सामग्रीमा जानुहोस्

सम्भोट लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्भोट लिपि
प्रकार
समयावधि
c. ६५०–वर्तमान
लेखन दिशाबायाँ देखि दायाँ Edit this on Wikidata
क्षेत्रतिब्बत, भुटान, नेपाल , भारतमङ्गोलिया,
भाषाहरू
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
बालबालिका लिपिहरू
लिम्बू, लेप्चा, फग्पा
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक ट्रान्सक्रिप्सनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक गाइडको लागि, यो हेर्नुहोस्

सम्भोट लिपि मुख्यत भोट भाषा लेख्न प्रयोग हुँने लिपि हो जुन सातौँ शताब्दीमा तिब्बतको धर्म राजा स्रोङ्चन गम्पो का मन्त्री थोन्मि सम्भोटले विकास गरेका लिपि हुन्। सम्भोटले राजाको अज्ञानुसार भारतको विद्वान लिपिकारहरूबाट शब्द-विद्याको ज्ञान हासिल गरी तिब्बतमा फर्के पछि अविष्कार गरेका थिए। यस लिपिमा चार स्वरवर्ण र तीस व्यञ्जन वर्णहरू रहेका छन्। यो लिपि द्वारा मनाङ, मुस्ताङ जस्ता ठाउमा नेपाली भाषा पनि लेखिने गरिन्थ्यो।[]

थोन्मि सम्भोट
नेफु गोन्पाको नजिकमा अवस्थित सम्भोट लिपिमा खोपेको शिला-मणि
सम्भोट लिपिमा लिखित बौद्ध ग्रन्थ

सम्भोट लिपिको आविष्कार सातौँ शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा स्रोङ्चन गम्पोको शासनकालमा थोन्मि सम्भोटले गर्नुभएको थियो। राजा स्रोङ्चन गम्पोले आफ्नो देशमा पनि छिमेकी मुलुक चीन, नेपाल र भारत इत्यादि झैँ लिपिको प्रयोग द्वारा देशको इतिहास र संविधान आदिको निर्माणकार्य साथै विशेष गरी भारतबाट बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्नुको लागि थोन्मि सम्भोटलाई भारतमा शब्दविद्यको शिक्षा आर्जनको निम्ति पठाएको र थोन्मिले भारतको विद्वानहरूबाट शिक्ष प्राप्त गरी आफ्नो देशमा फर्के पछि रञ्जना लिपिको आधारमा उचन र वार्तु लिपिको उदारण लिएर उमेदको लिपि रचना गर्नुको साथै तिब्बती भाषाको लागि व्याकरण मूल त्रिंशत्लिङ्गावतर आदि आठवटा व्याकरणका पुस्तकहरू पनि लेखेको कुरा इतिहास हरूमा उल्लिखित भएपनि हाल ति कृतिहरू मथ्ये मूल त्रिंशत् र लिङ्गावतर मात्र बाँकी रहेको छ। लिपि र व्याकरणको सृजन साथै भारतबाट ल्याएको अवलोकितेश्वरको एक्काइस सुत्र-तन्त्र आदिको अनुवाद पनि लिपि निर्माता थोन्मि स्वयम् ले तिब्बती भाषामा गर्नु भएकोले थोन्मि सम्भोटलाई तिब्बतको पहिलो अनुवादक (लोचावा) पनि मानिन्छ।

अनुवाद र लिप्यन्तरण

[सम्पादन गर्नुहोस्]

