहुँदै पनि यी भाषाहरूको स्थिति पनि दिनानुदिन कमजोर हुँदै गइरहेको छ ।

  • [१] भाषा/साहित्य समीक्षा, डा. गोविन्दबहादुर तुम्बाहाड, गोरखापत्र

किराँती भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो।

विषयसूची

ᤕᤠᤰᤌᤢᤱ ᤐᤠᤴᤍᤠᤱ ᤛᤡᤖᤡᤈᤨᤱᤃᤠ ᤙᤰᤀᤥ किराँत भाषा किरात लिपिमा[सम्पादन गर्ने]

ᤁᤢᤒᤢᤱᤙᤰ(स्वर बर्ण)[सम्पादन गर्ने]

ᤀ =अ

ᤁᤢᤎᤰᤙᤰ(व्यञ्जन बर्ण)[सम्पादन गर्ने]

Kudhakshak.jpg

ᤆᤢᤰᤙᤰ(सानो व्यञ्जन)[सम्पादन गर्ने]

Chuksak.jpg क् / ङ् / न् / त् / प् / म् / र् / ल्

ᤀᤧᤰᤋᤢᤶᤙᤰ(ᤁᤢᤒᤢᤱᤙᤰ ᤁᤧᤴᤎᤢᤱᤒᤠ)/एक्तुम अक्षर(ब्यान्जन्को स्वर)[सम्पादन गर्ने]

Ektumsak.jpg

ᤛᤡᤰᤏᤡᤳ(नम्बर)/ᤂᤠᤏᤡᤴ(गन्ती)[सम्पादन गर्ने]

Khanin.jpg

[[ᤜᤢᤵᤐᤠᤴ]](व्याकरण)[सम्पादन गर्ने]

ᤕᤧᤴᤒᤠᤜᤠ, ᤔᤡᤱ(बारको नाम/दिनहरु)[सम्पादन गर्ने]

ᤗᤠᤔᤡᤱ(महिनाको नाम)[सम्पादन गर्ने]

ᤋᤪᤡᤗᤢᤱᤔᤡᤱ(राशीको नाम)[सम्पादन गर्ने]

ᤋᤱᤄᤵ ᤔᤡᤱ(सम्बतसर नाम)[सम्पादन गर्ने]

ᤘᤠᤴᤔᤠ ᤔᤡᤱ(ऋतुको नाम)[सम्पादन गर्ने]

ᤛᤠᤶᤔᤡᤱ(ग्रहको नाम)[सम्पादन गर्ने]

ᤆᤠᤩᤱᤔᤡᤱ(योगिनिका नाम)[सम्पादन गर्ने]

ᤗᤠᤔᤡᤰᤂᤨᤰ ᤔᤡᤱ(तिथिको नाम)[सम्पादन गर्ने]

[[ᤔᤠᤱᤕ᤻ᤰ]](नक्षत्र)[सम्पादन गर्ने]

चलनचल्तीका केहि शब्द तथा वक्यहरु[सम्पादन गर्ने]

सम्बोधन[सम्पादन गर्ने]

ᤁᤢᤈᤠ,ᤜᤠ,(खानेकुरा)[सम्पादन गर्ने]

ᤁᤠ,ᤀᤡ ᤛᤥᤎᤨᤰ(नाता सम्बन्ध)[सम्पादन गर्ने]

Sodhok.jpg

रंग[सम्पादन गर्ने]

शरीर[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]