नेपालको एकिकरणकाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोरखाली भारदार युद्धको तयारीमा

नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रको चौबिसी गोरखा राज्यले गरेको सैनिक अभियान थियो । राजा पृथ्वीनारायण शाह तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशको सतलज नदी देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं. १८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको काँगडाको युद्ध सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार बाबुराम आचार्यका अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो ।

नेपाल कब्जा[सम्पादन गर्ने]

नेपाल राज्य त पहिलेदेखि नै थियो, तर त्यो अहिलेको आकारमा थिएन । नेपालको अस्तित्व पाकिस्तान तथा बंगलादेशको भन्दा पहिलेदेखिको हो । यसको अस्तित्व सम्भवतः भारतभन्दा अघिको हो । करिब अहिलेको काठमाडौं उपत्यकालाई किरातकाल अर्थात करिब ईपू १० औँ/११ औँ शताब्दीदेखि नै नेपाल नामले चिनिन्थ्यो । १८ औँ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकारभित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती ससाना राज्य अस्तित्वमा थिए । यही समयमा यिनै ससाना राज्यमध्ये गोर्खाका राजा पृथ्वीनारायण शाहले असली हिन्दुस्तानी साम्राज्य बनाउने आकांक्षाका साथ आफूसँग जोडिएका राज्यहरुमाथि एकपछि अर्को आक्रमण गर्दै राज्य विस्तारको अभियान थालेको तथ्य छँदैछ, त्यसका लागि थप प्रमाण जुटाउन परेन ।

भारत अधीनमा लिएको उपनिवेशवादी अंग्रेजको सल्लाह र अंग्रेजसँगै हतियार लिएर यहाँका ससाना राज्यमाथि खुनी आक्रमण गरी अधीनमा लिने कार्य अंग्रेजसँग प्रतिरोध गर्न र अंग्रेजको उपनिवेशलाई रोक्न थिएन । भारत अधीनमा लिएको उपनिवेशवादी अंग्रेजको सल्लाह र अंग्रेजसँगै हतियार लिएर यहाँका ससाना राज्यमाथि खुनी आक्रमण गरी अधीनमा लिने कार्य अंग्रेजसँग प्रतिरोध गर्न र अंग्रेजको उपनिवेशलाई रोक्न थिएन । त्यो त पृथ्वीनारायण शाहको असली हिन्दुस्तानी साम्राज्य बनाउने उद्देश्यका साथ ससाना राज्यमाथि आक्रमण गरी आन्तरिक उपनिवेश बनाउनका लागि थियो भन्ने पनि स्पष्ट भइसकेको छ । अंग्रेजलाई रोक्न त यस भेकका सबै ससाना राज्यका शासकसँग मिलेर अंग्रेज शासनबिरुद्ध मोर्चाबन्दी गरिनु पथ्र्यो, त्यसो त गरिएन । यदि अंग्रेजलाई रोक्न नै यी सबै काम गरिएका भए सन १७९२ मा चीनले उत्तरी क्षेत्रमा आक्रमण गर्दा चीनविरुद्ध अंग्रेजको सहयोग लिन नेपालका शाह शासकहरुले अंग्रेजसँग किन हार गुहार गरेको हो ? यस्तो प्रस्ट कुरालाई बंग्याउन हुन्न ।

सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार शुरु गरी ससाना राज्यलाई खुनी आक्रमणबाट अधीनमा लिएपछि गोर्खा साम्राज्यलाई सन् १८१२ सम्ममा पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरिएको इतिहासमा प्रस्टै छ । र, अंग्रेज अर्थात ईष्ट इण्डिया कम्पनीसँग सन् १८१४ देखि १८१६ सम्म लड्नु परेको अनि सन् १८१६ को सुगौलीको सन्धिबाट युद्ध अन्त्य भएको र अहिलेको सीमाभित्र नेपाल खुम्चिनु परेको इतिहास पनि छँदैछ । सन् १८१३ सम्म त नेपालका तत्कालीन शाह शासक र अंग्रेजबीच सुमधुर सम्बन्ध नै थियो, यो कुरा तत्कालीन नेपालका शासक र अंग्रेजबीच भएको लिखतपत्र आदानप्रदान भएका दस्ताबेजबाट स्पष्टै देखिएको छ । अंग्रेजसँग पृथ्वीनारायण शाहको युद्ध त पछिल्लो समयमा अंग्रेज र नेपाली शाह शासकबीच आपसी लेनदेन नमिलेको कारणबाट भएको हो भन्ने स्पष्टै छ । यस्तो लेनदेनमा मुख्यरुपले अंग्रेजले नेपाल भएर तिब्बतसँगको व्यापार गर्न पाउने र राजस्व नेपालले अंग्रेजलाई बुझाउनु पर्ने कुरामा नमिलेको कारणबाट युद्ध हुन पुगेको कुरा इतिहासले नै देखाइरहेको छ ।

