फत्तेजंग शाह
श्री श्री श्री चौतारिया फत्तेजङ्ग शाह | |
---|---|
![]() फत्तेजङ्ग शाह | |
नेपालको छैठौं प्रधानमन्त्री (मुख्तियार) | |
कार्यकाल ईश्वी सन् १८४० – ईश्वी सन् १८४३ | |
पूर्वाधिकारी | रणजङ्ग पाण्डे |
उतराधिकारी | माथवरसिंह थापा |
कार्यकाल ईश्वी सन् १८४५ – ईश्वी सन् १८४६ | |
पूर्वाधिकारी | माथवरसिंह थापा |
उतराधिकारी | जंगबहादुर राणा |
व्यक्तिगत विवरण | |
मृत्यु | ईश्वी सन् १८४६ कोत पर्व |
जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री हुन्। [१]
पृष्ठभूमी[सम्पादन गर्ने]
यिनको जन्म वि.सं. १८६२ मा बुवा श्री चौत्तरिया प्रण शाह र आमा चौत्तर्यानी मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी गोरखाका राजा पृथ्वीपत्ति शाहका वंशज हुन्। यिनी प्रधानमन्त्री पुष्कर शाहका भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री जङ्गबहादुर राणाकी तेस्री पत्नी भईन्।
कार्य[सम्पादन गर्ने]
यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म भारतको गयामा निर्वासित रहे। वि.सं. १९०२ मा नेपाल फिर्ती आउदा जनरल पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः मुख्तियार नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।
सन्तान[सम्पादन गर्ने]
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह (खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।
मृत्यु[सम्पादन गर्ने]
यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी कोत पर्वमा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।
अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा जंगबहादुरका भाइ कृष्णबहादुर र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि गगनसिंहको हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए । जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।
त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।
चलचित्र[सम्पादन गर्ने]
सम्बन्धित[सम्पादन गर्ने]
स्रोत[सम्पादन गर्ने]