तिब्बतको धर्म राजा स्रोङ्चन गम्पोको राज्यकालमा सम्भोट लिपिको आविष्कार भएदेखि धर्म राजा ठ्रीस्रोङ देउचन र राजा ठ्री रल्पचनको शासनकाल सम्ममा भारत, नेपाल र चिन आदि छिमेकी देशबाट धेरै विद्वान पण्डित र अनुवादकहरूले संस्कृत, प्राकृत, पैशाची र अवभ्रंश इत्यादि भाषाहरूमा रहेका त्रिपिटक र भारतीय बौद्ध विद्वान आचार्य नागार्जुन तथा आचार्य अर्यादेव आदिको टीका लेखहरू लगायतका बौद्ध ग्रन्थलाई सम्भोट लिपिमा अनुवाद र लिप्यंतरण गरिएको पाइन्छ। राजा वुदुम चन्पोको मृत्यु पछि तिब्बतको राजनीतिक परिस्थिति बिक्रेको समयमा पनि छिमेकी मुलुकका सुविज्ञ पण्डित र अनुवादकहरूले सक्यपाको शासनकाल सम्म अनुवादको कार्य क्षेत्रमा ठुलो योगदान पुरयाउनु भएको बारे तिब्बतको राजनीतिक र धार्मिक इतिहास दुवैमा विस्तृत रूपले उल्लेख गरिएको भेटिन्छ।[] यसै अनुवादको कार्यमा थप सुविधाको लागि आठौँ शताब्दीको अन्तिम एवं नवौँ शताब्दीको आरम्भिक समय तिर महाव्युत्पत्ति नामक विश्वको सबैभन्दा पहिलो दोभाषे पारिभाषिक शब्दकोशको निर्माण पनि भएको थियो। यो तिब्बती विद्वान अनुवादक र पण्डितहरूले लेखेको संस्कृत-तिब्बती दोभाषे बौद्ध-पारिभाषिक शब्दकोश हो।

लिपि संशोधन

[सम्पादन गर्नुहोस्]

मूल वर्णमाला

[सम्पादन गर्नुहोस्]
सम्भोट लिपिको चार स्वरवर्णहरू
ཨི་ ཨུ་ ཨེ་ ཨོ་
सम्भोट लिपिको तीस व्यञ्जन वर्णहरू
ཀ་ ཁ་ ག་ ང་ क वर्ग
ཅ་ ཆ་ ཇ་ ཉ་ च वर्ग
ཏ་ ཐ་ ད་ ན་ त वर्ग
པ་ ཕ་ བ་ མ་ प वर्ग
ཙ་ ཚ་ ཛ་ ཝ་ च़ वर्ग
ཞ་ ཟ་ འ་ ཡ་ श़ वर्ग
ར་ ལ་ ཤ་ ས་ र वर्ग
ཧ་ ཨ་ ह वर्ग
सम्भोट
नेपाली

चिह्न र विराम

[सम्पादन गर्नुहोस्]
चिह्न र विराम नाम कार्य
ཡིག་མགོ་
yig-mgo
पाठ को शुरुवात निशान
སྦྲུལ་ཤད།
sbrul-shad
विषय र उप विषयहरूको वर्ग छुट्याउछ
ཚེག
tseg
सीमांकक
ཆིག་ཤད།
chig-shad
पूर्ण बिराम (पाठको एक खण्ड अन्त जनाउछ)
ཉིས་ཤད།
nyis-shad
पूर्ण बिराम (पूर्ण विषयको अन्त जनाउछ)
བསྡུས་རྟགས།
bsdus-rtags
पुनरावृत्ति
ཨང་ཁང་གཡོན་པ།
ang-khang gyon
बायाँ कोष्ठ
ཨང་ཁང་གཡས་པ།
ang-khang gyas
दायाँ कोष्ठ

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Mustang documents in the Nepali language (1667-1975 A.D.) (Results of the Nepal German Project on High Mountain Archaeology) - Karmacharya, Madhav L: 9783882800531 - AbeBooks", www.abebooks.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०८ 
  2. Gur-bkra-chos-'byung, पूर्वानुदित बौद्ध सम्प्रदायको धार्मिक इतिहास (१८०७-१८७३) | लेखक: गुरु ट्राशी | भाषा: तिब्बती | सन् १९८७ मा तिब्बत शैक्षिक अनुसन्धान केन्द्रबाट प्रकाशित

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]