थारू

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

नेपालको मध्य-पश्चिम पहाड स्थित सुर्खेत उपत्यका भित्री तराई भनिने, दांग उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका,मरिनखोला उपत्यका तथा कमला उपत्यका का साथै नेपालको समग्र तराईमा बसोबास गर्ने थारू नेपालको आदिवासी जाती हो ।

यो तराईमा सबै भन्दा बढी जनसंख्या भएको जाती पनि हो । यो नेपालको ऐतिहासीक जातीले नेपाल निर्माता पृथ्वी नारायण शाह ले काठमाण्डौ उपत्यका जितेपछी उपत्यकाको सुरक्षाको लागी थारू सेना ल्याए पछी क्रमश गोर्खाली सेनाको रूपमा नेपाल एकिकरण अभियानको अन्त सम्म भाग लिइ रहयो साथै नेपालले लडेका हरेक लडाईमा थारू युवाहरू अन्य क्षेत्री, मगर, गुरूगं, वाहुन, तामांग, राइ, लिम्वु, कामी, दमाई, गान्धर्व, योगी लगायतका जाति जत्तीकै बाहदुरी पुर्वक लडेर मातृभुमी नेपाललाई बिदेशि शक्तीहरू बाट बचाएको इतिहास पाईन्छ ।

थारू जाती आफ्नै थारू भाषा का अलावा नेपाली भाषा बोल्दछन भने केही ले क्षेत्रगत रूपमा बोलीने भोजपुरी, मैथली तथा अवधी भाषा पनि बोलीरहेका हुन्छन । थारू आफ्नै संस्कृतीमा रमाउने जाती हो दसै,तिहारका अलावा थारूहरू धुमधाम संग माघि जितीया आदी पर्व मनाउने गर्दछन ।