गुम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुम्बा
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

गुम्बानेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गुम्बा गाविस क्षेत्रफलको दृष्टिले जिल्लाकै सबैभन्दा ठूलो गाविस हो। जिल्ला सदरमुकामबाट ९ कोष टाढा पर्ने यस गविसको कुल क्षेत्रफल ३१२.४५ वर्ग किलोमिटर छ। गुम्बा गाविसको पूर्वमा तातोपानी लिस्तीकोट पश्चिममा गोल्चे उत्तरमा तिब्बत र दक्षिणमा पाङताङ गाविस पर्दछ। आकारमा यो गाविस ठूलो तथा लाम्चो देखिन्छ।लिस्ती थुम अन्तर्गत पर्ने गुम्बा गाविसमा तामाङ तथा शेर्पा जातिहरू बसोबास छ। वर्षभरी नै चिसो हावापानी पाइने यस गाविसको प्रमुख कृषि बाली आलु तथा फापर हो। काठमाडौंबाट नजीकै पर्ने ६७९९ मिटर अग्लो जुगल हिमाल यसै गाविसमा पर्दछ। हिमाली दृश्यावलोकनका लागि गुम्बा गाविस उपयुक्त मानिन्छ।गुम्बा गाविसमा ग्रामीण उर्जा विकासका लागि तापगाउँ पेल्ट्रिक सेट परियोजनाको विकास गरिएको छ। वि.सं. २०५८ सालको जनगणना अनुसार गुम्बा गाविसमा ६५१ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३३४८ थियो। जिल्लामा नै कम जनघनत्व भएको गुम्बा गाविस साँस्कृतिक दृष्टिले पनि निकै नै धनी छ।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "गुम्बा", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]