श्रीजंगा लिपि र लिम्बु भाषा पठनपाठन गर्ने गराउनेहरुलाई दमन गर्ने काम भयो, पुस्तकहरु जम्मा गरेर जलाउने काम भयो, जेल हालियो । यसमा एउटा के कुरा सत्य हो भने राज्य विस्तारबाटै भए पनि पृथ्वीनारायण शाह र उनीपछिका शाह शासकहरुबाट अहिलेको नेपाल राज्यको निर्माण भएको हो र सबै राज्यमा आक्रमण गरी गोर्खाले विजय गरेर नेपालमा मिलाइएको होइन । यसमा कतिपय राज्यलाई स्वायत्तता दिनेगरी सन्धि सम्झौताबाट नेपाल भनिएको राज्यमा समावेश गरिएको हो । यसैले, पृथ्वीनारायण शाहको विभिन्न साना स्वतन्त्र राज्यलाई आक्रमणबाट नेपालमा गाभ्ने काम एकीकरण नभएर राज्य विस्तार नै हो भन्ने कुरामा अब विवाद गरिरहनु पर्छ जस्तो लाग्दैन ।

प्राचीनकालको नेपालको भूभाग (त्रिशूलीदेखि कोसी— सुनकोसी) भित्र टुक्रिएर रहेका विभिन्न राज्यलाई पुनः नेपाल राज्यमा गाभिएको भए एकीकरण भन्न मिल्थ्यो । तर यथार्थ त्यस्तो रहेन । यसर्थ, पृथ्वीनारायण शाहको यस्तो कार्यलाई एकीकरण बुझ्नु र देख्नु हाल सत्तामा वर्चस्व कायम गरिरहेका खस बाहुनहरुको गुलामी र दलाली गर्नुदेखि बाहेक अरु केही देखिन्न । गुलामी र दलालीको लागि इतिहास र तथ्य बंग्याउने र भ्रम दिने काम अनैतिक मात्र होइन, वास्तविक इतिहासका पक्षधरहरुमाथि गद्दारी पनि हुन्छ । यस्तो काम गरिनु हुँदैन ।

नेपाल राज्य निर्माणको प्रक्रियाबाट उत्पन्न परिणाम

गोर्खाका राजा पृथ्वीनारायण शाहको असली हिन्दु साम्राज्य बनाउने उद्देश्यका साथ गोर्खा राज्यको एकपछि अर्को राज्यमाथि खुनी आक्रमणबाट राज्य विस्तार गरी नेपाल राज्य निर्माण भएकोले यसले विजित तथा नेपाल राज्यमा समावेश हुन सहमत भएका राज्यका जनताका भाषा, संस्कृति, धर्म, परम्परागत प्रचलन र सामाजिक आस्था र विश्वासमाथि प्रहार गर्‍यो । लिम्बुवानका लिम्बु समुदायको भाषालाई सरकारी स्तरमा र कार्यालयमा लिम्बुबीच नै प्रयोग गर्न बन्देज लगायो । श्रीजंगा लिपि र लिम्बु भाषा पठनपाठन गर्ने गराउनेहरुलाई दमन गर्ने काम भयो, पुस्तकहरु जम्मा गरेर जलाउने काम भयो, जेल हालियो । र, केही विद्रोही लिम्बुहरुको हत्या गर्ने काम भएको प्रशस्त प्रमाण रहेकै छन् । कतिपय सो काम गरे बापत जेल बस्ने र सजाय पाउनेहरु अहिलेसम्म ज्युँदै छन् ।

