सिन्धुकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिन्धुकोट
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सिन्धुकोट नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिन्धुकोट गाविस जिल्लाको दक्षिण पश्चिमी भेगमा पर्दछ। सिन्धुपाल्चोक जिल्लाको इतिहास जोडिएको यस गाविस जिल्ला सदरमुकामबाट नौ कोष दुरी टाढा पर्दछ। यस गाविसको पूर्वमा बाँसबारी गाविस मेलम्ची गाविस पश्चिममा थकनी गाविस उत्तरमा तालामाराङ गाविस र दक्षिणमा भोटेचौर गाविस पर्दछ। सिन्धु थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। यस गाविसमा धेरै खेतीयोग्य जमीन पाइन्छ। ब्राम्हण तथा क्षेत्रीहरूको बाहुल्यता भएको यस गाविसका धेरै मानिसहरू खेतीमै व्यस्थ हुन्छन्। यस गाविसको प्रमुख कृषिबालीमा धान गहुँ तथा अन्य व्यावसायीक कृषिबालीबीजहरू पर्दछन्। जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा साक्षरता दर ३४ घरपरिवार सख्या ६४४ र कुल जनसङ्ख्या ३८०७ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "सिन्धुकोट", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]