सामग्रीमा जानुहोस्

नन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नन्दी
मानव रूपी आकृतिमा नन्दी
आबद्धशिवको वाहन
वासस्थानकैलाश पर्वत
रानीसुयशा[]

नन्दी जसलाई नन्दिकेश्वर वा नन्दीदेव पनि भनिन्छ, हिन्दु देवताशिवका वाहन हुन्। उनी शिवको निवासस्थान कैलाशका द्वारपाल देवता पनि हुन्। लगभग सबै शिव मन्दिरहरूमा बसिरहेको नन्दीको ढुङ्गाको मूर्ति राखिएको हुन्छ, जसको मुख सामान्यतया मुख्य गर्भगृहतिर फर्किएको हुन्छ।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

संस्कृत शब्द नन्दीको अर्थ खुसी, आनन्द र सन्तुष्टि हुन्छ, जुन शिवका दिव्य संरक्षक नन्दीका गुणहरू हुन्।[]

साँढे (संस्कृत: वृषभ) मा नन्दी नामको प्रयोग शैव धर्म भित्रका विभिन्न क्षेत्रीय विश्वासहरूको हालैको समन्वयवादको विकास हो।[] संस्कृत, तमिल र अन्य भारतीय भाषाहरूका पुराना शैव ग्रन्थहरूमा 'नन्दी' नाम शिवको वाहनको सट्टा कैलाशको मानव रूपी द्वारपालका लागि व्यापक रूपमा प्रयोग गरिएको थियो। शैव सिद्धान्त ग्रन्थहरूले नन्दी र वृषभ बीच स्पष्ट भिन्नता देखाउँछन्।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

नन्दीलाई ऋषि शिलादका पुत्रको रूपमा वर्णन गरिएको छ। शिलादले अमरत्व प्राप्त गर्ने र शिवको आशीर्वाद पाएको सन्तान प्राप्तिका लागि घोर तपस्या गरेका थिए, र फलस्वरुप नन्दीलाई पुत्रको रूपमा प्राप्त गरेका थिए। शिव पुराणका अनुसार, नन्दीको जन्म शिलादद्वारा गरिएको एक यज्ञ बाट भएको थियो।[] नन्दी शिवको परम भक्तका रूपमा हुर्किएका थिए र उनले नर्मदा नदीको किनारमा शिवको द्वारपाल र वाहन बन्नका लागि कडा तपस्या गरेका थिए। क्षेत्रीय कथा अनुसार, यो स्थान हालको मध्य प्रदेशको जबलपुरमा रहेको नन्दिकेश्वर मन्दिर (त्रिपुर तीर्थ क्षेत्र) सँग सम्बन्धित छ।

शैव सिद्धान्त अनुसार, नन्दीलाई सिद्धरहरूमध्ये प्रमुख मानिन्छ, जसलाई पार्वतीशिवले दीक्षित गरेका थिए। उनले आफूले सिकेका कुराहरू आफ्ना आठ शिष्यहरूलाई सिकाएको मानिन्छ, जसमा सनतकुमार, तिरुमुलर, व्याघ्रपाद (पुल्लिपानीका रूपमा पनि चिनिने),[] पतञ्जलि, र शिवयोग मुनि पर्दछन्। उनीहरूलाई ज्ञान फैलाउन आठ फरक दिशामा पठाइएको थियो। उनको शिक्षालाई नन्दिनाथ सम्प्रदायले अगाडि बढाएको छ, जुन नन्दीबाटै सुरु भएको गुरुहरूको वंश मानिन्छ।[][]

नन्दीका बारेमा धेरै पौराणिक कथाहरू उपलब्ध छन्। एउटा कथाले रामायण का प्रतिनायक रावणसँगको उनको द्वन्द्वको वर्णन गर्दछ। नन्दीले लङ्काका राक्षस राजा रावणलाई उनको राज्य एक वनवासी बाँदर (वानर)द्वारा जलाइनेछ भनि श्राप दिएका थिए। पछि, हनुमानले रावणद्वारा अशोक वाटिकामा बन्धक बनाइएकी सीताको खोजीमा जाँदा लङ्का जलाएका थिए।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gopinatha Rao, T. A. (१९९७), Elements of Hindu Iconography, Volume 2, Motilal Banarsidass Publishers, पृ: २१३, आइएसबिएन 9788120808775
  2. "Monier Williams' Sanskrit-English", अन्तिम पहुँच ५ मार्च २०१७
  3. Gouriswar Bhattacharya, (1977), "Nandin and Vṛṣabha", Zeitschrift der Deutschen Morgenländischen Gesellschaft, Supplement III,2, XIX. Deutscher Orientalistentag, pp. 1543–1567.
  4. Sabaratnam Sivacharyar, S.P., Shrimat Kamigagamah Purva Pada (Part One), USA: The Himalayan Academy, Kauai Adheenam, पृ: 4:471–500, मूलबाट ५ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१८
  5. The Sacred Scriptures of India (अङ्ग्रेजीमा), Anmol Publications, २००९, पृ: 77–79, आइएसबिएन 978-81-261-3630-8
  6. "IN THE LAND OF THE SIDDHAS", www.sutrajournal.com, अन्तिम पहुँच २०२३-०४-१४
  7. The Swamis of Kauai Hindu Monastery (२०११), The Guru Chronicles: Making of the First American Satguru, Himalayan Academy Publications, पृ: 19, आइएसबिएन 978-1-934145-40-1
  8. Satguru Sivaya Subramuniyaswami (२००३), Dancing with Siva: Hinduism's Contemporary Catechism, Himalayan Academy Publications, आइएसबिएन 978-0-945497-89-9
  9. Jayantika Kala (१९८८), Epic Scenes in Indian Plastic Art, Abhinav Publications, पृ: 37, आइएसबिएन 9788170172284