राज्यहरु मात्र हरुवा र जितुवा भएनन्, जितुवा राज्यको शासकसँग सम्बन्धित जाति–समुदाय र हरुवा राज्यका जाति–समुदायलाई फरक फरक व्यवहार गरियो । यस्तै, केन्द्रीय रुपमा रहेका शाह शासकहरुले लिम्बुहरुलाई हिन्दुहरुको दशैं चाड मनाउन नगरानिशान दिएर मान्न लगाए । कसैले नमानलान् कि भनेर मार हानिएको राँगाको रगत खुट्टा र हातको पन्जाको छाप शाह शासकका दूतहरु आउँदा हेर्न सकिने गरी मूल दैलोको माथि हान्न लगाए । गाउँमा गोरु मारेर खान बन्देज लगाए । बन्देज नमानेको अवस्थामा कारबाही हुन्थ्यो । यसरी लिम्बुहरुलाई सांस्कृतिक र धार्मिक हिसाबले दमन गरियो । लिम्बु जातिको अस्तित्व र पहिचान दिने गाउँठाउँका नामलाई विभिन्न बहानामा संस्कृतकरण गरियो र उनीहरुको पहिचान समाप्त पार्ने प्रयास भए । शिक्षा प्रदान गर्ने माध्यम भाषा खस भनिएको पर्वते भाषालाई बनाएर सबै समुदायलाई हिन्दुकरण, संस्कृतकरणका साथै खस ब्राह्मण राष्ट्रियताको नामबाट नेपालीकरण गर्ने काम भयो । यस्तो कुरामा सहमत हुने केही लिम्बुहरुलाई शाह शासकहरुले स्थान पनि दिए । राज्य विस्तारबाट निर्माण भएको नेपाल राज्यभित्रका विजित राज्यका समुदायमा यस्तो दमनकारी कार्य अन्यतिर पनि भएका प्रमाण धेरै छन् । यस्ता प्रमाणका लागि धेरै टाउको दुखाइरहनु पर्ने अवस्था छैन ।

जितुवा र हरुवाहरुको नेपाल

नेपाल हरुवा राज्यहरु र जितुवा राज्यको समष्टी रुप हो । राज्यहरु मात्र हरुवा र जितुवा भएनन्, जितुवा राज्यको शासकसँग सम्बन्धित जाति–समुदाय र हरुवा राज्यका जाति–समुदायलाई फरक फरक व्यवहार गरियो । यस्तो व्यवहार राणाकाल, पन्चायतकाल, प्रजातान्त्रिक कालदेखि अहिलेको कथित लोकतान्त्रिक कालसम्ममा पनि निरन्तर जारी छ । एउटै राज्य नेपाल भएपछि पनि यहाँ बसोबास गर्ने समुदायहरु नै हरुवा र जितुवाको रुपमा प्रकट भए । राज्य एउटै भएपछि र एउटै राज्यका जनता भएपछि राज्य, शासन र शासकहरुले सबैका अस्तित्व र पहिचानलाई स्वीकार गरेर सबैलाई समान व्यवहार गरी जनता र राज्यको समृद्धि तथा समुन्नतिको काम गर्नु पर्दथ्यो, तर त्यस्तो भएन ।

यसबीचमा जित्नेहरुले हार्नेहरुमाथि दमन, अन्याय, असमानता र विभेद गरिरहे । यदि जित्नेले हार्नेहरुमाथि दमन, अन्याय, अत्याचार, असमानता गर्न पाउँछन् भने हार्नेहरुले पनि आफ्नो कुरा गर्न पाउछन् र अन्याय र असमानता भइरहे विद्रोह गर्न पनि पाउँछन् । यतिमात्र होइन, उनीहरुलाई औपनिवेशिक हिसाबले दमन, अन्याय, अत्याचार र असमानता भइरहे आन्तरिक उपनिवेश र उपनिवेशबाट मुक्ति पाउने अधिकार पनि रहन्छ । आफ्नो अस्तित्व र पहिचान समाप्त गरेर देशको मात्र मन्त्र जपिरहने कार्यले रसातलमा पुरयाउँछ भने त्यसलाई सहन गरिरहने कुरा हुँदैन । यसलाई स्वभाविक रुपमा लिनु पर्दछ । आजको युग १७ औँ/१८ औ शताब्दीका विजितहरुलाई दासको रुपमा राख्ने र विभेदकारी व्यवहार गर्ने युग होइन । जति अन्याय र असमानता भए पनि सहेर बसिरहने समय पनि रहेन । यी सबै कुरालाई मानव चेतनाले निर्धारण गर्दछ । हिजो सो चेतना नहुँदा उनीहरुमाथि धेरै कुरा थोपरियो होला । तर अब त्यस्तो रहेन । यो देश सबैको हो र सबैले समान अधिकारका साथ रहन र बाँच्न पाउनुपर्दछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । यस्तो समानता, न्याय र अविभेद देशको संविधान, ऐन कानुन, अवसर, शासन सन्चालन, कार्यान्वयनलगायतका विषयमा प्रतिविम्बित हुनुपर्दछ । कसैको एकाधिकार र वर्चस्व अव कसैलाई पनि स्वीकार्य हुँदैन ।

असिल हिन्दुस्थाना[सम्पादन गर्ने]

महेन्द्र शाह राजा हुँदा सन् १९६० को दशकमा इतिहासको रुपमा स्थापित गरिएका धेरैजसो विरुदावली (hagiographies) मा पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ताका रुपमा महिमामण्डन गर्ने र लोकप्रिय बनाउने भरपूर प्रयास गरिएको थियो । वास्तवमा पृथ्वीनारायण शाहको विजय अभियानको क्रममा भौगोलिक विस्तार भएको र संयोगवश अहिलेको आधुनिक नेपालको खाका कोरिएको हो, यसमा शंका छैन । यसको अर्थ, यसै क्रममा उनीबाट भए गरेका सबै क्रूरताबाट उनलाई उन्मुक्ति दिन मिल्छ र ? अहँ, कदापि मिल्दैन ।

त्यसो त करिब छ सय राज्यमा बाँडिएको भारतलाई पनि बेलायती उपनिवेशवादी शासकहरुले एकीकृत भारतको रुपमा निर्माण गरेका थिए । यसको मतलब के बेलायती उपनिवेशवादी शासकहरुले भारतलाई आधुनिक एकीकृत राजनीतिक संरचना दिए भन्दैमा बेलायती उपनिवेशको ज्यादती र लूटमारलाई भारतीयहरुले क्षमा दिन सकेका छन् र ? बेलायती उपनिवेशवादी शासकहरुलाई भारतका एकीकरणकर्ता मान्नु त कता हो, भारतीयहरुमा आफूमाथि थोपरिएको औपनिवेशिक अतित र औपनिवेशिक शासकहरुप्रति कुनै सम्मानभाव छैन ।

छ सय राज्यमा बाँडिएको भारतलाई पनि बेलायती उपनिवेशवादी शासकहरुले एकीकृत भारतको रुपमा निर्माण गरेका थिए । यसको मतलब के बेलायती उपनिवेशवादी शासकहरुले भारतलाई आधुनिक एकीकृत राजनीतिक संरचना दिए भन्दैमा बेलायती उपनिवेशको ज्यादती र लूटमारलाई भारतीयहरुले क्षमा दिन सकेका छन् र ? यस्तै, भारतीय जनताहरुजस्तै, जर्मन जनताहरु हिटलरको विस्तारवादी महत्वाकांक्षाका लागि उनलाई सम्झन समेत चाहँदैनन् । भारतीयहरुका लागि त बेलायतीहरु ‘विदेशी’ शासक थिए, तर हिटलर त जर्मन शासक नै थिए ।

भौगोलिक र प्रादेशिक हिसाबले नेपाल कुनै आधुनिक सृजना होइन, न त व्यक्तिविशेषले गरेको एकीकरणको परिणाम हो, यो त इतिहासमा आदिमकालदेखि अस्तित्वमा थियो । उदाहरणका लागि, इतिहासविद् धनवज्र वज्राचार्यका अनुसार नेपाल लिच्छविकालमै (सन् ४६४—८७९) भौगोलिक रुपमा अहिले जत्तिकै विशाल थियो । तर त्यसयता नेपालमा धेरै विभाजन र उतारचढाव भने भएकै हो । गोरखाली राजा पृथ्वीनारायण शाहको साम्राज्यवादी महत्वाकांक्षाले नेपाल अधिराज्यबाट टुक्रिएर गएका राज्यहरुलाई नेपालका रुपमा पुनः एकीकरण गरेको थियो ।

त्यसकारण पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुको मुख्य रुचि गोरखा साम्राज्यको विस्तारमा मात्रै थियो । त्यसैको फलस्वरुप भएको ‘नेपालको एकीकरण’लाई नै उनीहरुको पवित्र ध्येयको परिणामका रुपमा व्याख्या गर्न सकिँदैन । किनभने, अहिले प्रचार गरिएझैं, एकीकृत नेपाल निर्माण गर्ने राजनीतिक प्रेरणा र नैतिक दृष्टिकोण उनीहरुमा छँदै थिएन । बरु, विस्तारवादी महत्वाकांक्षाका साथ गोरखा साम्राज्य विस्तार गर्ने क्रममा उपउत्पादन (byproduct) को रुपमा एकीकृत नेपाल सृजना भएको यथार्थ हो ।

अहिले प्रचार गरिएझैं, एकीकृत नेपाल निर्माण गर्ने राजनीतिक प्रेरणा र नैतिक दृष्टिकोण उनीहरुमा छँदै थिएन । बरु, विस्तारवादी महत्वाकांक्षाका साथ गोरखा साम्राज्य विस्तार गर्ने क्रममा उपउत्पादन (byproduct) को रुपमा एकीकृत नेपाल सृजना भएको यथार्थ हो । के पनि सम्झनु आवश्यक छ भने राणा शासनकालको अन्त्यतिर (सन् १८४६—१९५१) मात्रै हाम्रो देशको नाम ‘नेपाल’को रुपमा स्वीकार गरिएको थियो । जहानियाँ राणाशासनले नेपालीहरुमाथि आफ्नो साम्राज्यवादी महात्वाकांक्षा लादेको थियो । त्यसैले राणा शासकहरुले यहाँको रैथाने भाषा अथवा ‘नेपाल भाषा’ बोल्ने र अन्य विभिन्न भाषा बोल्नेहरुलाई आफ्नो ‘पर्वते’, ‘खस’ अथवा ‘गोरखाली’ भाषा जबर्जस्ती लादेका थिए । वास्तवमा राणा शासकहरुले ‘नेपाल भाषा’लाई नै ‘नेवारी’मा परिणत गरेका थिए । ‘नेवारी’ शब्द नेवार जनतालाई हेप्नका लागि प्रयोग गरिन्छ । तर, त्यसै समय ‘गोरखाली’ भाषालाई भने ‘नेपाली’ नामाकरण गरी उच्च नाम र स्थान दिइयो । जबकि नेवारहरु आफूलाई ‘नेपाल’को, विशेषतः पहिले नेपालको रुपमा परिचित काठमाडौं उपत्यका र यस वरपरका रैथाने मान्छन् ।

राणशासनकालमै बनाइएको ‘श्रीमान् गम्भीर गोरखाली’ नामक श्री ५ महाराजाधिराजको सलामी गान नामक राष्ट्रगान ‘नेपाल’ र ‘नेपाली’को होइन, गोरखा र गोरखालीको गुणगान मात्रै गाइएको तथ्य यहाँ हेक्का राख्न लायक छ । नेपालको पूर्व राष्ट्रगानमा गोरखाली शासकका रुपमा रहेका शाह राजाहरुको गुणगान गाइनुका साथै ‘गोरखाली’ वीरहरुको बहादुरी चित्रण गरिएको थियो । वास्तवमा सन् १९६७ मा मात्र तत्कालीन राष्ट्रगानमा ‘श्रीमान् गम्भीर गोरखाली’को ठाउँमा ‘श्रीमान् गम्भीर नेपाली’ बनाइएको थियो र ‘हामी गोरखाली भाइ साराले’ शब्दलाई ‘हामी नेपाली साराले’ शब्दमा फेरिएको थियो । पूर्व राष्ट्रगानको वास्तविक स्वरुप यस्तो थियो— ‘राखौं कमान, भारी—वीरताले, नेपालमाथी सधैं नाथको, श्री होस् ठूलो हामी गोरखालीको ।’

गोर्खा राज्य विस्तारमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू ।[सम्पादन गर्ने]

श्री ५ बडामहाराज धिराज पृथ्वी नारायण शाह

राजा प्रताप सिँह शाह

राजकुमार बहादुर शाह

बडावीर सेनपति काजी शिवराम सिंह बस्न्यात

काजी कालु पाण्डे

काजी केहरसिंह बस्न्यात

काजी धोकलसिंह बस्न्यात

काजी नाहरसिंह बस्न्यात

अभिमान सिंह बस्नेत

काजी दामोदर पाण्डे

मुल काजी कीर्तिमान् सिँह बस्न्यात

रामकृष्ण कुंवर

काजी काजी वंशराज पाण्डे

काजी काजी रणजंग पांडे

काजी जयन्त राना

काजी बंसराज गुरूङ

काजी काजी बलभद्र कुंवर

विराज बखेती

बिसे नगर्ची

काजी माथवर सिंह थापा

मुख्तियार भिमसेन थापा

भिम सिहँ थापा

चौतारीया फत्तेजंग शाह

चौतारीया शूरप्रताप शाह

चौतारीया दलमर्दन शाह

सरदार भक्ति थापा

काजी उजीर सिंह थापा

जङ्गबहादुर राणा

राजा रण बहादुर शाह

राजा गिर्वाण युद्ध विक्रम शाह

काजी नैनसिंह थापा

काजी रणजोर सिंह थापा

स्रोत[सम्पादन गर्ने]

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]